भविष्य, प्रविधि र पुस्ता
२४ चैत्र २०७२
•
१४ मिनेट पाठ
भविष्य, प्रविधि र पुस्ता
नोबेल पुरस्कार विजेता इल्या प्रिगोजिनले भनेका थिए– 'हामी भविष्यको अनुमान गर्न सक्दैनौँ, तर त्यसको तयारी गर्न सक्छौँ ।' पल भेलसीका अनुसार, भविष्य निर्माणको क्रममा छ (रहन्छ ? । निरन्तर निर्माणको क्रममा।हाम्रा कार्यहरू विगतका सम्झना, वर्तमानको विश्लेषण र भविष्यको अनुमानमा आधारित रहन्छन् । भविष्यको यसकारण जानकारी हुँदैन कि त्यो विगतजस्तो हुँदैन, न पहिला लेखिएको वा देखिएको नै हुन्छ । यो अध्ययन र प्रतिवेदनले सिफारिस गरेजस्तो पनि हुँदैन । त्यो अनिश्चित र अअनुमानयोग्य हुन्छ । अनुमान गर्न नसकिए पनि यो वर्तमानको हातमा हुन्छ । यो स्वतन्त्र छ यसकारण कि हामी यसको निर्माण गर्न सक्छौँ, यो हाम्रै कर्म र सिर्जनाको परिणाम हो ।




अहिलेको पुस्ताले अघिल्लो शताब्दीमा कल्पनै नगरिएको उपलब्धिको उपभोग गरिरहेको छ । तेस्रो औद्योगिक क्रान्ति अर्थात् अघिल्लो शताब्दीको उत्तराद्र्धबाट विकास भएको सूचना तथा सञ्चार प्रविधिले परिवर्तनका विभिन्न आयामलाई अकल्पनीयरूपमा सहज पारेको छ । यसले सामाजिक रूपान्तरणलाई सघाएको छ, उत्पादन संगठन बदलेको छ, व्यापार र बजारीकरण बदलेको छ । सामाजिक सम्बन्ध र सहकार्यको स्वरूप फेरेको छ । ज्ञान आर्जन, सहभागिता र अवसरका अवरोध भत्काइदिएको छ । विश्वव्यापीकृत समाज, विश्वव्यापीकृत संस्कृति र विश्वव्यापीकृत नै अर्थतन्त्र निर्माण गरेको छ । दोस्रो औद्योगिक क्रान्तिले उत्पादन संगठनलाई जसरी यान्त्रीकरण गरेको थियो, सोभन्दा कैयौँ गुणा तीव्र गतिमा तेस्रो औद्याोगिक क्रान्तिले विचार, वित्त, बजार र सम्बन्धको प्रविधि अकल्पनीयरूपमा विकास एवं विस्तार गरेको छ । तेस्रो औद्योगिक क्रान्तिबाट उद्यमी, उपभोक्ता, सरकार, अन्वेषक, शिक्षक–शिक्षार्थी, सर्वसाधारण सबै नै लाभान्वित छन् । तर, परिवर्तन यही स्वरूप र प्रवृत्तिमा होला भन्ने अनुमान अघिल्लो शताब्दीमा कसैले गरेको थिएन, गरेको भए पनि त्यो स्वैरकल्पना मानिन्थ्यो । जसरी जर्ज अर्वेल र भगवान प्रकाशका अनुमानलाई स्वैरकल्पना मानियो ।

नयाँ शताब्दी सुरु हुनै लाग्दा फ्रेडरिको मायर र जेरोम विन्डेले 'अघिल्तिरको विश्व' मा यस शताब्दीका ४ चुनौती उल्लेख गरेका थिए । पहिलो चुनौती शान्ति स्थापना गर्नु थियो । किनकि, शीतयुद्धमा जलिरहेको विश्वको लागि शान्ति र स्थिरता विकासका आधार थिए । दोस्रो चुनौती भिन्न प्रकारको गरिबीको उपस्थितिलाई मानिएको थियो । तेस्रो औद्योगिक क्रान्तिले गरिबीको धेरै स्वरूप सिर्जना गर्ने सम्भावना थियो, जस्तो कि डिजिटल डिभाइड, सूचना विभेद, खास वर्गमा अवसरको सीमान्तीकरण आदि, जसले गरिबीविरुद्धको विस्तृत रणनीति माग गर्ने कुरा स्पष्ट थियो । तेस्रो चुनौती प्राकृतिक स्रोत–साधनको विवेकसम्मत प्रयोग कसरी गर्ने भन्नेमा थियो । किनकि, उत्पादन संगठन, व्यापार र बजारीकरणको प्रविधि परिवर्तनले प्रतिस्पर्धाको होडबाजी ल्याउने सम्भावना थियो । चौथो चुनौती 'डङ्केनबोट सिन्ड्रोम' वा सही गन्तव्य पहिचान कसरी गर्ने भन्ने थियो । राष्ट्रहरू समुद्रमा रुमलिएको डुंगाजस्तै कता जाने, के गर्ने भन्ने समस्यामा पर्न सक्छन् भन्ने थियो । विशेषगरी अल्पविकसित मुलुकहरू यस सिन्ड्रोमबाट आक्रान्त हुने अनुमान गरिएको थियो । पानीको बढ्दो तनाव, ऊर्जा संकट, बढ्दो खाद्य असुरक्षा, तापमान वृद्धि, प्रदूषण, असमानता विस्तारजस्ता विषयवस्तुले उल्लिखित चुनौतीको अनुमान गरिएको थियो । नभन्दै यी चुनौतीले अहिले समग्र मानव सुरक्षालाई नै हाँक दिइरहेको छ । भन्न सकिन्छ, तेस्रो औद्योगिक क्रान्तिले अवसर र चुनौती साथै ल्याएको थियो । त्यसैले जोखिम न्यूनीकरण गरी अवसरको अधिकतम दोहन गर्ने क्षमता विकास हाम्रो दायित्व हो । कुनै पनि परिवर्तनमा समकालीन पुस्ता यसप्रति जागरुक रहनैपर्छ । परिवर्तन वा भविष्यप्रतिको तयारी भनेको यही हो ।

यस शताब्दीमा आएका अवसरको अग्रपंक्तिका भागिदार युवा समुदाय हुन् । अहिले युवाजगत अकल्पनीय अवसरको उपयोग गरिरहेको छ । शिक्षा आर्जन, अवसर दोहन र सहभागिताका ढोका सबैका लागि खुले पनि विशेषतः युवा समुदाय उमेर र आदतका कारण शताब्दीका फाइदाबाट बढी नै लाभान्वित छ । सूचना तथा सञ्चार प्रविधि शिक्षा र सीप आर्जनमा उपयोग गर्ने धरै ठूलो अवसर छ । ज्ञान आर्जन स्वतन्त्रता र उन्मुक्तताको खोजी हो । पढाइले व्यक्तिका लागि ज्ञानको ढोका खोलिदिन्छ, ज्ञानले अरुलाई प्रभाव पार्ने अतिरिक्त शक्ति दिन्छ, अवसर उपयोगको सामथ्र्य दिन्छ । शिक्षा सबै प्रकारको वञ्चिती र विपन्नताविरुद्धको रणनीति हो । शिक्षा सहज हुनु भनेको यसर्थ सबै प्रकारको वञ्चिती र दासत्वमुक्तिको बाटो सहज हुनु हो, विपन्नताबाट सामथ्र्य र शक्तिमा पुग्नु हो । त्यसैले युवापुस्ता भाग्यमानी छ । पढ्ने–पढाउने, सिक्ने–सिकाउने प्रविधि बदलिएको युवापुस्ता झनै सुखी छ । अब उसले किताबको भरिया पनि बन्नुपरेको छैन, सूचना, विचार र जानकारीको डिजिटाइजेसनले ज्ञानको निरन्तर, प्रसार र नवीकरण गर्न सघाएको छ । त्यसैले एक्काइसाँै शताब्दी किताबको अन्त्य हो । यसले शैक्षिक, आर्थिक र प्राविधिक 'लिपफ्रगिङ' ग¥यो । आफ्ना सन्ततिले लिएको अवसरको स्वादबाट अघिल्लो पुस्ता निकै खुसी छ, लोभिएको पनि होला आफूले यस्तो अवसर नपाएकोमा र भन्दै होला 'पुनर्जन्म हुने भए चौथो औद्योगिक क्रान्तिको आस्वादन गर्न फेरि यही पृथ्वीमा जन्म होस् ।'

विकसित प्रविधिले भाषाको स्वरूप र शैली पनि बदल्दैछ । भाषा यसअघि राजनीतिक कार्यसीमाको माध्यम थियो । छापा माध्यम र रेडियो फ्रिक्वेन्सी नै अन्तर्राष्ट्रिय प्रभुत्व विस्तारका माध्यम थिए । हेनरी किसिन्जर र आन्द्राइ ग्रोमीको आआफ्नो मुलुकको प्रभाव विस्तारको माध्यम यसैलाई बनाउँदै थिए । तेस्रो औद्योगिक क्रान्तिले भाषा र अभिव्यक्तिलाई अकल्पनीयरूपमा सहज पारेको छ । मातृभाषा, सामुदायिक भाषा र राष्ट्रिय भाषाजस्ता भाषाको पदसोपान बदलेको छ । भाषिक बहुलवाद विकास भएको छ भनिए पनि धेरै भाषा जोखिममा छन् । कम्प्युटर, अंग्रेजी र केही ठूला मानिएका भाषा सीमाहीन शिक्षाका माध्यम बनेका छन् । जोखिमका भाषाहरू परिमार्जन वा सम्मिलनका क्रममा छन् । भाषा, संस्कृति र रहनसहनमाथि पनि डार्बिनवाद लागु भएको छ, 'सामथ्र्यवान् नै बाँच्न सक्छ' (सर्भाइभल अफ फिटेस्ट) । सामथ्र्य विस्तार नै अहिलेको चुनौती हो । दिनप्रतिदिन 'डिस्रप्टिभ आइडिया' वा उथलपुथल ल्याउने विचारको सिर्जना भएको छ, विचारले प्रयोगभूमि पाउने प्रविधि पनि विकास भएको छ । विश्वव्यापीकृत भाषा त्यसका भरिया बनेका छन् विश्वका कुनाकुनामा ती विचार र प्रविधि पुर्‍याउने ।

गाब्रिएल गार्सिया मार्खेजले भने झैँ– 'आउँदा दिनले हामीबाट धेरै मागेको छ ।' परिवर्तनले दिनेमात्र गर्दैन । यो माग पूरा गर्नु अहिलेको चुनौती हो । युगीन दायित्व पूरा गर्नु प्रत्येक पुस्ताको कर्तव्य हो । यसका लागि व्यक्ति सामथ्र्यवान् हुनैपर्छ । संस्थाहरू सामथ्र्यवान् हुनैपर्छ । हाम्रै घरआँगनमा चौथो औद्योगिक क्रान्तिका लागि वातावरण बनिरहेको छ । यो तेस्रो क्रान्तिभन्दा निकै चुनौतीप्रद हुनेछ । कृत्रिम बौद्धिकता, रोबोटिक्स, आइओटी, स्वचालित मेसिन, नानो प्रविधि, जैविक प्रविधि, ऊर्जा सञ्चय, क्वान्टम कम्प्युटिङजस्ता प्रविधिले चौथो पुस्ताको क्रान्तिलाई आमन्त्रण गर्दैछ । चौथो क्रान्तिले भौतिक, डिजिटल र जैविक प्रविधिको फ्युजन गर्दैछ । अर्थशास्त्री एरिक ब्रिन्जोल्फसन र एण्डु« म्याक आफी चौथो क्रान्तिले असमानता ह्वात्तै बढाउने र श्रमबजार विस्थापन हुनेबाट चिन्तित छन् । जेहोस्, परिर्वतनलाई स्वीकार्नुको विकल्प छैन र परिवर्तनलाई सम्बोधन गर्ने रणनीति भविष्यको तयारी नै हो । जोहन भोन न्युमान, स्टिभ जब्स, जुकरवर्गभन्दा निकै डिस्रप्टिभ आइडिया लिएर इलोन मस्कहरू क्रान्ति गर्दैछन्, जसले समाज व्यवस्थाका सबै पक्षमा एकसाथ उथलपुथल ल्याउने छ । अबको पुस्ताले ज्ञान र शिक्षा आर्जनलाई स्वतन्त्रताको खोजीको रूपमा मात्र हेरेर पुग्दैन, अरुले विकास गरेको ज्ञान र प्रविधिलाई प्रयोग गरेरमात्र पुग्दैन । भिन्नरूपमा प्रयोगमाथिको जागरण पनि ल्याउनुपर्छ । प्रत्येक व्यक्तिको दिमाग आविस्कारको स्रोत हो, कार्यस्थल प्रयोगशाला हो । परिवर्तन र प्रविधिको उपभोक्ता बनेरमात्र युगिन दायित्व पूरा हुँदैन । झनै दुरूपयोगको अपराधले समाजलाई धिक्कार्छ । न्युमानले भने झँै पुस्ताले सोचोस्– के नयाँ प्रविधि बचाइराख्न सकिन्छ ? के यसलाई समाजकै पक्षमा उपयोग गर्ने क्षमता विकास गरिरहन सकिन्छ ? यसका लागि फेरि पनि भुल्न हुँदैन, प्रत्येक पुस्ताले आफूले पाएभन्दा राम्रो प्रणाली आउने पुस्तालाई हस्तान्तरण गरेर जानुपर्छ । यो नै विकासको नियम र भविष्यको निर्माण हो।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस