प्रहरीको नियत र क्षमतामा देखापरेको कमजोरीका लागि उपल्लो दर्जाका अधिकारीका साथै विभागको राजनीतिक नेतृत्वको व्यवहार पनि उत्तिकै जिम्मेवार देखिएको छ।
पाल्पामा एक महिनामा ६ जनाको हत्या भयो। सुन, गहना र पैसा लुट्ने उदेश्यले गरिएका हत्याका अभियुक्तसम्म प्रहरीको पुग्नै सकेको छैन। बुटबलमा रिक्सा चालकको हत्या भयो। हत्यारा प्रहरीको फन्दामा परेका छैनन्। यता राजधानीमा सञ्चार उद्यमी जमिन शाहको हत्या भयो। तर सबै हत्यामा प्रहरीको एउटै जबाफ हुन्छ- अनुसन्धान भैरहेको छ।' अहिले जमिम शाह हत्या चर्चामा छ। प्रहरी एकपछि अर्को तर्क दिन्छ तर पनि जमिम हत्याको कारण खुलेको छैन।। तर जमिम हत्यामा प्रहरी पनि मतियारका रूपमा पक्राउ पर्नु चिन्ताको विषय हो।
जमिमको हत्यालाई सामान्यरूपमा लिन मिल्दैन। उनको हत्यालाई १२ वर्षअघि भएको सांसद मिर्जादिलसाद बेग, तीन वर्षअघि मध्यबानेश्वरमा हत्या गरिएका कमल सिंह र नक्कली भारतीय रुपैयाको कारोबारका आरोपमा प्रक्राउ परेका युनुस अन्सारीसँग जोड्ने गरिएको छ। भारतीय पत्रपत्रिकाले जमिमलाई पाकिस्तानी गुप्तचर संस्था (आईएसआई)को सहयोगी भएको आरोप लगाउँदै आएका छन्। जमिम हत्याले प्रहरीका जिम्मेवार अधिकारी अन्यन्त्रबाट परिचालित हुँदारहेछन् कि भन्ने आशंका उत्पन्न भएको छ। प्रहरी प्रधान कार्यालय, सुरक्षा महाशाखाका सई प्रकाश क्षेत्री हत्यामा सहयोग गरेको आरोपमा प्रहरी नियन्त्रणमा छन्। तर, प्रकाशको गिरफ्तारीसँगै केही प्रश्न उठेका छन्। ठूला घटनामा तल्लो दर्जाका सीमित प्रहरीलाई गोटी बनाउने परम्परा दोहोरिएको त होइन? जमिम हत्या प्रकरणमा प्रहरी प्रशासनले सई, हबल्दार र प्रहरी जवानलाई नियन्त्रण लिएर पुग्दैन। हो, उनीहरू दोषी होलान् तर, राजधानीको सुरक्षा व्यवस्थाको जिम्मेवारी लिने वरिष्ठहरू प्रहरीको क्षमता र नियतमा प्रश्न गर्ने कि नगर्ने? उनीहरूमाथि छानबिन हुन्छ कि हुँदैन? जमिमको हत्या उच्च सुरक्षा व्यवस्था भएको लाजिम्पाट क्षेत्रमा भएको छ। घटना भएलगत्तै अपराधी खोज्ने काम पनि गरिएन। प्रहरी अधिकारीहरू घटनास्थलबाट भाग्ने गल्लीहरू भारतीय राजदूताबासको मूल ढोकातर्फ सोझिएको तर्क र अपराधीहरू 'प्रोफेसनल' भएको दाबी गरेर आफ्नो विफलता लुकाउन खोज्छन्। घटनालगत्तै लाजिम्पाटका गल्ली र सडक सिल गर्ने काम किन गरिएन? जिम्मेवार प्रहरी अधिकारी यसको आधिकारिक उत्तर दिँदैनन्। ती गल्लीमा तत्काल छानबिन गर्ने कामलाई किन प्राथमिकता दिइएन? प्रकाश क्षेत्रीले अपराधीलाई सघाएको हुनसक्छ। तर, अपराधीको खोजबिन गर्ने आदेश सईले दिने हो की अपराध महाशाखाका एसपीले? महानगरीय प्रहरी परिसर, काठमाडौं घटनाको लगत्तै किन परिचालित भएन? यिनको उत्तर आवश्यक छ।
जमिम हत्या प्रकरणको छानविन गर्न सरकारले न्यायिक आयोग बनाएको छ। आयोगले आफ्नो प्रतिवेदनमा हत्याको कारण खुलाउन सक्छ सक्दैन, त्यो प्रतीक्षाको विषय हो। तर, जमिम हत्यामा छोटे राजन, बब्लु श्रीवास्तवजस्ता आपराधी र तिनको गिरोहको नाम आएको छ। छोटे राजन वा बब्लु जो पनि प्रयोग भएको हुनसक्छ। सबाल हतियारको होइन, आदेश दिने को हो भन्ने हो। उनीहरूले कसको स्वार्थपूर्ति गरेका हुन्न भन्ने गुह्य पत्ता लगाउन आवश्यक छ। जमिम मारिनु र युनुस थुनिनुमा पर्दापछाडिका शक्ति र व्यक्तिको भूमिकालाई उपेक्षा गर्न मिल्दैन। भारतले नेपाल भूमिमा आइएसआई सक्रिय भएको आरोप लगाउँदै आएको छ भने चीनले स्वतन्त्र तिब्वतको अभियान सञ्चालन भैरहेको भनेर बेलाबेला आपत्ति जनाउने गरेको छ। नेपाल प्रहरीलाई साधन, स्रोत सम्पन्न र प्रभावशाली बनाउन छिमेकी भारत र चीनले एकपछि अर्को सहयोग दिने तत्परता देखाएका छन्। दुवै देशले नेपाललाई सुपुदर्गी सन्धिमा हस्ताक्षर गर्न दबाव दिइरहेका छन्। यस्तो पृष्ठभूमिमा ती देशबाट प्रस्तावित आर्थिक, भौतिक सहयोगका प्रस्तावको विवेचना आवश्यक छ।
हत्या, अपहरण र फिरौतीजस्ता जघन्य अपराधमा प्रहरीको सहयोग वा संल्ाग्नता पटकपटक सार्वजनिक हुदै आएका हुन्। प्रहरीमा भष्ट्राचार व्याप्त छ। आम्दानी हुने ठाउँमा आफ्ना मान्छे पठाउनमा वामदेव र भीम रावलमा अन्तर देखिएन। भागबण्डामा आआफ्ना मान्छे पारेपछि गृहमन्त्री र प्रहरी महानिरीक्षकबीच सहमति भई इन्सपेक्टरहरूको सरुवा भएको पछिल्लो घटनाले धेरै कुरा स्पष्ट पार्छ। समग्रमा प्रहरी संयन्त्र ' सत्य सेवा सुरक्षा'को आधारभूत कर्तव्यबाट च्यूत भइरहेको छ।
माओवादी 'जनयुद्ध'को प्रतिफलै हो नेपाली समाज बढी असहिष्णु र हिंसात्मक हुँदै गएको छ। ससाना विवादमा गोली चल्न थालेका छन्। सडकमा देखिन्छ, भोगिन्छ, मानिस अलिकति धक्कालाग्दा पाखुरा सुर्कन्छन्, जाइलाग्छन्। तर, समाजका व्याप्त हिंसा, हत्या नियन्त्रण गर्ने विषय सरकारको प्राथमिकतामा पर्दैन। प्रहरीका कमजोरी छन् तर प्रहरी संयन्त्र परिचालन गर्ने राजनीतिक नेतृत्वले संगठनको अस्मितालाई कति महत्व दिएको छ? यही प्रश्नको इमानदार उत्तर खोज्ने हो भने सायद धेरै समस्या समाधान हुनेछन्।
देशभित्र खडेरी लागेका बेला पनि नेपाली वैज्ञानिकहरू विदेशमा अध्ययन अनुसन्धानमा संलग्न छन्।