सत्तारूढ दलमा अन्तरकलह
२६ माघ २०७३
•
१० मिनेट पाठ
सत्तारूढ दलमा अन्तरकलह
निर्वाचन आयोगमा नमुना मतदानमा सहभागि हुँदै प्रधानमन्त्री। तस्बिर: दिपेश श्रेष्ठ
काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहालले समयमै स्थानीय तह निर्वाचन मिति घोषणा नगर्दा नेकपा माओवादी केन्द्र तथा नेपाली कांग्रेसलगायत सत्तारुढ दलभित्र क्रमशः विवाद बढ्न थालेको छ।




आफ्नो पार्टीको समर्थनमा बनेको दाहाल सरकारले स्थानीय निर्वाचन मिति घोषणा गर्न ढिलाइ गरेपछि नेपाली कांग्रेसमा बढी असन्तुष्टि देखा पर्न थालेको हो।

त्यसो त सरकार नेतृत्वकर्ता नेकपा माओवादी केन्द्र र राप्रपामा पनि असन्तुष्टि चुलिँदो छ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइरालालगायत नेताले सामूहिक रुपमा सभापति शेरबहादुर देउवालाई भेटेर स्थानीय चुनावबारे बैठक बोलाउन माग गरे पनि सुनवाइ भएको छैन । सोमबार पनि वरिष्ठ नेता पौडेलले सभापति देउवालाई पार्टी बैठक बोलाउन पुनः आग्रह गरे ।

‘स्थानीय निर्वाचन मिति घोषणा र अजेन्डाबारे निर्णय लिन सभापतिज्यूलाई महामन्त्री र म लगायतले केही दिनदेखि पार्टी बैठक बोलाउन माग गरिरहेका छौं तर उहाँले बोलाउनुभएन’, पौडेलले नागरिकसँग भने, ‘हिजो (सोमबार) पनि मैले ध्यानाकर्षण गराएँ तर उहाँ हुन्छ–हुन्छ मात्रै भन्नुहुन्छ तर कहिल्यै बैठक बोलाउनुहुन्न ।’

पौडेलका अनुसार सभापति देउवाले पार्टी बैठक बोलाउन नसक्दा स्थानीय चुनावबारे कांग्रेसभित्र एकमत बन्न सकिरहेको छैन ।

पार्टीलाई स्थानीय चुनावमा होम्न र अजेन्डा निर्माण गर्न महामन्त्री कोइरालासहितले देउवासमक्ष बैठक माग गरेका हुन् । पौडेल बुधबार बेलायत हुँदै डेनमार्क, नेदरल्यान्ड, बेल्जियममा हुने पार्टी कार्यक्रमका लागि युरोप यात्रामा निस्कँदै छन् ।

संविधान संशोधनपछि मात्र निर्वाचन गर्ने देउवाको पछिल्लो भनाइप्रति महामन्त्री कोइराला खुसी छैनन् । पोखराको एक कार्यक्रममा कोइरालाले संविधान संशोधन थाती राखेर भए पनि यथास्थितिमै चुनावमा जानुपर्ने अभिव्यक्ति सार्वजनिक गरेका छन् । सरकारले प्रस्ताव गरेको संविधान संशोधन प्रस्तावप्रति नै आपत्ति जनाउँदै उनले यथास्थितिमा निर्वाचनमा जानुपर्ने जोड गरिरहेका छन् ।

गत पुस १२ गते बालुवाटारमा बसेको सत्तारुढ कांग्रेस–माओवादी केन्द्र र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको संयुक्त बैठकमा निर्वाचन मिति घोषणा गर्न दबाब दिने उनै सभापति देउवा ‘यु–टर्न’ हँुदै संविधान संशोधन टुंग्याएपछि मात्र निर्वाचनमा जाने धारणा राखेपछि पौडेल पक्षधर सशंकित छ । त्यसैले पूर्वमहामन्त्रीद्वय कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंहले पनि सभापति देउवालाई निर्वाचनका पक्षमा तत्काल पार्टीलाई उभ्याउन दबाब बढाइरहेका छन् । 

कांग्रेसमा हाल प्रभावशाली नेताका रुपमा उदाएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिका कारण पनि सरकारले निर्वाचन मिति घोषणा गर्न नसकिरहेको पौडेल पक्षको बुझाइ छ । ‘संविधान संशोधनपछि मात्र निर्वाचन’ भन्ने निधिको धारणामा सभापति देउवा उभिएका कारण कांग्रेसमा निर्वाचनलाई लिएर  क्रमशः कलह बढ्दै गएको स्रोतले जनायो ।

झन् सहमतिविपरीत निर्वाचन आयोगलाई पठाइएको पत्रको बेहोराले स्थानीय निर्वाचन नहुने आंशका बढ्दै गएपछि कांग्रेस–माओवादी दुवै पार्टीका नेता झस्किन पुगेका छन् । ‘स्थानीय निकाय हो कि स्थानीय तह भन्नेसम्म छुट्ट्याइएको छैन, न त्यो पत्रमा चुनावको मिति छ न अवधि नै उल्लेख गरिएको छ’, एक असन्तुष्ट मन्त्रीले नागरिकसँग भने, ‘कम्तीमा वैशाखभित्र चुनाव गर्ने भनेर लेख्ने दुई दलको सहमतिविपरीत उक्त पत्र लेखिएको छ, यसले झन् अन्योल बढाएको छ ।’

सरकारले पठाएको पत्र अस्पष्ट भएकै कारण आयोगले सरकारलाई पत्र लेखेर कुन चुनाव (स्थानीय तह वा निकाय) र कुन मिति र अवधिभित्र गर्ने हो भन्दै प्रस्ट हुन खोजेको उनको भनाइ छ ।

माओवादी केन्द्रभित्र पनि नारायणकाजी श्रेष्ठलगायत जिम्मेवार नेताले प्रधानमन्त्री दाहाललाई निर्वाचन मिति घोषणा गर्न दबाब बढाइरहेका छन् । आफ्नो पार्टी नेतृत्वको सरकारले स्थानीय निर्वाचन गर्न नसके ‘सबै डुब्ने’ भन्दै उनीहरुले दबाब बढाएका हुन् ।

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा, वर्षमान पुन, मातृका यादव र प्रभु साहबाहेक अन्यले तीव्र रुपमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाललाई निर्वाचन मिति तोक्न दबाब बढाइरहेका छन्। जसमध्ये वरिष्ठ नेता श्रेष्ठ, टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, शक्तिबहादुर बस्नेत, अग्नि सापकोटालगायत अग्रस्थानमा रहेर तत्काल चुनाव घोषणा गर्नुपर्ने भन्दै प्रधानमन्त्री दाहाललाई दबाब दिइरहेका छन् ।

श्रेष्ठले पार्टी नेतृत्वको सरकार स्थानीय निर्वाचन गराउन तयार रहेको र पार्टीका अन्य जिम्मेवार नेताले प्रधानमन्त्री दाहाललाई निरन्तर रुपमा मिति घोषणा गरिहाल्न ध्यानाकर्षण गराइरहेको बताए ।

‘तत्कालै स्थानीय निर्वाचन सम्पन्न गराउनु अपरिहार्य छ, हाम्रो पार्टी नेतृत्वको सरकारले चुनाव गराउनैपर्छ, गर्छ,’ श्रेष्ठले नागरिकसँग भने । उनका अनुसार प्रधानमन्त्री दाहालले पनि निरन्तर रुपमा निर्वाचनबारे पार्टीभित्र छलफल गरिरहेका छन् ।

त्यसो त निर्वाचन मिति घोषणा गर्न आनाकानी गरेपछि सत्तागठबन्धनको तेस्रो ठूलो सहयोगी राप्रपाले सरकार छाड्ने चेतावनी दिइसकेको छ । सत्ता सहयोगी दलसँग कुनै समझदारी र सहकार्य नगरी निर्णय लिँदै माओवादी केन्द्र र कांग्रेस अघि बढेको भन्दै राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आइतबार मन्त्रीलाई फिर्ता बोलाउनेसम्म निर्णय गरिन लागेको बताए । त्यसबारे पार्टीभित्र दबाब बढिरहेको पनि खुलासा गरिसकेका छन् ।

अध्यक्ष कमल थापाले भने सरकारद्वारा प्रस्तावित संविधान संशोधन प्रस्तावलाई पनि राप्रपाले अस्वीकार गर्ने पुनः स्पष्ट पारेर अलग रहेको पटकपटक जनाइरहेका छन् । ‘स्पष्ट बुझ्नुस्– संसद्मा अहिले सरकारले पेस गरेको संविधान संशोधन पक्षमा राप्रपाले भोट हाल्दैन’, थापाले सोमबार पनि भने ।

उता, पार्टीको नीति र सिद्धान्तविपरीत दाहाल सरकारमा सामेल भएको भन्दै अखण्ड नेपाल पार्टीका उपाध्यक्ष पुष्पा भण्डारी गत माघ १९ गते एमाले प्रवेश गरेकी छन् भने सो पार्टीका महासचिवले ५ नम्बर प्रदेश टुक्र्याउन नहुने भन्दै प्रेस विज्ञप्ति जारी गरेर संविधान संशोधनका पक्षमा मत नहाल्ने प्रस्ट पारेका छन् ।

अध्यक्ष कुमार खड्का मन्त्री भएपछि उपाध्यक्षको पार्टी परित्याग र संशोधन विपक्षमा मतदान गर्ने विज्ञप्तिले उक्त पार्टीमा समस्या ल्याएको त छ नै, सो पार्टीले तत्काल स्थानीय चुनावमा जान पनि माग गरेको छ।
अर्को समाचार
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
०८ मंसिर २०८३
•
३ मिनेट पाठ
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
चीनको एक चिडियाखानामा रहेको मोटो चितुवा यतिबेला इन्टरनेटमा चर्चित बनेको छ। 




डिज्नीको चर्चित फिल्म ‘जुटोपिया’को गोलो अनुहार भएको चितुवा पात्र अफिसर बेन्जामिन क्लाउहाउजरसँग मिल्दोजुल्दो देखिएपछि यो चितुवा हेर्न मानिसहरूको भीड लाग्न थालेको हो।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित पान्झिहुआ सहरको चिडियाखानामा रहेको यो चितुवालाई ‘पान बाओबाओ’ नामले चिनिन्छ। मोटो शरीरका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उसलाई ‘अफिसर चितुवा’ उपनाम दिएका छन्।

चितुवा हेर्न चिडियाखाना पुगेका मानिसहरूले उसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। धेरैले उसको मोटो शरीर देखेर रमाइला टिप्पणी गरेका छन्।

एक आगन्तुकले ‘अफिसर चितुवा अझै पनि तौल घटाउन सफल भएनछ!’ भन्दै ठट्टा गरेका छन्। कतिपयले उसलाई केही समय खाना नदिन सुझाव दिएका छन् भने केहीले उसको शरीर मात्र होइन, शरीरका धब्बासमेत गोलाकार देखिएको भन्दै मजाक गरेका छन्। केहीले त अब उसलाई आफूहरूले सजिलै उछिन्न सक्ने टिप्पणीसमेत गरेका छन्।

तर, चिडियाखानाका कर्मचारीले भने चितुवाको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उसको तौल घटाउने योजना नरहेको बताउँछन्।

‘ऊ बूढो हुँदै गएको छ। त्यसैले अहिले तौल घटाउनु उचित हुँदैन। उसको अहिलेको अवस्था कायम राख्दै स्वस्थ राख्नु हाम्रो प्राथमिकता हो,’ चिडियाखानाका एक कर्मचारीले जिउपाई न्युजलाई बताएका छन्।

उनले वृद्ध मानिसको छाला खुकुलो हुँदै गएजस्तै चितुवाको शरीरमा पनि उमेरसँगै परिवर्तन आएको बताए। ‘यो अवस्थामा उसले पर्याप्त खाना पाएको सुनिश्चित गर्नुपर्छ। खानाको गुणस्तरमा पनि कुनै सम्झौता गर्न चाहँदैनौँ,’ उनले भने।

कर्मचारीका अनुसार पान बाओबाओले दैनिक आधा किलोभन्दा बढी गाईको मासु खान्छ। सन्तुलित आहारका लागि उसको खानामा कुखुराको मासु पनि समावेश गरिएको छ।

केही समयअघि चितुवाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उसको स्वास्थ्य अवस्था राम्रो देखिएको र तौलमा पनि खासै परिवर्तन नभएको कर्मचारीले बताएका छन्।

अहिले उसको तौल नियमित रूपमा नाप्न केही कठिन हुने गरेको छ। तर, तौल स्थिर रहेको र उसको मुड राम्रो रहेको अवस्थामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको कर्मचारीको भनाइ छ।

इन्टरनेटमा चर्चित बने पनि चितुवाको चिडियाखानाभित्रको दैनिकी भने निकै आरामदायी छ। ऊ खाने, सुत्ने र कहिलेकाहीँ आफ्नो खोरमा यताउता घुमेर शरीर तन्काउने गर्छ।

उसलाई अलि बढी सक्रिय बनाउन खोरभित्र खेल्ने बलसमेत राखिएको छ। ‘उसले खेल्न र केही शारीरिक गतिविधि गर्न सकोस् भनेर खोरभित्र एउटा बल राखेका छौँ,’ एक कर्मचारीले भने।

चितुवाको चर्चा बढेपछि चिडियाखानाले उसको बस्ने ठाउँसमेत विस्तार गरेको छ। छेउको अर्को बासस्थानसँग छुट्याउने बार र तारको जाली हटाएर उसको खोर ठूलो बनाइएको हो।

यससँगै उसको बस्ने क्षेत्रफल ४५ वर्गमिटर पुगेको छ। यो पहिलेको भन्दा दोब्बर हो। चिडियाखानाले गरेको सुधारपछि उसले फराकिलो ‘एक बेडरुमको अपार्टमेन्ट’ जस्तै ठाउँ पाएको जिउपाई न्युजले जनाएको छ।

चितुवाको उमेर र स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उसको तौल घटाउन दबाब दिन नहुने बताए। उनीहरूले बाँकी जीवन आरामसँग बिताउन दिनुपर्ने सुझाव दिएका छन्।

एक प्रयोगकर्ताले ‘ऊ बूढो हुँदै छ, त्यसैले प्रकृतिलाई आफ्नै गतिमा अघि बढ्न दिऔँ!’ भन्दै लेखेका छन्। अन्यले उसको चम्किलो र राम्रोसँग स्याहार गरिएको रौँको प्रशंसा गर्दै ‘मोटो भए पनि निकै जवान देखिन्छ!’ भनेर टिप्पणी गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस