जमिनबिना जीवनको कल्पनै गर्न सकिन्न। उत्पादनका लागिमात्र होइन मानव जन्मेदेखि नमरुन्जेलसम्म भूमि (जमिन) सँंगको नाता अटुट र गाढा रहन्छ। मानव जीवनको पहिलो पाइला जमिनमै टेकेर सुरुवात हुन्छ र जीवनको अन्तिम पल पनि जमिनमै बित्छ।मानव धर्म, संस्कृति, जीवन, मृत्यु, हरेक पल जमिनसँग जोडिएको हुँदा मानव र जमिनको महत्व धेरै छ। जमिन प्रकृतिप्रद निःशुल्क सम्पदा हो। यसलाई मानवले आफू जन्मदा सँगै ल्याएको होइन र मृत्यु हुँदा उसले सँगै लान पनि सक्दैन। तर मानव जीवन अस्तित्वका लागि जमिन अति महत्वपूर्ण स्रोत हो। धर्तीमा मानव जन्मिएपछि जीवनभर भूमिसँग उसको नाता बासोबास गर्न, हिँडडुल गर्न, खेतीपाती गरी जीविका धान्नलगायतमा जमिन अति आवश्यक छ। त्यसैले मानव जीवनमा जमिनको महत्व र उपयोगिताको कुरा जति गरे पनि कम हुन्छ।
हामी कृषिप्रधान देशका नागरिक। अधिकांश मानिस खेतीपाती र कृषि पेशामा नै निर्भर रही जीविकोपार्जन गरिरहेका छन्। यसकारण पनि हरेक दृष्टिकोणले जमिनको महत्व बढी छ। तर त्यही जमिनमा स्वामित्व लिने–दिने चलनले गर्दा मानवबीच ठूलो अन्तर छ। नेपाली समाजमा जमिन हुने र नहुनेबीचको ठूलो खाडल छ। समाजमा जमिन हुनेको महत्व धेरै छ। जमिन हुनेलाई गरिने इज्जत नै फरक छ। तर अनौठो के भने जमिन हुने भन्दा नहुनेको सङ्ख्या हामीकहाँ बढी छ। जमिन नहुनेहरू अधिकांश गरिबीको रेखामुनि छन्, उनीहरूको दैनिकी कष्टकर छ। जीविकोपार्जनमा धौधौ हुने गरेको छ। नेपालका अधिकांश गरिब जमिनका स्वामित्व नभएकौ अपहेलित छन्, पाखा पारिएका छन्।
एकातिर लाखौं नेपाली भूमिहीन छन् अर्कोतिर समाज यही समुदायलाई दोस्रो दर्जाको नागरिकका रूपमा हेर्छ। हजारौं परिवार जमिन जोतखन गर्छन्, स्याहार र संरक्षण गर्छन् तर उनीहरूसँग जमिनको स्वामित्व छैन, त्यस जमिनमा उत्पादन भएको अन्न उनीहरूको परिवारका लागि होइन्, सीमित धनी र भूमिपति वर्गको स्वामित्वमा पुग्छ। तर जमिन जोतखन गर्ने र स्याहार संरक्षण गर्ने वर्गचाहिँ भूमिहीन, जोताहा, हलिया, सुकुमबासी, हरूवा–चरुवाका नामबाट चिनिन्छन्। हरेक कुरा राजनीतिसँग जोडिएको छ। त्यसमा पनि नेपाली राजनीति अझ बढी फरक छ, विश्व परिवेशको राजनीतिभन्दा। राजनीतिले गाँजेको मुलुकमा धेरै असमानता विद्यमान रहन्छन्, हामीकहाँ पनि स्थिति त्यस्तै छ। हरेक निर्णायक भूमिका राजनीतिक तहमा हुने हुँदा जमिन वितरणमा भएका असमानता पनि हट्न सकेका छैनन्। जमिन र जीवनको अन्योन्याश्रित सम्बन्ध भएकै कारण यस्तो असमानताको खाडल बढ्दो छ जसले हामी नेपाली भोग्नै नपर्ने धेरै समस्या भोग्न बाध्य छौं।
बस्ने घरका लागि जमिन नै आवश्यक हुन्छ। लगाउने कपडा बनाउन होस् वा खानका लागि, बाँच्नका लागि किन नहोस् हरेक कुराको सम्बन्ध जमिनसँंगै नै गाँसिएको छ। दिनानुदिन मानिसको सङ्ख्या बढ्दैछ्। यससँंगै नयँानयँा व्यावसाय, उद्योगधन्दा र उपकरण बन्दैछन्। मानिसको बाँच्ने जीवनशैली र सेवा/सुविधा हरेक कुरा बदलिँदै गइरहेका छन्। मानिस स्वतन्त्रताको नाममा एक्लै बाँच्ने र एक्लै बस्ने चलन बढ्दैछ। हामी सबैलाई थाहा छ, जमिन तन्काउन वा बढाउन मिल्दैन। र दिनानुदिन घरबास, उद्योगधन्दा, कलकारखानालगायत विभिन्न कारणले खेतीयोग्य जमिन मासिँदैछ। जमिन घटेसँंगै उत्पादन त अवश्य घट्ने नै भयो। अर्कोतिर जलवायु परिवर्तन, बढ्दो तापक्रम, रासायनिक मल, विषादि र प्रदूषणका कारण जमिनको ऊर्वराशक्ति पनि घटिरहेको छ। त्यसैले थोरै जमिनमा धेरै उत्पादन गर्न र बस्नका लागि होस् वा अन्य कार्यका लागि जतिसक्दो कम जमिन उपयोग गर्ने बानी र प्रवृत्ति अपनाउनु अत्यावश्यक छ।
अर्कोतर्फ सबैभन्दा महत्वपूर्ण कुरा जमिनको संरक्षणका लागि र कृषिमा निर्भर हुनका लागि वास्तविक किसान जसले दिन–रात जमिनमा पसिना चुहाउँछन्, त्यही जमिनमा अन्नपात फलाएर संसारको भोक मेटाउँछन्, जमिनलाई माया गर्छन्, स्वामित्व उसैको हुनुपर्छ। जसले माटो छुन घिनाउँछ वा चाहँदैन ऊसंँग आँखाले हेर्नसमेत नभ्याउने जमिन हुने र जसले त्यही जमिनमा आफ्नो सम्पूर्ण जीवन व्यतीत गर्छ ऊसंँगचाहिँ जमिन नै नहुने यस्तो असमानता र अन्याय जरैदेखि मेटिनुपर्छ। जमिन नहुनेको समस्या एकातिर छ भने जमिन भएर पनि त्यसको कानुनी स्वामित्व नहुनेको समस्या अर्कोतिर छ। त्यसैले भूमिहीन सुकुमबासीलाई जमिन र जमिन भएर स्वामित्व नहुनेलाई जमिनको स्वामित्व दिलाउन अत्यन्तै आवश्यक छ। 'सुरक्षित घरबास सबैलाई, खेतीयोग्य जमिन किसान' लाई हुनुपर्छ। अनिमात्र समुन्नत समाज निर्माण हुन्छ।
उत्पादन बढाउन वा परनिर्भर बन्न र जीविका धान्नका लागि मात्र जमिनको महत्व र आवश्यकता भएको होइन। नेपाली समाजमा मानिसको प्रतिष्ठा, इज्जत र हैसियत नाप्ने आधार पनि जमिनलाई बनाइएको पाइन्छ। जोसंँग प्रशस्त जमिन छ ऊसँग मान, सम्मान र हैसियत पनि छ। जोसँग जमिन छैन् उसको जीवन कष्टकर त छँदैछ अर्कोतर्फ समाजमा उसको इज्जत र प्रतिष्ठा पनि छैन। एउटा भूमिहीन सुकुमबासीलाई बिरामी पर्दा औषधि किन्न होस् वा बच्चालाई कापी किन्न र गुजारा चलाउन दुईचार पैसा ऋण पत्याउनेसमेत कोही हुँदैन। गाउँघरमा सञ्चालन भएका सहकारी, समूहले समेत धितो (जग्गा) नभई ऋण दिँदैनन्। राज्यका लागि देशका हरेक नागरिक एक समान हुनुपर्ने हो तर त्यही सरकार र राज्यले समेत भूमिहीन तथा सुकुमबासी र जमिन भएर पनि स्वामित्व नभएका किसानलाई पत्याउँदैन। राज्यप्रदत्त सेवा/सुविधासमेत दिँदैन। यसैबाट थाहा हुन्छ कि हाम्रो जस्तो देशमा जमिन कसरी जीवनसँग जोडिएको छ भन्ने। जसलाई नसम्याइ समुन्नत समाज असम्भव छ।