दक्षिण एसियामा सेवा क्षेत्र
२७ माघ २०६६
•
१६ मिनेट पाठ
दक्षिण एसियामा सेवा क्षेत्र
भारत र माल्दिभ्स सूचना प्रविधि र पर्यटनका आआफ्ना संभावनालाई धेरै हदसम्म उजागर गर्न सफल भए पनि नेपालले आफ्नो पर्यटन विकासको स्पष्ट रेखासम्म कोर्न सकेको छैन ।




सन् १९९० दशकको सुरुदेखि नै विकासशील र अल्पविकसित मुलुकको अन्तर्राष्ट्रिय व्यापारमा सेवा क्षेत्रको योगदान महत्वपूर्ण बन्दै गएको छ र ठूलो संभावनाका रूपमा देखिएको छ। नेपालको सन्दर्भमा आन्तरिकरूपमा पर्यटन व्यवसाय र बाह्यरूपमा मलेसिया तथा खाडी क्षेत्रमा काम गर्ने कामदारबाट प्राप्त विदेशी मुद्राले अन्तर्राष्ट्रिय व्यापारको भुक्तानी असन्तुलनलाई सच्याउन केही सहयोग गरेका छन्। हालैका महिनामा विदेशमा कार्यरत नेपालीबाट भित्रिने रेमिटेन्स कम हुनेबित्तिकै मुलुक भुक्तानी असन्तुलनको दिशातर्फ उन्मुख हुनुले नेपाली अर्थतन्त्रको वर्तमान समष्टिगत स्वरूप उजागर भएको छ। यसरी सेवा निर्यातबाट भुक्तानी सन्तुलन कायम गर्न पुगेका एसियाली मुलुकमा फिलिपिन्स सन् १९८० को दशकदेखि नै अग्रपंक्तिमा थियो भने सन् १९९० को उत्तरार्धबाट दक्षिण एसियाली राष्ट्र नेपाल, भारत, श्रीलंका, पाकिस्तान र बंगलादेश पनि निकै अगाडि बढेका छन् ।
विकासशील राष्ट्रको मात्र हैन विकसित मुलुकको पनि अन्तर्राष्ट्रिय व्यापारमा सेवा क्षेत्रको योगदान बढिरहेको देखिन्छ । सन् १९९० देखि २००५ को अवधिसम्ममा अमेरिकाको कुल निर्यात ८८ प्रतिशतले बढेको थियो भने त्यही अवधिमा सामानहरूको निर्यातमा ७५ प्रतिशतले, व्यापारिक सेवाको निर्यातमा १७५ प्रतिशतले र भ्रमण तथा कार्गो सेवामा ५० प्रतिशतले वृद्धि भएको थियो । यी उल्लेखनीय वृद्धिमा बिमा सेवा, मनोरञ्जन, व्यावसायिक परामर्श, उपचार परामर्श, दूरशिक्षा र वेब डिजाइनले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । यो परिवर्तन अमेरिकामा मात्र नभई सम्पूर्ण यूरोप, अस्ट्रेलिया, न्युजिल्याण्ड, जापान, इजरायल, हंगकंग र सिंगापुरमा पनि आएको छ । गत वर्ष प्रशान्त क्षेत्रमा व्यापक विस्तार हुन पुगेको बिमा सेवा विस्तार गर्नेमा बेलायती कम्पनी अग्रपंक्तिमा थिए ।
अमेरिकाले सेवा व्यापारलाई अस्सीको दशकदेखि नै विशेष महत्व दिँदै आएको छ । सन् १९८५ मा इजरायलसँग र सन् २००० मा जोर्डनसँगको व्यापार सम्झौता विशेष गरी सेवा व्यापारलाई प्रबर्धन गर्ने उद्देश्यले गरिएका थिए । विश्व व्यापार संगठनको उरुग्वे र दोहा राउन्डका सहमतिहरूमा पनि टेलिकम्युनिकेसन र वित्तीय सेवाबाहेक सेवा क्षेत्रको व्यापारले ठोस महत्व पायो ।
आसियान मुलुकको सन्दर्भ
मलेसियाले सन् १९९२ मा सेवा क्षेत्रलाई लक्षित गरी आसियानका १० सदस्य राष्ट्र तथा एसियाली आर्थिक शक्तिहरू जापान, चीन र दक्षिण कोरिया सम्मिलित पूर्वी एसियाली आर्थिक परिषद् गठन गर्ने प्रस्ताव गर्‍यो । तर यस प्रक्रियाबाट एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक सहयोग कार्यक्रममा अमेरिकी प्रभुत्व कमजोर हुँदै जाने आशंकाले विश्वका पहिलो र दोश्रो अर्थतन्त्र भएका मुलुक अमेरिका र जापानले यसको विरोध गरे । तर पनि यस सोचलाई अघि बढाउँदै लगियो र सन् १९९५ सम्ममा साझा र प्रभावकारी सौविध्य व्यापार संयन्त्र निर्माण गर्ने दिशामा केही प्रगति भयो । सन् १९९७ को पूर्वी एसियाली वित्तीय संकट (जुन मूलरूपमा मौद्रिक संकट थियो) लाई संबोधन गर्न उक्त संयन्त्र निकै प्रभावकारी बन्यो । थप उपलब्धिका रूपमा, क्षेत्रीय पर्यटनलाई प्रवर्धन गर्ने उद्देश्यले चियाङ्माई सहरमा जारी गरिएको प्रतिबद्धताअनुरूप थाइल्यान्ड मेकङ्ग क्षेत्रका मुलुकबाट उलेखनीय रूपमा पर्यटक भित्र्याउन सफल भयो र वित्तीय संकटबाट धेरै हदसम्म जोगियो । अत्यन्त फलदायी रहेको यस कार्यक्रमलाई थाई पर्यटन उद्योग सुदूर पूर्वी एसिया, दक्षिण पूर्वी एसिया, न्युजिलान्ड, अस्ट्रेलिया, युरोप र अमेरिकासम्म विस्तार गर्ने अभियानमा लागेको छ।

एसिया तथा प्रशान्त क्षेत्रमा थाइल्यान्डले व्यावसायिक सेवा क्षेत्रमा पर्यटन सेवाको आकर्षक ढंगले विस्तार गरिरहेको छ । सन् २००८ मा विश्व अर्थतन्त्र मन्दीको दिशातर्फ उन्मुख भएपनि थाइल्याण्डले आन्तरिक र वाह्य पर्यटकको संख्या झन्डै २६ प्रतिशतले वृद्धि गराउन सक्यो । यससँगै भ्रमण सेवा, वायु सेवा, वातावरण पर्यटन, होटेलरिसोर्टहरू, स्पा सेन्टर, गल्फ कोर्सहरू व्यापक रूपले विस्तार गरिएको छ। यी प्रयासले थाई अर्थतन्त्रमा विश्वव्यापी आर्थिक मन्दीको असरलाई धेरै हदसम्म कम गरे । तर पर्यटन व्यवसायको ठूलो संभावना रहेको नेपालमा भने सन् २००९ को जनवरी र फेब्रुवरी महिनामा नेपाल आएका पर्यटकहरू गत वर्षको त्यही समयका तुलनामा झन्डै २० प्रतिशतले कम रहेको तथ्याङ्क भेटिन्छ। तैपनि नेपालले यति ठूलो परिवर्तनलाई संबोधन गर्न सकेको देखिँदैन ।
बृहत् मेकङ्ग क्षेत्रमा थप सेवा व्यापारको लागि शैक्षिक आदानप्रदानलाई बढावा दिइएको छ भने देह व्यापारका लागि मानव बेचबिखनलाई निरुत्साहित गर्ने उद्देश्यले धेरै सहमतिहरू कार्यान्वयन भएका छन् । सरुवा रोगहरूको विस्तारमा नियन्त्रण, शिक्षा र सीप विकाससम्बन्धी संयुक्त कार्यक्रम र क्षेत्रीय पर्यटनलाई बढावा दिने उद्देश्यले लाओस, भियतनाम र थाइल्याण्डबीचमा भएका सामूहिक यातायातको व्यवस्था गर्ने प्रयासले राम्रा परिणाम देखाएका छन् । धेरै सामूहिक प्रयासले गर्दा आसियान क्षेत्रमा सन् १९९५ देखि २००५ सम्ममा सेवा व्यापार द्रुतगतिमा बढ्न पुग्यो र सम्पूर्ण वैदेशिक व्यापारको २० प्रतिशतसम्म पुग्यो ।
बृहत् मेकंग उपक्षेत्रमा इन्धन साझेदारी कार्यक्रमलाई ठोस रूप दिन थाइल्यान्डको पेचबुरी प्रान्तमा भएको पन्ध्रौँ मन्त्रीस्तरीय बैठकले लामो कार्ययोजना तय गर्‍यो। त्यसमा ग्रामीण विद्युतीकरण कार्यक्रमका साथै मेकङ्ग क्षेत्रमा जल, ग्यास, तेल र कोइला इन्धनका सबै सम्भावना ठोस कार्यक्रमका रूपमा अगाडि आए । यसबाट सीमापार इन्धन व्यापार र नवीकरणीय इन्धन उत्पादनमा त उपलब्धि भयो नै हरितगृह प्रभाव र मौसम परिवर्तनको प्रतिकूल असर पनि कम हुन पुगेको एसियाली विकास बैंकको अध्ययनमा देखिएको छ।
मेकङ्ग डेल्टा क्षेत्रको मुटुका रूपमा रहेको थाइल्यान्डले क्षेत्रीय पर्यटनलाई बढावा दिने उद्देश्यले यस क्षेत्रका प्रमुख सहरलाई हवाइ सम्पर्कबाट जोडेको छ। फलस्वरूप लाओसको भिएन्टिन र लुआङ्ग प्रवाङ, कम्बोडियाको सिएम रिप र नोमपेन्ह, म्यानमारको याङ्गुन, भियतनामको हनोई, हो चि मिन्ह र दा नाङ्का साथै चीनका धेरै सहरहरू जस्तै बेइजिङ, ग्वाङ्जु, गुइलिङ, जिङ्होङ, कुनमिङ्, साङ्घाई र सेन्जेनलगायत एसियाका अन्य सहरमा सोझै हवाइ सम्पर्क कायम भएको छ। यसले थाइल्यान्डका साथै यस क्षेत्रका अन्य राष्ट्रलाई समेत आफ्नो क्षेत्रीय सेवा व्यापार मार्फत आर्थिक सम्बन्ध विस्तार गर्न सजिलो भएको छ । यी तथ्यले सेवाको क्षेत्रीय व्यापारलाई अगाडि बढाउन क्षेत्रीय अन्तरनिर्भरतालाई स्पष्टरूपले संबोधन गरिनुपर्छ भन्ने संकेत गर्छ। दक्षिण एसियाली मुलुकका सन्दर्भमा पूर्वी एसियाको अनुभव धेरै हदसम्म उपयोगी हुनेछ ।
दक्षिण एसियाको संभावना
अझै पनि दक्षिण एसियामा सेवा व्यापार माल्दिभ्सबाहेक अन्य राष्ट्रमा कुल गार्हस्थ उत्पादनको १० प्रतिशतभन्दा कमै छ । साना अर्थतन्त्र भएका मुलुकले आफ्नो मानवीय स्रोतलाई बढी गुणस्तरयुक्त र प्रभावकारी बनाउन सके उच्चस्तरीय व्यावसायिक सेवाको निर्यातबाट सिंगापुरको आर्थिक मोडेलमा जान सक्छन् । माल्दिभ्सको अनुभवले पनि यही देखाएको छ । नब्बेको दशकमा सिंगापुरको सेवा व्यापार कुल गार्हस्थ उत्पादनको करिब ५५ प्रतिशत थियो भने माल्दिभ्सले त्यसलाई पनि उछिनेर झण्डै ७० प्रतिशतको हाराहारीमा पुग्न सकेको थियो ।
आसियान राष्ट्रले वौद्ध दर्शन, धर्म र सांस्कृतिक आदानप्रदानका लागि भारतसँग नजिकको सम्पर्क स्थापित गरेका छन् । वौद्ध धार्मिक पर्यटक र वौद्ध दर्शन र संस्कृतिको अध्ययनअनुसन्धान गर्ने अध्येताले भारतलाई तीर्थ र तथ्यहरूको स्रोत मानेका छन्। फलस्वरूप आसियान­इन्डिया वुद्धिस्ट टुरिज्म सर्किटको स्थापना भएको छ । नेपालले वौद्ध दर्शन, धर्म र संस्कृतिको केन्द्र नेपाल हुन सक्छ भन्ने सन्देश विश्वसामु पुर्‍यान सकेको छैन। त्यसका लागि नेपालमा अध्ययन अनुसन्धानको अभाव छ । वौद्ध पर्यटक र अनुसन्धानकर्तालाई भारत आउँदामात्रै पनि नेपाल भ्रमण र अनुसन्धानकालागि आकर्षण गर्न ठोस प्रयास जरुरी छ ।
सार्क मुलुकहरूको तुलनात्मक अध्ययनले यस क्षेत्रले यातायात र संचारमा तुलनात्मक लाभको संभावना देखिन्छ । समग्र दक्षिण पूर्वी एसियामा वित्तीय क्षेत्रले अवसर पाएजस्तै दक्षिण एसियाका यी आर्थिक क्रियाकलाप विदेशी विनिमयको भरपर्दो स्रोत बन्ने प्रबल सम्भावना छ। तर तुलनात्मक लाभको ठूलो सम्भावना बोकेका यी क्षेत्र सम्पूर्ण दक्षिण एसियामा अत्यन्त विखण्डित छन्। साफ्टालाई उपयोग गर्दै यसका सदस्य राष्ट्रले क्षेत्रीय प्रतिस्पर्धालाई प्रबर्धन गरी सेवा क्षेत्रबाट विश्व व्यापार संगठनको प्रावधानअनुरूप फाइदा लिनुपर्ने देखिन्छ ।
दक्षिण एसियामा दुई फरक किसिमका सेवा व्यापारको संभावना छ । भारतीय अर्थतन्त्रमा सूचना प्रविधि र नेपाल, माल्दिभ्सजस्ता मुलुकमा पर्यटन विस्तारका प्रबल संभावना छन् । तर भारत र माल्दिभ्सले आफ्ना संभावनालाई धेरै हदसम्म उजागर गर्न सकेका छन् भने नेपालले आफ्नो पर्यटन विकासको स्पष्ट रेखा कोर्न सकेको छैन । अन्य सेवा क्षेत्रका संभावना बोकेका श्रीलंका र पाकिस्तानको पनि उपलब्धि खासै सन्तोषजनक छैन । त्यसैले सन् १९९३ देखि २००३को दशकमा सम्पूर्ण दक्षिण एसियाको सेवा निर्यात करिब चार गुणाले बढ्न पुगे पनि त्यसको करिब ८६ प्रतिशत हिस्सा भारतको मात्रै रहेको छ । सेवा निर्यातको आय औपचारिक स्रोतबाट कमैमात्र आउने हुनाले समग्र दक्षिण एसियाको भरपर्दो तथ्यांकको पनि अभाव छ । त्यसमा पनि बंगलादेशको कुल रेमिटेन्स आयको झण्डै ४० प्रतिशत गैरकानुनी हुन्डीबाट आउने गर्छ भने पाकिस्तानको वैदेशिक रेमिटेन्स आयको १० प्रतिशतमात्रै औपचारिक बाटोबाट आउने अनुमान छ ।

लेखक न्युएरामा कार्यरत अर्थशास्त्री हुन्।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस