माओवादीको विस्तारित बैठक आजदेखि
०४ मंसिर २०६७
•
९ मिनेट पाठ
माओवादीको विस्तारित बैठक आजदेखि
गुणराज लुइँटेल/उजिर मगर, पालुङटार, मंसिर ५- माओवादीको विस्तारित बैठक आजदेखि सुरु हुँदैछ। उदघाटन सत्रअघि आज बिहान साढे सात बजे स्थायी समितिको र नौ बजे केन्द्रीय समितिको बैठक बसेको थियो।  विस्तारित बैठकको पूर्वसन्ध्यामा हिजो बस्ने भनिएको स्थायी समितिको बैठक सम्पूर्ण सदस्य आइनपुगेका कारण स्थगित भएको थियो।




विस्तारित बैठकका लागि पार्टी हेडक्वार्टर र प्रतिनिधिहरू राति अबेरसम्म आउने क्रम जारी थियो। शुक्रबारदेखि निरन्तर आइरहेका प्रतिनिधिहरू ७ हजारको हाराहारीमा छन्।
पार्टीको भावी कार्यदिशा तय गर्ने पार्टीभित्रको अन्तर्विरोधलाई टुंगो लगाउने गरी आयोजना गरिएको विस्तारित बैठक आइतबार औपचारिक रुपमा सुरु हुने छ।

माओवादी नेतृत्व शनिबार साँझ ५ बजे यहाँ आइपुगेको थियो। २ सय रोपनीमा निर्माण गरिएको माओवादी भिलेजमा उनीहरूलाई घन्टौं प्रतीक्षा गरेर कार्यकर्ताले फूलमाला, गुरुङ शैलीको सेतो टीका, सगुनमा सुन्तला दिएर स्वागत गरे।

सुरक्षाकर्मी र माओवादीकै लडाका, वाईसीएलको घेराबन्दीबाट अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्धय बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, महासचिव रामबहादुर थापा, सचिव पोष्टबहादुर बोगटी, प्रवक्ता दीनानाथ शर्मा सहितको टोली एक साथ आइपुगको थियो। अर्का उपाध्यक्ष मोहन वैद्य भने समूहमा देखिएनन्।

दाहाल आउनु अघि धुले सडकलाई सरकारी ट्यांकरले दोहोरो पानी छर्केर धुलो कम गरेको थियो।

संचारकर्मीको भीडबाटै दाहालको टोली सीधैं बैठक हलमा प्रवेश गरेको थियो। उनलाई शुक्रबार संसदमा भएको घटनाबारे संवाददाताले प्रश्न गर्दा पनि उनले केही प्रतिक्रिया व्यक्त गरेनन्, बरु उनको सुरक्षामा खटिएका एकजनाले भने, 'उहाँले बिहानै बोलिसक्नुभयो।'

संसारकर्मीलाई सुरक्षागेट बाहिरै छोडेर उनी सीधै बैठक गर्ने मूल पण्डालको निरीक्षण गरेका थिए। हलको निरीक्षण गरिसकेपछि भट्टराईले भने, 'सत्संग समारोह गर्ने जस्तो भएछ।' यो सुनेर दाहाल खित्का छोडेर हाँसे। व्यवस्थापनको जिम्मेवारी लिएका दाहालपक्षीय स्थानीय कार्यकर्ता हितराज पाण्डेले थप 'सत्संग समारोहमा प्रवचन लगाउने अब।'

त्यस लगत्तै बैठक हल तल रहेको छाप्रोमा उनीहरू प्रवेश गरे। दाहाललाई केही बोल्ने कि भन्ने जिज्ञासामा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्मचार्यले भने, 'आजै त प्रचण्ड के बोल्लान् र?' वरपर रहेका सबै हाँसे।

बैठकस्थल छेउ रहेको कृष्ण सेन इच्छुक संचार केन्द्रमा दिनभर संचारकर्मीहरुको भिड थियो। संचार संरचना व्यवस्तित नभएकाले प्रत्यक्ष प्रसारणमा रहेका संचारकर्मीहरुलाई हम्मे परेको थियो।

संचार केन्द्र पश्चिमतिर वाइसिएलका कार्यकर्ताले दिनभर भलिबल खेलेका थिए। साँझ छेउको चउरमा ड्रम बजाएर जनमुक्ति सेनालाई कम्ब्याटबिना परेड खेलाइएको थियो। त्यहाँ संचारकर्मीलाई जान शुक्रबारदेखि नै रोक लगाइएको थियो। ११ सयभन्दा बढी शिविरका लडाका बैठकमा सहभागी छन्। ती परेड खेल्ने जनमुक्ति सेनालाई बैठकस्थलको सुरक्षार्थ राखिएको पार्टी स्रोतले बतायो।

बैठकस्थल वरपर दिनभर रमितेको भिड थियो। संचारकर्मीको भिड, प्रतिनिधिहरूको अलमल, गेटपास नभएर अलमल परेकाले संचारकर्मीकहाँ आएर फोटो प्रिन्ट गरिदिन आग्रह गरिरहेका थिए। गेट बाहिर शुभचिन्तकहरुको दिनभर भीड थियो।

संसदीय प्रणालीको राम्रो नमूना
माओवादी प्रवक्ता दिनानाथ शर्माले शुक्रबार बजेट प्रस्तुत गर्दा भएको माओवादी आक्रमणलाई संसदीय व्यवस्थाको राम्रो नमूनाका रुपमा चित्रण गरेका छन्।

'संसारको सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक भारतमा तपाईहरूले यो भन्दा धेरै घटना देख्नुहुन्छ,' हातपात गरेर माओवादीले अभद्र व्यवहार गर्‍यो भन्ने प्रतिक्रिया छ नि भन्ने प्रश्नको जवाफमा उनले भने, 'यो त त्यसको अभ्यास हो, यो लोकतान्त्रिक संसदीय प्रणालीको राम्रो नमूना हो।'
बैठकस्थलमा आएका अरु नेताले प्रतिक्रिया व्यक्त नगरे पनि शर्माले भने, 'संसदीय प्रणालीमा प्रतिपक्षको कर्तव्य भनेको संविधानको रक्षा गर्नु हो र गलत बाटोतिर सरकार जान्छ भने त्यसलाई नियन्त्रण गर्नु हो।'

माओवादीले संविधानको धारा ९३ अन्तर्गत सरकारले असंवैधानिक ढंगले बजेट ल्याउन प्रयत्न गरेको आरोप लगाउँदै उनले भने, 'त्यसको विरोध गर्नु हाम्रो दायित्व थियो। संसदीय प्रणालीको दायित्व थियो।'

बजेट संविधानको मर्म र भावना विपरित रहेको बताउँदै शर्माले यसलाई संसदीय प्रणालीको मर्म र भावना विपरित भने। 'संविधानको धारा ९३ अनुसारको पूर्ण बजेट यो सरकाले ल्याउन सक्दैन भन्ने हामीले पहिलेदेखि नै पटक पटक भनेका थियौं, त्यसकारण हामीले त्यसलाई रोकेका हौं।'

बाबुरामको बिक्री धेरै
मूल गेटसँगै दायाँपट्टी किताबको लस्करै आकाशे खुला पसल राखिएको छ। किताव पसलमा मार्क्सवादी दर्शन, साहित्य, उपन्यास, बैचारिक दस्तावेज, माओका रचना लगायत पुस्तक छन्।

सहकारी पसल छेउमै बाबुराम भट्टराईको 'आजको मार्क्सवाद र साम्राज्यवाद' नामक पुस्तक निकै बिक्री भयो। पुस्तक बेच्ने शैली पनि निक्कै फरक थियो। भट्टराईको निर्वाचन क्षेत्र समेत यही ठाउँ भएकाले हुन सक्छ उनको किताब धेरै बिक्री हुनुमा।
बिक्रेताले एउटा किनेपछि रातो झिल्कोका २ पुराना अंक निःशुल्क दिएपछि झन् बिक्री भए। यो निकै आक्रामक पूँजीवादी व्यापार शैली थियो।

रातो झिल्को बाबुरामकी एक मात्र पुत्री मानुषी यमी भट्टराई सम्पादक छन्। सल्लाहकार भट्टराई आफैं। त्रैमासिक निस्कने यो झिल्कोले मार्क्सवादसम्बन्धी बिशेष खोज अनुसन्धान्त्मक लेख प्रकाशित गरिन्छ। 'भट्टराईको किताब दुई दिनमै पाँच सय प्रति बिक्री भयो,' पसलेले नागरिकसँग भने, 'यो उनकै क्षेत्र भएकोले पनि खोजीखोजी पढ्छन्।'
अर्को समाचार
दुर्घटनामा कार्यकर्ताको मृत्यु, एमाओवादीको विस्तारित बैठक स्थगित
३१ असार २०६९
•
१ मिनेट पाठ
दुर्घटनामा कार्यकर्ताको मृत्यु, एमाओवादीको विस्तारित बैठक स्थगित
काठमाडौँ, साउन १ (नागरिक)- बिहान नवलपरासी र धादिङमा भएका छुट्टाछुट्टै दुई दुर्घटनामा तीन कार्यकर्ताको मृत्यु भएपछि आजदेखि हुने भनिएको माओवादीको विस्तारित बैठक भोलिसम्मका लागि स्थगित भएको छ।
बैठकको उद्‍घाटन आज दिउँसो १ बजे हुने भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा हुने कार्यक्रम थियो।

 वैद्य पक्ष अलग्गिएपछि बस्न लागेको बैठकले पार्टीको आगामी कार्यदिशा तय गर्न बस्न लागेको बैठकमा देशभरबाट ५ हजार कार्यकर्ताले भाग लिने बताइएको छ। 




माओवादीले पार्टीभित्र विवाद उत्पन्न हुँदा विस्तारित बैठकमार्फत् कार्यदिशा तय गर्दै आएको छ।

कटारीबाट काठमाडौँ आउँदै गरेको रात्री बस आज बिहान कृष्णभीर नजिकैबाट त्रिशुली नदीमा खस्दा ९ जनाको मृत्यु भएको छ। त्यसैगरी दैलेखबाट काठमाडौँतर्फ जाँदै गरेको  बस र विपरीत दिशाबाट आउँदै गरेको ट्रिपर एकापसमा ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ।

सम्बन्धित समाचार

धादिङको कृष्णभीरबाट त्रिशुलीमा बस खस्यो, कम्तिमा ९ को मृत्यु


रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस