कांग्रेसमा 'एक व्यक्ति एक पद'
१७ चैत्र २०७२
•
१७ मिनेट पाठ
कांग्रेसमा 'एक व्यक्ति एक पद'
भर्खरै कांग्रेसको १३औँ महाधिवेशनमा अत्यधिक लोकप्रिय मतले सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन्। निर्वाचनको दुई साता नबित्दै कांग्रेस संसदीय दलको नेताको चुनावको सरगर्मी सुरु भएको छ। देउवाको विजयोत्सव मनाएर भर्खरै आआफ्ना घरगाउँ फर्कंदै गरेका महाधिवेशन प्रतिनिधि पार्टीको संसदीय मोर्चामा पनि उही प्रतिद्वन्द्वीसँग नै देउवाले पुनः प्रतिस्पर्धा गर्नुपर्ने स्थिति आउन लागेकोमा तीनछक परेका होलान्।गत साता एक चर्चित श्रव्यअन्तर्वार्ताका क्रममा पार्टी निर्वाचनमा देउवाका प्रतिद्वन्द्वी रहेका रामचन्द्र पौडेलले कांग्रेसका ४१ जिल्ला सभापतिले अझै पनि आफूलाई सभापतिकै रूपमा स्वीकार गरेको कुरा उठाए। त्यस्तै, २०४९ र २०५६ सालमा पार्टी सभापति र संसदीय दलको नेता बेग्लाबेग्लै रहेको कुरासमेत निकाले। उनले पार्टी निर्वाचनमा उनलाई प्राप्त भएको मत र आफ्नै प्यानलका निर्वाचित पदाधिकारीले पाएको मतसंख्याबीचको ठूलो अन्तरप्रति पनि आशंका प्रकट गरेका थिए। सभापति देउवाले एक व्यक्ति एक पदको सिद्धान्त स्वीकार गर्नुपर्ने, जसअनुसार पार्टीको संसदीय दलको नेतामा अब आफूलाई स्वीकार गर्नुपर्ने जिकिर पनि गरेका थिए।

पार्टीको सांगठनिक मोर्चामा त देउवाको विजय भयो नै। अब पार्टीमा एकताको सन्देश दिनका लागि पनि उनले संसदीय मोर्चामा रामचन्द्रलाई छाडिदिनुपर्ने भन्दै केही नेता देउवाको घरसम्मै पुगेर वकालत गरेकोे कुरा सञ्चार माध्यममा आएका छन्। मानौँ, उनीहरूले नै पौडेलमाथि देउवाको विजय सुनिश्चित गरेका थिए र अनुगृहित देउवाले उनीहरूको प्रस्तावलाई तत्कालै स्वीकार गर्नेछन्! प्रष्टरूपमा भन्ने हो भने, देउवाले पार्टीको सभापतिमात्रै चलाएर रामचन्द्रलाई प्रधानमन्त्री हुने बाटो सहज गरिदिनुपर्ने प्रस्ताव थियो त्यो। परोक्षरूपमा नमानेका खण्डमा पार्टी एक ढिक्का भएको नदेखिने र देउवाले पार्टीभित्रको गुटबन्दीको सामना गरिराख्नुपर्ने चेतावनी पनि थियो त्यो प्रस्ताव।

व्यवस्थापन शास्त्रमा 'एक व्यक्ति, एक पद, एक जिम्मेवारी'को सिद्धान्तको चर्चा गरिएको हुन्छ। यसैलाई आवश्यकतानुसार उपयोग गर्नका लागि नेताहरूले राजनीतिक दलभित्र पनि बेलामौकामा आयात गर्ने गर्छन्। एक व्यक्ति एक पद नभएको स्थितिमा सुशासनमा बाधा पर्ने, पार्टीभित्र गुटउपगुटहरू खडा भई स्वार्थसंग्राममा वृद्धि हुने, महŒवपूर्ण निर्णयहरू समयमा हुन नसक्ने र भ्रष्टाचार मौलाउँदै जाने स्थितिको सृजना हुन सक्ने सन्दर्भ औँल्याउने गरिन्छ।

एक व्यक्ति एक पदको नारा नेपाली कांग्रेसमा अहिलेमात्रै लागेको होइन। २००८ साल मंसिरमा पार्टी सभापति मातृकाप्रसाद कोइरालाको अध्यक्षतामा बनेको नेपाली कांग्रेसको एकमना सरकारबाट पार्टीका काम हुन नसक्ने भन्दै सर्वप्रथम बीपी कोइरालाले नै एक व्यक्ति एक पदको माग गरेका थिए। त्यसैको परिणामस्वरूप ६ महिनापछि २००९ जेठमा जनकपुरमा भएको पार्टीको पाँचौ महाधिवेशनमा बीपी पार्टीको निर्विरोध सभापति पनि भए। २०४९ मा कृष्णप्रसाद भट्टराई अध्यक्ष हुँदा पार्टी संसदीय दलका नेता निर्विरोध चुनिएर गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएका हुन्। २०५६ मा गिरिजाप्रसाद सभापति हुँदा कृष्णप्रसाद पनि निर्विरोध संसदीय दलका नेता चुनिएर प्रधानमन्त्री भएका हुन्। त्यसैले २०४९ र २०५६ मा एक व्यक्ति एक पदको विवाद सृजना हुने आधार नै थिएन।

हाम्रो देशमा मात्रै होइन, छिमेकी देश भारतका सत्तासीन दलहरूमा पनि एक व्यक्ति एक पदको नारा बेलाबेलामा लाग्ने गर्छ। तर, पार्टीका शक्तिशाली नेताहरूले बहुधा आफ्नो क्षुधा शान्तिका लागि र कहिलेकाहीँ अन्य महŒवाकांक्षी नेताहरूको व्यवस्थापनका लागि यो नारालाई उचाल्ने गरेका हुन्छन्। भारतको कांग्रेस पार्टीले सन् १९९४ मा हरियाणाको सुरजकुन्डमा भएको बृहत् भेलाबाट आफ्नो विधानमा पहिलो पल्ट एक व्यक्ति एक पदको व्यवस्था गरेको थियो। तर, त्यो प्रावधान तत्कालीन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पीभी नरसिंह रावविरुद्ध पार्टीभित्रका उनका विपक्षीले पास गराएका थिए, जो रावलाई पार्टी अध्यक्षबाट हटाउन चाहन्थे। चलाख रावले तत्काल एउटा संशोधन प्रस्तावबाट यो प्रावधान पार्टीको राष्ट्रिय अध्यक्षको हकमा लागु नहुने भनी पास पनि गराए। सन् २००८ मा एके एन्टोनी नेतृत्वको कार्यदलले एक व्यक्ति एक पदको व्यवस्था कडाइका साथ लागु गर्नुपर्ने सिफारिस गर्दै एक प्रतिवेदन भारतीय कांग्रेस अध्यक्ष सोनिया गान्धीलाई बुझायो। भनिन्छ, सोनिया पार्टीभित्र एक व्यक्ति एक पदको व्यवस्था स्थापित गर्न लागिपरेकी थिइन्, तर उनैले केही महिनापछि एन्टोनीलाई नै रक्षा मन्त्रीको कार्यभारका साथै कर्नाटक राज्यको पार्टीको कार्यभार पनि हेर्नुपर्ने जिम्मेवारी थपिदिइन्। एक व्यक्ति एक पदको सिद्धान्तलाई भारतीय कांग्रेसभन्दा भारतीय जनता पार्टी (भाजपा)ले बढी अपनाएको देखिन्छ। भाजपाका अध्यक्ष राजनाथ सिंहको तीन वर्षे कार्यकालमा दुई वर्षको समयावधि बाँकी रहे पनि मोदी सरकारमा गृह मन्त्री भएपछि उन्ले अध्यक्ष पद त्यागे र सो पदमा अमित शाह बहाली भए। उनीभन्दा पहिलेका अध्यक्ष नितिन गड्करीले आफ्नो कार्यकाल पूरा गरेका थिए। कार्यकर्तामा आधारित(क्याडर बेस्ड) पार्टी भएकाले भाजपामा एक व्यक्ति एक पदको सिद्धान्त बढी कठोरता, तर सहजताका साथ लागु भएको देखिन्छ। कांग्रेसजस्तो जनआधारित (मास बेस्ड) पार्टीमा यो सिद्धान्त उच्च नेतृत्वले अनुभूत गरेको आवश्यकतानुसार मात्रै लागु भएको देखिन्छ।

पौडेलको प्रस्ताव लिएर देउवाकहाँ जिकिर गर्न जाने टोलीमा कोइराला परिवारका विजयी सदस्य कोही पनि थिएनन्। यसपल्टको पार्टी निर्वाचनमा कोइराला परिवारको दोस्रो पुस्ताका तीनै जनाले राम्रो प्रदर्शन गरेको अनुभव गरिएको छ, पारिवारिक विरासतलाई संयुक्त भएर प्रतिरक्षा गर्न सकिने रहेछ भन्ने पाठ सिकाएको छ। त्यसो त पार्टी सभापति सुशील कोइराला नै सभापतिको उम्मेदवार हुने सम्भावनाका बीचमा बहुसंख्यक क्षेत्रबाट महाधिवेशन प्रतिनिधिको निर्वाचन भैसकेको थियो। तर, महाधिवेशनको पूर्वसन्ध्यामा अचानक भएको सभापति कोइरालाको देहावशानले कोइराला परिवारबाट खडा भएका उम्मेदवारहरूप्रति महाधिवेशन प्रतिनिधिमा देखिएको सहानुभूतिले पनि मतसंख्या बढाउन सहयोग गरेको हो। अब पारिवारिक विरासतलाई थेग्न र निरन्तरता दिन कोइराला परिवारका तीनै जनाले पार्टीका तीनवटै मोर्चा सम्हाल्ने सम्भावना देखिएको छ– एक जनाले पार्टीको मोर्चा, अर्काले संसदीय मोर्चा र बाँकी एकजनाले सरकारको मोर्चा। तर, यी सबै कार्यका लागि सभापति देउवाको सहयोग अपरिहार्य हुनेछ। भविष्यमा सभापति देउवाको यस्तो सहयोगलाई सुनिश्चित गर्न पनि पौडेललाई संसदीय दलको नेता बनाउने कार्यमा निर्वाचित कोइरालाहरू अग्रसर नभएको हुनसक्ने सम्भावनालाई नकार्न सकिँदैन।

सभापतिमा पराजित पौडेलले संसदीय दलको नेतृत्वबाट पनि हात धुनुपर्ने स्थितिमा असहाय अनुभव गर्नुको सट्टा देउवाको हात बलियो बनाउनेबाहेक अर्को विकल्प देखिँदैन। कृष्णप्रसादलाई प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य परिएपछि २०५६ चैत ९ गते गिरिजाप्रसादको नेतृत्वमा बनेको मन्त्रिमण्डलमा उपप्रधानमन्त्रीसम्म भएका पौडेलले झन्डै सात वर्षपछि २०६३ चैतमा गठन भएको मन्त्रिमण्डलमा शान्ति तथा पुनर्निर्माण मन्त्रीमात्रै हुन पनि स्वीकार गरेकै हो। लोकतन्त्रमा यस्तो प्रक्रिय हुन्छ पनि, एकपल्ट माथि गएपछि सधैँभरिका लागि ठालु पल्टिनुपर्ने हाम्रो सामाजिक र संस्कारगत सोचले गर्दा यस्तो प्रक्रिया हाम्रा लागि अस्वाभाविक लागेको मात्रै हो। प्रजातन्त्रको जननी मानिने बेलायतमा कुनैबेला प्रधानमन्त्री भैसकेका एलेक डगलस ह्युम पार्टीभित्र आफूभन्दा धेरै कनिष्ठ रहेका एडवर्ड हिथको प्रधानमन्त्रित्वमा परराष्ट्र मन्त्री खान राजी भए। तल्लो तहदेखि नै राष्ट्रपति चयनको प्रक्रिया अपनाएर लोकतन्त्रको उत्कृष्ट अभ्यास गर्ने संयुक्त राज्य अमेरिकामा राष्ट्रपतिका प्रत्यासी बाराक ओबामाको कडा प्रतिद्वन्द्वीको रूपमा आफूलाई प्रस्तुत गरेकी हिलारी क्लिन्टनले ओबामाको परराष्ट्र मन्त्री भएर धेरै समय काम गरिन्। त्यसैले कालान्तरमा पुनः पौडेललाई उपप्रधानमन्त्री बनाइने बचनबद्धता गरिएमा पार्टी एकता हुने कि नहुने?

मुलुक अहिले तीन प्रमुख चुनौतीबाट गुजि्ररहेको छ– पहिलो, भूकम्पपीडित परिवार र क्षेत्रलाई सुव्यवस्थित गर्नुपर्ने दोस्रो, असन्तुष्ट मधेसी समुदायमा विश्वास र अपनत्वको वृद्धि गर्दै मधेस आन्दोलनलाई पूर्णविश्राम गराउर्ने र तेस्रो, संविधानलाई पूर्ण कार्यान्वयनमा लैजाने।

यी सम्पूर्ण कार्य गर्नका लागि देउवाले नै अग्रसरता लिनुपर्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय बाध्यता देखापर्दैछन्। विगतमा उनकै अग्रसरताबाट कोहलपुरदेखि महाकालीसम्मका २२ वटा पुल निर्माण गर्नमा भारतीय पक्ष बाध्य भएको थियो, जसले गर्दा मेचीदेखि महाकालीसम्म निर्वाध यातायात सम्भव हुन सक्यो। अब फेरि त्यस्तै अग्रसरताले मात्रै भूकम्पपीडित तथा ध्वस्त भौतिक पूर्वाधारको पुनसंरचना सम्भव हुने छाँटकाँट देखिँदैछ। मधेसको समस्याका साथै स्थानीय, प्रादेशिक तथा राष्ट्रिय निर्वाचनसमेत सम्पन्न गर्नका लागि पार्टीभित्र अविच्छिन्न समर्थन उनका लागि अपरिहार्य छ।

देउवासँग आउँदो दुई वर्षको मात्र समय बाँकी छ। त्यसलगत्तै नयाँ संविधानअनुसार आमनिर्वाचन गर्नुछ। हाल कायम २४० निर्वाचन क्षेत्रलाई पुनर्निधारण गरी १६५ मा झार्नुपर्नेछ। त्यस्तै, देउवामाथि स्थानीय निकायको निर्वाचन हुन नदिएर झन्डै १८ वर्षदेखि स्थानीय निकाय निर्वाचित प्रतिनिधिविहीन भएको भन्ने अवगाल पनि छ। २०५४ मा भएको स्थानीय निकायको दोस्रो निर्वाचनपछिको पाँच वर्षे कार्यकाल सकिँदा उनी दोस्रोपल्ट प्रधानमन्त्री भएका थिए। उनले त्यतिखेर स्थानीय निर्वाचन गराउने अग्रसरता देखाएर निर्वाचनको मिति मात्र घोषण गर्न सकेको भए राजा ज्ञानेन्द्रले २०५९ असोज १८ गते नेपालको राजनीतिमा लामो हात गर्नुभन्दा पहिले दुईपल्ट सोच्नेथिए भन्नेको कमी छैन अहिले पनि। देउवाले त्यसको शोधभर्ना गर्ने मौकामात्र पाएका छैनन्, संविधानमा व्यवस्था भएको प्रादेशिक संरचनाअनुरूप प्रदेशसभाको निर्वाचन गराइ सातै प्रदेशमा प्रादेशिक सरकारको शुभारम्भ पनि गराउनुपर्नेछ। त्योभन्दा पहिले प्रदेश संरचना र प्रदेशसभाका लागि निर्वाचन क्षेत्रहरूलाई सर्वस्वीकृत गराउनुपर्नेछ।

यी सवै काम द्रुत गतिमा सम्पन्न गर्नका लागि देउवाले पार्टीभित्र गतिशील र उपयुक्त उपसभापतिका साथै उपयुक्त महामन्त्री र अन्य विश्वासी सहयोगी चयन गर्नुपर्नेछ। पार्टीलाई बढी समावेशी बनाउँदै २१औँ शताब्दीअनुकूल ढाल्नुपर्नेछ। वरिष्ठ नेतामा जनजातिमूलको व्यक्ति र उपसभापतिमा मधेसीमूलको व्यक्तिलाई ल्याउन सकेमा देउवाको समावेशिताप्रतिको प्रतिबद्धता झनै उदाहरणीय हुन सक्नेछ। यस्तो नियुक्तिले खस, जनजाति र मधेसी समुदायले पार्टीमा आफ्नो स्वामित्व पहुँच र प्रतिनिधित्वमा वृद्धि भएको अनुभव गर्नेछ।
अर्को समाचार
काग्रेसमा एक व्यक्ति एक पद कडाई साथ लागू गरिने
३० कार्तिक २०६७
•
११ मिनेट पाठ
काग्रेसमा एक व्यक्ति एक पद कडाई साथ लागू गरिने
गोविन्द परियार, काठमाडौं, मंसिर १ - कांग्रेस सभापति सुशील कोइरालाले आफ्नो कार्यकालमा पार्टीले एक व्यक्ति एक पदको नीति अवलम्वन गरि कडाई साथ कार्यान्वयन गर्ने बताएका छन्। 'मैले पार्टीभित्र धेरै अघिदेखि एक व्यक्ति एक पदको नीति लागु गर्न माग गरिरहेको थिए, अव मेरो कार्यकालमा यसलाई कार्यन्वयन गर्नेछु' कोइरालाले भने।

मंगलबार आफ्नौ निवास महाराजगंजमा नागरिकसँग कुरा गर्दै उनले पार्टी, सरकार र अन्य राजनीतिक नियुक्ती लगायतको व्यवस्थापनमा विगत जस्तो हानथाप रोक्न एक पदको नीति लागु गरिने बताए। यस्तो नीतिले एउटै व्यक्ति जताततै हावी नहुने र पार्टीबाट सबैले अवसर पाउने उनको दावी छ।

उक्त नीतिको कार्यान्वयन पार्टीका तीन पदाधिकारी नियुक्तिबाटै हुने जानकारी उनले दिएका छन्। पार्टी विधान अनुसार अधिवेशन सम्पन्न भएको दुई महिनाभित्र सभापतिको प्रस्तावमा केन्द्रिय समितिले उपसभापति, महामन्त्री र सहमहामन्त्री नियुक्त गर्न बाँकि छ।

सरकार वा अन्य राजनीतिक नियुक्तिमा पनि एक पदको नीति लागु हुनेछ। पार्टी पदाधिकारी, मन्त्री, उपप्रधानमन्त्री, प्रधानमन्त्री लगायत एक पद मानिने व्याख्या उनको छ। कन्द्रिय सदस्य, सभसद् वा जिल्ला सभापतिलाई भने एक पदको अंकुश लाग्ने छैन।

'पार्टीका केन्द्रीय पदाधिकारी सरकारमा मन्त्री भएर जान हुदैन, मन्त्री हुन चाहनेले पार्टी पदाधिकारीको आकांक्षी बन्नु हुदैन,' एक पदको नीति प्रष्ट पार्दै उनले भने।
मनोनित तीन पदाधिकारीमा धेरै आकांक्षी देखिएपछि उनले एक पदको नीतिमा जोड दिएका हुन्। मनोनित एक उपसभापतिमा रामचन्द्र पौडेल, सुजाता कोइराला र कुलबहादुर गुरुङले आकांक्षी छन् भने महामन्त्रीमा अर्जुननरसिंह केसी, रामशरण महत र कृष्णप्रसाद सिटौलाले दावी गर्दै आएका छन्।

सभापति कोइरालाले एक पदको नीति कार्यान्वयन भएमा संसदीय दलका नेता पौडेल उपसभापति बन्ने सम्भावना अन्त्य भएको छ। पार्टी सरकामा जा"दा दलको नेता प्रधानमन्त्री बन्नुपर्ने र अरुबेला संसदमा पार्टिको भुमिका निभाउनुपर्ने जिम्मेवारी भएकाले पदाधिकारी बनाउ"दा अधिक कार्यबोझ हुने उनले बताए।
'सबै साथिलाई जिम्मेवारी दिनुपर्छ। कसैलाई दोहोरो र बढि भार नदिने नीति मैले बनाएको हो,' पौडेलको उपसभापतिमा नियुक्तिबारे नागरिकको प्रश्नमा कोइरालाले भने, 'संसदिय दलको नेतालाई एक पदको नीति लाग्छ।'

पार्टीको विधानमा महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र पदाधिकारी र केन्द्रीय सदस्य मनोनित गरिसक्नु पर्ने प्रावधान छ। कांग्रेसको बाह्रौ महाधिवेशन सम्पन्न भएको मंसीर पहिलो साता दुई महिना पुग्दैछ। सभापति निर्वार्चित भएपछि कोइरालाले केन्द्रीय सदस्यमा शेरबहादुर देउवा एक जनालाई मात्रै मनोनित गरेका छन्। सभापतिलाई २१ जना केन्द्रीय सदस्य मनोनित गर्ने अधिकार विधानमा छ।

बाह्रौ महाधिवेशन लगत्तै विरामी परकाले पदाधिकारी र सदस्य मनोनयनमा ढिलाई भएको कोइरालाले नागरिकसाग बताए। 'मेरो स्वास्थ्यका कारण मनोनित गर्ने प्रक्रिया अघि वढ्न नसकेको हो अव चाडैनै मनोनयन हुन्छ' कोइरालाले भने।

उनले पार्टीका भातृ संस्था वा अन्य कुनै निकायमा रहेर बाह्रौ महाधिवेशनमा केन्द्रीय सदस्य निर्वार्चित भएकाहरुलाई पनि विगतको पद छोड्न निर्देशन दिने बताए। 'केन्द्रीय सदस्य भईसकेपछि पार्टीका अरु निकायको जिम्मेवारी छोड्नु पर्छ' कोइरालाले भने, 'पार्टीभित्र एक व्यक्तिले एउटा मात्रै महत्वपूर्ण जिम्मेवारी लिने र त्यसलाई अनुशासित भएर पालना गर्ने नीति मेरो कार्यकालमा लागु गराउछु।'

कोइरालाले बाह्रौ महाधिवेशनवाट पदाधिकारी र केन्द्रीय सदस्यमा पराजित भएकालाई पनि पार्टीको आवस्यकता हेरी केन्द्रीय सदस्यमा मनोनित गर्ने बताए। 'पराजित भएकालाई ल्याउन हुदैन र ल्याउन हुन्छ भन्ने दुवै खाले सुझाव आएका छन्, तर पार्टीलाई आवस्यक पर्ने साथीहरु पराजित भए पनि केन्द्रीय सदस्यमा मनोनित हुन्छन्' उनले भने।

बाह्रौ महाधिवेशनपछि पार्टीमा कुनै गुट र विभाजन नभएको बताउदै कोइरालाले एकतामा दुविधा र शंका गर्न नहुने बताए। 'बाह्रौ महाधिवेशन एकता महाधिवेशन पनि हो, महाधिवेशनपछि पार्टीमा कुनै गुट छैन, पार्टी एक भएकाले कसैले पनि भागवण्डाको राजनीति गर्न हुदैन।' उनले पार्टीभित्र कसैले पनि प्रतिशतका कुरा गर्न नहुने बताउदै पार्टीभित्र न्याय, विवेक, मुल्यांकन र अनुशासन पालना गराउने बताए।

कोइरालाले पार्टीको निर्णयलाई पालना गर्ने पद्धतीको विकास गनुपर्ने बताउदै सबै नेता तथा कार्यकर्ताहरुलाई पार्टीको अनुशासनको पालना गर्न आग्रह गरेका छन्।
'पार्टीभित्र अनुशासन महत्वपूर्ण कुरा हो, अनुशासनको पालना भएन भने एउटा घर त चल्न सक्दैन भने पार्टी कसरी चल्छ' कोइरालाले भने, 'पार्टीका नीति नियम र निर्णय अनुसार अनुशासनको दायरा नाघ्नेलाई कारवाही र राम्रो काम गर्नेलाई प्रोत्साहन गर्ने पद्धतीको विकास गर्नुपर्छ।'

सभापतिको 'प्रिभिलेज'मा अंकुश लगाउन हुदैन
कोइरालाले पार्टीको शंसोधित विधानले सभापतिको अधिकार कटौती गर्दा पार्टी हाक्न अप्ठ्यारो पर्ने देखिएकाले विधान शंसोधन गरी अधिकार बढाउनु पर्ने बताए। 'अहिलेको विधानले सभापतिका हात खुट्टा बाधेको छ' उनले भने, 'लोकतान्त्रीक पार्टीमा सभापतिलाई मजवुत बनाउन सकिएन भने त्यसले पार्टीलाई नै कमजोर बनाउछ, त्यसैले वर्तमान विधानमा पुर्नविचार गरी सभापतिको अधिकारमा हेरफेर गर्नु पर्ने आवस्कयकता मैले देखेको छु।'

कोइरालाले विधानले सभापतिको 'प्रिभिलेज'मा अंकुश लगाएको बताउदै सभापतिलाई वलियो बनाएर कांग्रेसको परम्परागत पहिचान कायम गराउनु पर्ने तर्क गरे। 'कांग्रेस स्थापनादेखिनै विपि कोइराला, सुवण शम्सेर र किशुनजीले सभापतिलाई अधिकार दिनुपर्छ भनेर सदस्यहरु मनोनितको अधिकार सभापतिलाई दिएका हुन' कोइरालाले भने, 'अहिले ८० प्रतिशत सदस्य निर्वार्चित गर्दा सभापति निर्णय गर्न नसक्ने अवस्थामा पुग्ने देखिएको छ।'


भातृ संस्थाहरु भंग हुने
कोइरालाले लामो समयदेखि आन्तरिक विवादका कारण निष्कृय रहेका सबै भातृ संस्थाहरु भंग गरी महाधिवेशन तयारी समिति गठन गर्ने पनि बताए। 'समयावधि सकिएका सबै भातृ संस्थाहरु स्वतह भंग हुन्छन' उनले भने, 'अव छिटै पार्टीले महाधिवेशन तयारी समिति बनाएर महाधिवेशन गराउने जिम्मा दिन्छ।' नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, किसान संघ, आदीवाशी जनजाति संघ लगायत आधा दर्जनभन्दा वढि भातृ संस्थाको समयवधि सकिए पनि अधिवेशन हुन सकेका छैनन्। तरुण दल र नेविसंघमा भने पार्टी एकीकरणदेखिको विवादका कारण बैठक समेत बस्न सकेका छैन्। पार्टीका सबै अंगहरुलाई पुन क्रियाशिल गराउन म्याद सकिएका भातृ संस्थाहरु भंग गर्ने कोइरालाको भनाई थियो। 'जुन जुन भातृ संस्थाको म्याद सकिएको छ त्यसलाई भंग गरी महाधिवेशन आयोजक समिति गठन हुन्छ' उनले भने। कोइरालाले विधान अनुसारका विभाग र समितिहरु पदाधिकारी र केन्द्रीय सदस्य मनोनित प्रक्रिया सकिए लगत्तै गठन गर्ने बताएका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस