धवलमा देवशमशेरको विम्व
१६ साउन २०७४
•
१२ मिनेट पाठ
धवलमा देवशमशेरको विम्व
अमेरिकामा पढेर नेपालको पहिलो ‘कृषि इन्जिनियर’ बनेपछि कैलाशशमशेर राणाको सपना थियो– तराईका उर्वरभूमिमा कृषिक्रान्ति गर्ने । यसका लागि दुई छोरा सुमेरशमशेर र धवलशमशेर पनि कृषि मेलोमै लागून् भन्ने उनी चाहन्थे तर कैलाशले सोचेजस्तो भएन । जेठा सुमेर बुवाको बाटोमा हिँडे पनि धवलले जिन्दगीको नयाँ बाटो तय गरे । उनले राजनीतिमार्पmत विकासमा कायापलट गर्ने योजना बनाए । औपचारिक रुपमा २०४९ सालमा राप्रपाको युवा संघमार्पmत राजनीतिक यात्रामा हिँडेका उनी साढे तीन दसकपछि फेरि महत्वपूर्ण पदमा पुगेका छन् । २०५४ मा तत्कालीन नेपालगन्ज नगरपालिकाको मेयर बनेका उनी हालै सम्पन्न स्थानीय तह निर्वाचनबाट नेपालगन्ज उपमहानगरपालिकाको मेयर निर्वाचित भए ।

धवल विकासप्रेमी राणा प्रधानमन्त्री देवशमशेरका पनाति हुन् । देवशमशेरका छोरा मसुरीशमशेर नेपालगन्ज आएपछि पश्चिम तराईमा राणा खानदानको बीउ रोपियो । मसुरीशमशेरमाथि आफ्नो पालामा महाकाली मिल खोलेर औद्योगिक क्रान्ति गरेको श्रेय जान्छ । मसुरीशमशेरका छोरा कैलाशशमशेरले पनि कृषिलाई प्राथमिकता दिए । १०४ वर्षसम्म नेपालमा शासन गरेको राणा खलकका अहिले औंलामा गन्न सकिने थोरै सन्तान राजनीतिमा सक्रिय छन् । तीमध्येका एक हुन्– धवलशमशेर ।

पहिलोपटक २०५४ सालमा नेपालगन्जको मेयर बन्दा धवल ३२ वर्षका थिए । उनले नेपालगन्जमा विकास झल्किनेगरी केही उल्लेखनीय काम गरे । नेपालगन्जका तालतलैया संरक्षण, सडक विकास, महेन्द्र पार्क (मिनीजू) निर्माणजस्ता थुपै काम गरे । आपूmले मेयरबापत पाउने भत्ता दीन–दुःखीलाई वितरण गरे । भत्ताको रकमबाटै भेरी अञ्चल अस्पतालमा प्रतीक्षालय निर्माण गरे । अहिले पनि उनले नेपालगन्जमा मुस्लिम विश्वविद्यालयको महत्वाकांक्षी सपना देखेका छन् । यस्तै कारणले उनी जिजु हजुरबुवा देवशमशेरको झैं ‘विकासप्रेमी’ नेताको छवि बनाउन सफल भए । त्यही छविकै कारण धवल २० वर्षपछि पनि मेयरको कुर्सीमा बस्न सफल भएका हुन् ।

परिवारमा ‘राजा’

नेपालगन्ज सहरका ‘सदाबहार मेयर’ धवल परिवारभित्र ‘राजा’ भनेर सम्बोधन गरिन्छन् । पत्नी प्रतिमाका अनुसार धवल राजनीतिक चरित्रले भरिपूर्ण व्यक्ति हुन् । बिहे गरेको दुई वर्षमै उनी सक्रिय राजनीतिमा होमिए । जुन काममा हात हाल्यो, त्यसमा सफल हुनैपर्ने स्वभावका कारण उनी राजनीतिमा पनि सफल भएका प्रतिमा बताउँछिन् । राजनीतिमा हात हालेको दुई वर्षमै (२०५१ सालमा) उनी संसदीय निर्वाचन लडे । सुरुमा असफलता हात लागे पनि २०५४ को स्थानीय निकाय निर्वाचनमा भने नेपालगन्जको मेयर बन्न सफल भए । ‘उहाँले राजनीतिमा लाग्दा जहाँ जुन जिम्मेवारी पाउनुभयो, त्यसलाई सफलतापूर्वक निर्वाह गर्नुभयो,’ पत्नी प्रतिमाले भनिन्, ‘सायद त्यही भएर हुनुपर्छ, यसपटक पनि ‘राजा’लाई सफलता मिलेको छ ।’

प्रतिमाको विचारमा धवलको सफलतामा सबैभन्दा बढी उनको आफ्नै राजनीतिक स्वभाव महत्वपूर्ण छ, त्यसमाथि परिवारले अनुकूल वातावरण निर्माण गरिदिँदा यात्रा सुगम भयो । ‘चुनावको बेलामात्र होइन, हरेक राजनीतिक गतिविधिमा परिवारले उहाँलाई ‘फिजिकल्ली र मेन्टल्ली’ सहयोग गरिरह्यो,’ उनले भनिन्, ‘त्यसैको परिणाम आज आएर फेरि देखिएको छ ।’

राजनीतिक स्वभाव

राणाको राजनीतिक यात्रामा महŒवपूर्ण सहयोगी रहेका राप्रपाका जिल्ला नेता ऋषिराज देवकोटा राणाको व्यक्तिगत व्यवहार र पारिवारिक वातावरण प्रेरणादायी रहेको बताउँछन् । उनी राणा खानदानको भए पनि व्यवहारमा भने त्यो झल्किँदैन । ‘उहाँको बेडरुममा पार्टीको जोसुकै कार्यकर्ता पनि सजिलै जानसक्छ, राणा खलकको कुनै संकेतसम्म देखिँदैन,’ उनी भन्छन्, ‘सरल, मिजासिलो र नम्र स्वभावले जोकसैलाई सजिलै आकर्षित गर्नसक्छ ।’

प्रतिस्पर्धी दलका नेता–कार्यकर्ता पनि उनको राजनीतिक प्रतिभाको मुक्तकण्ठले प्रशंसा गर्छन् । नेकपा एमाले उपमहानगर सचिव दत्तप्रसाद आचार्य धवललाई राजनीतिक रुपमा सफल व्यक्तित्व ठान्छन् । ‘उहाँले अहिलेसम्म गरेका राम्रा काम हेरेरै यसपटक नेपालगन्जबासीले फेरि मौका दिएका छन्,’ उनले भने, ‘यो उहाँको लागि अवसर र चुनौती दुवै हो ।’

लोकप्रिय ‘धवल ब्रान्ड’

स्वतन्त्र उम्मेदवारको रुपमा २०५१ को संसदीय निर्वाचन लड्दा धवलशमशेर राणाको चुनावचिन्ह थियो– तराजु । उनी चिह्नको विशेषताझैँ चुनाव जितेर जनतालाई न्याय र समानताको अनुभूति दिलाउन चाहन्थे तर परिणाम उनको पक्षमा आइदिएन ।

त्यो अवसर पाउन उनले तीन वर्ष कुर्नुप¥यो । २०५४ को स्थानीय निकाय निर्वाचनमा उनी नेकपा एमालेका तर्पmबाट नेपालगन्जको मेयर निर्वाचित भए । राजनीतिक खेल मैदानमा उनको यो पहिलो ‘इनिङ’ थियो, जुन अवधिमा उनले लोकप्रिय काम गरेर जनताको मन जिते । चुनावमा विभाजित मतदातालाई एउटै तराजुमा राखेर सेवा प्रवाह गरे । विकासको सन्दर्भमा आपूmलाई एउटा राजनीतिक ‘ब्रान्ड’को रुपमा स्थापित गरे ।

२० वर्षपछि नेपालगन्ज उपमहानगरमा धवलको पुनः प्रवेश भयो । नेपालगन्जका जनताले दल हैन, लोकप्रिय ब्रान्ड रोजे । उनी आबद्ध दल राप्रपा उपमहानगरका २३ मध्ये तीन वडामा सीमित हुँदा धवलले भने सानदार जित निकाले ।

भरोसाको मत

धवलले पाँच वर्ष अवधि (२०५४–२०५९)मा नेपालगन्जको अनुहार बदल्ने प्रयास मात्र गरेनन्, स्थानीय निकाय सञ्चालन विषयमा विद्यावारिधिसमेत गरे । यसले उनको राजनीतिक यात्रालाई अझ मजबुत बनायो । जनतामा भरोसा भर्ने काम ग¥यो । ‘अहिलेको चुनावमा अरु उम्मेदवारभन्दा धवलले जित्यो भने नेपालगन्जको विकासमा केही गर्छ भन्ने विश्वास देखियो,’ नेपालगन्ज–१८ कारकाँदोका विजय अर्यालले भने, ‘उहाँले पनि मतदातामा यो विश्वास भर्न सक्नुभयो ।’

करिब एक लाख ५० हजार मानिस बसोबास गर्ने नेपालगन्ज उपमहानगरमा ६२ हजार चार सय मतदाता छन् । चुनावमा दलभन्दा व्यक्ति हेर्ने नेपालगन्जीयाको पुरानै विशेषता हो । यहाँका झण्डै ३० देखि ४० प्रतिशत मतदाता कुनै दलप्रति आबद्ध नभई मौन बस्ने गरेका अनुमान गरिन्छ । हरेक निर्वाचनमा यिनै मतदाताले उम्मेदवारको दल हैन, अनुहार हेर्ने गर्छन् । यस पटकको निर्वाचनमा पनि मौन मतदाता धवलतिर ढल्किए । कतिपय पार्टीकै प्रतिबद्ध सदस्यले पनि अनुहारलाई प्राथमिकता दिए । ‘पहिले त मौन मतदातामात्र यताउति ढल्किन्थे, यसपटक भने पार्टीकै बफादार साथीहरुले समेत ‘रुखभन्दा मुख’ हेरेको देखियो,’ कांग्रेसका एक जिल्ला नेताले भने, ‘नेपालगन्जको राजनीतिक संस्कारै गलत भइदियो, यसले चनावमार्पmत केही हदसम्म राम्रा नेता छाने पनि दललाई भने दीर्घकालसम्म नोक्सान गर्ने निश्चित छ ।’

राप्रपाले हिन्दू राज्यको नारा लगाइरहँदा यसपटक  उनका लागि मुस्लिम भोट प्रतिकूल हुने ठानिएको थियो । धवलले भने सोही समुदायबाट अपेक्षाभन्दा बढी भोट ल्याए । दुईवटा वडामा त राप्रपाका मुस्लिम उम्मेदवारले चुनाव जिते । उनी आफैले पनि धर्म–सम्प्रदायभन्दा माथि उठेर चुनावी अभियान चलाए । ‘उहाँले आफ्नो पहिलो कार्यकालमा पनि कसैलाई काखापाखा गर्नुभएन, सबै समुदायको मन जित्नुभयो,’ देवकोटा भन्छन्, ‘अहिले जसले जे भने पनि उहाँप्रतिको पुरानै जनविश्वासले चुनावमा काम ग¥यो ।’

अब तराजुको भूमिका

सबैले भन्छन्– नेपालगन्जमा धवलशमशेर एक राजनीतिक ब्रान्ड हुन्, चुनाव लड्न उनका लागि आफ्नो नामै काफी छ । दुई दसकअघि स्थापित यस ब्रान्डलाई यस पटकको निर्वाचनले लोकप्रिय भएको प्रमाणित गरेको छ । यसले स्वयं धवललाई पनि उत्साही बनाएको छ । ‘ब्रान्ड ! यो त अरुले भन्ने कुरा हो,’ जित निश्चित भइरहँदा सोमबार साँझ उनले भने, ‘मचाहिँ अझ कसरी राम्रो गर्ने भन्नेमा छु ।’

मतदाता पनि धवलबाट दुई दसकअघिको भन्दा अझ परिस्कृत ‘धवल’को अपेक्षा गरिरहेका छन् । यसको लागि उनले विकासमात्र हैन, चुनावमा विभाजित मतदातालाई एउटै तराजुमा राखेर ‘नगरपिता’को अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेछ ।

(नागरिक परिवारबाट साभार)
अर्को समाचार
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
०८ मंसिर २०८३
•
३ मिनेट पाठ
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
चीनको एक चिडियाखानामा रहेको मोटो चितुवा यतिबेला इन्टरनेटमा चर्चित बनेको छ। 

डिज्नीको चर्चित फिल्म ‘जुटोपिया’को गोलो अनुहार भएको चितुवा पात्र अफिसर बेन्जामिन क्लाउहाउजरसँग मिल्दोजुल्दो देखिएपछि यो चितुवा हेर्न मानिसहरूको भीड लाग्न थालेको हो।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित पान्झिहुआ सहरको चिडियाखानामा रहेको यो चितुवालाई ‘पान बाओबाओ’ नामले चिनिन्छ। मोटो शरीरका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उसलाई ‘अफिसर चितुवा’ उपनाम दिएका छन्।

चितुवा हेर्न चिडियाखाना पुगेका मानिसहरूले उसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। धेरैले उसको मोटो शरीर देखेर रमाइला टिप्पणी गरेका छन्।

एक आगन्तुकले ‘अफिसर चितुवा अझै पनि तौल घटाउन सफल भएनछ!’ भन्दै ठट्टा गरेका छन्। कतिपयले उसलाई केही समय खाना नदिन सुझाव दिएका छन् भने केहीले उसको शरीर मात्र होइन, शरीरका धब्बासमेत गोलाकार देखिएको भन्दै मजाक गरेका छन्। केहीले त अब उसलाई आफूहरूले सजिलै उछिन्न सक्ने टिप्पणीसमेत गरेका छन्।

तर, चिडियाखानाका कर्मचारीले भने चितुवाको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उसको तौल घटाउने योजना नरहेको बताउँछन्।

‘ऊ बूढो हुँदै गएको छ। त्यसैले अहिले तौल घटाउनु उचित हुँदैन। उसको अहिलेको अवस्था कायम राख्दै स्वस्थ राख्नु हाम्रो प्राथमिकता हो,’ चिडियाखानाका एक कर्मचारीले जिउपाई न्युजलाई बताएका छन्।

उनले वृद्ध मानिसको छाला खुकुलो हुँदै गएजस्तै चितुवाको शरीरमा पनि उमेरसँगै परिवर्तन आएको बताए। ‘यो अवस्थामा उसले पर्याप्त खाना पाएको सुनिश्चित गर्नुपर्छ। खानाको गुणस्तरमा पनि कुनै सम्झौता गर्न चाहँदैनौँ,’ उनले भने।

कर्मचारीका अनुसार पान बाओबाओले दैनिक आधा किलोभन्दा बढी गाईको मासु खान्छ। सन्तुलित आहारका लागि उसको खानामा कुखुराको मासु पनि समावेश गरिएको छ।

केही समयअघि चितुवाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उसको स्वास्थ्य अवस्था राम्रो देखिएको र तौलमा पनि खासै परिवर्तन नभएको कर्मचारीले बताएका छन्।

अहिले उसको तौल नियमित रूपमा नाप्न केही कठिन हुने गरेको छ। तर, तौल स्थिर रहेको र उसको मुड राम्रो रहेको अवस्थामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको कर्मचारीको भनाइ छ।

इन्टरनेटमा चर्चित बने पनि चितुवाको चिडियाखानाभित्रको दैनिकी भने निकै आरामदायी छ। ऊ खाने, सुत्ने र कहिलेकाहीँ आफ्नो खोरमा यताउता घुमेर शरीर तन्काउने गर्छ।

उसलाई अलि बढी सक्रिय बनाउन खोरभित्र खेल्ने बलसमेत राखिएको छ। ‘उसले खेल्न र केही शारीरिक गतिविधि गर्न सकोस् भनेर खोरभित्र एउटा बल राखेका छौँ,’ एक कर्मचारीले भने।

चितुवाको चर्चा बढेपछि चिडियाखानाले उसको बस्ने ठाउँसमेत विस्तार गरेको छ। छेउको अर्को बासस्थानसँग छुट्याउने बार र तारको जाली हटाएर उसको खोर ठूलो बनाइएको हो।

यससँगै उसको बस्ने क्षेत्रफल ४५ वर्गमिटर पुगेको छ। यो पहिलेको भन्दा दोब्बर हो। चिडियाखानाले गरेको सुधारपछि उसले फराकिलो ‘एक बेडरुमको अपार्टमेन्ट’ जस्तै ठाउँ पाएको जिउपाई न्युजले जनाएको छ।

चितुवाको उमेर र स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उसको तौल घटाउन दबाब दिन नहुने बताए। उनीहरूले बाँकी जीवन आरामसँग बिताउन दिनुपर्ने सुझाव दिएका छन्।

एक प्रयोगकर्ताले ‘ऊ बूढो हुँदै छ, त्यसैले प्रकृतिलाई आफ्नै गतिमा अघि बढ्न दिऔँ!’ भन्दै लेखेका छन्। अन्यले उसको चम्किलो र राम्रोसँग स्याहार गरिएको रौँको प्रशंसा गर्दै ‘मोटो भए पनि निकै जवान देखिन्छ!’ भनेर टिप्पणी गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस