गुलाबी नजर
२६ माघ २०७५
•
९ मिनेट पाठ
गुलाबी नजर
जसरी संसारमा मानव जातिको सृष्टि भएको छ त्यसरी नै फूलहरुको पनि आफनै किसिमको सृष्टि छ।  ‘मानव’ शब्द एक भए पनि व्यक्तिपिच्छे विशेषताहरु फरक पर्दछन्।  फूल पनि फरक फरक स्वभावका हुन्छन्।  ठाउ“ र हावापानी अनुसार रङगीचङगी फूलहरु फुलिराखेका हुन्छन्।  विभिन्न उत्सबमा फूलहरुको महत्व हुन्छ।  भ्यालेन्टाइन डे नजिकिइरहेका बेला गुलाफ र प्रेमबीचको सम्बन्धको बयान गर्नु सान्दर्भिक हुन्छ। 

गुलाफलाई जिन्दगी, सुन्दरता र प्रेमको प्रतिक ठानिन्छ।  जीवनको दर्शन हो गुलाफ।  यसको धार्मिक मूल्य र मान्यता पनि छ।  का“डा बीचमा फूलेजस्तै जीवन पनि यात्राका का“डा पन्छाउ“दै निरन्तर अघि बढछ।  जब हामी गुलाफ र कोपिला मुस्कुराइरहेको देख्छौ तब मनबाटै उत्तेजित हुन्छौ र भन्छौ–अहा क्या सुन्दर। 

सायद सबै फूलभन्दा सर्बोत्कृष्ट भएकाले गुलाफलाई फूलहरुको राजा भनिएको होला।  गुलाफ र प्र्रेम निकट भएर आउ“छन्।  प्र्रेमी अथवा पे्रमिकालाई प्रेम अभिव्यक्त गर्न गुलाफ एक मात्र माध्यम हो।  आफना भावना पे्रमिल मनले एक अर्काप्रति साटासाट र समर्पित गर्दछन्।  अनि प्रेम अभिव्यक्त गर्न पाउ“दा राहत महसुस गर्दछन्।  गुलाफले मनले बुझने भाषामा प्रेमको कूरा गर्छ।  भनिन्छ प्रेम गुलाफभन्दा पनि सुन्दर हुन्छ र यसको का“डा गुलाफको का“डा भन्दा तिखो हुन्छ र मुटुसम्म घोच्छ।   

रातो गुलाफ मायालुलाई प्रेम गर्छु भन्ने जनाउन, गुलाफी गुलाफ रिसाएकालाई फकाउन, पहेलो गुलाफ मित्रता, कालो गुलाफ विछोड, सेतो गुलाफ चिहानमा समवेदना जनाउन प्रयोग गरिन्छ।


साहित्य, गीत सङगीत पनि यी दुई चीजबाट अर्थात प्रेम र गुलाफको सम्बन्धबाट अलग छैनन्।  धेरै लेखकहरुले प्रेमलाई गुलाफ अनि गुलाफलाई प्रेमस“ग तुलना गरेका छन्।  हिन्दी गीत गजलमा पनि प्रेम र गुलाफको निकटताले अग्रस्थान कायम गरेको छ।   शेक्सपियरले गुलाफ र नामलाई जोडेर महान विचार प्रकट गरेका थिए।  “नाममा के छ? गुलाफलाई जे सम्बोधन गरे पनि त्यसको सुगन्ध त एउटै हो, नाटककार बालकृष्ण समले नाटक प्रेमपिण्डमा भनेका छन्। 

प्रेमपिण्ड नाटकका मूख्य पात्र नकुलले प्रेमिका सबितालाई भनेका छन् “हामी स“गै मर्‍यौ भने गुलाफको चितामा जल्थ्यौ।  सुबासको धु“वा रङमङाउ“थ्यो।  चराहरु गरुड पुराण लगाउ“थे।  तर एक्ला एक्लै मर्‍यौ भने कति नमज्जा हुन्थ्यो। ” उनी आफू र आफ्नी  प्रेमिका मरेपछि गुलाफको चितामा जल्न पाए हुन्थ्यो भन्ने चाहना राखेका छन्।

त्यस्तै कवि रोबर्ट बर्नसले प्रेमिकालाई जून महिनामा फुल्ने गुलाफस“ग तुलना गरेका छन्।  उनले लेखेका छन् “मेरी प्रेमिका जून महिनामा फुल्ने ताजा रातो गुलाफ जस्तै छिन्। ” उनको यो कविताले जर्मनीमा उथलपुथल ल्याइदिएको थियो रे।  एलिसन रिचर्डको एउटा उद्धरण एकदम राम्रो छ।  उनले प्रेमिकाको अनुहार हेर्दै भावुक बनेर भनेका छन् “तिम्रो मुहार एक सुन्दर ब“गैचा हो, जहा“ गुलाफ र कुमुदिनी फुल्दछन्। ” कवि क्रिस्टिना रोजेटीले ‘जब म मर्छु मेरो प्रियतम’ शिर्षकको कवितामा यसरी गुलाफलाई सम्बोधन गरेकी छिन् “जब म मर्छु मेरो प्रियतम, मेरो चिहानमा गुलाफका बोटहरु नरोप, ती रक्तिम थु“गाहरुले मेरो सम्झना दिलाउनेछन् र तिमी  प्रेमले व्याकुल हुनेछौ। ”

विभिन्न किसिमका गुलाफले प्रेमका फरक फरक आयाम परिभाषित गर्दछन्।  गुलाफका थरीथरी रङहरुमा थरी थरी अर्थ लुकेको हुन्छ।  रातो गुलाफ मायालुलाई प्रेम गर्छु भन्ने जनाउन, गुलाफी गुलाफ रिसाएका प्रेमी प्रेमिकालाई फकाउन, पहेलो गुलाफ मित्रता, कालो गुलाफ विछोड, सेतो गुलाफ चिहानमा समवेदना जनाउन प्रयोग गरिन्छ।

लण्डनका कवि रोबर्ट हेरिकले गुलाफ र कुमारीत्वलाई एकै ठानेका छन् “आज हा“सेको गुलाफ भोलि वैलाएर झर्छ, त्यसैले ए कुमारी ! तिमी नलजाउ बरु आफनो समयको भरपुर सदुपयोग गर।  कसैस“ग प्रेम गर। ” नाटककार जर्ज बर्नाड शा आफनो ‘द एप्पल कार्ट’ नामको नाटकमा गुलाफलाई उपमा बनाउन चुकेनन्।  उक्त नाटककी महिला पात्र पुरुष पात्रलाई प्रेम गर्छिन् र भन्छिन् “स्वर्गले तिमीलाई गुलाफ उपहार दिएको छ तर किन तिमी बन्दाकोपीमा झुण्डिइरहेको छौ। ” उनी आफनो प्रेमीले प्रेम गरेकी अर्की महिलालाई बन्दाकोपीस“ग तुलना गरेकी छिन्। 

कुनै प्रेमीले प्रेमिकालाई रातो गुलाफ उपहार दिएमा एक अर्कामा रुमानी भावना उत्पन्न हुन्छ।  शब्दले प्रष्टयाउन नसकेको प्रेम पुष्पपत्रहरुले प्रतिविम्बित गरिराखेको हुन्छ।  अर्थात् रातो गुलाफ प्रेमको प्रतिनिधि हो।  भ्यालेन्टाइन डे मा रातो गुलाफको निक्कै चर्चा हुन्छ।  प्रेम–पत्रहरुमा मायालुका आ“खालाई गुलाफी नजर भनेर तारिफ गरिन्छ।  गुलाफको झाङ्गलाई प्रेमीहरु लुकेर माया साटने स्थलका रुपमा लिइन्छ।  अनि गुच्छाहरुलाई मायाको चिनो स्वरुप सजाइन्छ।  यो जगतमा गुलाफ थिएन भने प्रेम अधुरो हुनेथियो र हाम्रा, आ“गन, ब“गैचा र पार्क उजाड हुनेथिए।

वाइबलमा पनि गुलाफको महत्वलाई उल्लेख गरिएको छ।  प्रेमका देवता क्युपिडले गुलाफको ब“गैचामा वाण हान्दा गुलाफको बोटमा लागेको र डा“ठमा का“डाहरु पलाएको ग्रिकको ग्रन्थमा पढन पाइन्छ।  जब क्युपिडकी आमा भेनस ब“गैचामा डुल्न आइन् तब का“डाले उनको खुट्टामा घोचेर चुहिएको रातो रगतले नै गुलाफको रङलाई रातो बनाइदियो।  भनाइ नै छ “गुलाफको का“डाले प्रेमको आ“खालाई घोचेर फुटाइदियो अनि रगताम्मे बनाइदियो र त्यही बेला देखि प्रेम दृष्टिविहीन भयो।  तर टाढा टाढासम्म देख्न सक्छ। ” प्रेमको हेराइले धर्तीमा नै स्वर्गको अनुभव गराइदिन्छ।  समग्रमा प्रेम र गुलाफ नङ र मासुझै एक अर्कास“ग नजिक छन्।  प्रेमविना गुलाफ अधुरो छ र गुलाफ विना प्रेम।
अर्को समाचार
जेब्राक्रसमा महिला बस
नागरिक
०६ चैत्र २०७१
•
१४ मिनेट पाठ
जेब्राक्रसमा महिला बस
काठमाडौं-पुरानो बसपार्क
बुधबार, बिहान ८:३०।
गुलाबी रङको बस साँखुका लागि छुट्न लागेको छ। गाडीको ढोकामा उभिएकी सदीक्षा तामाङ खिरिलो स्वरमा चिच्याउन थाल्छिन्— गौशाला, चाबहिल, जोरपाटी, मूलपानी, साँखु–साँखु...।
महिला आवाज आउनासाथ धेरै यात्रुको नजर उनीतिर तानिन्छ। कोही दगुर्दै बसतिर हानिन्छन्, कोही मुसुमुसु हाँस्दै हेरिहन्छन्। ढोकाबाट चढ्न लागेका पुरुष यात्रुलाई सदीक्षा सम्झाउँछिन्, ‘दाइ यो त महिला बस हो। तपाईंहरू चढ्न पाउनुहुन्न।'‘उसोभए हामी केमा चढ्ने नि?' केही पुरुष यात्रुको प्रश्न सदीक्षातिरै तेर्सिन्छ। महिला बसका चालक भने पुरुष छन्। बसको ढोकाबाट छिर्न खोज्ने पुरुष यात्रुलाई रोक्न सदीक्षालाई हम्मेहम्मे पर्छ। उनले सुनाइन्, ‘महिलामैत्री बस हो भन्दा कतिपय हाँस्छन्, कतिले जिस्क्याउँछन्।'
सशक्त महिला समाजले १०५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा गएको मार्च ८ देखि सञ्चालनमा ल्याएको ‘महिला बस'मा सुरुदेखि नै सदीक्षाले खलासीको काम गर्दै आएकी छिन्। सार्वजनिक सवारी साधनमा महिलामाथि हुने दुर्व्यवहारको व्यापक विरोध हुन थालेपछि समाजले पुरानो बसपार्क–साँखु रुटमा महिला बस सञ्चालनमा ल्याएको हो।
सानैदेखि गाडीप्रति आकर्षित सदीक्षा ड्राइभिङ सिक्नकै लागि मकवानपुरको पालुङबाट काठमाडौं आएकी थिइन्। सानो गाडी चलाउन सक्छिन् उनी। ठूलो सवारी चलाउने उनको सपना छ।
'सशक्त महिला समाजले एक वर्षअघि गरेको अध्ययनमा ७१ प्रतिशत महिलाले सार्वजनिक सवारी साधनमा दुर्व्यवहार भोग्ने गरेको निष्कर्ष निकालेको थियो। ‘पाँच सय महिलासँग गरिएको अन्तरक्रियाले यस्तो नजिता निकाल्यो,' समाजकी अध्यक्ष सम्झना फुयाल भन्छिन्, ‘सोही अध्ययनलाई आधार मानेर बस चालएका हौं। यही रुटमा फेरि अर्को बस सञ्चालन गर्ने योजना छ।'
महिला लक्षित बस सञ्चालन भए पनि यसले झनै विभेद निम्त्याउने कतिपय महिला यात्रु नै बताउँछन्। सर्लाहीकी शान्ता पोखरेल महिलालाई छुट्टै राख्दा प्रतिस्पर्धामा झन् कमजोर हुने गुनासो गर्छिन्। बुधबार उनले महिला बसको पहिलो अनुभव लिइन्। ‘एक हिसाबले त ठिकै हो। तर यसले विभेदलाई झन् बढाउँछ,' बौद्ध बस्दै आएकी उनले भनिन्, ‘अरूसँग प्रतिस्पर्धा गर्न नसकेर छुट्टै बस चढ्नुपरेको छ। यसले हामी आफैं कमजोर बन्दै जान्छौं।'
सार्वजनिक यातायातमा अपांग, ज्येष्ठ नागरिक, अशक्त र महिलालाई दिइएको आरक्षण सिट कार्यान्वयन गरे सबै ठिक हुने उनको धारणा छ। ‘लामो रुटको सडकमा चाहिँ महिलामैत्री बसको आवश्यकता देखिन्छ,' नेपाल ल क्याम्पस दोस्रो वर्षमा अध्ययनरत उनी भन्छिन्, ‘रात्रि बसमा वीरगन्ज, महेन्द्रनगर पुग्दा महिलाले धेरै सास्ती भोग्नुपर्छ।' राजधानीमा एक–दुइटा महिला बस चलाउँदैमा महिला दुर्व्यवहार कम हुनेमा उनी विश्वस्त छैनन्। ‘छोरालाई लिएर हिँडेका बेला महिला बस चढ्ने कि झर्ने?' उनी प्रश्न गर्छिन्।
पोखरेलसँगै बस चढेका अन्य यात्रुको भनाइ पनि लगभग उस्तै छ। महिलालाई ‘विशेष सुविधा' दिएकोमा धेरै खुसी त थिए तर यसको दीर्घकालीन प्रभावबारे खासै विश्वस्त देखिएनन्। ‘बूढाबूढी र आमाछोरा पनि सँगै हिँड्न नपाइने भो,' केही ठट्टा गर्दै भन्थे।
डाँछीबाट बस चढेकी कृपा लामाले थलीबाट बुबालाई लिएर जोरपाटी जानु थियो। तर सोही बसमा बुबा चढ्न पाएनन्, कृपा नै उत्रिनुपर्यो । ‘यस्तो व्यवस्थाले हाम्रो पनि इज्जत बढेजस्तो भएको छ,' उनले भनिन्, ‘तर, हेर्नुस् त, बुबालाई आफूसँगै लैजान पाइएन। यसतो समस्याचाहिँ आउँने रहेछ।'
बौद्धमा गाडी कुरिरहेका एक वृद्धले हात दिए, तर ढोकामा उभिएकी सदीक्षा तामाङले भनिन्, ‘यो त महिलाका लागिमात्र हो।' ती वृद्ध दंग परे। हेरिरहे।
‘अब त ससुराली जाँदा पनि छुट्टाछुट्टै जानुपर्ने भो।' महिला बस चल्न थालेपछि पुरुष यात्रुहरू यसरी पनि ठट्टा गर्ने गर्छन्। नयाँपाटीकी सम्झना ब्रह्मशाली यसलाई सकारात्मक रूपमा लिनुपर्ने बताउँछिन्। महिलाले दुर्व्यवहार सहिरहेको अवस्थामा यस्ता बसमा सुरक्षित महसुस हुने उनको अनुभव छ। तर उनी यस्ता महिला बसको संख्यामा वृद्धि गरेमात्र सबैलाई सहज हुने सुझाउँछिन्।
निश्चित समयमा छुट्ने र सीमित बस भएकाले सबै महिलाले यस्ता बसको उपयोग गर्न पाउँदैनन्। यस्तैमा पर्छिन्, डाँछीकी पार्वती खड्का। उनी कामको सिलसिलमा दिनहुँजसो  काठमाडौं आउनुपर्छ। ‘सार्वजनिक गाडीमा पुरुषको व्यवहार नै नराम्रो हुन्छ,' सार्वजनिक सवारीमा १५ वर्षदेखि यात्रा गर्दै आएकी उनी भन्छिन्, ‘यस्तो अवस्थामा महिला बस हाम्रो लागि वरदान त हो तर आफूलाई चाहिएको बेला बस कुर्नु कि अर्कोमा जानु?'

महिला चालकको अभाव


सवारी चालकमा पुरुषमात्र थिए। बिस्तारै महिलाहरू स्कुटी चढ्न थाले, टेम्पो चलाउन थाले। ट्याक्सी चलाउने महिलाको संख्या पनि बढ्न थालेको छ। पछिल्लो समय सार्वजनिक सवारी साधनमा महिला खलाँसी पनि छन्। तर, ठूला सवारीको चालकका रूपमा आएका महिलाको संख्या नगन्य छ। साझा यातायातको बस चलाउने रेविका शाह, जो एकमात्र ठूलो सवारी चलाउने महिला हुन्। ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा सम्पर्क गर्दा बसको लाइसेन्स लिने महिला–पुरुषको छुट्टाछुट्टै तथ्यांक नरहेको पाइयो।
महिला चालकको अभाव भएकै कारण पुरानो बसपार्क–साँखु रुटको महिला बसमा पुरुष चालक राख्नुपरेको बताउँछिन्, महिला सशक्त समाजकी अध्यक्ष सम्झना फुयाल। उनले महिला चालक खोजेको दुई महिना भयो तर बस चलाउने हिम्मत भएका अझै भेट्न सकेकी छैनन्। बस सञ्चालनबाट सकारात्मक प्रतिक्रिया आइरहेको उनले सुनाए पनि समस्याको दीर्घकालीन समाधानबारे शंका गर्नेहरू पनि छन्। ‘जबसम्म दुर्व्यवहार रोकिन्न, तबसम्म विकल्पको रूपमा लिएका छौं,' उनको दाबी छ। महिला चालक उत्पादन गर्नु आफ्नो अबको उद्देश्य रहेको उनी बताउँछिन्।
महिला बस कति आवश्यक?
सार्वजनिक सवारी साधन प्रयोग गर्ने महिलामाथि दुर्व्यवहार हुने गरेका घटना बेलाबेला आइरहन्छन्, तर दीर्घकालीन समाधानका ठोस निर्णय हुने सकेका छैनन्। कीर्तिपुरबाट केही महिनाअघि एउटा महिलामैत्री माइक्रो चले पनि धेरै दिन चल्न सकेन। अहिले उपत्यकाभित्र चार महिला बस सञ्चालनमा छन् । पुरानो बसपार्क–साँखु एउटा बस चल्छ भने बागमती यातायात व्यवसायी संघले भक्तपुर–कलंकी रुटमा तीन वटा बस सञ्चालन गरेको छ।
सभासद मीना पुनका विचारमा महिला लक्षित बस लामो समय टिक्न सक्दैनन्। ‘यो विकल्प नै होइन,' सार्वजनिक सवारीमा यात्रा गरिरहने उनी भन्छिन्, ‘एउटै परिवारका दिदीभाइ वा बाबुछोरी कतै जानुपर्दा छुट्टाछुट्टै गाडीमा कसरी चढ्ने?' प्रत्येक सार्वजनिक बसको दायाँ वा बायाँ साइड महिलाका लागि छुट्याएमात्र व्यावहारिक हुने उनी बताउँछिन्।
सभासद पुनजस्तै महिला दुर्व्यवहार रोक्ने नाममा महिलाका लागि छुट्टै बस चलाउनु हास्यास्पद रहेको बताउँछिन्, डा. अरुणा उप्रेती। ‘म प्रायः सार्वजनिक यातायात चढ्छु। महिलामाथि दुर्व्यवहार भएकै छ,' उनको असहमति छ, ‘आज महिलाका लागि छुट्टै गाडी चल्ला। भोलि छुट्टै पार्क बन्ला! यो कसरी सम्भव हुन्छ?' एकातिर समावेशीका कुरा र अर्कोतिर दुर्व्यवहार रोक्ने नाममा कारबाहीको सट्टा महिलालाई नै छुट्याउनु उचित नभएको उनको तर्क छ।
सभासद पुन यस्तो व्यवस्थाले महिलाहरू पुरुषबाट झन् टाढिँदै जाने खतरा देख्छिन्। ‘मान्छेको सोचमा पो सुधार गर्ने हो,' उनी प्रश्न गर्छिन्, ‘महिलाका लागिमात्र छुट्टै घर वा समाज कसरी कल्पना गर्न सकिन्छ?' भएको कानुनको कडाइसाथ कार्यान्वयन गरे दुर्व्यवहार कम हुने उनको धारणा छ।
बुढानीलकण्ठ स्कुल पुरुषका लागिमात्र थियो, अहिले महिला पनि पढ्न पाउँछन्। महेन्द्र भवन ज्ञानेश्वर महिलाका लागिमात्र थियो, अहिले पुरुष पनि पढ्न पाउँछन्। समाज परिवर्तन हुँदै छ। समावेशी र समानताको कुरा चर्को रूपमा उठिरहेको छ। डा. उप्रेती त प्रसूति अस्पतालबाहेक महिलाका लागि केही अलग गर्न नहुने बताउँछिन्। उनी थप्छिन्, ‘महिलाका लागि छुट्टै गाडी चलाउने भनेको काठमाडौंमा रात्रिबस चलाउनुजस्तै हो।' गाडीमा अशक्त, वृद्धवृद्धा र अपांगका लागिमात्र सिट छुट्याए पुग्ने उनको तर्क छ। ‘हट्टाकट्टा केटा र केटीमा के फरक छ? कमजोरका लागि पो हो त आरक्षण,' उनले भनिन्, ‘बरु लामो रुटका गाडीमा हुने महिला दुर्व्यवहार रोक्न अभियान चलाउनुपर्छ। छुट्टै बसले सुरक्षित अनुभूति गराउँदैन, अलग भएको महसुस गराउँछ।'
कतिपय विज्ञहरू लाखौं सवारी चल्ने ठाउँमा एक–दुइ वटा छुट्टै गाडी चलाएर समस्या निराकरण नहुने बताउँछन्। ‘गाडीको सिट क्षमताअनुसार यात्रु राख्नु पहिलो विकल्प हो,' ०२५ सालदेखि काठमाडौंमै सार्वजनिक सवारी साधनको अनुभव बटुलेकी पूर्व महिला, बालबालिका तथा सामाजकल्याण मन्त्री मीना पाण्डे भन्छिन्, ‘२० जनाको सिटमा ४० जना चढ्दा दुर्व्यवहार नहुने कुरै भएन।'
उनका विचारमा पनि छुट्टै बसको आवश्यकता छैन, बरु खाँचो छ कानुन कार्यान्वयनको। ‘ट्राफिक नियमलाई कडाइका साथ लागू गर्ने र सिट क्षमताअनुसार यात्रु हाल्ने हो दुर्व्यवहारका धेरै समस्या समाधान हुन्छन्,' उनी भन्छिन् ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस