प्रेममा उपहार
२७ माघ २०७४
•
३ मिनेट पाठ
प्रेममा उपहार
प्रेम गर्ने जोडीले एकअर्कालाई उपहार दिनु नयाँ चलन होइन। तर, समयसँगै उपहार दिने वस्तुमा भने नयाँपन आएको छ। 




उपहार आदान–प्रदानले सम्बन्ध बलियो हुने मानिन्छ। १४ फेब्रुअरीलाई विश्वभर भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवसका रूपमा मनाइन्छ।

१४ फेब्रुअरी रोमका पादरी भ्यालेन्टाइनको मृत्यु भएको दिन हो। राजाले आफ्ना सिपाहीलाई विवाह गर्न रोक लगाएका बेला भ्यालेन्टाइनले विवाह गर्न सघाएका थिए, त्यसैले उनलाई राजाले मृत्युदण्ड दिए । प्रेम र विवाहका पक्षपाती भएकाले संसारले पादरी भ्यालेन्टाइनलाई सम्मानले हेर्न थाल्यो। 

उपहार आदान–प्रदानले सम्बन्ध बलियो हुने मानिन्छ । १४ फेब्रुअरीलाई विश्वभर भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवसका रूपमा मनाइन्छ।

यो दिवसमा प्रेम गर्ने जोडीले एकअर्कालाई विभिन्न उपहार दिने गर्छन्। कतिपयले पहिलो प्रेम–प्रस्ताव पनि यही अवसरमा गर्छन्। प्रेम प्रस्ताव गर्दा पनि उपहार नै दिने गरिन्छ। प्रेम दिवसको दिन मात्रै उपहार दिनुपर्छ भन्ने छैन तर मायालुबाट नसोचेको उपहार पाउँदा खुसी बढ्न सक्छ । तसर्थ उपहारले प्रेमी÷प्रेमिकाबीच सम्बन्ध अझ गाढा बनाउन सक्छ। 

प्रेम दर्शाउन दिइने केही प्रचलित उपहार : 

जोडी कप  

जोडी कप प्रेमिल मनहरूको रोजाइमा परेको छ। आफू र आफूलाई प्रेम गर्नेको फोटो प्रिन्ट गरेर, मायाका मीठा अनुभूति लेखेर उपहार स्वरुप दिन सकिन्छ। 

लकेट÷चेन 

उपहार स्वरूप लकेट  दिन सकिन्छ। आफू र आफ्नो नामको अक्षरबाट  बनेका लकेट पनि राम्रो विकल्प हुन सक्छ। लकेटमा नाम मात्र नभएर, फोटो राख्न मिल्ने र फोटोलाई नै प्रिन्ट गरेर उपहार दिन सकिन्छ।

किताब

पछिल्लो समय किताब उपहारको चलन बढेको छ । उपहारमा किताब दिनु धेरै राम्रो कुरा हो। यसमा प्रेमकथामा आधारित कथा, उपन्यास दिन सकिन्छ । योसँगै साथीको रोजाइ बुझेर पनि पुस्तक दिन सकिन्छ । 

औँठी

बजारमा उपहार धेरै पाइन्छ, तर सधैँ याद आउने उपहार हुन सक्छ, औँठी। यसमा सुन, चाँदी र बजारिया औँठी पनि दिन सकिन्छ।

कार्ड

प्रेमिल शब्दसहितका कार्ड उपहार दिन सकिन्छ । कार्डमा लेखिएका शब्दले आफ्नो भावना प्रकट गर्न सक्छ। मनमा तरंग फैलाउने खालका मायाका शब्दले भरिएका कार्ड उपहार दिन सकिन्छ।
अर्को समाचार
प्रेममा राँक्कियो मन
०३ फागुन २०६९
•
१६ मिनेट पाठ
प्रेममा राँक्कियो मन
आजको दिन तन्नेरीहरूको मन हरियो भएको छ, कलकलाउँदो बिरुवा जस्तो। आजका लागि योजना बनिसकेका छन्। कहाँ जाने? के गर्ने? कुन उपहार लिने? के उपहार दिने? आजको दिनमा मायाको बन्धन कि कसिन्छ, कि फुत्किन्छ। प्रेमको महिमा अपार छ। प्रेमको तातोमा राँक्किएको छ नेपाली तन्नेरीहरूको मन।
जसका जोडी छन् ती खुशीमा छन्, जसका छैनन् ती खोजीमा छन्। सजना बरालको कलम प्रेम दिवसको लेखाजोखामा तन्किएको छ। के छ अद्‍भूत त्यस्तो यो प्रेम दिवसमा?





...

प्रणय दिवसको रङमा सिंगो संसार रंगिएको छ। नेपाली शहरिया समाजलाई पनि प्रेम दिवसको चटारोले छोइसकेको छ। उपहार र डेटिङका लागि खर्च-बर्चको जोरजाम गर्नेदेखि घरपरिवारका आँखा छलेर मायालुसम्म पुग्ने चाँजोपाँजो मिलाउनुछ, टिनएजरहरूलाई। पार्टनर नहुने 'अकेला'हरू समेत साथीभाइको हुलमा थपिएर क्याफे, क्यान्टिन, रेस्टुरेन्ट वा फिल्म हलतिर बाटो तताउन तम्तयार हुन्छन्। प्रेम प्रस्ताव राख्ने र प्रस्ताव स्विकार्ने वा अस्विकार्नेको चक्कर प्रायः दिनभर चलिरहन्छ।

आइतवार भृकुटी मण्डपस्थित इन्फोटेक मेला भर्न आएकी १७ वर्षीया गीता पोखरेलले यसपालि पहिलो पटक प्रेम दिवस मनाउन लागेको बताइन्। 'ब्वाईफ्रेन्डको घरमा गएर नाचगान गर्ने, तास खेल्ने आदि प्रोग्राम छ,' बडो उत्साहित मुद्रामा भेटिएकी उनी गफिइन्, 'साथीहरूलाई पनि बोलाएका छौँ। खुब इन्जोय गर्ने प्लान छ।' यसका लागि उनीहरूले छ हजार रुपैयाँजति बजेट छुट्याएका छन्। ब्वाईफ्रेन्ड जागिरे भएकाले आर्थिक भार उनैले बेहोर्ने गीताले बताइन्। 'मैले चाहिँ यही एउटा पेन ड्राइभ गिफ्ट दिने भएकी छु,' मेलामै किनेको उपहार देखाउँदै उनले भनिन्, 'यसमा एउटा ग्रिटिङ कार्ड थपेर दिनुपर्ला।'

सञ्चार माध्यम र इन्टरनेटको व्यापकतासँगै साथीभाइको लहडले पनि युवा पुस्तामाझ प्रेम दिवसको उल्लास सालिन्दा बढ्दो छ। रेडियो, टेलिभिजनदेखि फेसबुक र ट्वीटरजस्ता सामाजिक सञ्जालमा हप्तौँअघिदेखि पे्रम दिवसको चर्चा चल्छ। पत्रपत्रिका तीजमा सजिएका महिलाझैँ 'राताम्मे' बन्ने गर्छन्।

भी-डे सेलब्रेट गर्न कलेजमा खाजा खान दिएको पैसा खुत्रुकेमा खसाल्नेदेखि सरसापटी माग्ने, आमाको पर्स वा बुवाको बगली छाम्नेसम्मका हर्कत गर्न पछि पर्दैनन् उनीहरू। 'त्यति नगरे पैसा उब्जिन्न क्यारे,' ह्वाइटफिल्ड क्याम्पसका विद्यार्थी वसन्त श्रेष्ठले भने, 'तर, हामी चाहिँ चोरी गर्दैनौँ है! आफ्नो त गर्लफ्रेन्ड गाँठवाली छे। पैसाको टेन्सनै छैन। टक्क १०-१५ रुपियाँको एउटा फूल बोकेर जाने हो। टन्न खाने हो, आउने हो।'

भ्यालेन्टाइन्स डेको इतिहासबारे केटाकेटीहरू जानकार छैनन्। उनीहरू त बस् रमाइलोका लागि होमा हो मिलाउन तल्लीन छन्। यसै पनि ग्लोबलाइजेसनले सानो गाउँ बनाएको अहिलेको विश्वमा आफ्नो र पराईबीचको दूरी लोपोन्मुख अवस्थामा छ। त्यसमाथि, प्रणय दिवसजस्तो अवसर! 'भ्यालेन्टाइन्स डेलाई पूर्वेली वा पश्चिमेली भन्नुको अर्थ छैन,' कान्तिपुर कलेज अफ म्यानेजमेन्टमा पढ्ने पुनम श्रेष्ठले राय व्यक्त गरिन्, 'यो त युनिभर्सल चाड भैसक्यो। फेरि, माया भन्ने चिज यसको र उसको भन्ने नै हुँदैन नि।'

भ्यालेन्टाइन्स डेको दिन कलेजका तीन जना केटाले पूजालाई पर्पाेज गर्ने भएका छन् रे। 'कलेजबाहिरका दुइटाले अस्ति नै देखि लाइन मारिरा' छन्। पर्पोज गर्नेजति सबैलाई 'एस' दिइन्छ,' उनले निष्पि्कक्री भनिन्।

रमाइलो गर्न भनेपछि पस्केको भात पनि छोडरे कुद्ने अल्लारे उमेरका केटाकेटीलाई भ्यालेन्टाइन्स डे सेलिबे्रसनको गतिलो बहाना बनेको छ। यसका लागि गुलाब, कार्ड, बुके, सो-पिसदेखि चुम्मा र अंकमालसम्मका उपहार लेनदेन गर्ने प्रचलन फस्टाउँदो छ। शुक्रवारको फेसबुक वालमा टिकु चौधरीले प्रणय दिवसका लागि बनाएको योजनाबारे लेखेका छन्, 'फूलबारीबाट एउटा सुन्दर गुलाबको फूल टिपेर उनलाई दिनुपर्ला।' नयाँ बजारका विवेक मगर भने गर्लफ्रेन्ड नभएकाले साथीभाइसँग धुलिखेल घुम्न जाने तयारीमा छन्। 'केटीहरूलाई मन पर्ने भनेकै चकलेट र पर्फ्युम हो,' आशीर्वाद एकेडेमीको कक्षा १० मा पढ्ने प्रकाश गुरुङले भ्यालेन्टाइन गिफ्टबारे जानकारी प्रस्तुत गरे, 'लभ सेप (मुटुको आकार) का चकलेटहरू एक बट्टा किनेर दिएपछि गर्लफ्रेन्ड मख्खै!'

मायाप्रेमलाई भौतिक सामग्रीसँग साट्न नचाहने युवायुवती पनि कम्ती भेटिएनन्। तीमध्येकी शुभलक्ष्मी प्रभाले माया गर्नेलाई माया नै उपहार दिनुपर्छ भन्ने मत जाहेर गरिन्। रुपेश गौतमले 'प्रियसीलाई गालामा च्वाप्प म्वाइँ खाएदिए पुगिहाल्छ नि। अरू के दिनुपर्‍यो?' भनी पोस्ट गरेका छन्। उनले झैँ चुम्बनलाई उपहार बनाउनेको पंक्तिमा सुनील श्रेष्ठ, वाइबी जिएम, राम कार्कीलगायत थिए।

प्रायः युवायुवती भ्यालेन्टाइन्स डेको दिन प्रेमीले गरेका कुनै पनि प्रस्तावलाई नकार्नुहुन्न भन्ने मान्यता राख्छन्। 'यो दिन जति धेरै माया बाँड्न सक्यो, वर्षभरि उति नै धेरै माया पाइन्छ रे,' एनएस टेर्लसमा काम गर्ने १९ वर्षीया लुनिभा राजभण्डारीको बुझाइ छ। तर, मायाको खेती सपार्ने बहानामा सर्वस्व हरण भएको चाल नपाउनेहरू पनि हुन्छन्।
कुनै बेला पानीपँधेरा, मेलापात, चौतारी, देउराली वा नजिकैको रानीवनलाई डेटिङ स्पट बनाउने प्रेमीहरूले आजभोलि होटल, क्याफे र रेस्टुरेन्टलाई गन्तव्य बनाउन थालेका छन्। 'भ्यालेन्टाइन्स डेको दिन पार्क र मन्दिरहरू बजार जस्तै बन्छन्,' बालाजुस्थित नर्थप्वाइन्ट क्याफेका सञ्चालक बालकृष्ण डंगोलले भने, 'त्यहाँ मान्छे धेरै हुने भएकाले केटाकेटीहरू क्याफेतिरै जान रुचाउँछन्।' यही अवसरमा फुड कोर्टहरू पनि छुटका अफरहरू फिँजाएर मौकामा चौका हान्न व्यस्त हुन्छन्। 'काठमाडौँमा कपल्सका लागि राम्रो पार्क नै छैन,' मेघना लामाले दुखेसो पोखिन्, 'भएका पार्कमा पनि जस्तो पायो त्यस्तै मान्छे आउँछन्।' भी-डेको दिन त झन् नानाभाँती गर्नेको छेलेखेलो हुने भएकाले सभ्य पाराले माया साट्नेलाई अप्ठ्यारो पर्ने उनले बताइन्। 'बरु अलि बढी पैसा खर्च गरेरै भए पनि राम्रो खालको क्याफेतिरै डेटिङ जानु राम्रो हुन्छ,' उनले सुझाव दिइन्।

राजधानीका सबै युवा भ्यालेन्टाइन्स डेका पारखी भइसकेका छैनन्। यसलाई परदेशीको चाड मान्नेहरू पनि उत्तिकै छन्। उनीहरूका लागि यो दिवस आडम्बरको प्रतीक हो। 'कहिले रोज डे रे, कहिले फ्रेन्डसिप डे, अब फेरि भ्यालेन्टाइन्स डे रे!' शिवपुरी कलेजका हरि खड्काले व्यंग्य गरे, 'यी चाडहरू त बच्चाबच्चीले भाँडाकुटी खेल्दा मनाउन मिल्ने खालका छन्।' उनलाई झैँ ठमेलको 'बिजी साइबर क्याफे'का सञ्चालक सुबोध भट्टलाई पनि भ्यालेन्टाइन्स डेप्रति कुनै चासो छैन। भन्छन्, 'मेरा लागि त यो चाड आउनु भनेको कागलाई बेल पाक्नु सरह हो।

प्रणय दिवसलाई यादगार बनाउन युवायुवतीहरू भरमग्दुर प्रयास गर्छन्। यस दिन प्रेमीलाई उपहार दिनदेखि साथीभाइसँग रमाइलो गर्नलाई समेत उनीहरूले बजेट निर्धारण गर्नुपर्छ। त्यसका लागि अधिकांश केटाकेटाले महिनौँअघिदेखि रकम संकलन गर्ने गर्छन्। नेपालमा प्रणय दिवस सर्वमान्य चाड भइसकेको छैन। त्यसैले टिनएजका केटाकेटीलाई प्रेम दिवस मनाउनकै लागि भनेर पैसा दिने अभिभावक छैनन्।
गर्लफ्रेन्डसँग ह्वाइट गुम्बा घुम्न जाने प्लान बनाएका बालाजुका राजु पोखरेलले भी-डेका लागि दुई हजार रुपैँया ठिक्क पारेका छन्। 'मैले त साथीसँग ऋण लिएको हुँ,' उनले भने, 'उनीसँग पनि अलिअलि पैसा हुन्छ होला। दुवैजनाको जोडजाड गरेपछि त पुगिहाल्छ नि।' उपहार, गाडी भाडा, खाजा-पानी आदि गरेर यस दिन कम्तीमा पनि तीन हजार रुपैँया खर्च हुने मेघना लामाले बताइन्। 'मैले दुई महिनाअघिदेखि नै कलेक्सन गरेकाले अहिले कोहीसँग माग्नुपरेन,' उनले भनिन्। गर्लफ्रेन्डलाई चुम्बन दिएर भी-डे टार्न लागेका सुनील श्रेष्ठले चाहिँ त्यसका लागि बजेट छुट्याउनु नपर्ने बताए।

ऋषिकेश आचार्यले घुमघामलाई भनेर दुई हजार रुपैँया पर्सको भित्री कुनामा लुकाएका छन्। स्कुलकी एउटी केटीलाई प्रपोज हान्न लागेका प्रकाश श्रेष्ठले उनका लागि चकलेट र ग्रिटिङ कार्ड खरिद गरिसकेका छन्। 'छ सय रुपैयाँ सकियो नि हौ,' उनले हिसाब लगाए, 'पाँच सय रुपैँयाको चकलेट, सय रुपैयाँको कार्ड किन्देको छु। रिजेक्ट गर्दिइन् भने चकलेट-सकलेट आफैँ खाइन्छ।'

भ्यालेन्टाइन्स डेका दिन युवायुवती ठ्याक्कै यति-उति खर्च गर्छन् भन्ने छैन। दशदेखि हजारौँ रुपियाँसम्मका उपहार दिने पनि हुन्छन्। सामान्यतयाः टिनएजरहरूले पाँच सयदेखि पाँच हजार रुपियाँसम्म बजेट छुट्याउने गरेको पाइन्छ।

पहिलोपटक प्रपोज गर्नेहरू

इन्जिनियरिङ पढ्दै गरेका कुपन्डोलका विनय शर्माले कक्षा ११ मा पढ्दा भ्यालेन्टाइन्स डेकै दिन क्लासकी एक युवतीलाई प्रपोज हानेका थिए। तर, उनको प्रस्ताव ठाडै अस्वीकृत भयो। ‘साथीहरूको लहैलहैमा लागेर प्रपोज हानियो,' विनय सम्झन्छन्, 'तर, उनले अर्कै केटासँग टु साइड छ भन्दै मलाई बाल दिइनन्। तर, त्यसको एक महिनापछि उनी नै मलाई प्रपोज गर्न आइपुगिन्। मैले पनि साउँको ब्याज गर्ने मौका यही हो ठानेर 'म त प्याक भैसकेँ' भन्दिएँ।'

यसरी भ्यालेन्टाइन्स डेको दिन प्रपोज हानाहानको लहर गजबले चल्ने गर्छ युवायवतीमाझ। अरू दिनमा प्रपोज गर्दा उत्तरको भर नहुने तर यस दिन गरेमा प्रायः पोजिटिभ उत्तर आउने भएकाले पनि भ्यालेन्टाइन्स डे कुर्नेहरू धेरै हुन्छन्। केही समयअघिसम्म प्रेम प्रस्ताव राख्ने मामिलामा केटा नै अगाडि हुन्थे। तर, आजभोलि युवतीहरूले पनि मनको कुरा पोख्न धक मान्न छाडेका छन्। उनीहरूले प्रायः फोन, एसएमएस र च्याटिङमार्फत प्रेम प्रस्ताव राख्ने गर्छन्। 'फेस टू फेस भन्न त लाजै हुन्छ नि,' प्रिया थापाले भनिन्, 'मैले त पोहोर साल फेसबुकमा अनलाइन च्याट गरेर भनेकी थिएँ।'

धादिङका ईश्वर बूढाले यसपालि पहिलोपटक प्रपोज हान्न लागेको बताए। भ्यालेन्टाइन्स डेको दिन अफिसमा छुट्टी मिलाएका छन् उनले। ‘अहिलेसम्म कसैलाई प्रपोज हानेको छैन्,' उनले भने, 'साह्रै डर पो लागेको छ त। तर, जसरी भए नि उनलाई यसपालि मनको कुरा भनेरै छाड्छु।' फेसबुकमा र्‍यान्डम एड गरेर फेला परेकी युवतीसँग उनको दुई वर्षयता गोइङ अराउन्ड रिलेसन छ। ‘पोहोर ज्यान गए मुख खोल्न सकिएन,' उनले थपे, 'यसपालिको भ्यालेन्टाइन्स डे चाहिँ मेरा लागि शुभ होस्!'
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस