लेखक राष्ट्रपति
११ मंसिर २०७३
•
९ मिनेट पाठ
लेखक राष्ट्रपति
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड जे. ट्रम्पले १५ वटा पुस्तक लेखेका छन् भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ। सन् १९८७ मा ‘द आर्ट अफ डिल’ पुस्तक बजारमा आएयता उनका थप १४ वटा पुस्तक बजारमा आइसकेका छन्। त्यसो त उनी आफैँले लेख्ने होइन। उनले नियुक्त गरेका पत्रकारहरुले उनका लागि लेखिदिन्छन्। यस कार्यमा सबैजसो नियन्त्रण ट्रम्पकै रहने गर्छ। अचम्मलाग्दो कुरा के छ भने उनले लेखेका ११ वटा पुस्तकबाट भने गत वर्ष एक हजार डलरभन्दा कम रोयल्टी प्राप्त गरे। ९ वटाले त झन् दुई सय डलरभन्दा कम रोयल्टी प्राप्त गरेका छन्।




चुनावमा उत्रनुअघि व्यक्तिगत वित्तीय खुलासा गर्दा आय रकम ठ्याक्कै यति हो भनेर तोक्नुपर्दैन तर यसले आम्दानी कति हजारदेखि कति हजारसम्म भएको थियो भन्ने एउटा दायरा भने खुलासा गर्नुपर्छ। गत वर्ष बजारमा आएको उनले लेखेको पुस्तक 'क्रिपल्ड अमेरिका'बाट ट्रम्पले १० देखि ५० लाख डलरसम्म आम्दानी गरेको दाबी उनले चुनावी अधिकारीहरूसमक्ष गरेका थिए।

ट्रम्पले धेरै ध्यान दिने विषयमा अन्तर्राष्ट्रिय व्यापार, आप्रबासन र वैदेशिक नीति छन्। उनका प्रकाशनहरूमा उनी सधैँ आप्रबासीविरुद्ध देखिएका छन्। त्यसैले पनि उनले चुनावी मुद्दामा पनि तिनै विषय समावेश गरेका होलान्। युद्ध र शान्तिको विषयमा उनी पुस्तकहरूमा राष्ट्रवादी देखिन्छन्। उनले संसारको खेलमा विश्वास गर्ने गरेका छन्।

सन् २००९ मा प्रकाशित भएको 'थिंक लाइक अ च्याम्पियन' ले ५० हजार डलरको हाराहारीमा आम्दानी गरेको छ। सन् २०११ मा प्रकाशित 'टाइम टु गेट टफ' ले अहिले पनि राम्रो व्यापार गरिरहेको छ। यसबाट गत वर्षहरुमा एक लाख देखि १० लाख अमेरिकी डलरसम्म रोयल्टी संकलन गरेको थियो।

ट्रम्पका अन्य पुस्तकहरू भने खासै बिक्री भएका छैनन्। सन् २००४ मा प्रकाशित 'दि वे टु दी टप' ले दुई सयदेखि एक हजार डलरको बीचमा मात्र आम्दानी गरेको थियो भने सोही वर्ष प्रकाशित ट्रम्पको अर्को पुस्तक 'हाउ टु गेट रिच' ले पाँच हजारदेखि एक हजार डलरको बीचमा आम्दानी गरेको थियो।

ट्रम्पका यी पुस्तकले दुई सय अमेरिकी डलरभन्दा धेरै कमाउन सकेनन्ः

• ट्रम्पः सर्भाइभिङ एट द टप (१९९०)

• द आर्ट अफ द कम ब्याक (१९९७)

• द अमेरिका वि डिजर्भ (२०००)

• थिङ्क लाइक अ बिलिनियर (२००४)

• द बेस्ट रियल इस्टेट एड्भाइस आई एभर रिसिभ्ड (२००५)

• ह्वाइ वि वान्ट यु टु बि रिच (२००६)

• ट्रम्प १०१ः द वे टु सक्सेस (२००७)

• थिंक बिग एन्ड किक एस इन बिजिनेस एन्ड लाइफ (२००७)

• नेभर गिभ अप (२००८)

३० वर्षअघि, सन् १९८७ मा पुस्तक लेखनमा ‘द आर्ट आफ द डिल’ले ५० हजारदेखि एक लाख अमेरिकी डलरसम्म रोयल्टी कमाइदिएको थियो। त्यसपछि यो पुस्तकका घोस्ट राइटर टोनी स्वार्ट्जले सनसनीखेज खुलासा गर्दै ट्रम्प आफैले सो पुस्तक नलेखेकाले आफूले पनि लेखनमा ‘क्रेडिट’ पाउनुपर्ने दाबी गरेका थिए।

पुस्तकलाई अति रुचाउने अमेरिकीमाझ पुस्तकप्रेमी राष्ट्रपति पाउनु त राम्रै कुरा होला तर उनले पटक पटक आफूले लेखेका पुस्तकहरु बेस्ट सेलर भएका भनेर गर्ने दाबीको भने कुनै सत्यता छैन। ट्रम्प आफ्ना कुरालाई कति ठूलो बनाउँछन् भने ‘आर्ट अफ डिल’ प्रकाशित हुने बेलामा भनेका थिए, ‘बाइबलपछि अंग्रेजी भाषामा लेखिएको सबैभन्दा गतिलो पुस्तक यही हो।’ उनी राष्ट्रपति चुनिएलगत्तै भने उनका पुस्तकहरूको खोजी संसारभर हुन थालेको छ। अमेरिकामै पनि पब्लिसर्स विक्लीले गर्ने साप्ताहिक सर्भेमा उनका पुस्तकको खोजी ह्वात्तै बढेको देखिएको छ।

ट्रम्पका कैयौँ किस्सामध्ये एउटा रोचक किस्साचाहिँ पत्रकार तिमोथी एल. ओ’ब्रायनसँग सम्बन्धित छ। ट्रम्पबारे आधिकारिक जीवनी लेख्न तिमोथी एल. ओब्रायन ट्रम्पकहाँ पुगेका थिए। तिमोथीले जसै जीवनी लेखिसिध्याए, ट्रम्पले पढिसकेपछि त्यसलाई रूचाएनन्। उनले पुस्तक प्रकाशन नगर्न उनलाई सचेत गरे। तिमोथीले मानेनन् र २००५ मा प्रकाशित गरे। आफ्नो सम्पत्ति कम आँकेको र कतिपय कुरा सत्य नभएको भन्दै ट्रम्पले लेखक तिमोथीमाथि पाँच अर्ब डलर बराबरको क्षतिपूर्ति दाबी गर्दै मुद्दा हालेका थिए तर पछि अदालतले ट्रम्पलाई नै हराइदियो।

के छन् ट्रम्पका पुस्तकमा?

नवनिर्वाचित यी धनाढ्य राष्ट्रपतिका लागि कसैलाई हरुवा भन्नु अपमान होइन र कसैलाई विजेता भन्नु प्रशंसा होइन। जित्ने र हार्नेबीचको विभाजन उनका लागि ठूलो सैद्धान्तिक महŒवपूर्ण कुरा हो। उनको गहिरो र बाँधिएको विश्वास जसमा संसार भनेको खेल हो, जसमा कसैले हार्‍यो भने मात्र अर्कोले जित्छ।

यो ट्रम्पको १२ वटा राजनीति र व्यापारका पुस्तक पढेपछि निस्किएको सारांश हो। भक्स नामक वेबसाइटका कर्मचारीले दुई महिना लगाएर ट्रम्पका पुस्तक पढेपछि यो निष्कर्षमा पुगेका हुन्। उनका पुस्तकहरुको धेरै अर्थ लगाउन खोज्नु मुर्खता भएको भक्स वेबसाइटका सञ्चालक बताउँछन्। उनीहरु ट्रम्पको अभियानजस्तो नभई निरन्तर रुपमा परस्परविरोधी हुन सक्छन्। यो विरोध एक अर्कासँग वा आफैभित्र पनि हुन सक्छ। उदाहरणका लागि सन् २०११ माप्रकाशित ‘टाइम टु गेट टफ’ को पेज नं. ६३ मा आउटसोर्स गरिने कम्पनीका लागि २० प्रतिशत कर लगाउनुपर्ने उल्लेख गरेका छन् भने दुई पानापछि पेज नं. ६५ मा यसलाई १५ प्रतिशत कर लगाउनुपर्ने उल्लेख गरेका छन्।

तर पुस्तकले ट्रम्पको स्वच्छ नभएको प्रतिष्ठामा भएको उतारचढाव पनि उल्लेख गरेको छ। उनले धेरै ध्यान दिने विषयमा अन्तर्राष्ट्रिय व्यापार, आप्रबासन र वैदेशिक नीति छन्। उनका प्रकाशनहरूमा उनी सधैँ आप्रबासीविरुद्ध देखिएका छन्। त्यसैले पनि उनले चुनावी मुद्दामा पनि तिनै विषय समावेश गरेका होलान्। युद्ध र शान्तिको विषयमा उनी पुस्तकहरूमा राष्ट्रवादी देखिन्छन्। उनले संसारको खेलमा विश्वास गर्ने गरेका छन्। न्युयोर्कको रियल इस्टेटका कुरा होऊन् वा ‘एप्रेन्टिस’ नामक टेलिभिजन रियालिटी सो, दुवैमा आप्रबासन र व्यापारमा उनको दृष्टिकोण छरपष्ट देखिन्छ।

एजेन्सीको सहयोगमा
अर्को समाचार
राष्ट्रपतिको निर्वाचनको कुरा संविधान सभामा छलफल गरौ : लेखक
०८ माघ २०७०
•
४ मिनेट पाठ
राष्ट्रपतिको निर्वाचनको कुरा संविधान सभामा छलफल गरौ : लेखक
काठमाडौ-  नेपाली कांग्रेसका नेता रमेश लेखकले राष्ट्रपति र उपराष्ट्रपतिको नयाँ निर्वाचनको विषयमा संविधानसभा भित्र छलफल गर्न सकिने स्पष्ट पारेका छन्।पार्टीले वर्तमान राष्ट्रपति र उपराष्ट्रपति नै संविधान जारी नहुन्जेलसम्म कायमै रहनु पर्ने अडान राखिरहेको बेला लेखकले बुधबार रिपोर्टर्स क्लबमा बोल्दै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको विषय सडक र पार्टी भित्र उचालेर विवादित बनाउनु भन्दा संविधानसभामा छलफल गर्नु नै उपयूक्त हुने तर्क गरे। यद्यपि उनले संविधानमा नयाँ संविधान जारी नहुन्जेल पदावधी कायम रहने भन्ने स्पष्ट ब्यवस्था रहेकोले नयाँ निर्वाचन भने आवश्यक नरहेको तर्क गरे।
लेखकले भने– 'अहिले राष्ट्रपतिको पदावधीमा विवाद गर्नु भन्दा पनि एक वर्ष भित्र संविधान निर्माण गरेर नयाँ राष्ट्रपति चयन गर्ने दिशामा दलहरु उन्मुख हुनु सबै भन्दा उपयूक्त हुन्छ।'
हिजोको दिनमा सहमति गर्ने दलहरुकै अहिले पनि संविधानसभामा दुई तिहाई बहुमत रहेकोले हिजोका सहमतिहरुलाई ग्रहण गरेर एक वर्ष भित्र संविधान बनाउन सकिने भन्दै त्यस्ता सहमतिलाई खोजी गर्न संविधानसभाले नै एउटा समिति बनाएर काम थाल्नु पर्ने धारणा राखे। उनले भने– 'हिजो विभिन्न समिति, संबैधानिक समिति र विवाद समाधान उपसमितिमा भएका सहमतिलाई सुचिकृत गरेर संविधानसभाबाट अनुमोदन गराएर ग्रहण गर्न सकिन्छ।'
पार्टीको संसदीय दलको नेता चयनको विषयमा नेताहरुवीच सहमतिको प्रयास जारी रहेको तर्क गर्दै सहमति नभए निर्वाचनबाट नेता चयन हुने स्पष्ट पारे।
नेकपा एमालेका प्रचार विभाग प्रमुख प्रदिप ज्ञावलीले पार्टी भित्रको आन्तरिक सहमतिको लागि संसदीय दलको नेता, आगामि पार्टी अध्यक्ष, राष्ट्रपति र सरकारमा नेतृत्व गरेर जाने नेताको विषयमा शक्ति बाडफाड भएको खुलासा गरे। उनले भने– 'पार्टी भित्र चार पदमा आन्तरिक सहमति भइसकेको छ। आगामि माघ १० गतेबाट बस्ने केन्द्रीय समितिको बैठकले ब्यक्ति चयन गर्छ।'
ताजा जनादेश आइसकेकोले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको विषय उठ्नु स्वभाविक भएको भन्दै यस विषयमा संविधानसभामा छलफल गरेर निष्कर्षमा पुग्नु पर्ने बताए। उनले भने–'ताजा जनादेशको सम्मान गर्नु पर्छ। यदि संविधानसभाले अहिलेकै राष्ट्रपति र उपराष्ट्रपतिलाई अनुमोदन गरेर हामिलाई स्विकार्य छ तर त्यसै निरन्तरता दिनु हुँदैन।'
एकीकृत नेकपा माओवादीका नेता टोपबहादुर रायमाझीले नयाँ जनादेश आइसकेकाले राष्ट्रपति र उपराष्ट्रपतिको नयाँ निर्वाचन हुनु पर्ने तर्क गर्दै राष्ट्रपति र उपराष्ट्रपतिको विषयमा ठूला दलहरुले नै प्रश्न उठाइसकेपछि हुँदैन भन्नु जायज नहुने बताए। उनले भने–'कांग्रेस जस्तो लोकतान्त्रिक दलले ताजा जनादेशको सम्मान नगर्ने कुरा गर्नु हुँदैन। निरन्तरता दिने कुरा ठिक होइन।'
आफ्नो पार्टी सरकार निर्माण भन्दा पनि १ वर्षभित्र संविधान निर्माणमा केन्द्रीत हुने स्पष्ट पार्दै उनले विषयगत समितिहरुबाट पूर्व सहमतिलाई सूचिकृत गरेर नयाँ संविधानसभाले ग्रहण गर्नु पर्ने बताए।


रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस