कसले कसको पक्षमा बोले?-
भोजराज भाट, पालुङटार, मंसिर ८- माओवादीको छैटों विस्तारित बैठक सुरु भएको चौथो दिन अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय मोहन वैद्य र बाबुराम भट्टराईको दस्तावेजमथि विभिन्न राज्य समितिका सदस्यहरुले टिप्पणी गरेका छन्।
बुधबार बिहान बोल्नेक्रममा सेतीमहाकाली राज्य समितिका तर्फबाट दाहालको पक्षमा तारामान स्वाँर, वैद्यको पक्षमा सरद भण्डारी र भट्टराईको पक्षमा देवराज रेग्मीले बोलेका थिए। उनीहरुको कुरामा फरक मत राख्दै अर्का सहभागी एनबी सर्वहाराले किरणको पक्षमा आफ्नो मत जाहेर गर्दै संक्षिप्त बोलेका थिए।
थारुवान राज्य समितिका तर्फबाट दाहालको पक्षमा हरि चौधरी, वैद्यको पक्षमा इन्द्रजित थारु र भट्टराईको पक्षमा लिला भण्डारीले धारणा राखेका थिए। उनीहरुको भनाइप्रति असहमत जनाउँदै लोकराज रेग्मीले चौथो धारको रुपमा आफ्नो विचार राखेका थिए।
भेरीकर्णालीका तर्फबाट रामबहादुर बोहराले दाहालको पक्षमा, गगन खड्काले वैद्यको पक्षमा र भौतिकले भटराईको पक्षमा बोलेका थिए। त्यसैगरी मगरात राज्य समितिबाट बसन्त शर्माले दाहालको पक्षमा, महेन्द्र केसीले वैद्यको पक्षमा र उज्ज्वलले भट्टाईको पक्षमा बोलेका हुन्।
माओवादीका शीर्षस्थ नेताहरुले मंगलबार राति हरेक राज्य समितिबाट दाहाल, वैद्य र भट्टराईको पक्षमा एक/एक गरी तीन जना बोल्न दिने निर्णय गरेका थिए। तीन जनाको भनाइमा कसैको विमति भए चौथो व्यक्तिलाई फरक धार राख्न पाइने व्यवस्था गरिएको छ।
बुधबारको बिहानको छलफल यतिखेर सिद्धिएको छ। माओवादी नेता तथा कार्यकर्ताहरु खानाका लागि दुई घण्टा बाहिर निस्किएका छन्।