डा. भीम खतिवडा
‘दिदी किन अरू दिनहरू आजका जस्ता नभएका ? घाम, छायाँ, हावा, वनस्पति, पहाड, हिमाल, नदी, बादल र जूनभन्दा प्यारा अरू पनि केही होलान् ? तपाईं र फूलसँगको मेरो प्रेम मेरी आमा र छोरी आसरा–अनुज्ञाको साटो मानेँ भने मात्र तपाईंका स्नेहका आँखामा मेरो हिमाल टल्केको आकृति मुस्कुराउने अधिकार प्राप्त गर्छ । यी दिन अब कहिल्यै आउँदैनन्, मन खिन्न भैरहेछ तर्कनाले । जे छ ऊ त भोलि भूत हुनेछ, स्मृतिका तरेलीहरूमा अनि पर्सि उसका अघिल्तिर विस्मरणको बाक्लो पर्खाल उठ्नेछ । त्यसबेला यसो भन्ने तपाईं कि म हुँला ?’ –‘हो र भन्या, कस्तो साह्रो भुलेँछु, धत्तेरिका !’
हो त, मैले मेचीको कित्ता मनको फित्ताले नापेको यत्तिका दिन बितिसकेछन् । घैलाडुब्बा बजारको माध्यमिक विद्यालयको प्रांगणकै आडमा आस्थाको मूर्त स्वरूप बोकेर उभिएका जनताका कवि गोकुल जोशीको सम्मानको उपक्रममा दिदी भवानी क्षेत्रीसँग भएको नानी–भेट फलेपछि असारको १३ बिहानीसँगै पूर्वतिर हुइँकिएको भारतीय टिनको अलकत्रे डल्फिनमा सवार मेरो शरीर जन्मथलोतर्फ लाग्यो । लाग्यो भन्नुमात्रै मनको म–चरो टोलीमा सामेल भैसकेको, तर कुदाएर पु¥याउनु बाँकी बिर्तामोड । भानुभक्तको द्विशतवार्षिकी हाम्रो श्राद्धको मूल । दिदी मूली अनि हामी सहयात्री बनेका चाहिँ अरूहरू ।
गण्डकीपुत्र चिटिक्क कपाल बाटीवरि उपस्थित । भवानी दिदी पनि चिटिक्क कपाल काटीवरि तयार । दुवै मेरा दाजु र दिदी तर दिदी र दाजुको न्यानो बाँड्ने दृश्य सत्यका आवरणमा । कला र सौन्दर्य छाला, कपाल, शृंगार र आवरणमा खोज्ने मेरो समाजलाई भवानी दिदीले जितेको दिन मेरा लागि त आज नै बन्यो । म सम्मान गर्छु तस्लिमा, लक्ष्मीबाई, भुट्टो, झमक र पारिजातहरूलाई । यही लहरमा अक्षरको साइनोले आस्थाको धुक्धकी बनेकाहरू पनि अटाएका छन् । चियाएर हेर्नै नपर्ने गरी मुसुक्क मुहार खुलिदिन्छ आँखैभरि ।
‘आफ्नै घरजस्तो मान्नु है’ दिदीले भन्नुभो औपचारिक स्नेहमा, तर हामी दुईले अपनाएको स्नेहको गाँस त्यो भन्दा बढी आफ्नो बनेको थियो । दंग्याउँदै आमालाई, पाइएन झोडामा मनखुसी पेट भर्न । आज पेट र आँखा दुवै आमाबाट सन्तुष्ट । के उमेरले मात्र आमा पदभाजन बन्छन् महिलाहरू ?
आज असारको १३ हो । गण्डकीको छेउछेउमा म हिँड्दैमा भवानीदी पछि परेको केहीबेरको ठट्टाजस्तो । पतञ्जली औषध–केन्द्रमा फर्किए’सि दिदीका व्यावसायिक साझेदार अग्रज डा. साहब र वहाँको साहित्य–सद्भावले सिक्त हुँदै हाम्रो तीने टोलीले सहिद राम थापालाई चोकमै छोड्यो अनि सहिदकी भाउजु लिएर टाप् । पालो दमकमा उज्यालिएकी बाला थपिने बन्यो । हाम्रो यात्रा अझै साकार भइसकेको थिएन अझ, जब निराकारको छड्के झोला आयो तब सुकिलुम्बा उग्राउँदै चारआलीतिर दगु¥यो ।
चारआली मोडैमा व्यस्त ठुल्दाजुलाई हात दिन खोजेँ । वहाँका आँखा ग्राहकतिर रहेछन्, मैले लिंकनजस्तै मेरा बूढा दाजुका स्वयम्भूका आँखा र तौलँदै गरेका स्याउमा सरेको भाउजुका गालाको रंग पढ्दै उकालो लाग्नु मेरो अबको निर्विकल्प कर्म । साँच्चै ता बसको सी–टर्नको एक झल्कोमा ठुल्दाजुको टाउकामा मैले हामी आठ भाइका मृतपिता खडानन्द, हात्ती लगाएर– आगो लाएर खेदिएका झोडाबासी गाउँलेहरूसँगै गहुँको खोलेमा कैयौँ दिन खाएका बाख्रा, चरा, गैँडा, हात्ती, भकुन्डो र जाँतोहरूको इन्द्रेणी स्मारक पो देख्न पुगेछु ! ‘विकल्प खै त ?’ ओहो, झसंग भएर मैले दिदीको प्रश्नको वाण काटेर बोलेँ– ‘कहाँबाट विकल्प ? कतिखेर विकल्प ?’ ए नि, आकृतिमा टंक काफ्लेको दुरुस्तै फोटो बोकेका न काला न राता अर्का छट्के झोले मित्रलाई पो भन्नुभा रै’छ विकल्प । हात मिसामिस भो । तर, कोही नरिसाइकन, बरु सबैका १५–१५ वटा माथिल्ला र तल्ला दाँत बाहिर निस्किएका थिए । कार्टुन हेर्नबाट रोक्न नसकिएकी सानी छोरी अनुज्ञा कोठाबाट फुत्त निस्किएकै जस्तो ओठको अँगालोमा नअटाउने भैरहेका थिए, हाम्रा मुखे हतियारहरू निक्कैबेरसम्म ।
हो त नि, हाम्रो बाह्रखुट्टे टोलीले अब पूर्णता पाएको थियो । सँगै बस्नुभएकी दिदीलाई अब बिर्तामोडमा ब्यानर छुटेर भएको छट्पटी निराकारमा परेको देखियो । तर, अहिले छुटेर होइन टाउकामाथि राखेकै ठाउँबाट बारम्बार झर्दै टाउकैमा, काँधैमा कुटेर । टिप्दै खाँद्दै कृष्णो मेलो, बटारिँदै बजारिँदै ब्यानरको खेलो । अर्को ढुक्क किताबको भारी छुटेकोमा, दोस्रो बाहनबाट नछुट्ने भरोसाले अब दिदी प्रसवको भौतिक मानसिक पीडामुक्तिपछिकी आमा हुनुभो, मैले देखेँ वहाँमा आँखाभरि इन्द्रकुमारी नै इन्द्रकुमारी मात्रै ।
भालुझोडा, हात्ती र आमाका पेटीकोट
यो काव्ययात्रा थियो । अलैँची, चिया र ओलनको व्यापार थिएन । त्यसैले हामीलाई नाफा–घाटाको चिन्ताभन्दा बाटाघाटाको चिन्ता बढी । नागबेली कालीसापे बाटोलाई थिच्दै–दगुर्दै सुकिलुम्बा हामीलाई खर्लप्प निलेर अघि बढ्थ्यो । निधारमा ना४ ख ५०२५ को छापो टाँसेर चिनारी, कहिलेदेखि उसले फिदिम–चारआली नापेको हो भन्ने जिज्ञासा कम्प्युटर चलाउन नजान्नेले त्यसबारे अरु कसैलाई नसोधेजस्तै प्रश्नले घाँटी भरेर म प्रश्न–कण्ठ बनेँ क्यारे, नीलकण्ठजस्तै ।
झापाको ‘शान्तिनगर’ भन्थे अरू, मैले ‘शान्ति गर’ पाएँ । कुहु कुहु– ढुकुर कुर ...आहा ! हामी प्रकृतिको तन्नेरी बगैँचाभित्र छिरेझैँ भो । सायद अब इलामको माटो टेक्यो सुकीको दिव्ययात्राले । केही मौन, केही आराम र केही हाँसो छर्दै हामी उसका पेटमा थियौँ । ऊ मोडहरूको भेटमा थियो । गुरु–ब्रह्माको जो आदेश, नत्र मान्छे र पशुहरूलाई दिएजस्तै कुइनेटो, कल्भट र पुललाई पनि साइड दिए भने हाम्रो एकै सासमा –जय नेपाल !
‘भालुझोडा !’ कानले यो शब्द सुन्नासाथ मैले भालु हैन हात्ती सम्झेँ, जसले झोडामा हामीलाई पञ्चायती राजाका टाटेपाटे दोतिघ्रे बाघहरूद्वारा आगो झोसिएपछि घर भत्काउँदै धुलिमैदान पारेर छोडेको थियो । च्यातभुत आमाको पेटीकोट समातेर प्यारो आँगनको छेउको हाम्रो छाप्रीकान्ते महलमा पोसाक, बन्दुक र बेहोराले नै डरलाग्दा तिनले दन्काएको आगोको रापबाट आधा बाँचेको मेरो दूधे ज्यानले दुई वर्षसम्म रगतमासीको कष्ट सहेको थियो । आजको यात्रा साँच्चै मेरो जीवनयात्राको स्मारक पो बन्न पुग्यो । छेउमा आमा–मन थियो दिदीको । वहाँको मन स्मृतिको बाक्लो कुहिरोमा हराउँदै थियो सायद । कोल्बुङले खुट्टादेखि नाकैसम्म धुस्सा ओडेको देखेर मेरो नानु–मोबिलो हाँस्यो, दिदीको क्यामेरा पनि ब्युँझिएर नाच्यो –पिलिक्क पिलिक्क !
मुखिया कार्की साहुकी रवाफिली, आँटिली कान्छी छोरी भवानी कार्की, थापाकी पत्नी, बुहारी र आमा हुँदै कसरी फेरि भवानी क्षेत्री बनी –म एउटा गहिरो समाजशास्त्रीय चिन्तनमा डुबेँ । अनि जब भवानीदीभित्रको कैरन सुनेँ, तब त्यो कायाको कल्प कल्पना सत्य हुँदा गर्वी बनेँ –आमा जातिको मुक्तिकी अभियन्ता । तर, छेवैको मलाई सत्यवार्ता पोखेर हल्का भएकी मेरी दिदीका आँखामा कतै पानी नेदेख्दा मनको मातृमुहान मरु बनाउने समाजप्रति, व्यवस्थाप्रति आफूजस्तै पुरुषहरूप्रति घृणा जागेछ मेरो ।
झलनाथलाई खलनाथ !
कुहिरो ओढेर सुतेको कोल्बुङलाई जिस्क्याउँदै थिइन् स्यानी पाथीभरा । आस्थाका आशे–मनमा पूर्णताको पाथी भरिदिने विश्वासीहरूकी यी पाथे देवी कुटीडाँडा आसपासमा तुवाँले तन्ना रूचाउन्नन् सायद । हर्कटे पुग्नासाथ एमालेका मंसिरे जोडी झलनाथ र सुवास नेम्वाङले बोकेको घाम पो मुसुक्क मुस्कुराउँदै हाम्रो स्वागत गर्न आइपुग्यो । खै, कता पु¥याउने हुन् यत्रोविधि उज्यालो र न्यानो बोक्ने घामलाई खनालहरूले । मनमनै लाग्यो झलनाथहरू जबसम्म खलनाथ बन्न छाड्दैनन् तबसम्म अन्तुमा उभिएको घामले कालीसम्मको मुक्तियात्रा छिचोल्दैन ।
इलाम हतारिएर आयो सदरमुकाम लिएर । एटीएम नामको कुबेर–कीबाट केही पैसा निकालेर निक्कै प्रफुल्ल देखिएकी नाक, कान र गलामा कुनै गहने साङ्लो नबोकेकी, चुल्ठोमा पहिचान खोज्नुभन्दा सहज लघुकेश प्रसाधन रोजेकी, प्राकृतिक ओठ र गालालाई रंगयाउनुभन्दा स्वाभाविक रूप दिन खोजेकी भवानीदीको आवरण मेरो पहिलो अचम्म र पछि क्यावात्को विषय । मोबिलोमा फेसबुके मित्रहरूलाई हाम्रो टोलीको पहाडी–यात्राको संकेत दिएर, क्यामराले बाहिरको सुन्दर दृश्य पिएर केही गम्भीर भवानी–भाव पढेँ आकृतिमा । सत्ते त्यहाँ मैले झुक्किएका सुजनहरूले बेलाबेलामा देखेजस्तै साँच्चैकी तस्लिमा नसरिन देखेँ । चस्माले निधारलाई नाघेकी किरण वेदी देखेँ अनि एकैछिनमा मेरा अघि फाल्गुनी पाठक पो मुस्कुराइन् । हे बहुरूपी संदृष्टि, यी मान्छे हुन्चाहिँ को ? शब्दका सुनामी छालले परम्परित पाखण्डवादलाई नामेट पार्ने कलमकी धनी अनि उजेलीहरूकी सहयात्री स्रष्टा भवानीभित्रको महाकालीभाव अहिले शान्त सरस्वती सरोवर अर्थात् मेरी आमा, मेरी धर्ती –जे कल्पन्छु उही बनाइदिन्छ यो मूर्ति । पुरुषहरूको अहम्को आगोले थुप्रै भनानी–मन पोलेको कथा प्रश्रित गुरुले भनेको सुनेथँे । म कायरहरूको एउटा कपटी सांस्कृतिक बिम्ब जो छेउमा छु, लाग्दो हो ब्वाँसे परम्पराका पाखण्ड पौरुष प्रदर्शकहरूलाई परशुराम–पथमा पु¥याइदिऊँ अनि मात्र संसार नारी मूल्यले पूर्णपूर्ण हुन्छ, हैन भवानीदी ?

हर्कटे पुग्नासाथ एमालेका मंसिरे जोडी झलनाथ र सुवास नेम्वाङले बोकेको घाम पो मुसुक्क मुस्कुराउँदै हाम्रो स्वागत गर्न आइपुग्यो । खै, कता पु¥याउने हुन् यत्रोविधि उज्यालो र न्यानो बोक्ने घामलाई खनालहरूले । मनमनै लाग्यो झलनाथहरू जबसम्म खलनाथ बन्न छाड्दैनन् तबसम्म अन्तुमा उभिएको घामले कालीसम्मको मुक्तियात्रा छिचोल्दैन ।