परिवारै अन्तरजातीय
२४ असार २०७४
•
१७ मिनेट पाठ
परिवारै अन्तरजातीय
–रामकुमार डिसी




‘घर निकाला । गाँउ/टोलबाटै बहिस्कार । सडकको बास । जोडी नै बेपत्ता । हत्या ।’

‘जतिसुकै आधुनिकता किन नभित्रियोस् आफ्नो भन्दा फरक जात, समुदायसँग बिहेवारी गरेकै कारण अझै पनि कयौं नेपाली यस्ता घटनाका शिकार हुनुपर्छ । ‘कालो बादलमा चाँदीको घेरा’ भने झैं यही समाजमा यस्तो परिवार पनि छ, जुन कसैको लागि पत्याउनै गाह्रो पनि हुनसक्छ ।

काठमाडौंकी शशिकला पाण्डेय र ताप्लेजुङका मानबहादुर सुब्बाको पहिलो भेट भाततको नयाँ दिल्लीमा भयो । शशिकला नर्सिङ पढ्न दिल्ली गएकी थिइन् भने मानबहादुर प्रहरीको तालिमका लागि । उनीहरूबीचको भेट पे्रममा बदलियो । ब्राहामण परिवारकी शशिकला र लिम्बू परिवारका मानबहादुरबीच बिहे पनि भयो । यो करिव पाँच दशक अघिको कुरो हो, जनुबेला नेपाली समाज न अहिलेजस्तो शिक्षित थियो, न खुला नै । उ बेला अन्तरजातीय बिहे गर्नु एउटा ‘दुस्साहस’ नै थियो । तर, उनीहरूबीचको बिहे तुलानात्मक रूपमा सहजै भयो । अन्तरजातीय बिहेकै कारण  उनीहरूले न  घर निकाला  हुनुपर्यो, न सडकको बास नै भयो ।

सुब्वा परिवारमा ब्राहमण, क्षेत्री, ठकुरी लिम्बू, नेवार र गुरुङ गरी नेपालका ६ जातसँग बिहेवारी मार्फत नाता सम्बन्ध जोडिएको छ । विदेशीसँग पनि सुब्बा परिवारको नाता सम्बन्ध छ । सुब्बाको परिवार ‘मिनी नेपाल’ जस्तै छ ।


‘बिहेपछि मात्रै श्रीमान्को परिवारसँग भेट भएको थियो । उहाँहरू सबैले सहजै स्वीकार गर्नुभयो’, ७३ बर्षीया शशिकलाले भनिन्, ‘माइती पट्टि चाँही  अमाले पछिसम्म पनि स्वीकार गर्नुभएन । सानी आमा र भाइहरूले भने केही सयमपछि स्वीकार गर्नुभएको थियो ।’ उनीहरू मात्र  होइन उनका छोराछोरीले पनि उनीहरूकै पथ रोजे । शशिकलाका जेठा छोरा राजीवले पनि अन्तरजातीय बिहै नै गरे । उनको काठमाडौंकै एन्जिला श्रेष्ठसँग विवाहा भयो । एन्जिलाको बुबा–आमाबीच पनि अन्तरजातीय बिहे नै भएको हो । उनकी आमा ठकुरी हुन् भने बुबा नेवार । राजीव र एन्जिलाबीच प्रेम चलेपछि दुबैको परिवारको सहमतिमै उनीहरूको बिहे भयो । एन्जिला आफ्ना छोराछोरीमा नेपालका सबै जातको मिश्रण भएको ठान्छिन् । भन्छिन्, ‘हाम्रा छोराछोरीमा क्षत्री, बाहुन, लिम्बू, नेवार गरी नेपालका प्रायः सबै जातको मिश्रण छ ।’ राजीव अहिले नेपाल प्रहरी प्रधान कार्यालयमा सञ्चार निर्देशनालयका निर्देशक हुन् । एलिना चाहिँ दुई वर्षयता सञ्चारिका समूहमा कार्यक्रम संयोजक छन् । उनीहरूका एक छोरी र एक छोरा छन् ।

शसिकलाका कान्छा छोरा सन्जीवले पनि अन्तरजातीय बिहै नै गरे । उनले बझाङकी प्रभासिंह बिष्टसँग बिहे गरे । क्षत्री परिवारकी प्रभा पनि प्रेम बिहे मार्फत नै लिम्बू परिवारमा बुहारी बन्न आइन् । सन्जीव अहिले नेसनल बैंकिङ इन्स्टिच्यूटमा काम गर्छन् । यो संस्थाले बैंकमा काम गर्ने जनशक्तिलाई तालिम दिने, क्षमता अभिवृद्धि गर्ने काम गर्छ । त्यस्तै प्रभा सनराइज बैंककी मानव संसाधन (एचआर) विभागकी प्रमुख  हुन् । उनीहरूका पनि एक छोरी र एक छोरा नै छन्  ।

माल्भिका सुब्बा, शशिकला–मानबहादुरकी एकमात्र छोरी हुन् । सन् २००२ की मिस नेपाल समेत रहेकी उनले रियाज श्रेष्ठसँगको प्रेमपछि अन्तरजातीय बिहे नै गरिन् । उनीहरूको अहिले एउटा सानो छोरा छ ।

सुब्बा परिवारको बिहे, नाता सम्बन्ध यतिमा मात्रै सिमित छैन । यही परिवारबाट राणा र गुरुङसँग पनि बिहेवारी भएको छ । ‘हाम्रो नाता सम्बन्ध धेरै फैलिएको छ’, राजीव भन्छन्, ‘मेरो एकजना कजन दिदीले राणासँग बिहे गर्नुभएको छ । अर्कोले गुरुङसँग गर्नु भएको छ ।’

विदेशीसँग पनि बिहे

ब्राहमण, क्षेत्री, ठकुरी लिम्बु, नेवार र गुरुङ गरी नेपालका ६ जातसँग बिहेबारी मार्फत नाता सम्बन्ध जोडेको सुब्बा परिवारबाट विदेशीसँग पनि बिहे भएको छ । उनका नातेदारहरूले विदेशीसँग समेत बिहे गरेका छन् । ‘एक जना भान्जीले अमेरिकनसँग बिहे गरेकी छिन् । भान्जाले सिंगापुरकी केटीसँग बिहे गरेका छन्’, सन्जीव भन्छन्, ‘दशैंमा हाम्रो जमघट हुँदा चार जात छत्तीस वर्ण मात्रै होइन विदेशी समेत भेटिन्छन् । हाम्रो विस्तारित परिवार एकै ठाँउमा भेला हुँदा मिनी नेपाल नै बन्छ ।’ अरुले भन्ने गरेजस्तो साँच्चिकैको ‘कल्चरल भेराईटी’को आफूहरूले अनुभव गर्न पाएको बताउँछिन् । ‘अरुले कल्चरल भेराइटी भनेर मुखले मात्रै भन्छन् । हामीले यसको  साँच्चिकै अनुभव गर्न पाएका छौं’, उनले सुनाइन्, ‘सबै मुखैले मात्रै बोल्छन् । हामीले गरेरै देखाएका छौं ।’

सजिलै एडजस्ट

विभिन्न जातीय समुदायको भए पछि संस्कारमा केही भिन्नता हुन्छ । अझ एउटै परिवारमा चार/पाँच समुदायबाट आउँदा ‘एडजस्ट’ हुन अफ्ठ्यारो हुनु पनि स्वभाविक हो । सुब्बा परिवारमा  सबैभन्दा पहिले  अन्तरजातीय बिहे गरेकी शशिकला भने आफूले त्यस्तो कुनै अफ्ठ्यारो महसुस गर्न नपरेको बताउँछिन् । ‘मलाई  त केही पनि अफ्ठ्यारो परेन । माइतीमा जुन संस्कारमा हुर्केकी थिएँ, त्यही संस्कार अहिले पनि चलिरहेको छ’, उनले आफ्नो अनुभव बाँडिन्, ‘बुहारीहरूले आफ्नै संस्कार गर्छन् । हामी पूर्णरूपमा श्रीमान्को संस्कारमा पनि गएका छैनौं । माइतीको संस्कारमा पनि गएका छैनौं ।’ उनी बुहारीहरूलाई पनि आफूले पूर्ण स्वतन्त्रता दिएको बताउँछिन् । ‘बुहारीहरू सबैलाई आफ्नो संस्कार अनुसार गर्न छुट छ । हाम्रो एकदम मोर्डन घर हो । त्यस्तो बाध्यता, दबाव भन्ने कुरा केही पनि छैन’, उनी भन्छिन्, ‘बुहारीहरू मेरा साथी जस्तै हुन् । छोरी भन्दा पनि बुहारीसँग मेरो बढ्दा निकटता छ ।’ त्यसमा उनकी कान्छी बुहारी प्रभाको सहमति छ । ‘उहाँको परिवार अलिकित आधुनिक खालको हो । यो गरे त्यो नगर भनेर रोक्ने, छेक्ने काम हाम्रो परिवारमा हुँदैन’, प्रभाले भनिन् । श्रीमतीको कुरामा सन्जीवले थपे, ‘संस्कार, जात, धर्मका आधारमा हाम्रो परिवारमा यस्तो हुनुपर्छ भनेर केही छेकवार छैन । त्यही भएर कसैले पनि केही महसुस गर्नुपर्दैन ।’

‘बुहारीहरू सबैलाई आफ्नो संस्कार अनुसार गर्न छुट छ । बाध्यता, दबाव भन्ने कुरा केही पनि छैन । बुहारीहरू मेरो साथीजस्तै हो । छोरी भन्दा पनि बुहारीसँग मेरो बढ्दा निकटता छ ।’ – शशिकला


तर, यसमा माल्भिकाको भने फरक अनुभव छ । फरक संस्कार÷संस्कृतिका कारण ‘एडजस्ट’ गर्नलाई केही अफ्ठ्यारो महसुस गर्नुपरेको अनुभव उनले बाँडिन । ‘कल्चर नै मिल्दैन । एडजस्ट गर्नलाई पनि धेरै अफ्ठ्यारो हुँदो रहेछ’, उनको भनाइ छ, ‘राम्रोसँग कुरा गर्दा उहाँहरूले पनि धेरै बुझिदिनु भयो । कति कुरामा मैले पनि कम्प्रोमाइज गरेँ ।’ छोरी, बुहारीलाई लिम्बू समुदायमा बढी स्वतन्त्रता दिने तर नेवार समुदायमा त्यस्तो नभएकाले केही समयस्या आएको उनको मत छ । ‘मेरो माइतीको कल्चरमा महिलाहरूलाई धेरै भूमिका दिइन्छ । उहाँहरू(श्रीमान्)कोमा चाँही पुरुषहरूले धेरै प्राथमिकता पाउँछन् । महिलालाई खाली भान्सामा मात्रै सिमित गरिन्छ’, उनी भन्छिन्, ‘चाडपर्वका बेला पुरुष रमाइलो गर्दै हिड्ने तर महिलालाई चाँही तल्लो स्तरमा राख्ने हुन्छ । महिनावारी हुँदा छुवाछुत गर्ने प्रचलन अझै पनि छ । जुन हाम्रोमा छैन । त्यही कुराले हामीलाई समस्यामा पार्ने हो ।’ उनका श्रीमान रियाज भने बुहारी लिम्बू समुदायकी भएर भन्दा पनि आमा–बुबाले पेशाप्रति चित्त नबुझाएको बताए । ‘बुवा–आमाको सुमा केही अब्जेक्सन  थियो । पछि त्यो क्लियर भयो’, उनले भने, ‘खासमा बुबा–आमा भन्दा पनि मिडियामा हुनुहुन्छ भन्नेमा आपत्ति हो । पेशाप्रति असहमति हो । त्यो पनि मिडिया नबुझेर हो ।’

यस्तोमा कसरी मिल्छ त ? माल्भिकाको जवाफ छ, ‘मैले यस्तो कुरामा मतलव गर्न छोडेँ । छोरा जन्मिए पछि उसलाई असर गर्ने कुरामा मात्रै मैले केयर गर्छु । अरु कुरामा मतलव नै गर्दिन ।’

जात भन्दा मानवता ठूलो

कुनै जात, धर्म, सम्प्रदाय भन्दा पनि मानवता सबैभन्दा ठूलो हुने सुब्बा परिवारको बुझाइ छ । सन्जीव भन्छन्, ‘हाम्रो परिवारको पहिचान भनेको हामी खाँटी नेपाली हो । हाम्रो मूल पहिचान नेपाली हो । हामीलाई कुनै क्रिश्चियन, मुश्लिमसँग रिस उठ्दैन । मान्छेलाई मान्छेकै रूपमा लिनुप¥यो ।’ उनले आफ्ना  छोराछोरीको नाम समेत मानव र मानवी राखेको बताए । ‘हामीले बच्चा जन्मिनु भन्दा पहिले नै छोरा भए मानव, छोरी भए मानवी नाम राख्ने निर्णय गरेका थियौं’, उनी भन्छन्, ‘पहिले छोरीको जन्म भयो । नाम मानवी राख्यौं । छोराको मानव राखेका छौं ।  किनभने हामी मानव हौं । हाम्रो धर्म नै मानवता हो ।’

एन्जिला पनि यसमा सहमति जनाउँछिन् । भन्छिन्, ‘हामी हिन्दू पनि मान्छौं, क्रिस्चियन, बौंद्ध, इसाई सबैलाई मान्छौं । हरेक समूदाय, जात र धर्मलाई समान भावले हेर्छौं । मानवता हाम्रो लागि सबथोक हो ।’

‘हामी जातलाई होइन मायालाई हेर्छौं । जात भनेको समाजले बनाएको कुरा हो । परिवारमा हामी अधिकांशको प्रेम विवाह नै हो । कसैले पनि जात हेरेर बिहे गरेको छैन ।’ –माल्भिका


माल्भिकाले  आफूहरूले जात भन्दा पनि माया हेरेर विवाह गरेको बताइन् । ‘हामी  जातलाई होइन मायालाई हेर्छाैं । जात भनेको समाजले बनाएको कुरा हो’, उनको प्रष्ट मत छ, ‘परिवारमा हामी अधिकांशको प्रेम विवाह नै हो । कसैले पनि जात हेरेर बिहे गरेको छैन ।’

लिवरल भए समस्या आउँदैन

एकअर्कालाई आत्मासात र सम्मानसँगै अलिकति ‘लिवरल’ भइदिए अन्तरजातीय विवाह गर्दा कुनै समस्या नहुने सुब्वा परिवारको अनुवभ छ । ‘परिवार अलिकति लिवरल भइदिँदा सबैकुरालाई आत्मसाथ गर्न सजिलो हुनेरहेछ । छेकवार गरेपछि विद्रोह हुनु स्वभाविक हो नि’, प्रभा भन्छिन् । सन्जीवको पनि त्यस्तै धारणा छ । ‘अन्तरजातीय बिहेबाट हामीले सिकेको भनेको एकअर्कालाई आत्मसात र सम्मान गर्नु नै हो’, उनले प्रष्ट पारे,‘ भिन्न संस्कारलाई स्वीकार र सम्मान गर्दा समस्या नहुने रहेछ ।’ राजीवलाई चाँही यसमा समझदारी ठूलो कुरो हो भन्ने लाग्छ । ‘सबैभन्दा ठूलो कुरा त समझदारी हो । मेरै जात, धर्म ठूलो हो भन्ने भन्दा पनि हामी सबै ठूलो हो भन्ने हिसाबले हेर्ने हो भने एउटा समझदारी हुन्छ ।’ त्यो समझदारी कसरी हुन्छ त ? राजीव आफ्नो घरको अनुभव सुनाउँछन्, ‘हाम्रो घरमा कहिलेकाँही दशैंमा ओखर फुटाउने कुरामा पनि विवाद हुन्थ्यो । आमाहरूको ओखर फुटाउने तरिका एउटा छ । बुबाहरूको अर्को । त्यसलाई पनि दुबैको अनुसार गदिएपछि समस्या नै हुदैन्थ्यो । आफ्नो पनि नछोड्ने नयाँलाई पनि पूर्णरूपमा नलिने । मझदारको बाटोमा बस्ने हो भने सबैलाई मिलाउने वातावरण बन्छ ।’

माल्भिकालाई अन्तरजातीय बिहे गरेर भन्दा पनि मान्छेको सोचाइले समस्या हुन्छ भन्ने लाग्छ । ‘फरक समुदायबाट बुहारी ल्याउँदैहुनुहुन्छ भने उहाँहरूलाई केही समय दिनुहोस् । एडजस्ट हुनलाई समय लाग्छ । सबैकुरा एकैचोटी थोपर्ने कोसिस पनि नगर्नुहोस्’, उनको सुझाव छ, ‘आफ्नो घर छोडेर आउनु भनेकै  गाह्रो कुरा हो । यो बेला भावनात्मक रूपमा पनि निकै गाह्रो हुन्छ । त्यो  बुझिदिनुपर्छ । सहज वातावरण बनाइदिनुपर्छ ।’  

(नागरिक परिवारबाट साभार)
अर्को समाचार
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
०८ मंसिर २०८३
•
३ मिनेट पाठ
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
चीनको एक चिडियाखानामा रहेको मोटो चितुवा यतिबेला इन्टरनेटमा चर्चित बनेको छ। 




डिज्नीको चर्चित फिल्म ‘जुटोपिया’को गोलो अनुहार भएको चितुवा पात्र अफिसर बेन्जामिन क्लाउहाउजरसँग मिल्दोजुल्दो देखिएपछि यो चितुवा हेर्न मानिसहरूको भीड लाग्न थालेको हो।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित पान्झिहुआ सहरको चिडियाखानामा रहेको यो चितुवालाई ‘पान बाओबाओ’ नामले चिनिन्छ। मोटो शरीरका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उसलाई ‘अफिसर चितुवा’ उपनाम दिएका छन्।

चितुवा हेर्न चिडियाखाना पुगेका मानिसहरूले उसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। धेरैले उसको मोटो शरीर देखेर रमाइला टिप्पणी गरेका छन्।

एक आगन्तुकले ‘अफिसर चितुवा अझै पनि तौल घटाउन सफल भएनछ!’ भन्दै ठट्टा गरेका छन्। कतिपयले उसलाई केही समय खाना नदिन सुझाव दिएका छन् भने केहीले उसको शरीर मात्र होइन, शरीरका धब्बासमेत गोलाकार देखिएको भन्दै मजाक गरेका छन्। केहीले त अब उसलाई आफूहरूले सजिलै उछिन्न सक्ने टिप्पणीसमेत गरेका छन्।

तर, चिडियाखानाका कर्मचारीले भने चितुवाको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उसको तौल घटाउने योजना नरहेको बताउँछन्।

‘ऊ बूढो हुँदै गएको छ। त्यसैले अहिले तौल घटाउनु उचित हुँदैन। उसको अहिलेको अवस्था कायम राख्दै स्वस्थ राख्नु हाम्रो प्राथमिकता हो,’ चिडियाखानाका एक कर्मचारीले जिउपाई न्युजलाई बताएका छन्।

उनले वृद्ध मानिसको छाला खुकुलो हुँदै गएजस्तै चितुवाको शरीरमा पनि उमेरसँगै परिवर्तन आएको बताए। ‘यो अवस्थामा उसले पर्याप्त खाना पाएको सुनिश्चित गर्नुपर्छ। खानाको गुणस्तरमा पनि कुनै सम्झौता गर्न चाहँदैनौँ,’ उनले भने।

कर्मचारीका अनुसार पान बाओबाओले दैनिक आधा किलोभन्दा बढी गाईको मासु खान्छ। सन्तुलित आहारका लागि उसको खानामा कुखुराको मासु पनि समावेश गरिएको छ।

केही समयअघि चितुवाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उसको स्वास्थ्य अवस्था राम्रो देखिएको र तौलमा पनि खासै परिवर्तन नभएको कर्मचारीले बताएका छन्।

अहिले उसको तौल नियमित रूपमा नाप्न केही कठिन हुने गरेको छ। तर, तौल स्थिर रहेको र उसको मुड राम्रो रहेको अवस्थामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको कर्मचारीको भनाइ छ।

इन्टरनेटमा चर्चित बने पनि चितुवाको चिडियाखानाभित्रको दैनिकी भने निकै आरामदायी छ। ऊ खाने, सुत्ने र कहिलेकाहीँ आफ्नो खोरमा यताउता घुमेर शरीर तन्काउने गर्छ।

उसलाई अलि बढी सक्रिय बनाउन खोरभित्र खेल्ने बलसमेत राखिएको छ। ‘उसले खेल्न र केही शारीरिक गतिविधि गर्न सकोस् भनेर खोरभित्र एउटा बल राखेका छौँ,’ एक कर्मचारीले भने।

चितुवाको चर्चा बढेपछि चिडियाखानाले उसको बस्ने ठाउँसमेत विस्तार गरेको छ। छेउको अर्को बासस्थानसँग छुट्याउने बार र तारको जाली हटाएर उसको खोर ठूलो बनाइएको हो।

यससँगै उसको बस्ने क्षेत्रफल ४५ वर्गमिटर पुगेको छ। यो पहिलेको भन्दा दोब्बर हो। चिडियाखानाले गरेको सुधारपछि उसले फराकिलो ‘एक बेडरुमको अपार्टमेन्ट’ जस्तै ठाउँ पाएको जिउपाई न्युजले जनाएको छ।

चितुवाको उमेर र स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उसको तौल घटाउन दबाब दिन नहुने बताए। उनीहरूले बाँकी जीवन आरामसँग बिताउन दिनुपर्ने सुझाव दिएका छन्।

एक प्रयोगकर्ताले ‘ऊ बूढो हुँदै छ, त्यसैले प्रकृतिलाई आफ्नै गतिमा अघि बढ्न दिऔँ!’ भन्दै लेखेका छन्। अन्यले उसको चम्किलो र राम्रोसँग स्याहार गरिएको रौँको प्रशंसा गर्दै ‘मोटो भए पनि निकै जवान देखिन्छ!’ भनेर टिप्पणी गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस