'सेना समायोजन र संविधान सँगसँगै' वा 'सेना समायोजनपछि संविधान' भन्ने बहसमा नेपाली राजनीति र संविधान निर्माणको प्रश्न रुमल्लिएको देखिन्छ। अर्कोतर्फ उच्चस्तरीय राजनीतिक संयन्त्र राजनीतिक निकासको निमित्त हो कि नयाँ शक्तिकेन्द्र निर्माण हो भन्ने विषयमा उनीहरूकै दलभित्रै मतभिन्नता सार्वजनिक भइरहेका छन्।
यतिबेला देखिएको मूल प्रश्न दुईवटा सेना राखेर निर्माण गर्न खोजिएको संविधान र त्यसपछिको परिणाम के हुने भन्ने हो। एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले संविधान निर्माणअघि आफ्ना लडाकु समायोजन या व्यवस्थापन गर्ने विषयलाई अस्वीकार गरेको छ। यसबाट ऊ सैद्धान्तिक र व्यवहारिकरूपमै आफूलाई अत्यन्त चुस्त राखेर भविष्यको राजनीतिक परिणामको केन्द्रलाई अहिल्यै नियालिरहेको छ भन्ने स्पष्ट हुन्छ। तर अरू राजनीतिक दलको दृष्टिकोण हिजो पनि स्पष्ट थिएन र अहिले पनि देखिँदैन।
अहिलेको संकट २०६३ मंसिर ७ गतेको बृहत् शान्ति सम्झौतामार्फत् दुईवटा सेना राखेर निर्वाचन गर्नुको परिणाम हो। राजतन्त्रलाई घेराबन्दी गरेर विस्थापन गर्ने बहानामा राष्ट्रिय सेनाको तेजोबध गर्न माओवादी लडाकुको सहारा लिएका अन्तर्राष्ट्रिय शक्तिकेन्द्र र संसद्वादी राजनीतिक दलले अहिले कुन आधारमा माओवादी सेनालाई निशस्त्र गर्नसक्ने क्षमता राख्छन्? यसो गर्ने नैतिक धरातल १२ बुँदे सम्झौता हुँदै राजतन्त्रको विस्थापनसम्म दल-माओवादी गठबन्धनलाई सघाउँदै आएका भारतलगायत अन्तर्राष्ट्रिय शक्ति र संसद्वादी दलले त्यति बेलै गुमाइसकेका छन्। कुनै राजनीतिक दलको सेना राखेर विश्वमा कहाँ निर्वाचन गरिएका थियो? माओवादीले आफ्नो सेनासहित निर्वाचनमा जाने स्वीकृति पाउनेबित्तिकै ऊ आफूलाई बलियो रूपमा उभ्याउन सफल भयो। राजतन्त्र यति बेला राष्ट्रियता संकटमा परेको देख्ने माओवादीकोे १० वर्ष भारतमा रहेर गरिएको युद्धले हटाएको होइन। राजतन्त्रलाई अन्तर्राष्ट्रिय घेराबन्दीको सिकार बनाउन माओवादी आधारमात्र बनेको हो।
अब प्रश्न उठ्छ, आज माओवादीबाट आफ्नो सुरक्षा खतरा देख्ने राष्ट्रिय र छिमेकी शक्तिले हिजो किन देखेनन्? यसको जवाफ राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमै दिइनु आवश्यक छ। विचार र सिद्धान्तहीन क्षुद्र स्वार्थमा खेल्ने राजनीतिको परिणाम पनि घातकै हुन्छ। हिजोका राष्ट्रिय राजनीतिक दलको आकार र हैसियतमा संविधानसभा निर्वाचनपछि धेरै फेरबदल भइसकेको छ। माओवादीले आफ्नो रणनीतिक केन्द्रमा कार्यनीति परिवर्तन गर्दै वाईसीएललगायतको युवा दस्ता (जो रुसी अक्टोवर क्रान्तिपछि लेनिनले कम्युनको रक्षा गर्न खडा गरेका थिए) अगाडि राखेर राष्ट्रिय राजनीतिमा तलैबाट आफ्नो वर्चस्व निर्माण गर्दै आएको छ। यसले नेपालको राजनीतिलाई अत्यन्त पेचिलो मात्र बनाएको छैन, संसदीय राजनीतिलाई जीवन मरणको दोसाँधमा पुर्एको छ।
हिजो नेपाली सेनालाई घेराबन्दी गर्न माओवादीको सहारा लिने राजनीतिक दलहरू यतिबेला त्यही सेनाको आडमा सुरक्षित हुन खोज्दैछन्। हिजो राजाले सेनाको आडमा शासन गरे भन्नेले अहिले कस्को आडमा शासन गर्न खोज्दैछन् त? राजनीतिक मतभिन्नता समयअनुसार आआफ्नो ठाउँमा होला तर राजतन्त्रले कहिल्यै पनि सेनाको आडमा आफूलाई टिकाएन। राजाद्वारा घोषित २०६३ वैशाख ११ गतेको पुर्नस्थापित संसद्मार्फत् राजाबाट सपथ खाएकाले नै गणतन्त्र घोषणा गरेको घटनाले यसलाई पुष्टि गरेको छ। के राजतन्त्र सेनाका आडमा थियो? थिएन र राजतन्त्र नेपाली जनताले फालेको पनि होइन। हिजो राजतन्त्रलाई घेराबन्दी र नेपाली सेनाको तेजोबध गर्न माओवादी लडाकुको आड लिएजस्तो यतिबेला माओवादीको पेलानमा परेपछि खोजिएको नेपाली सेनाको आडमा माओवादी घेराबन्दी सम्भव होला र? सेनाभित्रका एकाध व्यक्तिको चरित्र र स्वभाव छोडेर समग्र सेनालाई हेर्नुपर्ने हुन्छ। हिजो माओवादी र संसद्वादी दलको सेनालाई घेराबन्दी गर्ने र अन्तर्राष्ट्रिय समुदायबाट राजतन्त्रको विस्थापन नगर्दासम्म एक्ल्याउने तथा सामान्य घटनालाई पनि अतिरंजित गरेर सिंगो सेनालाई बदनाम गर्ने प्रवृत्तिले निम्त्याएको परिणाम नै वर्तमान संकट हो।
हिजो सेनालाई घेराबन्दी गर्न उग्रवामपंथी, अतिदक्षिणपंथी र संसद्वादी एउटै मोर्चामा आआफ्ना स्वार्थका आधारमा उभिएका थिए। यतिबेला उनीहरूका स्वार्थ टकराएका छन् भने हिजोको हैसियत पनि कमजोर बनेको छ। अहिले आड खोज्ने राजनीतिक दलले हिजो २०६३ वैशाख ११ पछि सेनालाई घेराबन्दी गर्ने प्रयत्न गलत थियो भन्न सक्ने कि नसक्ने? नसक्नेले कुन नैतिक धरातलमा माओवादी सेनाको विघटन खोज्ने? आज सबैभन्दा गम्भीररूपमा उभिएको वैचारिक प्रश्न यही हो।
यो प्रश्न अन्तर्राष्ट्रिय शक्ति केन्द्र र छिमेकी मुलुकले खेलेको भूमिकामा पनि त्यत्तिकै लागू हुन्छ। मुद्दा अन्तर्राष्ट्रिय शक्ति केन्द्र र छिमेकीले माओवादीको सेना र वाईसीएल विघटनको मुद्दा कुन नैतिक धरातलमा उठाइरहेका छन्? एकातर्फ तत्कालीन माओवादीलाई (२०६२ मंसिर ७ पूर्व) आतङ्ककारी पनि भन्ने र अर्कोतर्फ त्यही शक्तिभित्रका केही नेतृत्वलाई आफ्नै भूमिमा सहयोग र संरक्षण गर्ने द्वैध चरित्रको राजनीतिक परिणाम अहिलेको अवस्था हो। श्रीलंकामा १९७६ पछि भएको तमिलको उदयले निर्दोष जनताको हत्यामात्र गराएन दक्षिण एसियाकै राजनेता राजीव गान्धी गुमाउनु परेको थियो। छिमेकमा आगो लगाएर आफू सुरक्षित भएको ठान्नेले आगोको लप्का आफैँमाथि आइलाग्दछ भन्ने हेक्का राख्नु जरुरी छ।
छिमेकमा अर्न्तद्वन्द्व चर्काएर सुरक्षित भएको ठान्ने खुफिया एजेन्सीको परिणाम स्वयं ती मुलुक नै आफैँमा संकटमा पर्दै गइरहेका छन्। यस अवस्थामा राजनीतिकरूपमा माओवादीको उदयले उसलाई हिजोको अवस्थामा एमालेका नेता मदन भण्डारीको अवसानपछि त्यही मोडेलमा चलाउन खोज्ने अभिप्राय पूरा हुन सम्भव छैन।
यस स्थितिमा कसैले कसैको तेजोवध होइन, आआफ्नो सुरक्षा चिन्ता व्यक्त गर्दै आएका छिमेकीले बिनापूर्वाग्रह र राष्ट्रिय राजनीतिका शक्तिले विस्थापन गरेको राजतन्त्रको विषयमा पुनर्विचार गर्न आवश्यक छ। यस तथ्यलाई कुनै व्यक्तिगत, गुटगत, दलगत र कुनै शक्ति केन्द्रको स्वार्थका आधारमा होइन मुलुकको भूराजनीतिलाई हेरेर सबैले मनन गर्न आवश्यक छ। अतः कुनै शक्ति केन्द्रले उच्च स्तरीय राजनीतिक संयन्त्रको समर्थन गर्दैमा दीर्घकालीन निकास निस्कने सम्भावना हुन्छ, न त त्यसको विरोध गर्दैमा भन्ने पनि हेक्का राख्नु आवश्यक छ।