मेरो बारेमा
३१ जेष्ठ २०७७
•
३ मिनेट पाठ
मेरो बारेमा
हार्दिक न्यौपाने




कक्षा –२ ,

अक्षरा स्कुल, काँडाघारी, काठमाडौं ।  

मलाई कुकुर मन पर्छ । मेरो घर सानोठिमी पिपलबोटमा छ । मलाई एक्सरसाइज गर्न मन पर्छ । मलाई घोडा पाल्न मन छ । मेरो घरमा एउटा गोल्डेन फिस छ । म मेरो गोल्डफिससँग खेल्छु ।  

मेरो घरमा तीन वटा फ्यान छ । मलाई टिभी हेर्न मन लाग्छ । मलाई प्रभासको फिल्म धेरै मन पर्छ । किनकि मैंले पहिलोचोटि बाहुबलि हेरेको थिए । बाहुबलि फिल्म मन परयो । अनि प्रभास मन परयो ।  

मेरो देश नेपाल हो । नेपाल राम्रो छ । किनकि नेपाल मेरो देश हो । नेपालमा जे पनि पाइन्छ । खानेकुरा पाइन्छ । सामान, बत्ती, पर्दा, इटा,  झ्याल, ढोका, तेल, पाउडर, सेनिटाइजर सबै पाइन्छ । माक्स पनि पाइन्छ । मसँग मास्क छ । मेरो गिता दिदीले बनाइदिनुभएको हो । मास्क लगाएर म मामु, दिदीसँग इभिनिङ वाक गर्न हिंडे । मेरो मास्क कालो कलरको छ । कोरोनासँग बच्न मास्क लाको हो ।  
मेरो घरबा बाबा, मामु, बुबा, ठूलोबाबा, ठूलोमामु र दिदी बस्नुहुन्छ । मेरो परिवारमा मलाई राम्रो व्यवहार गर्नुहुन्छ । मलाई कहिले कुट्नु हुन्न । मैंले जे भनेको त्यही मान्नुहुन्छ । माया गर्नुहुन्छ ।  

मेरो हजुरबा मेहनती र बलियो हुनुहुन्छ । विरुवा रोप्नुहुन्छ । ट्याङकी सफा गर्नु हुन्छ बूढो भईभई पनि । मैंले मेरो हजुरबाबाट मेहनत गर्नुपर्छ भनेर सिकें । मैंले बाबाबाट काम गर्नुपर्छ भनेर सिंके । ममीबाट नयाँनयाँ चीज पकाउन सिक्नुपर्छ भनेर सिकें । ममीबाट बढार्न सिकें । चिया पकाउन सिकिसकें । बढार्न पनि सिकिंसके । मेरो ममी फार्मासिस्ट हो । औषधि कम्पनीमा काम गर्नुहुन्छ । अहिले ममीको अफिस विदा भएको छ ।  

मैंले ठूलाबाट कपाल काट्न सिंके । मलाई ठूलोबाबाले माया गर्नुहुन्छ । मेरो ठूलोबाबा इन्जिनियर हो । ठूलोममी मेरो घरको हाउसवाइफ हो । ठूलोममीबाट खाना बनाउन सिकें । पनिर पकाउन सिकें । ठूलो ममीले मलाई पनिर, आँप, लिची सबै मलाई मन पर्ने चीज दिनुहुन्छ । ठूलोममीले नयाँनयाँ चीज किन्दिनुहुन्छ ।  

म जे पनि गर्न सक्छु । म डेन्जर व्याइ हो । म राम्रो मान्छे हुँ । ज्ञानी छु । केके बनाएर बस्छु । खेलौना खेलेर बस्छु । मलाई जहिलेजहिले खेलौना किन्दिए हुन्थ्यो जस्तो लाग्छ । अहिले बजार बन्द भएर खेलौंना किन्न पाइएको छैन । यो बन्द भएर नरमाइलो भएको छ । चउरमा गएर फुटबल खेल्न पाएको छैन । फनपार्क जान पाएको छैन । जु जान पाएको छैन । मामा घर जान पाएको छैन । मामा घर जान पाए मजा आउँथ्यो । त्यहाँ धेरै काठ छन् । मामा घरमा भए बाहुबलिको जस्तै काठको तरबार बनाउन पाउँथे । 

मलाई मान्छेहरूले छोटो   राइटर भनेर चिन्छन् । किनभने मैले लेखिराखेको छु । म भोलिसम्म लेख्छु । तर पछिसम्म राइटर हुन्न । म राइटर किन हुन्न भने मलाई एक्टर मन पर्छ । मलाई एक्टिङ गर्ने मान्छे धेरै मन पर्छ । मेरो बाबा पनि राइटर हो । जर्नालिस्ट पनि हो । बाबा राइटर मन पर्छ तर आफू राइटर बन्नचाहिं मन पर्दैन । पहिलो एक्टर मन पर्छ । राइटरचाहिं दोस्रोमा मन पर्छ । तेस्रोमा केही पनि मन पर्दैन । सिर्फ एक्टिङ र राइटिङ मन पर्छ । अहिले पनि म फाइटिङ गरिराखेको छु । एक्टिङ गर्न फाइटिङ गरिराखेको छु । गुण्डा जताबाट आए पनि फाइटिङ गर्न सक्छु । बाबाको हातमा राइटिङ कण्ठ भएजस्तै मेरो हातमा फाइटिङ कण्ठ छ । 
अर्को समाचार
अब त प्रश्न गर्नैपर्ने भएको छ आफ्नै अगुवाहरूका बारेमा
०९ भदौ २०७७
•
१ मिनेट पाठ
अब त प्रश्न गर्नैपर्ने भएको छ आफ्नै अगुवाहरूका बारेमा

रुपिन्द्र प्रभावी

के सोचेको होला यो देशले देशका युवाहरूका बारेमा,




विमानस्थल हुँदै उडी जाने सयौं बटुवाहरूका बारेमा ।

मानव बेचबिखनविरुद्ध हामी पनि लड्यौं पटकपटक,

आज किन चूप छौं हामी दलाल, साइँदुवाहरूका बारेमा ?

संस्कारहरू फेर्नुपर्छ भनियो, तोड्नुपर्छ भनियो थोत्रा संस्कृति,

अब के भन्ने होला कथित अग्रगामी बुर्जुवाहरूका बारेमा ।

जसलाई पठाइएको थियो देशै चलाउन भनेर साथी हो,

उसको ध्यान अल्झिएको छ सरुवा र बढुवाहरूका बारेमा ।

प्रश्न उठाउन सिकाए जसले आज आफैं प्रश्न भएका छन्,

अब त प्रश्न गर्नैपर्ने भएको छ आफ्नै अगुवाहरूका बारेमा । 
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
यो पनि पढौँ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस