केपी ढुंगाना, काठमाडौं, चैत २३- शनिबार बरामद ९ लाख ९८ हजार जाली भारतीय रुपैयाँ पाकिस्तान निवासी जावेदले नेपाल पठाएको तथ्य खुलेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंले जाली भारुसहित पक्राउ गरेको मोहम्मद हमिदले जावेदको निर्देशनअनुसार आफू जाली भारु लिएर नेपाल आएको बयान दिएका छन्।
पाकिस्तानबाट बहराइन हुँदै काठमाडौं आएर होटल क्लासिकको कोठा नम्बर १०५ मा बसेका हमिद शनिबार बेलुका ५ सय दरका ९ लाख ९८ हजार भारुसहित पक्राउ परेका थिए। हामिदको जानकारीका आधारमा प्रहरीले उनका दुई नेपाली सहयोगी विनोद महतो र आमोदमणि महतोलाई समेत पक्राउ गरेको थियो।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार हमिदले पाकिस्तानको लाहौरमा बस्ने जावेदले आफूलाई बहराइन हु"दै नेपाल पठाएको बयान दिएका छन्। तर, जाबेद को हुन् भन्नेबारे प्रहरीले सूचना पाएको छैन।
स्रोतका अनुसार हामिदले बयानमा ‘जावेदले काठमाडौं गएर होटलमा बस्नु, पैसा लिन नेपाली सहयोगी आउँछन्, दिनू' भनेर नेपाल पठाएको बताए। हामिदको जानकारीको आधारमा प्रहरीले काठमाडौंबाट उनका दुई नेपाली सहयोगीलाई शनिबार बेलुकै पक्रेको थियो। दुवैबाट प्रहरीले जाली रुपैयाँको कारोबारमा सक्रिय दुईजना भारतीयबारे जानकारी पाएको स्रोतले बतायो। अनुसन्धान जारी रहेकाले प्रहरीले उनीहरूको नाम बताउन चाहेन। दुवै भारतीय रक्सौलमा सक्रिय रहेको स्रोत बताउँछ।
हामिदको पासपोर्ट रेकर्डअनुसार उनी पहिलोपटक नेपाल आएका हुन्। यसअगाडि पटकपटक बंगलादेश गएको पासपोर्टबाट खुलेको छ।
रक्सौलको एक इलेक्ट्रोनिक पसलबाट उनीहरूले पाकिस्तान, नेपाल र भारतमा जाली भारु कारोबारको गिरोह चलाएको खुल्यो,' स्रोतले भन्यो। स्रोतका अनुसार पक्राउ अभियुक्तको जानकारीको आधारमा गिरोहमा संलग्न भारतीयको खोजी सुरु भएको छ।
भारतले प्रमुख प्राथमिकता दिने गरेको र नेपालमा समेत कारोबार हुने गरेकाले प्रहरीले जाली भारु नियन्त्रणलाई बढी चासोमा राख्ने गरेको छ।
प्रहरी प्रवक्ता विज्ञानराज शर्माका अनुसार जाली भारु नियन्त्रणका लागि प्रहरी प्रधान कार्यालयले एसपीको कमान्डमा विशेष टोली निर्माण गरी परिचालन गरेको छ। शर्माले भने, ‘आवश्यकता हेरेर अपराध महाशाखा, सम्बन्धित परिसर र हेडर्क्वाटरका अन्य टोली पनि जाली नोट नियन्त्रणमा खटिन्छन्।'
पाकिस्तानबाट नेपाल, अनि भारत
जाली भारु कारोबारबारे महानगरीय प्रहरी अपराध महाशाखाको गोप्य प्रतिवेदनले नेपाल ट्रान्जिट बनेको स्पष्ट पार्छ। प्रतिवेदनअनुसार भारतसम्म जाली नोट पुर्याउन नेपाल, श्रीलंका र बंगलादेश ट्रान्जिट बने पनि सबैभन्दा बढी नेपालको रुट प्रयोग हुन्छ।
प्रतिवेदनअनुसार पाकिस्तान, मलेसिया, सिंगापुर, बंगलादेश, युएई, बहराइन, श्रीलंकाबाट नक्कली भारु नेपाल भिœयाएर भारत पुर्याइन्छ। ‘नेपालमा सबैभन्दा धेरै पाकिस्तानबाट जाली भारु भित्रिने गरेको छ। दोस्रोमा मलेसिया र बंगलादेशबाट समेत सीधै नेपालमा भारु आउने गरेको छ,' प्रतिवेदनमा छ। नेपाल भित्रिने जाली नोट वीरगन्ज, नेपालगन्ज र जनकपुरबाट भारत जाने गरेको उल्लेख छ।
जाली नोट कारोबारीले व्यक्ति व्यक्तिलाई दिएर, मुद्रा सटही केन्द्रबाट साटेर, क्यासिनोमार्फत, गिरोहका सदस्यले सञ्चालन गरेको व्यापारिक केन्द्र र पसलबाट जाली नोट बजारमा पठाउने गरेका छन्।
प्रतिवेदनअनुसार नेपालमा बरामद जाली भारु सक्कली नोटकै हाराहारी गुणस्तरको हुन्छ। अल्ट्रा भ्वाइलेट फिचर प्रयोग गरिएको नोट अनुभवी व्यक्तिलाई समेत सहजै छुट्टयाउन गार्हो हुने प्रतिवेदनमा छ।
प्रहरी प्रवक्ता शर्मा नेपालमा बरामद भएका जाली भारु र पक्राउ अभियुक्तको बयानका आधारमा नेपालमा मुख्य रूपमा पाकिस्तानबाट भारु आउने गरेको देखिएको बताउँछन्। उनले भने, ‘हाम्रो अनुसन्धानमा पनि नेपालमा बरामद हुने जाली भारुको मुख्य स्रोत पाकिस्तान नै देखिएको छ।'
पटकपटक पाकिस्तानी
नेपालमा बरामद हुने अधिकांश जाली भारुसहित बंगलादेशी, भारतीय, नेपाली र पाकिस्तानी पक्राउ पर्ने गरेका छन्। सबैभन्दा धेरै पाकिस्तानी छन्।
जाली नोटसहित पक्राउ पर्ने अभियुक्तविरुद्ध खोटा चलन ऐन र नेपाल राष्ट्र बैंक ऐनअनुसार कार्बाही गरिन्छ। २०६६ मा प्रहरीले जाली भारुसहित ८ जनाभन्दा बढी पाकिस्तानीलाई पक्राउ गरेको छ। प्रहरीले चैत ४ गते पाकिस्तानी इन्टरनेसनल एयरवेजवाट आएकी ५५ वर्षीया मारियमलाई विमानस्थलबाट हजार र पाँच सय दरका ३० लाख भारुसहित पक्राउ गरेको थियो। कतार एयरवेजबाट दोहा हुँदै काठमाडौं आएका अब्दुल गफार भदौ १३ गते २४ लाख भारुसहित समातिएका थिए।
माघ १६ गते पाकिस्तानी एयरलाइन्सबाट आएका मोहम्मद सज्जाद र मोहम्मद इकवाललाई २५ लाख जाली भारुसहित पक्राउ गरेको थियो। उच्च सुरक्षा अधिकारीका अनुसार पाकिस्तान सरकारलाई यसबारे जानकारी गराउने गरे पनि उनीहरू वास्ता गर्दैनन्। ती अधिकारीले भने, ‘उनीहरूको राष्ट्रिय ध्वजाबाहक पाकिस्तानी एयरलाइन्सबाटै सबैभन्दा धेरै जाली भारु आउँछ तर उनीहरू जति भने पनि वास्तै गर्दैनन्।'
पक्राउ पाकिस्तानीले अनुसन्धानका क्रममा गिरोहका मुख्य नाइके पाकिस्तानी नागरिक रहेको बयान दिने गरेका छन्। तर, प्रहरीले हालसम्म पाकिस्तानमा रहेको जाली नोट कारोबारीबारे अनुसन्धान गर्न सकेको छैन।
पक्राउ अभियुक्तबाट पाकिस्तान लाहौरमा बस्ने जावेद र हाजी तलाद जाली भारु विभिन्न रुट हुँदै नेपाल पठाउन सक्रिय रहेको खुलेको छ। तर, प्रहरीले हालसम्म यी दुईबारे पत्ता लगाउन सकेको छैन।