• प्रा.कृष्ण खनाल-
२०४६ मा 'लोकतन्त्रका लागि आन्दोलन' भन्ने थियो। तर, २०६२/६३ को आन्दोलन लिबरल डेमोक्रेसीका लागि मात्रै थिएन। यसले र्याडिकल आइडियोलोजी बोकेको माओवादीलाई समेत समेट्नुपर्थ्यो।
चैत २४ वा कुनै त्यस्तै दिनलाई दलहरूले आफ्नो प्रतिष्ठासँग गाँस्दै आएका छन्। चैत २४ अहिलेको एकीकृत नेकपा माओवादी र तत्कालीन संयुक्त जनआन्दोलन समितिले आफ्नो प्रतिष्ठासँग गाँसेको पाइन्छ।

२०४६ सालको आन्दोलानताका बाबुराम भट्टराईको नेतृत्वमा रहेका कम्युनिस्ट घटकले संयुक्त जनआन्दोलन समिति बनाएर आन्दोलन अघि बढाएका थिए। यो कम्युनिस्ट घटक त्यसबेलाको संयुक्त वाममोर्चामा सहभागी थिएनन्। यो घटकको बहुदलसँग सहमति थिएन। संयुक्त वाममोर्चा भने बहुदलमा सहमत भएर नेपाली कांग्रेससँग सहकार्य गर्दै आन्दोलनमा थियो। पञ्चायतविरूद्धको आन्दोलनसँग मात्रै सँगै जान सकिन्छ, त्यसपछि आ-आफ्नो बाटो फरक हुन्छ भन्ने धारणा थियो, संयुक्त जनआन्दोलन समितिको।
संयुक्त जनआन्दोलन समितिले चैत २४ गते छुट्टै आन्दोलन कार्यक्रम घोषणा गरेको थियो। संयोग कस्तो पर्यो भने चैत २४ गते बिहान तत्कालीन राजा वीरेन्द्रले उनी केही नरम भएको संकेत देखाए। त्यसभन्दा अघिल्ला अभिव्यक्ति आन्दोलन दबाउने किसिमको थियो। ठाउँ-ठाउँमा गोली पनि चलेको थियो। चैत १९ गते मात्रै कीर्तिपुरमा गोली चलेको थियो। पाटनमा गोली चलेको थियो। परिस्थिति नियन्त्रणबाहिर जान लागेको देखेपछि २४ गते बिहान वीरेन्द्रले लोकेन्द्रबहादुर चन्दको अध्यक्षतामा नयाँ मन्त्रिपरिषद् घोषणा गरी वार्ता आह्वान गरेका थिए।
त्यतिखेर म त्रिभुवन विश्वविद्यालयबाट आन्दोलनमा सहभागी थिएँ। कीर्तिपुरमा गोली चलिसकेपछि म त्यसभन्दा बाहिरको आन्दोलनमा गइनँ। किनकि, हामी साथीहरूबीच सहमति थियो, 'बाहिर निस्किँदा पक्राउ पर्ने भएकाले आ-आफ्नै क्षेत्रमा समन्वय गरेर आन्दोलन चर्काउने।' राजाले वार्ताका लागि आह्वान गरेको दिन 'धरपकड हुँदैन' भन्ने मलाई लाग्यो। आन्दोलन नियन्त्रण गर्न नसक्ने राजाको अभिव्यक्तिबाटै थाहा हुन्थ्यो। त्यसैले हामीले कीर्तिपुरमा सल्लाह गरेर जुलुस निकाल्ने निर्णय गर्यौं।
अहिलेका सूचना तथा सञ्चार मन्त्री शंकर पोखरेल त्यसबेला विद्यार्थी नेता थिए। आन्दोलनका क्रममा हाम्रो भेटघाट भइरहन्थ्यो। उनले पनि भने, 'सर, आज जुलुस निकाल्नुपर्छ।' त्यसैअनुसार जुलुसको तयारी गरेर हामी यहाँबाट सहरतिर लाग्यौं। त्यो जुलुस कांग्रेस र संयुक्त वाममोर्चाको थियो, न कि संयुक्त जनआन्दोलन समितिको। अन्य स्थानबाट पनि जुलुस निस्केका थिए। परिस्थिति के भइदियो भने जनता स्वस्फुर्त रूपमा खुलामञ्चमा सहभागी भए। जनआन्दोलन समितिको कार्यक्रम वसन्तपुरमा थियो जस्तो लाग्छ।
त्यसअघि काठमाडौंको नाका र चोकमा चारजना मानिस आउनेबित्तिकै प्रहरीले समाउने स्थिति थियो। त्यसैले हामी कहिले प्राध्यापक संघ त कहिले अन्य संघ-संस्थाको माध्यमबाट आन्दोलन गर्ने र आन्दोलनकारीलाई सघाउने गर्थ्यौं। फागुन ७ गते आन्दोलन घोषणा भएपछि त्यसदिन धेरै मानिस गिरफ्तार भए। त्यसको भोलिपल्ट केही हदसम्म आन्दोलनको निरन्तरता देखिएको थियो। तर, ९ गतेदेखि एक हिसाबले काठमाडौं सुनसानै थियो। बरू विदेशबाट आएका पत्रकार मलाई सोध्ने गर्थे, 'हामी आन्दोलन हेर्न आएको। खोइ त आन्दोलन?'
विभिन्न पेसागत संस्थाहरूले आ-आफ्नै किसिमबाट आन्दोलन कार्यक्रम अघि बढाए। प्राध्यापक संघले त्रिचन्द कलेजभित्रै मुखमा कालो पट्टी बाँधेर विरोध कार्यक्रम गर्यो। किनकि, हामी पनि सोझै सडकमा आउनसक्ने स्थिति थिएन। कहिले मेडिकल एसोसियसनले, कहिले नेपाल बारले यस्ता किसिमका प्रतिकात्मक आन्दोलन अघि बढाए। चैतको पहिलो साता पुग्दा यसले व्यापक रूप लिएको थियो। चैत ७ गते पेसागत समूहको आयोजनामा भएको आन्दोलनमा झन्डै ३ सय समातिए। हामीलाई बग्गीखानामा राखेको थियो। त्यहाँ प्रहरीहरूको प्रतिक्रिया थियो, 'यति धेरै मानिस ल्याएपछि पनि (व्यवस्था) टिक्छ?' त्यहाँ युवादेखि पाका सबै मानिस थिए। आन्दोलन यसरी विस्तारित हुँदै थियो। उकुसमुकस जनता सहभागी भएर आन्दोलनको वातावरण बन्दै थियो।
हामी कीर्तिपुरबाट गएका मानिस खुलामञ्च पुगेपछि दरबारमार्गतिर लाग्यौं। महेन्द्रको सालिक नजिक पुगेपछि गोली चल्यो। त्यसपछि भीड तितरबितर भयो। अर्काे दिनदेखि आन्दोलन उचाइमा पुग्यो। र, २६ गते सफल भयो। यस हिसाबले माओवादीले चैत २४ गतेलाई प्रतीकका रूपमा लिने गर्छ भने कांग्रेस र एमालेले आन्दोलन सफल भएको चैत २६ लाई।
...
२०६२/६३ को आन्दोलनका क्रममा पनि दलहरूले चैत २४ देखि २७ गतेसम्म विरोध कार्यक्रम घोषणा गरे। कांग्रेस र एमाले २६ गते र तत्कालीन जनमोर्चाले २४ गतेका लागि कार्यक्रम केन्द्रित गर्दै थिए। दुवै मितिमा सहमति हुन नसकेपछि लगातार चारदिने कार्यक्रम घोषणा गरियो। यसरी विशेष दिनहरू पार्टीका प्रतिष्ठासँग जोडिएको हुन्छ। २०६२/६३ को जनआन्दोलनमा २४ गते केही पनि भएको होइन।
त्यस दिन मलाई पार्टीले कीर्तिपुरमा नै खटाएको थियो। बिहान आन्दोलनमा जाँदा मुस्किलले १२/१५ जना मात्रै थिए। एकथरिले नगरपालिकामा आगो लगाउने प्रयास गरे। विद्यार्थीले भने विश्वविद्यालय कम्पाउन्डभित्रको नेपाल बैंक लिमिटेडको फर्निचर वाहिर ल्याई जलाए। त्यहाँ प्रहरीले हस्तक्षेप गर्यो। म आफै पनि पछि त्यहाँ हेर्न गएँ। र, विद्यार्थी नेताहरूलाई भनेँ, 'आन्दोलन यसैगरी गर्ने हो भने मैले टुलुटुलु हेर्नुबाहेक केही गर्न सक्दिनँ।' त्यसपछि विद्यार्थीहरूले भने, 'सर, के गर्नुपर्यो? भन्नुस, हामी त्यसैअनुसार गर्न तयार छौं।' त्यसपछि मेरो भनाइ रह्यो, 'आन्दोलन गर्ने तौरतरिका हुन्छ। त्यसैले आन्दोलनको तरिका बदलौं।'
...
अघिल्लो दिन कीर्तिपुरमा भएको आन्दोलन हिंसात्मक भएको मिडियामा देखिन्थ्यो। प्रहरी अधिकृतमाथि विद्यार्थी चढेको दृश्य पनि आयो। तर, त्यो ज्यादतिसँगै बचाउने प्रयास पनि भइरहेको थियो। तर, झट्ट हेर्दा मिडियामा हिंसात्मक भएजस्तो देखियो। त्यसैले छलफल गरेपछि आन्दोलनको स्वरूप परिवर्तन गर्ने निर्णय गर्यौं। कर्फ्यु लाग्ने दिन दुई घन्टा अवज्ञा गर्ने निर्णय गर्यौं। अन्य स्थानको भन्दा कीर्तिपुरमा कर्फ्यु तोड्ने तरिका फरक थियो। अरू ठाउँमा कर्फ्यु लागेपछि तोड्ने गरिन्थ्यो भने हामी लाग्नुअघि नै सडकमा बसेर धर्ना सुरू गर्थ्यौं। यसो गर्दा कर्फ्यु कार्यान्वयन गर्न आउने सुरक्षाकर्मी हाम्राविरुद्ध प्रयोग हुनुपर्थ्याे। अरू ठाउँमा भने प्रहरी जवानविरूद्ध कारबाही गर्नुपर्थ्याे, कर्फ्यु तोड्नेहरूले। एक अर्थमा भन्ने हो भने हामीले कर्फ्यु आउनै दिएनौं। दस बजे कर्फ्यु लाग्थ्यो, हामी भने नौ बजे नै धर्नामा बसिसकेका हुन्थ्यौं।
कीर्तिपुर हिंसात्मक घटना हुनसक्ने प्रशस्त सम्भावना भएको स्थान पनि हो। ढुंगमुढा हुन सक्थ्यो। त्यसैको परिणामस्वरूप गोली पनि चल्न सक्थ्यो। २०४६ सालको जनआन्दोलनबाट हामीले केही पाठ सिकेका थियौं। त्यसबेला आन्दोलनका क्रममा कीर्तिपुरमा ४ जना मानिसको ज्यान गएको थियो। आन्दोलनको अघिल्लो मोर्चामा जिम्मेवार व्यक्तिहरू बसेका भए ती चारजनाको ज्यान बच्न सक्थ्यो। त्यतिबेला पनि म कीर्तिपुरको आन्दोलनमै थिएँ। त्यस दिन म घर जाँदै गर्दा साथीहरूले रोकेर भनेका थिए, 'ठूलो जुलुस आउँदैछ, तपाई यहीँ बस्नुपर्यो।' म करिब एक घन्टाभन्दा बढी समय बस्दा पनि जुलुस नआएपछि त्यहाँबाट हिँडेको थिएँ। पछि त्यही जुलुसमा फायरिङ हुँदा चारजनाको ज्यान गएको थियो। सायद त्यो जुलुसमा मेरो उपस्थिति भएको भए त्यो घटना नहुन सक्थ्यो वा म आफै समाप्त हुन सक्थेँ।
पछि बु‰दा त्यहाँ आत्तिएर प्रहरीहरूले गोली चलाएका रहेछन्। आन्दोलनकारीहरू स्थानीय कृषकले प्रयोग गर्ने घरेलु हतियार लिएर निस्केका हुँदा प्रहरीले डराएर गोली चलाएको रहेछ। त्यतिखेर आन्दोलनको मोर्चामा जिम्मेवार व्यक्ति भएको भए कुरा गर्थे होलान्। फेरि प्रहरी चौकी बस्तीको बीचमा भएकाले पनि आत्तिएर गोली चलाएका रहेछन्।
...
२०६२/६३ को आन्दोलनमा त्यस्तो घटना हुन दिँदैनौं भन्ने निर्णय गरेर बस्यौं। पौने १० बजे सशस्त्र प्रहरीको एउटा टोली आयो। हामी शान्तिपूर्ण हिसाबले सडकमा बसेको देखेर अक्क न बक्क भएर हिँड्यो। त्यसपछि १० बजे नेपाली सेनाको टुकडी आयो। उनीहरूले हामीलाई 'हट्न' भन्यो। हामीले भन्यौं, 'आज हाम्रो दुई घन्टाको कार्यक्रम छ, त्यतिबेलासम्म छाड्दैनौं। त्यसपछि हामी आफै छाडिदिन्छौं।' उनीहरूले थ्रेट दिन दुईवटा 'आर्म्ड भेकल' अघि बढायो। हामीले अगाडि ढुंगाको सानो पर्खाल पनि राखेका थियौं। उनीहरूले एकापट्टि छेउबाट त्यो पर्खाल हटाउन थाले। ढुंगा पन्छाएपछि गाडी स्टार्ट गर्यो। गाडीले किच्छ भनेर मानिस भाग्छन् अनि त्यहीबेला भगाउन सकिन्छ भन्ने उनीहरूलाई लागेको थियो होला। हामीले पनि त्यही बुझेर गाडी चलाउन सुरु गर्नेबित्तिकै सडकमा सुतिदियौं। उनीहरूले केही गर्नै सकेनन्। बरू उल्टै गाडी ब्याक गरेर २० मिटर तल ल्याए। कतिपय मानिस आत्तिएका थिए। तर, उनीहरूलाई हामी जिम्मेवार र चिनिएका व्यक्ति धर्नाको अघिल्लो स्थानमा भएकाले एक किसिमको आत्मविश्वास थियो। भोलिपल्टदेखि त हामी पूरै समय धर्ना दिन थाल्यौं। सुरक्षाकर्मीले पनि 'यहाँ केही नलाग्ने रहेछ' भनेर छाडे। यसरी कीर्तिपुरको आन्दोलन यहीँकै जनताको निर्माणमा भएको हो।
यहाँ आन्दोलन अगुवाइ गर्न मलाई सजिलो थियो। विद्यार्थीहरूले मलाई अविश्वास गर्नुपर्ने कुनै कारण थिएन। मैले आन्दोलनको पक्षमा आफ्नो विश्वसनीयता त्यसअघि नै स्थापित गरेको थिएँ जस्तो लाग्छ। विभिन्न कार्यक्रमका अभिव्यक्ति, लेखहरू र मेरो अहिलेसम्मको क्यारियरले आन्दोलनका पक्षमा स्थापित भएको थिएँ। स्थानीय जनताले पनि म २०३६ सालको आन्दोलनदेखि निरन्तर सक्रिय भएको देखका थिए। यस हिसाबले विद्यार्थी र स्थानीय जनतामा मप्रति अविश्वास थिएन। यसले मलाई 'यसो गरौं' भनेर आन्दोलन अगुवाइ गर्न सजिलो बनाएको थियो।
कतिपयले यसरी सडकमा बसेर आन्दोलन हुँदैन भनेर आपत्ति जनाएका थिए। तर, हामीले माओवादीलाई पनि खबर पठायौं, 'हामी सत्याग्रहको हिसाबले सडकमा बस्छौं। यहाँ ढुंगामुढा गर्ने होइन। जसले गर्छ त्यसलाई आन्दोलनविरोधीका रूपमा बु‰छौं।' हामी सडकमा बसेर शान्तिपूर्ण आन्दोलन गर्दा बन्दुक बोकेका माओवादीले त्यसलाई उपयोग गर्न खोज्यो भने ठूलो रक्तपात हुनसक्छ भनेर पनि हामीले बारम्बार माओवादीलाई खबर पठाउने गर्थ्याैं। उताबाट पनि सकारात्मक जवाफ आएको थियो, 'त्यहाँका मानिसले जस्तो किसिमको आन्दोलन गर्छन्, त्यसमा हाम्रो समर्थन छ।' हामी जनमोर्चामार्फत् माओवादीलाई सन्देश पठाउँथ्यौं।
यस्तो आन्दोलन गर्ने योजना दिमागमा आएको दुइटा कुराले हो। माघतिर पार्टीहरूले आन्दोलन कार्यक्रम अघि सारेका थिए। त्यहाँ नेताहरू हात हल्लाउँदै आएका देखिन्थे। त्यहाँ उनीहरूलाई समाइदियो भने प्रतिष्ठाको विषय बन्दो रहेछ। त्यही भएर समाओस् भन्ने प्रयत्न हुँदोरहेछ। उनीहरूलाई समाएपछि युवाहरूले एकछिन हाहाहुहु गर्ने अनि प्रहरीले लाठीचार्ज गरेर तितरबितर गर्ने देखिन्थ्यो। यो मुस्किलले १५/२० मिनेट मात्रै टिक्थ्यो। त्यसबाट मलाई लाग्थ्यो, आन्दोलनका नाममा हाम्रा नेताहरूले युवालाई सिकाएको कुरा यत्ति ढुंगामुढा गर्नमात्रै रहेछ। यो त म विद्यार्थी कालदेखि नै देख्दै आएको हो। यस्तो खाले आन्दोलनले कहीँ पुगिँदैन भन्ने मलाई लागेको थियो।
त्यसपछि फागुनमा नागरिक आन्दोलनले कार्यक्रम गर्दा म आफै सक्रिय थिएँ। डा. देवेन्द्रराज पाण्डेहरू जेलमा थिए। जुलुस गर्दै जाने, जहाँ रोक्छ, त्यहीँ बसेर आन्दोलन गर्ने निर्णय गरेका थियौं। यसले एउटा शक्ति निर्माण गर्छ भन्ने मलाई लागेको थियो। त्यसैअनुसार हामीले आन्दोलन गर्यौं। भोटाहिटी अघि रोकेपछि हामी त्यहीँ सडकमा बस्यौं। तर, त्यो बसाइमा कतिपय व्यक्तिले अप्ठ्यारो मानेको पनि देखियो। एकातिर आन्दोलनमा सरिक हुने, अर्काेतिर सडकमा बस्दा धुलो लाग्ला भनेर अप्ठ्यारो मानेको प्रवृति पनि देखियो, त्यतिबेला।
...
सत्याग्रह आन्दोलनको प्रभाव देखेर यसलाई कीर्तिपुरमा प्रयोग गरियो। सडकको धूलोदेखि पर हुनेहरू पनि हाम्रो आन्दोलनमा नियमित सहभागी थिए। एउटा शान्तिपूर्ण आन्दोलनको शक्ति के हुन्छ भन्नेबारे मलाई राम्रै जानकारी थियो। २०४६ सालको आन्दोलनको तागत पनि त्यही थियो। आमजनताको चाहनालाई नछुञ्जेल आन्दोलनले तागत निर्माण गर्दैन। म नेताहरूलाई भन्ने गर्थें, 'संसद पुनर्स्थापनाको आन्दोलन आमजनताको आन्दोलन हुन सक्दैन। यो दबाबको रणनीतिमात्रै हो। संसद पुनर्स्थापनाभन्दा परको एजेन्डा ल्याउनुपर्छ, जसले जनतालाई छुन्छ।' जब १२ बुँदे सहमति भयो, जनता संसद पुनर्स्थापनाभन्दा परका एजेन्डा समातेर आन्दोलनमा आए। जनताले खोजिरहेको शान्ति त्यहाँ प्रतिविम्बित भएको थियो। माओवादीसँग दलहरूको सहकार्य जरुरी थियो, शान्तिका लागि। माओवादीविनाको लोकतन्त्रको कुरालाई मान्छेले पत्याइरखेका थिएनन्। माओवादी सहकार्यविनाको शान्तिको सम्भावना जनताले देखेका थिएनन्।
१२ बुँदेले पार्टी र माओवादी मिले भन्ने संकेत दियो। सबभन्दा ठूलो क्षमतै त्यही थियो। 'अब पार्टीहरू मिले केही हुन्छ, साथ दिनुपर्छ' भन्ने भावना जनतामा जागृत भयो। माओवादीलाई समेत समेटेर अघि बढे हामीले शान्ति पाउँछौं, लोकतन्त्र पनि सुरक्षित हुन्छ भन्ने मानिसलाई विश्वास थियो। त्यसपछि नै हो, मानिसहरू आन्दोलनमा आउन तयार भएका।
बन्दुकको आन्दोलनले दायरा सीमित गरिदिन्छ। बाध्यताले आउँछन्। तर, शान्तिपूर्ण आन्दोलनमा कोही पनि जनता बाध्यतावस आउँदैनन्। आन्दोलन गर्न चाहने मानिसलाई कुनै किसिममको जोखिमविना यसले ठाउँ दिन्छ। यस किसिमको आन्दोलनको सबभन्दा ठूलो क्षमता भनेकै यही हो।
...
हामीले सुरु गरेको शान्तिपूर्ण आन्दोलनलाई मिडियाले राम्रो स्थान दियो। त्यसले केही हदसम्म अन्यत्र पनि प्रेरणा दियो होला। त्यहाँ त त्यति राम्रोसँग भएछ भनेर अन्यत्र पनि त्यस्तै गर्न थालियो। पछि म आफै कलंकीमा गएर हेरेँ। मानिसहरूको भागदौड भएको देखिन्थ्यो। टियर ग्यास छाडेको हुन्थ्यो। आन्दोलन अत्यन्त अव्यवस्थित लाग्यो। ठूलो भीड छ, तर योजनाबद्ध देखिँदैन थियो। मैले त्यहाँका आन्दोलनकारीलाई 'तपाईंहरूको ठाउँ छनोट नै गलत' भएको बताएँ। ओरालो, भिरालोपट्टि जनता बस्ने, माथिल्ल्ोापट्टि प्रहरी बस्ने गर्थे। त्यस्तो ठाउँमा रणनीतिक हिसाबले आन्दोलनकारीलाई फाइदा हुँदैन। हामी यसको ठिक उल्टोमा थियौं। हामी उचाइमा थियौं, आन्दोलन नियन्त्रण गर्न आउने प्रहरी तल थिए। भिडन्तै परे पनि केहीछिन हामी पेल्न सक्थ्यौं।
...
२०४६ सालको आन्दोलनमा पार्टीको संगठन राम्रो भएको ठाउँमा आन्दोलनको उभार आएको थियो भने २०६२/६३ मा चक्रपथवारिबाट आन्दोलनको उभार आएको हो। यी दुई आन्दोलनको फरक भनेको २०४६ मा 'लोकतन्त्रका लागि आन्दोलन' भन्ने थियो। तर, २०६२/६३ को आन्दोलन लिबरल डेमोक्रेसीका लागि मात्रै थिएन। यसले र्याडिकल आइडियोलोजी बोकेको माओवादीलाई समेत समेट्नुपर्थ्यो। माओवादी तत्कालीन मालेले बहुदल मानेजस्तै गरी सरिक हुन आएको होइन। उसले आफ्नो निश्चित आइडियोलोजिकल कन्टेन्ट पनि राखेको थियो। त्यो हिसाबले २०४६ सालको भन्दा दोस्रो जनआन्दोलन पृथक थियो। त्यसैले अहिले पनि दलहरूबीच कुरा नमिलेको हो। यो आन्दोलनको 'आइडोलोजिकल कन्टेन्ट'लाई सही रूपमा छुट्टयाउन सकिएन भने अहिलेको संक्रमण अप्ठ्यारोमा पर्छ।
(तिलक पाठकले गरेको कुराकानीमा आधारित)