काठमाडौं, वैशाख ११ (नागरिक)- लोकतन्त्र दिवसको अवसर पारेर प्रकाशन आरम्भ भएका नेपाल रिपब्लिक मिडियाका प्रकाशन 'नागरिक' र 'रिपब्लिका' दैनिक दोस्रो वर्षमा प्रवेश गरेका छन्। आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा मिडियाले होटल सोल्टीमा आयोजना गरेको नागरिक समिट शनिवार सम्पन्न भएको छ। समिटमा निस्वार्थ सेवाभाव लिएर आमनागरिकका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आफ्नो जीवन समर्पण गरेका २२ नागरिक नायक मध्य पाँचजना प्रमुख व्यक्तिहरुले आफ्नो भावना नागरिकसँग बाँडेका थिए।
मिडियाका अध्यक्ष हेमराज ज्ञवालीले नागरिक नायकहरुलाई स्वागत गर्दै यस्ता नायकको योगदानले आगामी दिनमा मुलुकका राजनीतिक, कुटनीतिक, सामाजिक
विषयको दायरालाई फराकिलो बनाउने विश्वास व्यक्त गरे। 'निस्वार्थ भावले काम गर्ने धेरै मानिसलाई नायकको रुपमा प्रस्तुत गर्न पाउँदा खुसी लाग्यो,' अध्यक्ष ज्ञवालीले भने।
पहिलो वार्षिकोत्सवका अवसरमा यस्ता नायकलाई बाहिर ल्याइएकामा यो नेपाल रिपब्लिक मिडियाको निरन्तर जारी रहने कार्यक्रमको सुरुवातसमेत रहेको अध्यक्ष ज्ञवालीले उल्लेख गर्नुभएको थियो।
समिटका पहिलो बक्ता सुर्खेतकी खैरुन निशाले मश्लिम समुदायकी महिला भइकन आफूले गर्दै आएको परिवार नियोजनसम्बन्धित कार्यक्रमका बारेमा जानकारी दिएकी थिइन्। पटक पटक सन्तान जन्माएपछि स्वयंले महशुस गरेको नारीको बेदना र अनियन्त्रित जनसंख्याजस्ता कुराले नै आफूलाइ यस क्षेत्रमा प्रतिबद्ध भइ लाग्न प्रेरित गरेको उनले जानकारी दिएकी थिइन्।
आफ्नै खर्चमा बिकट गाउँमा औषधी बाँड्दै आएका डा. गोविन्द के.सीले आफ्ना अनुभव साट्दै देशभरका सबै विरामीले चोटको साथसाथै मनको घाउको उपचार पनि पाउनुपर्नेमा जोड दिए। स्वास्थ्य सेवाका निम्ति निजी पहलबाटै ७२ जिल्ला घुमेका डा. केसीले कार्यक्रममै उपस्थित चिकित्सा विज्ञानका एक छात्रको जिज्ञासामा जवाफ दिदै भनेका थिए, 'राज्यको पहुँच दुर्गम ठाउँमा छैन, त्यसैले तपाईजस्ता युवापुस्ताले आफ्नो कामबाट बचेको समय उनीहरुकै सेवामा लगाएर यो दायित्व पुरा गर्न सक्नुहुन्छ।'
म्याग्दीको नाङ्गी गाउँलाई इन्टरनेटको विश्व सञ्जालमा जोडेका महावीर पुनले आफूले ताररहित इन्टरनेटको मात्रै नभई स्वास्थ्य, शिक्षा, पर्यावरण र आयआर्जनका कार्यक्रम गरेको जानकारी दिए। दुर्गम जिल्लाका बिरामीलाई सुगम क्षेत्रका डाक्टरसम्म टेलिमेडिसिन मार्फत् पुर्याएको बताउँदै डाक्टरसँग विरामीले प्रविधिको प्रयोग गर्दै साक्षात्कार हुन पाउदा उपचारमा मनोबैज्ञानिक सहयोग पुग्ने जानकारीसमेत दिएका थिए। आफ्नो एक्लो प्रयासले दुइ तीनसय गाउँमा मात्रै पुग्न सक्ने बताउँदै नेपालका प्रत्येक गाउँमा पुग्न नेपाल टेलिकमले आफ्नो श्रोतसाधनको प्रयोग गर्नुपर्ने आग्रह उनको थियो।
सानानानीलाई विगत ३५ वर्षदेखि लुगा सिलाउने काम गर्दै आएकी ७२ वर्षिया इन्दिरा सापकोटाले नेपालका गृहणीको प्रतिनिधित्व गर्दै सानै कामले पनि समाजमा ठूलो योगदान पुर्याउन सक्ने आफ्नो अनुभव सुनाईन्।
त्यसैगरी अर्का वक्ता डा. सन्दुक रुइतले तीसलाख विरामीको आँखा उपचार गरिसकेको उल्लेख गर्दै सकारात्मक सोचले काम गरेमा सफल हुनसकिने बताएका थिए। नेपालीको सेवामा मात्र सीमित नरहेर तिलगंगा अस्पतालले विदेशमा समेत सेवा विस्तार गरेको र त्यस मार्फत मुलुककै गौरवलाई विश्वभर विस्तार गरिरहेको दाबी समेत डा. रुइतको थियो।
'हामीले प्रत्येकको सय डलर पर्ने आँखाको लेन्सलाई चार डलरमा झार्न सक्यौँ,' डा. रुइतले भने, 'यो नेपाली प्रविधिले विश्व आश्चर्यमा परेको छ।' डा. रुइतले नेपालका नागरिक सेवा प्रदायक केन्द्रमा भइरहेका राजनीतीकरण गलत भएकोले यसलाई रोक्नुपर्ने बताए।
डा. रुइतका भनाइमा टिप्पणी गर्दै कार्यक्रममा उपस्थित युवा सभासद् गगन थापाले समाजमा नायकहरु उत्पादन गर्नका निम्ति लोकतान्त्रिक वातावरणको अपरिहार्यता बारे जिज्ञासा राखेका थिए।
कार्यक्रममा वक्ताहरुलाई दुबै दैनिक नागरिक र रिपब्लिकाका प्रधान सम्पादक नारायण वाग्ले र अमित ढकालले प्रस्तुत गर्नुका साथै सहजकर्ताका रुपमा सघाएका थिए।
समिटका विशेष बक्ता तथा राजनीतिक विश्लेषक सिके लालले नागरिक नायकको खोजीले नै लोकतन्त्रलाइ मजबुत बनाउने उल्लेख गरेका थिए। नायकहरु समाजमै रहने र विभिन्न उदाहरण प्रस्तुत गर्दै सहनशिलता र आत्मबलले परिस्थितिसँग लड्न सक्ने बताउँदै उनले भने, 'नागरिकले छानेका नायकहरु यसैका उदाहरण हुन्।' अध्याँरो मेटाउन उज्यालो चाहिन्छ त्यसको लागि राजनीति सुधि्रनुपर्नेमा उनले जोड दिए। तर, विश्वमै आजसम्म सबैभन्दा कम दोषयुक्त प्रणाली मानिएको लोकतन्त्र भने अपरिहार्य रहेको उनको तर्क थियो।
कार्यक्रम अवधिभर सभामुख सुवास नेम्वाङ, पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा, एनेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराइ, विभिन्न दलका नेता, सामाजिक क्षेत्रका अभियन्ता र पेशाकर्मीको उल्लेखनीय उपस्थिती थियो।
कार्यक्रकमको प्रत्यक्ष भिडियोकास्ट र लाइभ ब्लगिङ दुबै मिडियाका अनलाइन संस्करण नागरिक न्यूज डटकम र माइरिपब्लिका डटकमले दिउँसो दुईबजेदेखि नै गरेका थिए। मूलधारको मिडियाबाट कुनै पनि कार्यक्रमको प्रत्यक्ष वेबकास्ट गरिएको यो पहिलो अवसर हो।
त्यसैगरी तीनबजेदेखि साँझ ६ बजेसम्म कार्यक्रमको प्रत्यक्ष प्रसारण इमेज टेलिभिजनले गरेको थियो।
रेकर्डिङ यहाँबाट हेर्न सकिन्छ।
मिडियाका अध्यक्ष हेमराज ज्ञवालीले नागरिक नायकहरुलाई स्वागत गर्दै यस्ता नायकको योगदानले आगामी दिनमा मुलुकका राजनीतिक, कुटनीतिक, सामाजिक
विषयको दायरालाई फराकिलो बनाउने विश्वास व्यक्त गरे। 'निस्वार्थ भावले काम गर्ने धेरै मानिसलाई नायकको रुपमा प्रस्तुत गर्न पाउँदा खुसी लाग्यो,' अध्यक्ष ज्ञवालीले भने।पहिलो वार्षिकोत्सवका अवसरमा यस्ता नायकलाई बाहिर ल्याइएकामा यो नेपाल रिपब्लिक मिडियाको निरन्तर जारी रहने कार्यक्रमको सुरुवातसमेत रहेको अध्यक्ष ज्ञवालीले उल्लेख गर्नुभएको थियो।