छबिलाल तिवारी, पर्वत २९ असार- दक्षिणी पर्वतको रानीपानीदेखि हुवासतर्फ आउँदै गरेको मिनि ट्रक शालीग्राम -१ बिसुन्डाडास्थित कच्ची सडकदेखि तीन सय मिटर तल खस्दा दुई जनाको मृत्यु भएको छ। लु १ ग ५१७० नम्बरको जिप दुर्घटनामा परी १५ जना यात्रु घाइते भएका छन्।
उनीहरुलाई उपचारका स्याङ्गजाको वालिङ्ग र पोखरा पठाइएको इलाका प्रहरी कार्यालय हुवासले जनाएको छ। घटनामा मृत्यु हुनेमा झकबहादुर श्रेष्ठ र ममता भुषाल रहेको र उनीहरुको ठेगाना नखुलेको पनि प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालयले घाइतेहरुको नाम र ठेगाना पनि संकलनका क्रममा रहेको बताएको छ। बिहान ८ बजे भएको घटनामा घाइते भएका तीन जनाको अवस्था चिन्ताजनक छ। घटनास्थल सदरमुकामदेखि १२ कोष दक्षिणमा पर्छ।