माओवादी नेतृत्वको सरकारले १० वर्षमा १० हजार मेगावाट बिजुली उत्पादन गर्ने महत्वाकांक्षी योजना अघि सार्दा जनतामा चर्को लोडसेडिङको मारबाट मुक्ति पाउने आश जगाएको थियो। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमण गर्दा भारतीय लगानीकर्तालाई नेपालको जलस्रोतमा लगानी गर्न आह्वानसमेत गरेका थिए। माओवादी मूलधारमा आएपछि मुलुकमा जलस्रोत क्षेत्रमा ठूलो मात्रामा स्वदेशी तथा विदेशी लगानी आकर्षित भएको छ। अहिले स्वदेशी तथा विदेशी कम्पनीले जतिवटा आयोजनामा काम गरिरहेका छन् लगानीको उपयुक्त वातावरण पाएमा आगामी ४/५ वर्षमै नेपालीले लोडसेडिङबाट मुक्ति पाउनेछन्। आगामी १० वर्षमा नेपालमा माओवादीले भनेजस्तो १० हजार नभए पनि ४/५ हजार मेगावाट विद्युत् उत्पादन हुनेछ।
माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि मुलुकको जलस्रोत क्षेत्रमा ठूलो मात्रामा लगानी आकर्षित भएको थियो, आज उसकै व्यवहारका कारण लगानीको वातावरण खलबलिएको छ। माओवादीले विदेशी लगानीमा बन्न लागेका विभिन्न विद्युत् आयोजनाका अवरोध पुर्याउन थालेका छन्। उसले ९ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली आयोजना अघि बढाउन प्रवेश मार्गको निर्माण र विस्तृत अध्ययन गरिरहेको भारतीय कम्पनी जीएमआरको काममा अवरोध पुर्याइरहेको छ। जीएमआरले नै विस्तृत अध्ययन गरिरहेको अर्को आयोजना मर्स्याङ्दी-२ को समेत माओवादी कार्यकर्ताले नै काम बन्द गराएका छन्।
माओवादी सभासद् अमर तमुको नेतृत्वमा गएका माओवादी कार्यकर्ताले ६ सय मेगावाट क्षमताको मर्स्याङ्दी-२ को 'अडिट सुरुङ' निर्माणस्थल कब्जा गरी आयोजनाको काम बन्द गराएका हुन्। माओवादी नेताले माथिल्लो कर्णालीमा आफ्नो पार्टीले अवरोध नपुर्याएको दाबी गरेका थिए। स्थानीय जनताले विरोध गरेका होलान्, पार्टीको आयोजनाको काम बन्द गराउने नीति नरहेको भन्दै माओवादी नेता पन्छने गरेका थिए। मर्स्याङ्दी-२ मा आफ्नै पार्टीका सभासद्को नेतृत्वमा काम बन्द गराइएपछि अब माओवादी आफूले आयोजनामा अवरोध पुर्याएको होइन भनेर जिम्मेवारीबाट पन्छन मिल्ने छैन।
जीएमआरले ग्लोबल प्रतिस्पर्धाबाट माथिल्लो कर्णाली आयोजना अघि बढाउने लाइसेन्स पाएको हो। माओवादीसमेत सम्मिलित कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले जीएमआरलाई लाइसेन्स दिएको हो। तर, अहिले माओवादी आफू सरकारबाट बाहिरिएपछि जीएमआरलाई लाइसेन्स दिइएको हो भनेर झूटो दाबी गर्न थालेको छ।
प्राकृतिक स्रोतसाधन समितिसमेतले जीएमआरलाई माथिल्लो कर्णाली र सतलजलाई अरुण तेस्रो जलविद्युत् आयोजना अघि बढाउन दिने तत्कालीन सरकारको निर्णयलाई अनुमोदन गरेको थियो। समितिमा माओवादी सभासद्ले पनि सहमति जनाएका थिए। आफू सम्मिलित सरकारले लाइसेन्स दिएको कम्पनीलाई काम गर्न नदिएर माओवादीले द्वैध चरित्र देखाइरहेको छ। जीएमआर या अरू कुनै एउटा कम्पनीको काममा अवरोध पुगिरहेको छ कि छैन भन्ने कुरा ठूलो होइन, नेपालमा वैदेशिक लगानीको वातावरण मुख्य विषय हो। माओवादीको व्यवहारले विदेशी कम्पनीलाई हतोत्साहित पारिरहेको छ। माओवादी अवरोधले माथिल्लो कर्णाली र मर्स्याङ्दी-२ बाट जीएमआरले हात झिक्नुपर्ने परिस्थिति उत्पन्न भयो भने नेपालमा लगानी गर्न कुनै विदेशी कम्पनी आउने छैनन्। नेपालमा लगानी गरिरहेका अरू कम्पनीले समेत हात झिक्नेछन्। वैदेशिक लगानीबिना मुलुकको सीमित स्रोतसाधनले जलस्रोतको विकास असम्भव छ। अरू सबै भौतिक विकासको पहिलो पूर्वाधार ऊर्जा हो। ऊर्जाको विकास नहुने हो भने मुलुकमा न त विकास सम्भव हुनेछ, न त लोडसेडिङको अन्त्य नै। धेरैलाई माओवादीलाई बढी आलोचना गरियो भन्ने लाग्न सक्छ, तर उसले विदेशी कम्पनीलाई कामै गर्न नदिने जुन गतिविधि गर्न थालेको छ, त्यसबाट ऊ विकासविरोधी हो भन्न करै लाग्ने बनाएको छ।
नयाँ संविधानमा केन्द्र र प्रदेशहरूबीच अधिकारको बाँडफाँड र प्राकृतिक स्रोतसाधनमा स्थानीय बासिन्दाको अग्राधिकारको व्यवस्था हुन लागेका बेला माथिल्लो कर्णाली र मर्स्याङ्दी-२ जीएमआरलाई दिनु आदिवासी जनजातिको मात्र होइन राष्ट्रिय हितमा समेत नहुने भन्दै माओवादीले ती आयोजनाको काममा अवरोध पुर्याएको हो। यहाँनेर माओवादीले दुई/तीनवटा यथार्थमा ध्यान दिनुपर्ने देखिन्छ। सरकारले यी आयोजना सधैंका लागि विदेशी कम्पनीलाई दिन लागेको होइन। निश्चित् फाइदा र रोयल्टीको ग्यारेन्टी गरेर ३० वर्षलाई मात्र ती आयोजना सञ्चालन गर्न दिन लागेको हो। ती आयोजना ३० वर्षपछि चालू हालतमा मुलुककै स्वामित्वमा आउनेछन्। नयाँ संविधानले प्राकृतिक स्रोतसाधनका सवालमा केन्द्र र प्रदेशबीच अधिकार बाँडफाँट र आदिबासी जनजातिको अग्राधिकार टुंगो लगाएबमोजिम नै ती आयोजनाबाट ३० वर्ष र त्यसपछि प्राप्त हुने फाइदा, रोयल्टी र स्वामित्व केन्द्र र प्रदेशबीच नयाँ भाग लगाउन सकिन्छ। त्यसबारेमा निर्णय हुँदैछ भनेर कामै रोक्नु मुलुकको विकासलाई पछि धकेल्नु हो। राज्य पुनर्संरचना गरी केन्द्र र प्रदेश बनाएपछि पनि मुलुकको आफ्नै लगानीमा ती आयोजना बनाउन सकिंदैन। आयोजना निर्माणमा जति ढिलो हुन्छ केन्द्र र प्रदेशले त्यति बढी अवधि लाभ गुमाउनु पर्नेछ। माओवादीले विदेशी लगानीका विद्युत् आयोजना अघि बढ्न नदिने हो भने जनताले उसलाई विकासविरोधीको संज्ञा दिनेछन्।