नेपाली राष्ट्रिय गान विश्वमै उत्कृष्टमध्ये एक
२६ साउन २०७३
•
१० मिनेट पाठ
नेपाली राष्ट्रिय गान विश्वमै उत्कृष्टमध्ये एक
काठमाडौं-सयौं थुंगा फूलका हामी एउटै माला नेपाली

सार्वभौम भइ फैलिएका मेचीमहाकाली

प्रकृतीका कोटी कोटी सम्पदाको आँचल

विरहरुका रगतले स्वतन्त्र र अटल

ज्ञानभुमी, शान्तिभुमी तराई,पहाड, हिमाल

अखण्ड यो प्यारो हाम्रो मातृभुमी नेपाल

बहुलजाती भाषाधर्म संस्कृती छन् विशाल

अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल

नेपाल देशको राष्ट्रगान नेपालीभुमीमा मात्र हैन विश्वका सुन्न लायक राष्ट्रगानहरुमध्येको एक मानिएको छ । नेपाली राष्ट्रगानको संगित र गीतमा उल्लेखित उत्कृष्ट भावहरुका कारण यो विश्वकै सुन्न लायक राष्ट्रगान बन्न सफल भएको हो ।

ब्राजिलको रियो दि जेनेरियोमा जारी ओलम्पिक सहभागी देशहरुको राष्ट्रिय गानमाथी भएको अध्ययनलाई आधार बनाएर उत्कृष्ट १० राष्ट्रियगानमा नेपाल सुन्न लायक तेस्रोमा राखिएकोे छ । ‘रिपब्लिक अर डेथ, ट्राभल्स इन सर्च अफ नेशनल एन्थेम’ पुस्तकका लेखक तथा अध्यनकर्ता एलेक्स मार्सलले गरेको अध्ययनलाई आधार दिदै बिबिसीले उत्कृष्ट राष्ट्रिय गानको सूची सहितको लेख प्रकाशित गरेको छ । मार्सलले द रियो २०१६ः‘मस्ट एमाजिन नेशनल एन्थेम्स’ शिर्षकमा उत्कृष्ट राष्ट्रिय गानको वर्णन गरेका छन् । उनले रियो खेलाडीहरुका लागि जति महत्वपूर्ण छ त्यति नै यहाँ बजेका राष्ट्रिय गानका संगितहरुले महत्वपूर्ण छ भनेका छन् ।  ‘संगितका फ्यानहरुका लागि यो संगितको स्वर्ग नै हो ,’उनले भनेका छन्,‘मात्र खेलका लागि मात्र हैन् साँच्चैको उत्कृष्ट संगितको घर समेत बनेको छ । यहाँ महत्वपूर्ण गीत र यसका शब्दहरु सुन्ने अवसर मिल्नेछ । ’

उनी आफ्नो अध्ययनका क्रममा अगाडी लेख्छन् ‘,राष्ट्रिय गान जसमा करिब एकमिनेटमा अरु संगितमा भन्दा धेरै भावहरु समावेश हुन्छन् । मान्छेहरुले यसलाई गाउँदै कतिपय युद्ध लड्छन् भने कतिपय आन्दोलनमा होमिन्छन् ।’ उनले रियोमा सहभागी केही देशहरुको राष्ट्रिय गान निकै दिक्क लाग्दो भएको समेत उल्लेख गरेका छन् । तर केही यस्ता गीतहरु छन् जुन स्थानिय लोक तथा पप गीतहरु जस्तो सुनिन्छन् ।

नेपालको राष्ट्रियगान उनको अध्ययनमा तेस्रो स्थानमा छ । राष्ट्रियगानहरुको शब्द,भाव र संगीतको आधारमा यो सूची तयार पारिएको उल्लेख गरिएको छ ।

नेपालको राष्ट्रगानको व्यख्यालाई ‘नेपाल,वि आर हन्ड्रेड्स अफ फ्लावर्स’ शिर्षमा यसरी व्याख्या गरिएकोे छ ,‘नेपालको राष्ट्रियगान प्रभावपूर्ण छ ।  सामान्य राष्ट्रियगानभन्दा फरक छ । यो कुनै सेनाको मार्चधुन वा चर्चहरुमा सुनिने क्वायरभन्दा फरक छ । यो रमाईलो स्थानिय लोक गीत जस्तो छ । जस्तो काठमाडौंका ट्याक्सीहरुमा बज्ने कुनै लोकप्रिय नेपाली गीतको टुक्रा जस्तै सुनिन्छ । यो एउटा त्यस्तो राष्ट्रिय गान हो जो क्यासियो किबोर्डमा मात्र बजाउन सकिन्छ । र यो धेरै खुशीपूर्ण छ । यो राष्ट्रियगानबाट धेरै कुरा सिक्न सकिन्छ । यो माओवादी  क्रान्त्रिले ल्याएको परिवर्तनको उपज हो । ’

विविसीको सूचीमा नेपाल भन्दा अघि रुस र म्यानमारको राष्ट्रिय गान छन् । रुसका खेलाडी डोपिङ प्रकरणमा विवादित भएपनि उसको राष्ट्रिय गान भने सुन्न लायकको रहेको टिप्पणी लेखकले गरेका छन् । रियो ओलम्पिकमा डोपिङ अपराधका कारण सयभन्दा बढी रुसी खेलाडी प्रतिबन्धित भएका थिए । 

म्यानमारको राष्ट्रिगान भने परम्परागत धुनबाट शुरु भएर मिलिट्री मार्चपासको धुनसँग मिसिन्छ । लाग्छ डिजे बोर भएर तत्काल अर्को धुन बजाउँछन् ,उनको अर्को टिप्पणी छ ।

चौथोमा इजरायल ,पाँचौमा काजकिस्तान, छैटौंमा ब्राजिल, सातौमा चीन, आठौंमा मौरितानिया,नवौंमा कङ्गो र दशौं स्थानमा पराग्वेका राष्ट्रिय गान समामेश गरि बिबिसीले प्रकाशित गरेको उत्कृष्ट १० को सूचीमा राखेको हो ।

नेपालको राष्ट्रिय गानमा रचयिता साहित्यकार व्याकुल माइला हुन् । जब नेपाल राजतन्त्रबाट गणतान्त्रिक नेपाल भयो । तब राष्ट्रिय गानका लागि आव्हान गर्दा उनको शब्दहरु छनौटमा पर्यो । तर त्यो शब्दको भाव मिल्नेगरि संगित निर्माण गर्न कम सकस परेन् । गीत छनौट समितीमै रहेका बरिष्ट संगितकार अम्बर गुरुङलाई नै संगित निर्माण गर्ने जिम्मा दिईएको थियो । ‘कसैको सिफारिसले तिम्रो गीत छनौट भएको हैन यसको भाव र मर्महरुले गर्दा छनौट भएको हा’,छनौट भएपछि गुरुङले व्याकुल माईलासँग भनेका थिए ।

उनले राष्ट्रिय गीतको धुन तयार गर्न एक महिना एउटै कोठामा विताए । जसका कारण उनीभित्र दबेर रहेको रोग समेत बाहिरियो । ‘राष्ट्रिय गानकै लागि उहाँले १४ वटा धुन तयार गर्नु भएछ,’ व्याकुल माईला सम्झन्छन् ,‘हरेक धुन बनेपछि मलाई बोलाएरै सुनाउनुहुन्थ्यो ।’ ‘सुन त कस्तो बन्यो यो धुन ,’उनले राष्ट्रगान बन्ने ताकाको स्मरण गर्दै भने ,‘मलाई त्यो धुनमा गाउनै लगाउनुहुथ्यो ।’ उनका १४ वटा धुनमध्ये तीनवटा धुनमात्र सरकार समक्ष पेश गरिएको थियो । जसमा अहिले राष्ट्रिय गानमा रहेको धुन तत्कालिन सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरु र दलका नेताहरुले उत्कृष्ट ठहर्याएका थिए । संसदमै बजाएर धुन छनौट गरिएको थियो । 

बुबाको राष्ट्रप्रेमको झल्को राष्ट्रिय गानमा पाउन सकिन्छ छोरा किशोर गुरुङ भन्छन् ,‘अन्तिम समयमा पनि जनताले मन पराउने गीत र धुनहरु बनाउन सक्रिय हुनु भयो ।’ राष्ट्रिय गानका संगितकार गुरुङको जेठ अन्तिम साता निधन भयो । तर उनले दिएको धुन नेपालीमाझ मात्र हैन अब विश्वमाझ नै घन्कदैछन् । उनी पश्चिमा संगितका ज्ञाता थिए । तर राष्ट्रिय धुन बनाउँदा त्यसको छायाँ समेत पर्न नदिई किवोर्डको धुनलाई नेपालीकरण गरे । जसलाई पश्चिमाहरुले नै नेपालको मौलिक धुनको मान्यता दिएको छ।

गत शुक्रबार रियो ओलम्पिक २०१६  शुरु भएको हो ।  ब्राजिली नृत्य साम्बाको मजासँगै ब्राजिलको राष्ट्रिय रंग पहेँलो र हरियोलाई विशेष महत्वका साथ प्रस्तुत गरिएको रियोमा खचाखच भरिएका ७८ हजार दर्शकका बीच विभिन्न देशहरुले आफ्नो राष्ट्रिय गान प्रस्तुत गरेका थिए । खेलको उद्घाटन सत्रमा ओलम्पिकको आफनै छुट्टै गान सकित विश्वका दुईसय आठ राष्ट्रका राष्ट्रगान प्रस्तुत गरिएका थिए। रियो ओलम्पिकमा विश्वभरबाट ५६ खेलमा सहभागि ६ हजार १ सय ८२ पुरुष र ५ हजार १ सय ६ महिला गरी कुल ११ हजार २ सय ८८ खेलाडीहरु  सहभागी छन्। 
अर्को समाचार
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
०८ मंसिर २०८३
•
३ मिनेट पाठ
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
चीनको एक चिडियाखानामा रहेको मोटो चितुवा यतिबेला इन्टरनेटमा चर्चित बनेको छ। 

डिज्नीको चर्चित फिल्म ‘जुटोपिया’को गोलो अनुहार भएको चितुवा पात्र अफिसर बेन्जामिन क्लाउहाउजरसँग मिल्दोजुल्दो देखिएपछि यो चितुवा हेर्न मानिसहरूको भीड लाग्न थालेको हो।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित पान्झिहुआ सहरको चिडियाखानामा रहेको यो चितुवालाई ‘पान बाओबाओ’ नामले चिनिन्छ। मोटो शरीरका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उसलाई ‘अफिसर चितुवा’ उपनाम दिएका छन्।

चितुवा हेर्न चिडियाखाना पुगेका मानिसहरूले उसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। धेरैले उसको मोटो शरीर देखेर रमाइला टिप्पणी गरेका छन्।

एक आगन्तुकले ‘अफिसर चितुवा अझै पनि तौल घटाउन सफल भएनछ!’ भन्दै ठट्टा गरेका छन्। कतिपयले उसलाई केही समय खाना नदिन सुझाव दिएका छन् भने केहीले उसको शरीर मात्र होइन, शरीरका धब्बासमेत गोलाकार देखिएको भन्दै मजाक गरेका छन्। केहीले त अब उसलाई आफूहरूले सजिलै उछिन्न सक्ने टिप्पणीसमेत गरेका छन्।

तर, चिडियाखानाका कर्मचारीले भने चितुवाको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उसको तौल घटाउने योजना नरहेको बताउँछन्।

‘ऊ बूढो हुँदै गएको छ। त्यसैले अहिले तौल घटाउनु उचित हुँदैन। उसको अहिलेको अवस्था कायम राख्दै स्वस्थ राख्नु हाम्रो प्राथमिकता हो,’ चिडियाखानाका एक कर्मचारीले जिउपाई न्युजलाई बताएका छन्।

उनले वृद्ध मानिसको छाला खुकुलो हुँदै गएजस्तै चितुवाको शरीरमा पनि उमेरसँगै परिवर्तन आएको बताए। ‘यो अवस्थामा उसले पर्याप्त खाना पाएको सुनिश्चित गर्नुपर्छ। खानाको गुणस्तरमा पनि कुनै सम्झौता गर्न चाहँदैनौँ,’ उनले भने।

कर्मचारीका अनुसार पान बाओबाओले दैनिक आधा किलोभन्दा बढी गाईको मासु खान्छ। सन्तुलित आहारका लागि उसको खानामा कुखुराको मासु पनि समावेश गरिएको छ।

केही समयअघि चितुवाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उसको स्वास्थ्य अवस्था राम्रो देखिएको र तौलमा पनि खासै परिवर्तन नभएको कर्मचारीले बताएका छन्।

अहिले उसको तौल नियमित रूपमा नाप्न केही कठिन हुने गरेको छ। तर, तौल स्थिर रहेको र उसको मुड राम्रो रहेको अवस्थामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको कर्मचारीको भनाइ छ।

इन्टरनेटमा चर्चित बने पनि चितुवाको चिडियाखानाभित्रको दैनिकी भने निकै आरामदायी छ। ऊ खाने, सुत्ने र कहिलेकाहीँ आफ्नो खोरमा यताउता घुमेर शरीर तन्काउने गर्छ।

उसलाई अलि बढी सक्रिय बनाउन खोरभित्र खेल्ने बलसमेत राखिएको छ। ‘उसले खेल्न र केही शारीरिक गतिविधि गर्न सकोस् भनेर खोरभित्र एउटा बल राखेका छौँ,’ एक कर्मचारीले भने।

चितुवाको चर्चा बढेपछि चिडियाखानाले उसको बस्ने ठाउँसमेत विस्तार गरेको छ। छेउको अर्को बासस्थानसँग छुट्याउने बार र तारको जाली हटाएर उसको खोर ठूलो बनाइएको हो।

यससँगै उसको बस्ने क्षेत्रफल ४५ वर्गमिटर पुगेको छ। यो पहिलेको भन्दा दोब्बर हो। चिडियाखानाले गरेको सुधारपछि उसले फराकिलो ‘एक बेडरुमको अपार्टमेन्ट’ जस्तै ठाउँ पाएको जिउपाई न्युजले जनाएको छ।

चितुवाको उमेर र स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उसको तौल घटाउन दबाब दिन नहुने बताए। उनीहरूले बाँकी जीवन आरामसँग बिताउन दिनुपर्ने सुझाव दिएका छन्।

एक प्रयोगकर्ताले ‘ऊ बूढो हुँदै छ, त्यसैले प्रकृतिलाई आफ्नै गतिमा अघि बढ्न दिऔँ!’ भन्दै लेखेका छन्। अन्यले उसको चम्किलो र राम्रोसँग स्याहार गरिएको रौँको प्रशंसा गर्दै ‘मोटो भए पनि निकै जवान देखिन्छ!’ भनेर टिप्पणी गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस