हत्यारा को हो र किन समातिएन भन्ने प्रश्नको जबाफ दिँदै गृहमन्त्रीले भन्नुभो-मोटर साइकल समातिसकियो अब हत्यारा समातिन समय लाग्दैन।
'कसरी लाग्दैन?' पत्रकारले सोधे-'यतिको समय लागिसक्यो।'
'समय लामो लागेको कारण छ।' गृहमन्त्रीले भन्नुभो -हत्यामा प्रयोग भएको मोटर साइकलको रंग खासमा कलजी रहेछ , संचारमाध्यमले रातो रंगको भनेर प्रचारमा ल्याए। गृहमन्त्री एक क्षण रोकिनुभो। त्यसपछि भन्नुभो -हाम्रा प्रहरी सहरका हरेक राता मोटर साइकलका पछि लागे। गृहमन्त्रीले प्रश्न गर्नुभो-'पत्रकारहरू किन गलत खबर छाप्छन्?'
गलत खबर छापेको आरोप लागेपछि विस्मित पत्रकारले सोधे-'यसमा हाम्रो के दोष?'
'के त्यसो भए मेरो दोष छ?' गृहमन्त्रीले गुनासो गर्नुभो -'कलेजी रंगको मोटरसाइकललाई रातो भनेर लेख्ने म हँु?' उहाँले अगाडि भन्नुभो-यस गलत खवरले अनुसन्धानमा बाधा पुग्यो। त्यही भएर हत्यारालाई समात्न ढिलाइभयो। एक प्रसंगमा उहाँले के भन्नुभयो भने, प्रहरीका तीनै जना प्रमुख लिएर विदेश जानु गल्ती थिएन।
'कसरी?' पत्रकारको यस प्रश्नको जवाफ दिँदै गृहमन्त्रीले भन्नुभो-'जसै मोटर साइकलको रंग रातो भनेर तपाइहरूले लेख्नुभो मैले छेउमै भएका अनुसन्धान प्रमुखलाई सोधँें-'यो समाचार पढेर तपाईँ भन्न सक्नु हुन्छ वास्तवमा मोटर साइकलको रंग कस्तो होला? अनुसन्धान प्रमुख मेरा अगाडि घोरिनुभो, गम्भीर देखिनुभो र भावुक हुँदै भन्नुभो, मोटर साइकलको रंग रातो नहुन पनि सक्छ।
गृहमन्त्रीले भन्नुभो-'मैले यही प्रश्न जनपथ र सशस्त्र प्रहरीलाई समेतलाई सोधेंँ।'
'के सोध्नुभो? पत्रकारले प्रश्न गरे।
'मैले सोधें।' गृहमन्त्रीले भन्नुभो -'तपाइको विचारमा मोटर साइकलको रंग कस्तो हुनसक्छ? ' उहाँहरूले भन्नुभो, मोटर साइकलको रंग जस्तो पनि हुनसक्छ। त्यसपछि गृहमन्त्रीले सोध्नुभो, प्रहरी प्रमुखहरू मसँग नभएका भए ल भन्नोस् म यो प्रश्न कस्लाई सोध्थँे?
'त्यसपछि के भयो? ' पत्रकारले सोधे।
'त्यसपछि भएको के हो मैले भनी सकेँ।' गृहमन्त्रीले जवाफ दिनुभो -'प्रहरी प्रमुखले भन्नुभो, मोटरसाइकलको रंग रातो नहुन पनिसक्छ।'
'त्यसपछि तपाइले के गर्नुभो?' पत्रकारले जिरह गरे।
'मैले पुनः अनुसन्धान प्रमुखलाई सोधे।' गृहमन्त्रीले भन्नुभ्ाो-'लोै भन्नोस् मोटर साइकलको रंग कस्तो हुनसक्ला? 'अनुसन्धान प्रमुखले फ्याट्ट भन्नुभो -कलेजी। गृहमन्त्रीले बताउनुभो नभन्दै मोटर साइकलको रंग कलेजी नै रहेछ।
'अनुसन्धान प्रमुखले कसरी त्यसो भन्नुभो?' पत्रकारले सोधे।
'उनैलाई सोध्नोस्।' मन्त्रीजीले भन्नुभो।
'कसरी त्यसो भन्नुभो?' पत्रकारले अनुसन्धान प्रमुखलाई खेरे -'लौ तपाईँनै भन्नोस्।'
'नेपाली पत्रकार पीत पत्रकारिता गर्छन्।' अनुसन्धान प्रमुखले भन्नुभो -'त्यही भएर मैले रातो लेखे होलान् भन्ने अनुमान गरेँ।
'कलेजी भनेर चाहिँ कसरी थाहा पाउनुभो? पत्रकारले सोधे।
'पीत भनेको पहेँलो।' अनुसन्धान प्रमूखले भन्नुभो , पत्रकारले लेखेको रातोमा मैले पहेँलो मिसाएर हेरेँ। अनुसन्धानबाट के थाहा भयो भने यसरी मिसाउँदा कलेजी रंग आउँछ।'
'त्यसपछि मैले कलेजी रंगका मोटर साइकल खोज भनेर चाइनाबाट फोन गरेँं। गृहमन्त्रीले भन्नुभो -'प्रहरीले च्याप्प समाते।'
'मोटर साइकल समातेर हुन्छ?' पत्रकारले सोधे-'हत्यारा समात्नुपर्दैन?'
'समात्नुपर्छ।' मन्त्रीले भन्नुभो-मैले समात्नुपर्दैन भनेको छैन।
'कसरी समात्नु हुन्छ?' पत्रकार रिसाए-'यतिका दिन बितिसक्यो।'
'हामी एउटा सूचना निकाल्छौँ।' मन्त्रीजीले भन्नुभो-'त्यसपछि हत्यारा कब्जामा आउँछ।'
'कस्तो सूचना?' पत्रकारले सोधे -'सूचना निकालेर हत्यारा कसरी कब्जामा आउँछ? '
गृहमन्त्रीले संचारकर्मी समक्ष सूचनाको मस्यौदा प्रस्तुत गर्दै भन्नुभो-'हाम्रा प्रहरीले बाँसको झाँग मुनी फेला पारेको कलेजी रंगको मोटर साइकल हाम्रै कब्जामा छ। उक्त मोटर साइकल जो जस्को हो आफ्नो हुलिया खुल्ने गरी नेपाल प्रहरी समक्ष प्रस्तुत भई मोटरसाइकल जिम्मा लिनु होला।'
गृह मन्त्रीले त्यसपछि भन्नुभो -'सूचना पढेर जो मोटर साइकल लिन आउँछ हामी त्यसलाई च्याप्प समात्नेछौँ।
'आएन भने?' पत्रकारले आशंका व्यक्त गरे- 'नआउन पनि सक्छ।'
'आएन भने खिस्सै खतम्।' मन्त्रीजीले भन्नुभो -'मोटर साइकल हाम्रो कब्जामा हुन्छ।'
'यो समस्याको समाधान हो?' पत्रकारले सोधे-'हत्यारा समातिएन भने फेरि हत्या भै हाल्छ नि!
'कसरी हुन्छ?'मन्त्रीले सोध्नुभो-'मोटर साइकल हामीसँग भएपछि ऊ केमा चढेर हिड्छ?'