काठमाडौं - 'खेलकुदलाई राजनीतिबाट टाढा राख्नुपर्छ' भन्ने विचार अहिले 'आउटडेटेड' भइसकेको छ। राष्ट्रिय झन्डा बोक्ने खेलाडी झन्डामा सीमित हुनुहँुदैन भन्नेमा खेलकर्मी अहिले पनि अडिग छन्। तर, सत्ताधारी दलबाट खेलकुदको ठेक्का पाएका कार्यकर्ताले नयाँ विचार स्थापित गरिसकेका छन्, 'खेलकुदमा राजनीति हुनुपर्छ। राजनीतिक चासोले अन्ततः खेलकुद विकासमै योगदान गर्छ।'
नेपाली खेलकुद विकासक्रमले राजनीतिक रूपमा तीन मुख्य कालखण्ड भोगेको छ। पञ्चायत, ०४६ देखि ०६३ सम्मको बहुदलीय व्यवस्था र २०६३ पछिको लोकतान्त्रिक गणतन्त्र। सबै कालमा खेलकुद एकताको माध्यम हो। फुटबल भनौं वा क्रिकेट राष्ट्रिय टोली मैदानमा उत्रँदा सम्पूर्ण देशलाई नै एकताको सूत्रमा बाँधेको देख्न पाइन्छ।
नेपाली कांग्रेसका युवानेता गगन थापाको भनाइमा राजनीतिले देशलाई छिन्न–भिन्न पारिरहँदा खेलकुदमात्र एउटा यस्तो माध्यम हो, जसले देश र देशवासीलाई एकताको सूत्रमा बाँधेको छ। सबै दलका नेताको भनाइ यस्तै पाइन्छ। उनीहरूले खेलकुदका कार्यक्रमलाई सम्बोधन गर्दा खेलकुदलाई जोड्ने माध्यमका रूपमा स्वीकार्छन् र आफू संलग्न राजनीतिलाई फुटाउने माध्यम मान्छन्। तर लोकतन्त्र स्थापनापछि राष्ट्रिय एकतालाई जोड्ने यही माध्यमलाई फुटाउन उनीहरूनै कम्मर कसेर लागिपरेका छन्।
पञ्चायत र बहुदलीय व्यवस्थामा भन्दा खेलकुदमा लोकतन्त्रपछि राजनीतिकरण मौलाएको छ। खेलाडीलाई दलको झन्डा बोकाउन तछाँडमछाँड गराइँदैछ। माओवादी भ्रातृ संगठनका रूपमा २०६३ मा ध्रुवविक्रम मल्लले गणतान्त्रिक खेलकुद संगठन खोलेपछि नेपाली खेलकुदको लोकतान्त्रिक काल पार्टीकरणमा सक्रिय हुन थाल्यो।
पार्टीको भ्रातृ संगठन खोल्ने प्रयास थाल्दा मल्ल खेलकुदमा निकै आलोचित बनेका थिए। तर उनको ढिठसामु खेलकर्मीका आलोचनाको निरर्थक रह्यो। भर्खरै शान्तिप्रक्रियामा आएको माओवादीको मनोवैज्ञानिक आतंकले धेरै खेलकर्मीलाई त्यतातिर आकर्षित गर्नु स्वभाविक थियो। एक खेलाडी भन्छन्, 'माओवादीको बन्दुकसँग डराएर केही त्यता लागे। धेरैचाहिँ त्यही बन्दुकको धाक आफंैले जमाएर नाजायज फाइदा उठाउने उद्देश्यमा रातारात माओवादी भए।'
गणतान्त्रिक खेलकुद संगठनले एक वर्ष नबित्दै गणतान्त्रिक खेलकुद महासंघका रूपमा दायरा फराकिलो पार्योल। त्यसपछि विभिन्न खेलमा यसका शाखा विस्तार भए। सबै खेलमा समानान्तरजस्तो सन्देश दिने गरी महासंघअन्तर्गत गणतान्त्रिक खेल संघ गठन गरिए।
माओवादीको त्रास कम हुँदै गएसँगै नेकपा एमाले र कांग्रेस पनि खेलकुदमा भ्रातृ संगठन बनाउन तम्सिए। जोड्ने माध्यम खेलकुदमा एमाले आफंैभित्र जोडिन सकेन। एमालेको मदन भण्डारी स्पोर्टस एकेडेमी र नेपाल खेलकुद महासंघ गरी दुई फरक गुटको नेतृत्वमा दुई संगठन खेलकुदमा सक्रिय छन्। पार्टी अध्यक्ष झलनाथ खनाल पक्षका खेलकर्मी खेलकुद महासंघमा संगठित छन् भने केपी ओली पक्षधर मदन भण्डारी स्पोर्टस एकेडेमीका नाममा गतिविधि बढाइरहेका छन्। एकेडेमी २०६५ मा स्थापना भएको थियो भने महासंघ २०६६ मा।
कांग्रेसले २०६५ मै नेपाल लोकतान्त्रिक खेलकुद महासंघ गठनको प्रक्रिया सुरु गरे पनि आन्तरिक विवादका कारण त्यसले अझैसम्म औपचारिकता पाउन सकेको छैन।
माओवादी पार्टीमा फुट आउनुअघि नै महासंघ दुई टुक्रामा विभाजन भइसकेको थियो। गणतान्त्रिक खेलकुद महासंघ, प्रगतिशीलका नाममा पृथ्वी थापाले भ्रातृ संगठन फुटाइसकेका थिए। पार्टी फुटेपछि महासंघमा फेरि दुई चिरा परेको छ। संस्थापन पक्षको नेतृत्व रणसंग्राम विष्टले गरेका छन् भने वैद्य पक्षमा जयन्द्रबहादुर चन्द अध्यक्षको रूपमा महासंघको नेतृत्वमा छन्।
माओवादीको खेलकुदमा संगठन यत्तिमै सीमित छैन। बाबुराम भट्टराई सरकारका पाला खेलकुद भागमा पर्दा माओवादीले राष्ट्रिय खेलकुद परिषद्मै अमूर्त खेल संघ दर्ता गरेर पकड बलियो बनाउने प्रयास गरेको थियो। गत वर्ष खेलकुद परिषद्ले माओवादी भ्रातृ संगठनका रूपमा अखिल नेपाल खेलकुद संघलाई दर्ता गराएको थियो। परिषद्मा विशेष खेलको विकास र विस्तारको उद्देश्यमा मात्र संघ दर्ता हुन पाउने प्रावधान छ। कुनै पनि राजनीतिक दलको भ्रातृ संगठन परिषद्मा दर्ता हँुदैन। अन्य कुनै पनि संगठन परिषद्मा दर्ता छैनन्। खेल संघका रूपमा परिषद्मा दर्ता पाउने यो नै एकमात्र राजनीतिक दलको भ्रातृ संगठन हो।
परिषद्का सदस्यसचिव युवराज लामा भने यसलाई माओवादीको भ्रातृ संगठन मान्दैनन्। 'पार्टीले पनि यसलाई भ्रातृ संगठनको मान्यता दिएको छैन। फेरि यो परिषद्को ऐन नियमअनुसार दर्ता भएको संघ हो,' उनी भन्छन्, 'यसले परिषद्को नीतिभन्दा बाहिर जान मिल्दैन। त्यसैले यो भ्रातृ संगठन होइन।' माओवादीसँग सम्बन्धितलाई समेटेर संघ गठन भएको भने उनले स्विकारे।
माओवादीबाट सुरु भएर एमाले हँुदै कांग्रेससम्म पुगेको संगठन विस्तार अभियानमा अहिले मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र राप्रपा नेपाल पनि सामेल भएका छन्। फोरम लोकतान्त्रिकले दुई महिनाअघि करातेका पूर्वखेलाडी काजीमान श्रेष्ठको अध्यक्षतामा लोकतान्त्रिक खेलकुद महासंघ गठन गरेको छ भने राष्ट्रिय फुटबल टोलीका पूर्वगोलकिपर लोकबहादुर शाहीको अध्यक्षतामा राप्रपा नेपालले पनि भ्रातृ संगठन बनाएको छ।
लोकतन्त्र स्थापनाको सातौं वर्ष लाग्दा नेपाली खेलकुदमा सबैजसो मुख्य राजनीतिक दलका भ्रातृ संगठन छन्। महासंघका संस्थापक महासचिव लक्ष्मण श्रेष्ठ खेलकुदको हितका लागि आफूहरूले एमालेको भ्रातृ संगठन स्थापना गरेको दाबी गर्छन्। 'पूरा देश चलाउने राजनीतिले हो। खेलकुद कहिल्यै पनि राजनीतिको प्राथमिकतामा परेन,' उनले भने, 'राजनीतिक दल र नेताहरूलाई खेलकुद बुझाउने उदेश्यले भ्रातृ संगठन खुलेका हुन्। को कति सफल भए त्यो फरक कुरा हो।'
उद्देश्यमा राजनीतिक दलका भ्रातृ संगठन सफल भइनसकेको उनी बताउँछन्। लोकतन्त्र स्थापनापछि पनि खेलकुदमा सुधार नभएको विचार राख्ने उनी परिषद्को नेतृत्वमा खेलकुद नबुझेका व्यक्ति आउनु र अन्तरपार्टी द्वन्द्वलाई यथास्थितिको कारक मान्छन्। 'खेलकुदमा संस्था खोल्ने र परिषद्मा आउने व्यक्तिको उद्देश्य फरक भयो। खेलकुदलाई नै केही गर्ने भनेर आए राम्रो हुने थियो, तर त्यस्तो सोचाइले धेरै आएनन्,' आफ्नै पार्टीको नेतृत्व रहँदा प्रयास गरेको दाबी गर्दै उनले भने, 'जीवनराम श्रेष्ठ परिषद्को सदस्यसचिव हुँदा सुधारको प्रयास गरेका थियौं। तर भर्खरै आएको गणतन्त्रले सबैको आकांक्षा ठूलो थियो र अन्तरपार्टी द्वन्द्वले भनेजस्तो काम गर्न सकिएन।'
एमालेकालमा सुरु गरिएको भिजन ट्वान्टी २० र तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले शिलान्यास गरेको मकवानपुरको गौरीटारस्थित राष्ट्रिय एकेडेमी निर्माणलाई त्यसपछिका नेतृत्वले निरन्तरता नदिनुलाई उनी नेपाली खेलकुदको दुर्भाग्य मान्छन्। 'गौरीटारलाई निरन्तरता दिएको भए अहिले धेरै बनिसक्थ्यो। लोकतन्त्रपछि बर्सेनिजस्तै सरकार फेरिँदा परिषद्मा पनि स्थायित्व भएन,' श्रेष्ठको अनुभव छ, 'खेलकुदले पाएको थोरै बजेट पनि गौरीटारजस्तो ठोस योजनामा खर्च नगरी खुद्रे रूपमा लगानी गर्दा प्रतिफल पनि त्यस्तै आयो।'
खेलकुदमा राजनीतिको उपस्थिति हुनुपर्छ भन्दै भ्रातृ संगठन विस्तारको होडबाजी गरिरहँदा राजनीतिक दललाई पहिलोपटक औपचारिक रूपमा प्रवेश गराउने मल्ल भने पछुतो मानिरहेका छन्। 'खेलकुदमा केही फड्को मारिन्छ कि भनेर संगठन बनाएका थियौं। राजनीतिक हस्तक्षेप हुँदैन भन्ने थियो,' उनी भन्छन्, 'तर पार्टीको माथिल्लो तहबाटै हस्तक्षेप हुन थाल्यो। यस्तो राजनीतिक हस्तक्षेप हामीजस्ता खेलकुदमै जीवन बिताएकालाई मान्य भएन।' आफू संलग्न पार्टीको खेल विकासमा योगदान होस् भन्ने चाहनाले संगठन खोले पनि नतिजा नकारात्मक आएको मल्ल बताउँछन्। पार्टीले खेलकुदमा युवा हुन्छन् र यिनलाई राजनीतिमा परिचालन गर्ने भनेरमात्र हात हाल्ने गरेको उनको बुझाइ छ। भन्छन्, 'यही बुझेर मैले संगठन छोडिसकें।'
सबै दलका भ्रातृ संगठनले खेलकुदमा आफ्नो आगमन खेल विकासका लागि भएको दाबी गर्ने गरेका छन्। तर नतिजा छिटफुट प्रतियोगिता आयोजनाबाहेक केही छैन।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामा खेलकुदमा भएको राजनीतिक होड नै विकासको मुख्य बाधक भएको स्विकार्छन्। लोकतन्त्र स्थापनापछिको नेपाली खेलकुदलाई दुई कालखण्डमा राखेर समीक्षा गर्न रुचाउने उनी अहिले केही सकारात्मक काम भएको दाबी गर्छन्।
माओवादीका तर्फबाट २२ महिनाअघि आफूले नेतृत्व पाएपछि र त्यसअघि गरी लोकतान्त्रिक कालमा दुईपटक बृहत् राष्ट्रिय खेलकुद हुनुलाई उनी उपलब्धि मान्छन् भने नेपाल ओलम्पिक कमिटी दुई चिरा पर्नुलाई दुःखद पक्ष।
लोकतन्त्रपछि खेलकुदमा राजनीतिक हस्तक्षेप बढेको र भ्रातृ संगठनको होड चल्नु बिडम्बना भएको उनी बताउँछन्। भन्छन्, 'खेलकुद भनेको राष्ट्रियमात्र होइन, विश्व एकताकै संवाहक हो। यस्तो क्षेत्रमा पार्टीको भ्रातृ संगठन बनाउने जुन होड चलेको छ, त्यो दुःखद् छ। यसकै कारण आठौं साफमा नेपालले हासिल गरेको गरिमाको नजिक त्यसयता कहिल्यै फेरि पुग्न सकेका छैनौं।'
पञ्चायती राजतन्त्रमा नेपाली खेलकुद शरदचन्द्र शाहको ठेक्काजस्तै थियो। उनका हरेक आदेश ऐन नियमभन्दा बलिया हुन्थे। १२ वर्ष राष्ट्रिय खेलकुद परिषद्को नेतृत्व सम्हाल्दा शाहले देशभर ठूलो संख्यामा भौतिक पूर्वाधार निर्माण गराएका थिए। उनकै कालमा बनेका सबै भौतिक पूर्वाधारको भरमा अहिले पनि नेपाली खेलकुद चलिरहेको छ।
'त्यो बेला शरदचन्द्र शाहको निरंकुशता थियो खेलुकदमा। उनको कुरा काट्ने कसैको हिम्मत थिएन। त्यसैले अनुशासन थियो। तत्कालीन राजपरिवारसँग पनि नजिक भएकाले उनलाई लाग्दा खेलकुद राज्यको प्राथमिकतामा पर्थ्यो,' एक पाका खेलाडी दुखेसो पोख्छन्, 'त्यो बेला शरदचन्द्र शाह र राजपरिवारको भक्ति गाइरहनुपर्थ्यो। हामीलाई त्यसमा दुःख लाग्थ्यो। तर, बहुदलमा राजासँगै हामीले केही राजनीतिक दलको पनि भक्ति गाउनुपर्योम। लोकतन्त्र आएपछि राजा छुटे पनि धेरै राजाहरू आए। धेरै राजाहरू र धेरै पार्टीको भक्ति गाउनुपरेको छ। अहिले खेलाडीमात्र भएर त्रिपुरेश्वर जान सक्ने अवस्था छैन। कुन पार्टीको खेलाडी भन्ने भइसक्यो। कामचाहिँ केही छैन।'