बैतडी- दक्षिणवर्ती शर्माली गाविसमा एक सात वर्षीया बलात्कृत भएकी छिन्। स्थानीय विद्यालयमा एक कक्षामा अध्ययनरत बालिका १७ वर्षीय छिमेकी दाजुबाटै बलात्कृत भएकी हुन्। बलात्कारको आरोपमा प्रहरीले शारदा मावि नौ कक्षामा अध्ययनरत १७ वर्षीय पद्म जोशीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ।उक्त बलात्कारको घटना तीन हप्ताअघि भए पनि पीडित बालिकाका घरपरिवार उनको उपचारमै लागेकाले आइतबार मात्रै उजुरी गरिएको प्रहरी निरीक्षक मनोज शाहीले बताए। बालिकाको जिल्ला अस्पताल बैतडीमा स्वास्थ्य जाँच गरिएको छ। उनको शारीरिक अवस्था अहिले सामान्य बन्दै गए पनि मानसिक अवस्था भने नाजुक बन्दै गएको आफन्तले जनाएका छन्।
अर्को समाचार
चार वर्षीया बालिका बलात्कृत
खोटाङ — नचिनिएको व्यक्तिबाट खोटाङमा चार वर्षीया एक बालिका बलात्कृत भएकी छिन्। राखाबाङ्देल–९ की चार वर्षीया बालिका यही साउन १९ गते बलात्कृत भएकी हुन्। घरमा कोही नभएको समयमा १९ गते दिउँसो करिब ३ बजेतिर बालिका बलात्कृत भएको बालिकाकी आमाले आज जानकारी दिइन्।अत्यन्त विकट क्षेत्रमा पर्ने सो गाउँ जान जिल्ला सदरमुकामबाट तीन दिन लाग्ने भएकाले घटना सार्वजनिक हुन समय लागेको बताइएको छ।
केटाकेटी मात्र छाडेर काममा गएको समयमा सँगै खेलिरहेका अन्य बालबालिकालाई लखेटेर आफ्नी चार वर्षीया छोरीमाथि बलात्कार गरेको पीडित बालिकाकी आमाले आज जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन्।
केटाकेटी मात्र छाडेर काममा गएको समयमा सँगै खेलिरहेका अन्य बालबालिकालाई लखेटेर आफ्नी चार वर्षीया छोरीमाथि बलात्कार गरेको पीडित बालिकाकी आमाले आज जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन्।