नेपाली अनुसन्धानकर्ता
१९ माघ २०६६
•
१४ मिनेट पाठ
नेपाली अनुसन्धानकर्ता
विभिन्न देशका अनुसन्धानकर्ता नेपाल आएर गहन अनुसन्धान गर्न र नेपालबारे थुप्रै ज्ञान सिर्जना गर्न सक्ने तर नेपालमै बसेर हामी नेपालीले यस्तो अध्ययन अनुसन्धान किन गर्न नसक्ने?




नेपाल पर्यटक र पर्वातारोहीका लागि मात्र आकर्षक गन्तव्य नभएर विदेशी अनुसन्धाकर्ताको पनि महत्वपूर्ण अध्ययनस्थल बन्दै आएको छ। क्षेत्रफलका हिसाबले सानो भएपनि नेपाल सांस्कृतिक, भौगोलिक, वातावरणीय, जैविक, भाषिक एवं जातीय विविधताको धनी देश मानिन्छ। उच्च पर्वतीय विज्ञान प्रविधिसम्बन्धी अध्ययन अनुसन्धानका लागि नेपालभन्दा उपयुक्त थलो विश्वमा अन्य कतै पाइँदैन। वास्तवमा नेपालको कतिपय भूभागलाई एक विशाल प्राकृतिक अध्ययनशालाका रूपमा लिन सकिन्छ। यिनै कारणले गर्दा सदियौँदेखि विदेशीहरू नेपालमा विभिन्न प्रकारका अन्वेषण, अध्ययन र अनुसन्धान गर्न आउने गरेका छन्। यो प्रक्रिया आज पर्यन्त जारी छ।

विदेशी अनुसन्धानकर्ताले नेपालको कला, संस्कृति, इतिहास, भूगोल, परम्परागत चिकित्सा प्रणाली, जैविक विविधता, वातावरणजस्ता थुप्रै महत्वपूर्ण विषयमा गहन अध्ययन अनुसन्धान गरेका छन्। नेपालसम्बन्धी कतिपय विषयमा नेपालीले भन्दा विदेशीले गहकिला लेख तथा पुस्तक प्रकाशन गरेका छन्। यस्ता प्रकाशनले नेपालको विशेषता विश्वलाई चिनाउन ठूलो मद्दत पुर्‍याएको छ। नेपालीले पनि यस्ता प्रकाशनबाट आफ्नो देशबारे थप ज्ञान हासिल गर्न पाएका छन्। कतिपय विषयमा नेपालीलाई भन्दा विदेशीलाई हाम्रो देशबारे बढी जानकारी छ। हाम्रो सङ्ग्रहालयमा भन्दा विदेशका सङ्ग्रहालयमा नेपालका कतिपय महत्वपूर्ण अनुसन्धान सामग्रीका बढी नमुना सङ्कलन गरी राखिएका छन्। उदाहरणका लागि नेपालमा भन्दा जापान र बेलायतका वनस्पति सङ्ग्रहालयमा नेपालमा पाइने विरुवाका बढी नमुना सङ्कलन गरी राखिएका छन्। विदेशीमात्र होइन नेपाली वैज्ञानिकलाई समेत नेपालमा पाइने वनस्पतिको विस्तृत अध्ययन गर्नु परे ती देशमा जानुपर्ने अवस्था छ। आजसम्म वनस्पतिलगायतका हाम्रा अमूल्य प्राकृतिक सम्पदा कति देशबाट बाहिरिइसके हामीलाई थाहा छैन।

विदेशीले नेपालमा गर्ने सबैजसो अध्ययन र अनुसन्धानमा नेपालीको पनि कुनै न कुनै प्रकारको सहयोग र संलग्नता हुन्छ। नेपालीको स्थानीय ज्ञान, सीप र सक्रिय सहयोगबिना कुनै पनि विदेशी अन्वेषण वा अनुसन्धानकर्ताले नेपालमा उल्लेखनीय सफलता हासिल गर्न सम्भव छैन। तसर्थ विदेशी अनुसन्धानकर्ताको सफलता र बौद्धिक प्राप्तिमा नेपाली सहकर्मीको अत्यन्तै ठूलो योगदान हुन्छ। तथापि विदेशी र नेपालीबीचको यस प्रकारको संयुक्त प्रयासबाट विदेशी अनुसन्धानकर्ताले जति आर्थिक र बौद्धिक लाभ प्राप्त गरेका छन्, त्यति नेपालीले गर्न सकेका छैनन्। नेपालमा अध्ययन र अनुसन्धान गरेर धेरै विदेशी अनुसन्धानकर्ता आफ्नो विषयमा अन्तर्राष्ट्रियस्तरमा नेपाल विशेषज्ञका रूपमा स्थापित हुन सफल भएका छन्। आफ्नो देशको प्राज्ञिक संस्थ्ाामा महत्वपूर्ण पद प्राप्त गर्न र प्राज्ञिक उन्नति गर्न सफल भएका छन्। तिनले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ठूलो सम्मान, प्रतिष्ठा र ख्याति आर्जित गरेका छन्। एक महिला अनुसन्धानकर्ताले त नोबेल पुरस्कारसमेत पाएकी छन्। तर यी विदेशी अनुसन्धानकर्तालाई सहयोग गर्ने धेरैजसो नेपालीले केही आर्थिक लाभबाहेक कुनै ठोस बौद्धिक उपलब्धि प्राप्त गरेको देखिँंदैन।
नेपालको सिंचाइ प्रणालीसम्बन्धी गरेको अनुसन्धानका आधारमा अमेरिकी अर्थशास्त्री एलिनोर ओस्ट्रोमले गत वर्ष अर्थशास्त्रमा करिब दश करोड रुपियाँसहितको नोबेल पुरस्कार प्राप्त गरिन् र विश्वविख्यात भइन् तर उनलाई सघाउने उनका सहयोगी नेपाली विशेषज्ञको योगदानबारे राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा कुनै चर्चा भएन। नेपाली विज्ञको संलग्नता र सहयोगबिना ओस्ट्रोमले नेपालमा निश्चय पनि त्यति गहकिलो अनुसन्धान गर्न सम्भव थिएन र त्यति ठूलो सफलता हासिल गर्ने थिइनन्। ओस्ट्रोमले नोबेल पुरस्कार पाइन् तर उनका नेपाली सहकर्मीले ओस्ट्रोमबाट सहयोगका लागि धन्यवाद पाएको मात्र सुन्नमा आयो।

ओस्ट्रोम जस्ती उच्चस्तरीय अर्थशास्त्रीसँग काम गर्न पाउनु नेपाली विशेषज्ञका लागि निश्चय पनि ठूलो प्राज्ञिक अवसर मान्नुपर्छ। तर उनीसँग सहकार्य गरेर नेपाली विशेषज्ञले के कति प्राज्ञिक लाभ प्राप्त गर्न सके थाहा पाइएन। के उनीसँग मिलेर गरेको अनुसन्धानलाई नेपालीले निरन्तरता दिन सके र नेपालको आर्थिक विकासमा प्रयोग गर्न सके? यो महत्वपूर्ण विषय हो। विकसित मुलुकमा नोबेल पुरस्कार प्राप्त गर्ने व्यक्तिमात्र नभएर उनका सहकर्मीको समेत प्रतिष्ठा बढ्ने गर्दछ र उनीहरूका लागि प्राज्ञिक उन्नतिका थुप्रै सम्भावनाका ढोकाहरू खुल्ने गर्छन्। ओस्ट्रोमका नेपाली सहकर्मीलाई यस्तो अवसर प्राप्त हुनसक्यो वा सकेन त्यो पनि थाहा भएन। ओस्ट्रोमलाई नेपाल भ्रमणका लागि निमन्त्रणा दिन अमेरिकास्थित नेपाली राजदूत शंकर शर्मा इन्डियाना विश्वविद्यालय पुगे। विद्वानको उचित कदर हुनु राम्रो कुरा हो। तर त्यतिबेला ओस्ट्रोमसँगै अनुसन्धानमा संलग्न भएर महत्वपूर्ण योगदान दिएका नेपाली विज्ञहरूबारे कतैबाट चासो देखाइएन। उनीहरूको योगदानबारे पनि चर्चा हुनुपर्ने हो र राष्ट्रले उनीहरूको उचित कदर गर्नुपर्ने हो।
विदेशीसँगको संयुक्त अनुसन्धान परियोजनामा हाम्रा अधिकांश नेपाली विज्ञहरू बराबरको सहभागी नभएर सहायकको भूमिकामा नै सन्तुष्ट हुन्छन् र परियोजनामा संलग्न भएबापत प्राप्त हुने केही पारिश्रमिकमै चित्त बुझाउँछन्। कतिपय नेपाली अनुसन्धानकर्ता ज्ञानको खोजीभन्दा पनि आर्थिक लाभबाट बढी प्रेरित हुने गरेको पाइन्छ। विदेशीसँग मिलेर गरेको अनुसन्धानबाट प्राप्त हुने प्राज्ञिक एवं बौद्धिक उपलब्धिमा बराबरी हिस्सा दाबी गर्न नेपालीहरू त्यति महत्व दिंदैनन् वा आवश्यक ठान्दैनन्।

विदेशीसँग मिलेर गरेका कतिपय अनुसन्धानका नतिजा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित हुँदा नेपाली विज्ञको नाम सहअनुसन्धानकर्ताका रूपमा उल्लेख गरिएको पाइँदैन। नेपाली सहकर्मीलाई प्रायः लेखको अन्तमा सहयोगका लागि धन्यवाद मात्र दिइएको हुन्छ। केही समयअघि इटालीका वैज्ञानिकले नेपालमा गरेका उच्च पर्वतीय अनुसन्धानका आधारमा प्रकाशन गरेका करिब दुई सयवटा शोधपत्रको संग्रह गरी प्रकाशन गरेको एक पुस्तकमा एक दुईवटा लेखमा बाहेक नेपाली वैज्ञानिकको नाम सहलेखकका रूपमा कतै उल्लेख गरिएको पाइएन। ओस्ट्रोमले नेपालमा गरेको अनुसन्धानमा आधारित शोधपत्रको प्रकाशन गर्दा पनि नेपाली विज्ञहरूको नाम सहअनुसन्धानकर्ताका रूपमा उल्लेख गरिएको थियो वा थिएन, थाहा भएन। उल्लेख गरिएको भए अन्तर्राष्ट्रिय प्राज्ञिक जगतमा नेपाली अनुसन्धानकर्ताको भूमिका र योगदानको कदर हुने थियो। नेपालीको लागि त्यो आज गर्वको विषय बन्ने थियो। यसतर्फ त्यतिबेला ओस्ट्रोमलाई सहयोग गर्ने नेपाली विशेषज्ञहरूको ध्यान जान सकेको थियो कि थिएन?

विश्वका विभिन्न देशका अनुसन्धानकर्ता नेपाल आएर गहन अनुसन्धान गर्न र नेपालबारे थुप्रै ज्ञान सिर्जना गर्न सक्ने तर नेपालमै बसेर हामी नेपालीले यस्तो अध्ययन अनुसन्धान किन गर्न नसक्ने? किनभने हामी अनुसन्धानलाई महत्व दिंदैनौँ र हाम्रो समाज र सरकारले पनि अनुसन्धानलाई बौद्धिक वर्गको विलासी क्रियाकलापका रूपमा लिन्छ। सरकारले यसमा उचित लगानी गर्न आवश्यक देख्दैन। ओस्ट्रोमले नेपाल आएर गरेको अनुसन्धानको महत्व नेपालमै बसेका नेपाली विज्ञले पूर्वानुमान गर्न सकेको भए र आवश्यक आर्थिक स्रोत एवं पूर्वाधार उपलब्ध भएको भए सायद आफै पनि गर्न सक्ने थिए र सायद, ओस्ट्रोमले जस्तै नोबेल पुरस्कार प्राप्त गर्न सक्ने थिए।

अहिले जलवायु परिवर्तनले हिमालयको हिउँ पग्लेर नेपाल र नेपालीलाई गम्भीर असर पार्ने चेतावानी विज्ञहरूले दिंदै आएका छन्। सरकारले करोडौँ खर्चेर कालापत्थर र कोपेनहेगन पुगेर यस विषयमा विश्वको ध्यान आकर्षण गर्ने प्रयास गर्‍यो। विश्वको थप ध्यान आकृष्ट गर्न अब न्युयोर्कस्थित संयुक्त राष्ट्र संघ भवनअगाडि पनि प्रदर्शन गर्ने सरकारले योजना बनाएको छ भन्ने सुनिन्छ। तर समस्या समाधानका लागि नेपालका सम्बन्धित निकायमार्फत् आवश्यक अध्ययन अनुसन्धान गराउनेतर्फ सरकारको ध्यान गएको देखिँंदैन। त्यसका लागि आवश्यक नीति र बजेटको व्यवस्था गर्ने आवश्यकता पनि सरकारले महसुस गरेको देखिँंदैन। सायद यससम्बन्धी अनुसन्धानका लागि पनि हामी कुनै विदेशी अनुसन्धानकर्ता र आर्थिक अनुदानको प्रतिक्षामा छौँ। हाम्रो यस्तै प्रवृत्तिले गर्दा नेपालमा अनुसन्धान गरेर विदेशीले नाम, दाम, काम र सम्मान प्राप्त गर्छन् र हामी नेपाली उनीहरूको सहायकको भूमिकामा नै सन्तुष्ट हुन्छौँ र परियोजनामा संलग्न भएबापत प्राप्त हुने केही पारिश्रमिकमै चित्त बुझाउँछौँ।
अर्को समाचार
जापानमा रहेका नेपाली विज्ञ समुदायबीच अन्तर्क्रिया
२९ साउन २०७५
•
३ मिनेट पाठ
जापानमा रहेका नेपाली विज्ञ समुदायबीच अन्तर्क्रिया
काठमाडौं- जापानमा रहेका विज्ञ नेपाली समुदायको आयोजनामा टोक्योमा अन्तर्क्रिया भएको छ। नेपाल जापान डाइलोग सिरिज नाम दिएको अन्तार्क्रियामा जापानका विभिन्न विश्वविद्यालयमा अध्यापनरत नेपाली प्राध्यापक, अनुसन्धानकर्ता साथै कर्पोरेट सेक्टरमा कार्यरत विज्ञहरु सहभागि थिए। कार्यक्रममा नेपाली र नेपालसंग नजिक रहेका केहि जापानीहरुको पनि उपस्थिति रहेको थियो।




प्रमुख वक्ता एहिमे विश्वविद्यालयका सह–प्राध्यापक डा. नेत्र प्रकाश भण्डारीले नेपालको बर्तमान विकासको मोडलको बारेमा वोलेका थिए। टोक्यो सिटी युनिभर्सिटीका प्राध्यापक डा.होम रिजालले सहरी दिगो वातवरणीय सुधारको बिषयमा, कमनवेल्थ इञ्जिनियरिङ कम्पनीका चिफ इन्जिनियर डा. झबिन्द्र घिमिरेले दिगो पूर्वाधार विकासको बारेमा, टोकियो विश्वविद्यालयका सह–प्राध्यापक डा.भुवनेश्वर शाहले जमिन, जलस्रोत तथा पुर्वाधार विकासको बारेमा, सूचना प्रविधि विज्ञ चण्डी सुवेदीले सूचना प्रविधिको विभिन्न छेत्रमा सम्भाव्यता, भूकम्प प्रविधि राष्ट्रिय समाजका गणेश जिमीले प्राकृतिक प्रकोपमा क्षति कम गर्न र जीउधनको सुरक्षा गर्न जापानबाट धेरै सिक्न सकिने बताए।

सिटिनेटका निर्देशक केन्द्र बरुवाले अन्तर्राष्ट्रिय अनुभव र कार्यप्रणालीका साथै नेपालमा नीतिगत तथा कार्यान्वयन पद्दतिमा रहेका सकारात्मक तथा कमि कमजोरीहरुलाइ औल्याएका थिए।

कार्यक्रममा जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले जापानमा रहने बिज्ञ नेपाली समुदायहरु संगको भेटले आफु हर्षित भएको र नेपाली दूतावासले यस्ता खालको कार्यक्रमहरुमा प्रोत्साहन र सहयोग हुने बताइन्। गैरआवसीय नेपाली संघका अध्यक्ष भवन भट्टले विश्वकै उत्कृस्ट प्रविधि र विकास भएको जापानबाट धेरै कुरा सिक्न सकिने र जापानमा रहेका बिज्ञहरुले सुरु गरेको अन्तरक्रिया सकारात्मक र सान्दर्भिक भएको बताए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस