वैदेशिक ठगी भन्दै ढुकुटीका उजुरी
३१ जेष्ठ २०७०
•
१३ मिनेट पाठ
वैदेशिक ठगी भन्दै ढुकुटीका उजुरी
काठमाडौं - मुद्दा १ :  काठमाडौं धर्मस्थली बस्ने खत्री थरका एक व्यक्तिले आफूहरुलाई अमेरिका पठाइदिन्छु भन्दै २० लाख रुपैयाँ ठगेको निवेदन वैदेशिक रोजगार विभागमा मुद्दा दर्ता भयो। भट्ट र पाण्डे थरका ती दुई व्यक्तिको निवेदनका आधारमा विभागले खत्रीलाई पक्राउ गर्‍यो। खत्रीले बयानमा जाहेरवालासँग नभई क्यासिनोमा जुवा खेलाउने अधिकारी थरका एक व्यक्तिसँग १७ लाख रुपैयाँ लिएको स्विकारे। जुवा खेल्नकै लागि तीन महिनाको ३ लाख रुपैयाँ ब्याजसहित २० लाख बुझाउने कबुल गरेको खत्रीले बताए। आफूलाई लौनचौरस्थित मल्ल होटलमा लगी भट्ट र पाण्डेले जबर्जस्ती वैदेशिक रोजगारका लागि रकम लिएको कागजमा हस्ताक्षर गर्न लगाएको बयान खत्रीले दिए।मुद्दा २ :  लमजुङ स्थायी घर भएका गौली र खनियाँ थरका दुई महिलाले भक्तपुर बस्ने तामाङ थरकी एक युवतीले २१ लाख रुपैयाँ ठगेको उजुरी विभागमा दिए। अमेरिका पठाउने बहानामा रकम लिएको आरोप उजुरीमा छ तर तामाङले पक्राउपछि प्रहरी बयानमा अमेरिका पठाउन नभई घरव्यवहार चलाउन सापट लिएको बताइन्। गौलीसँग १३ लाख र खनियाँसग एक लाख ५० हजार रुपैयाँमात्र लिएको दाबी गर्दै तामाङ आफूलाई जबर्जस्ती वैदेशिक रोजगारीको कागजमा हस्ताक्षर गर्न लगाएको बयान दिइन्।

मुद्दा ३ :  काठमाडौंकी एउटी महिलाले आफूलाई अमेरिका पठाइदिने भन्दै लिएको ४८ लाख रुपैयाँ फिर्ता नगरेको एक पुरुषले विभागमा उजुरी दिए। पैसा लिएर अमेरिका नपठाएकाले बिगो तथा हर्जाना भराइपाउँ्क भन्दै उनले उजुरी दिएका थिए। विभागले ती महिलालाई पक्राउ गरी सोधपुछ गर्दा भनिन्, 'अमेरिका पठाउन होइन, ढुकुटी खेल्दा ब्याजसहित तिर्ने सर्तमा लिएको हुँ।' वैदेशिक रोजगारको तमसुकमा जबर्जस्ती हस्ताक्षर गराइएको दाबी उनले पनि गरिन्।

वैदेशिक रोजगार विभागमा यस्ता मुद्दाको चाङ अग्लँदो छ। ढुकुटी खेल्दा फसेको होस् या जुवा खेल्दा हारेको, सापटी (ऋण) दिएको देखि घरजग्गा कारोबारमा फसेको पैसा उठाउन नयाँ 'जुक्ति' निकालिएको छ। वैदेशिक रोजगारको कागज बनाए असुली गर्न सजिलो हुने भएकाले अहिले यस्तो कार्य बढ्ने गरेको छ। अन्य कारोबार गरेर वैदेशिक रोजगारमा पैसा फसेको उजुरी आएकाले विभागलाई ती मुद्दा निल्नु न ओकल्नु भएका छन्।
'कागजमा एउटा, बयानमा अर्काे– यस्ता मुद्दा विभागमा आउने प्रवृत्ति ह्वात्तै बढेको छ। मुद्दा दर्ता वैदेशिक रोजगारीमा ठगी शीर्षकमा भए पनि बु‰दै जाँदा कारण अर्कै देखिन्छ,' विभागका महानिर्देशक विनोद केसीले भने, 'यस्ता उजुरीले विभागलाई अप्ठेरोमात्र पारेको छैन, अन्य मुद्दासमेत प्रभावित भएका छन्।'
एकथरी आउँछन्, विदेश पठाइदिन्छु भनेर ठग्यो, बिगो असुली गरी कारबाही गरिपाउँ्क भन्छन्। फलानो देशमा पठाउन यति रकम लेनदेन गरेको भन्ने कागजमा दुवै पक्षको सहीछाप हुन्छ। जब आरोपीलाई पक्राउ गरी सोधपुछ गरिन्छ, यथार्थ अर्कै हुन्छ। आरोपी हुँदै होइन भन्दै कारोबारको कारक जुवा, ढुकुटी, सरसापट, घरजग्गा किनबेचजस्ता कारोबार देखाउँछन्।
प्रायः आरोपी एउटै बक्छन्, 'पैसा लिएको हो, तर वैदेशिक रोगजारीमा पठाउन होइन। जबर्जस्ती हस्ताक्षर गर्न लगाए,' दुवै पक्षको भनाइमा एउटा सत्य छ– आर्थिक लेनदेन। वैदेशिक रोजगारसँग सम्बन्धित मुद्दा मात्र हेर्ने जिम्मेवारी पाएको विभाग अहिले यस्ता उल्झनमा फसेको छ।
'८० वर्षका वृद्धाले विदेश पठाइदिन्छु भनेर २० लाख ठगी गरेको पत्याउनै नसकिने उजुरीसमेत विभागमा पर्‍यो,' महानिर्देशक केसीले सुनाए, 'साँच्चै वैदेशिक रोजगारीको निहुँमा ठगिएको व्यक्तिले डेढ/दुई लाख रुपैयाँ फलानाले खाइदियो भनेर उजुरी दिन्छ। तर, यस्ता मुद्दामा, उनीहरुले १० लाख रुपैयाँ घटीको ठगी दाबी नै गर्दैनन्।' यस्ता मुद्दा बढ्दा वैदेशिक रोजगारीमा वास्तविक ठगिएकाले न्याय पाउन ढिलाइ भएको छ।

किन बढे उजुरी?
वैदेशिक रोजगारमा हुने ठगी मुद्दामात्र हेर्ने जिम्मेवारी विभागलाई छ। अन्य ठगीको उजुरी स्थानीय अड्डा–अदालतमा गर्न सकिन्छ। ठगीको कारण जेसुकै भए पनि वैदेशिक रोजगारीको कागजमा दुवैथरीको हस्ताक्षर भएकाले यस्ता मुद्दा दर्ता गर्न विभाग बाध्य हुन्छ। 'उजुरी परेपछि विभागले मुद्दाको छिनाफानो छिटोछरितो गर्दै आएको छ। कारबाही गर्नेदेखि क्षतिपूर्ति तिराउने र बिगो भराउनेसम्मको काम छोटो अवधिमै हुन्छ। यसैको लाभ उठाउन अन्य ठगीका मुद्दा वैदेशिक रोजगारका नाममा विभाग आइपुग्छन्,' महानिर्देशक केसीले भने।
पीडितले उजुरी दिनासाथ विभागले आरोपीलाई पक्राउपुर्जी काट्छ। पुर्जी पीडित स्वयंले लिएर प्रहरीलाई बुझाउन सक्छ। आरोपीलाई पीडित स्वयंले खोजेर प्रहरीको सहायतामा पक्राउ गराउन सक्ने अधिकारसमेत यस्तो मुद्दाम हुन्छ। आरोपीलाई पक्राउ गरे लगत्तै विभागमा उपस्थित गराइन्छ।

वैदेशिक रोजागारमा हुने संस्थागत ठगीका मुद्दा छिनोफानो गर्ने अधिकार विभागलाई छ। व्यक्तिगत मुद्दा जसको कारवाही कैदसम्म हुन्छ त्यस्तालाई विभागले वैदेशिक रोजगार न्यायाधीकरण पठाउँछ। कागजमा एउटा, बयान अर्को भन्ने जुवा, ढुकुटी तथा लेनदेनसँग सम्बन्धित मुद्दा अधिकांश व्यक्तिगत हुने गर्छन्।
'मुद्दा न्यायाधीकरण पठाउनुपर्ने खालको रहेछ भने बिगो दाबी गरी पठाइन्छ। न्यायाधीकरणबाट पनि मुद्दा छिनोफानो छिटो हुन्छ,' महानिर्देशक केसीले भने। अन्य ठाउँमा वर्र्षौैं नटुंगिने मुद्दा विभागमा केही महिनामै टुंगिन्छन्।
वैदेशिक रोजगारका नाममा साँच्चै ठगिएकाहरु उजुरी गर्न आउँदा विभागमा प्रायः एक्लै आउँछन्। कागजमा एउटा र बयानमा अर्कै भन्नेहरु मुद्दा दर्ता गर्न एक दर्जन घटी आउँदैनन्। 'साँच्चै वैदेशिक रोजगारीमा ठगिनेको कागजातमा केही त्रुटि हुन्छ, तर अन्य क्रियाकलापलाई वैदेशिक रोजगारका नाममा मुद्दा दर्ता गर्न आउनेले सबै प्रमाण पुर्‍याएका हुन्छन्,' उनले भने।  

कति छन् यस्ता उजुरी
विभागमा ठगीका घटना हेर्ने एक कर्मचारीका अनुसार व्यक्तिगत उजुरीमध्ये कम्तीमा ५० प्रतिशत ढुकुटी, जुवा, सरसापट, घरजग्गा कारोबारसँग सम्बन्धित हुन्छन्। कागजात सबै वैदेशिक रोजगारको बनाएका कारण यी मुद्दा हटाउन नसकिने उनले जनाए। महिलासँग सम्बन्धित अधिकांश व्यक्तिगत उजुरी ढुकुटीका हुने गर्छन्।
विभागमा गत वैशाखमा मात्र ठगीका ९२ वटा व्यक्तिगत उजुरी परे। चालु आर्थिक वर्ष २०६९/७० को वैशाखसम्म एक हजार ३२ वटा। यस वर्ष दर्ता भएका व्यक्तिगत उजुरीमा करिब ६९ करोड रुपैयाँ ठगी भएको दाबी छ। उजुरीमध्ये एक सय ६५ को फरफारक भइसकेको छ भने १ सय ३४ लाई अदालत पठाइएको छ।
विभागको तथ्यांकअनुसार संस्थागतको तुलनामा व्यक्तिगत उजुरी संख्या २ सय बढी छ। संस्थागतमा भन्दा व्यक्तिगत उजुरीमा दुई गुना बढी रकम दाबी गरिएको छ।
के हुन्छ कारबाही?

ठगी गरेको रकम आरोपीले पीडितलाई सहमतिमा फिर्ता गरे विभागले थप कारबाही गर्दैन। सजाय कैदसम्म हुने खालका मुद्दा भने विभागले न्यायाधीकरण पठाउँछ। यो निकायले वैदेशिक रोजगारसँग सम्बन्धित मुद्दा मात्र हेर्छ। पुनरावेदन अदालतसरहको न्यायाधीशबाट फैसला हुन्छ। अदालतले आरोपी दोषी देखिए वैदेशिक रोजगार ऐन, २०६४ अनुसार बिगो भराउने, बिगो बराबर जरिवाना तिराउने वा तीन वर्षदेखि सात वर्षसम्म कैद गर्ने वा दुवै सजाय सुनाउन सक्छ।

समाधान कसरी होला?
वैदेशिक रोजगारसम्बन्धी कागजमा दुवै पक्षको सहीछापसहित उजुरी परेपछि मुद्दा अघि बढाउनुपर्ने बाध्यता विभागलाई छ। यस्ता मुद्दा विभागबाट नटुंगिने भए न्यायाधीकरण पठाउनुपर्छ। महानिर्देशक केसीको बुझाइमा ७० हजारदेखि डेढ लाख तिरेपछि पुगिने मलेसिया, खाडी राष्ट्र जान कामदारले लाखौं रुपैयाँ दलाललाई बुझाउँदैनन्। यस्तोमा डेढदुई लाख रुपैयाँसम्मको ठगी हुने गर्छ, जुन संस्थागत हुन्छ।
वैदेशिक रोजगारीका नाममा दसौं लाख ठगिएँ भन्नेहरु औसत नेपाली कामदार जाने देशमा नभई युरोप तथा अमेरिका पुर्‍याइदिने भन्दै ठगिएका कागज बनाउने गर्छन्, जसको कारण खोतल्दै जाँदा ढुकुटी, जुवा, सरसापट र घरजग्गा कारोबारको लेनदेनसँग जोडिन पुग्छ। 'नयाँ तरिकाले अनुसन्धान गर्न आवश्यक छ। लाखौं ठगिए भन्ने र ठग्नेलाई उनीहरुको आयस्रोत खुलाउन भन्ने हो भने यस्ता समस्याको चुरो पत्ता लगाउन, कारबाही गर्न र समाधान गर्न सजिलो हुन्छ,' महानिर्देशक केसीले भने।
अर्को समाचार
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
०८ मंसिर २०८३
•
३ मिनेट पाठ
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
चीनको एक चिडियाखानामा रहेको मोटो चितुवा यतिबेला इन्टरनेटमा चर्चित बनेको छ। 

डिज्नीको चर्चित फिल्म ‘जुटोपिया’को गोलो अनुहार भएको चितुवा पात्र अफिसर बेन्जामिन क्लाउहाउजरसँग मिल्दोजुल्दो देखिएपछि यो चितुवा हेर्न मानिसहरूको भीड लाग्न थालेको हो।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित पान्झिहुआ सहरको चिडियाखानामा रहेको यो चितुवालाई ‘पान बाओबाओ’ नामले चिनिन्छ। मोटो शरीरका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उसलाई ‘अफिसर चितुवा’ उपनाम दिएका छन्।

चितुवा हेर्न चिडियाखाना पुगेका मानिसहरूले उसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। धेरैले उसको मोटो शरीर देखेर रमाइला टिप्पणी गरेका छन्।

एक आगन्तुकले ‘अफिसर चितुवा अझै पनि तौल घटाउन सफल भएनछ!’ भन्दै ठट्टा गरेका छन्। कतिपयले उसलाई केही समय खाना नदिन सुझाव दिएका छन् भने केहीले उसको शरीर मात्र होइन, शरीरका धब्बासमेत गोलाकार देखिएको भन्दै मजाक गरेका छन्। केहीले त अब उसलाई आफूहरूले सजिलै उछिन्न सक्ने टिप्पणीसमेत गरेका छन्।

तर, चिडियाखानाका कर्मचारीले भने चितुवाको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उसको तौल घटाउने योजना नरहेको बताउँछन्।

‘ऊ बूढो हुँदै गएको छ। त्यसैले अहिले तौल घटाउनु उचित हुँदैन। उसको अहिलेको अवस्था कायम राख्दै स्वस्थ राख्नु हाम्रो प्राथमिकता हो,’ चिडियाखानाका एक कर्मचारीले जिउपाई न्युजलाई बताएका छन्।

उनले वृद्ध मानिसको छाला खुकुलो हुँदै गएजस्तै चितुवाको शरीरमा पनि उमेरसँगै परिवर्तन आएको बताए। ‘यो अवस्थामा उसले पर्याप्त खाना पाएको सुनिश्चित गर्नुपर्छ। खानाको गुणस्तरमा पनि कुनै सम्झौता गर्न चाहँदैनौँ,’ उनले भने।

कर्मचारीका अनुसार पान बाओबाओले दैनिक आधा किलोभन्दा बढी गाईको मासु खान्छ। सन्तुलित आहारका लागि उसको खानामा कुखुराको मासु पनि समावेश गरिएको छ।

केही समयअघि चितुवाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उसको स्वास्थ्य अवस्था राम्रो देखिएको र तौलमा पनि खासै परिवर्तन नभएको कर्मचारीले बताएका छन्।

अहिले उसको तौल नियमित रूपमा नाप्न केही कठिन हुने गरेको छ। तर, तौल स्थिर रहेको र उसको मुड राम्रो रहेको अवस्थामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको कर्मचारीको भनाइ छ।

इन्टरनेटमा चर्चित बने पनि चितुवाको चिडियाखानाभित्रको दैनिकी भने निकै आरामदायी छ। ऊ खाने, सुत्ने र कहिलेकाहीँ आफ्नो खोरमा यताउता घुमेर शरीर तन्काउने गर्छ।

उसलाई अलि बढी सक्रिय बनाउन खोरभित्र खेल्ने बलसमेत राखिएको छ। ‘उसले खेल्न र केही शारीरिक गतिविधि गर्न सकोस् भनेर खोरभित्र एउटा बल राखेका छौँ,’ एक कर्मचारीले भने।

चितुवाको चर्चा बढेपछि चिडियाखानाले उसको बस्ने ठाउँसमेत विस्तार गरेको छ। छेउको अर्को बासस्थानसँग छुट्याउने बार र तारको जाली हटाएर उसको खोर ठूलो बनाइएको हो।

यससँगै उसको बस्ने क्षेत्रफल ४५ वर्गमिटर पुगेको छ। यो पहिलेको भन्दा दोब्बर हो। चिडियाखानाले गरेको सुधारपछि उसले फराकिलो ‘एक बेडरुमको अपार्टमेन्ट’ जस्तै ठाउँ पाएको जिउपाई न्युजले जनाएको छ।

चितुवाको उमेर र स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उसको तौल घटाउन दबाब दिन नहुने बताए। उनीहरूले बाँकी जीवन आरामसँग बिताउन दिनुपर्ने सुझाव दिएका छन्।

एक प्रयोगकर्ताले ‘ऊ बूढो हुँदै छ, त्यसैले प्रकृतिलाई आफ्नै गतिमा अघि बढ्न दिऔँ!’ भन्दै लेखेका छन्। अन्यले उसको चम्किलो र राम्रोसँग स्याहार गरिएको रौँको प्रशंसा गर्दै ‘मोटो भए पनि निकै जवान देखिन्छ!’ भनेर टिप्पणी गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस