कांग्रेस पदाधिकारीका अनुहार
०१ चैत्र २०७२
•
१८ मिनेट पाठ
कांग्रेस पदाधिकारीका अनुहार
देशको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसले निर्वाचनमार्फ नेतृत्व छान्यो । सभापतिमा रामचन्द्र पौडेललाई उछिन्दै शेरबहादुर देउवा निर्वाचित भए । अर्जुननरसिंह केसी तथा चर्चित युवा उम्मेदवार गगन थापालाई पछि पार्दै कांग्रेसका आर्किटेक्ट बीपी कोइरालाका पुत्र शशांक कोइराला महामन्त्रीमा निर्वाचित भए।सहिद परिवारकी सीतादेवी यादव भारतीय चेली भएर पनि धेरै पटक मन्त्री बनेकी चित्रलेखा यादवलाई हराउन सफल भइन् । त्यस्तै केन्द्रीय सदस्यमा निर्वाचित भएका वा हुनलागेका अनुहार हेर्दा कार्यकर्ताले कुनै एकै पृष्ठभूमि तथा अनुभव भएका व्यक्तिलाई मात्र रोजेको देखिएन बरु अनुभव, निष्ठा, पारिवारिक विरासत, आर्थिक स्रोत परिचालन, बौद्धिक क्षमता तथा युवा शक्तिलाई समान भाउ दिएको देखियो । कोइराला, निधि र सिंह परिवारका उत्तराधिकारी, प्रदिप गिरिजस्तो राजनीतिक चिन्तक, प्रदीप पौडेल तथा विश्वप्रकाश शर्माजस्ता ऊर्जावान युवाकै दाँजोमा भ्रष्टाचारको आरोपमा जेल सजायँ पाएका खुमबहादुर खड्कालाई समेत कार्यकर्ताले गरेको भरोसाले पार्टी चल्नका लागि भिन्नभिन्न तप्काका मानिस आवश्यक रहेको कांग्रेस कार्यकर्ताले बुझेको देखियो । हरेक किसिमका व्यक्ति आवश्यक भए पनि एक क्षेत्रमा दक्षता हासिल गरेको व्यक्तिलाई अर्को विषयको दायित्व नपरोस् भन्ने कुरामा भने पार्टी चनाखो रहनुपर्छ ।




हार्ने पक्षका लागि चुनावी परिणामको वरण त्यति सहज हँुदैन । त्यसैले धाँधली भएकोदेखि आर्थिक चलखेलका कारण आफूले चुनाव हारियो भन्नेसम्मका प्रतिक्रिया आए । विधिलाई स्वीकार गरेर निर्वाचनमा सहभागी भइसकेपछि परिणामविपरीत आउनेबित्तिकै प्रक्रियाका सम्बन्धमा प्रश्न उठाउनु प्रजातन्त्र र कांग्रेसको स्थापित मान्यताविपरीत हुने हेक्का सबैले राख्नुपर्छ । कांग्रेसमा कृष्णप्रसाद भट्टराई सबैका आदर्शपात्र हुन् । प्रजातन्त्रप्रतिको अटल विश्वास तथा लालचरहित सन्त स्वभावका कारण नै उनको नेतृत्वमा नेपाली कांग्रेसले प्रजातन्त्र पुनस्र्थापनाको नेतृत्व लिन सक्यो । प्रतिबन्धित अवस्थामा सफलतापूर्वक पार्टी हाँकेका भट्टराईले खुला राजनीतिमा पार्टी चलाउने तथा दल र सरकारबीच समन्वयसेतुको रूपमा काम गर्न सकेनन् । प्रतिबन्धित अवस्थामा सबैलाई मिलाएर लानुपर्ने मान्यतामा प्रशिक्षित भट्टराईले बहुदलीय व्यवस्थाको आगमनपछि कठोर निर्णय लिन नसक्नु अन्यथा होइन । आपैm उठेको संसदीय उपचुनावमा धाँधली गरी हराउनेलाई समेत कारबाही गर्न सकेनन् उनले । त्यसपछि यस्तो कमजोर सभापतिले हाँकेर कांग्रेसले देशको चुनौती सामना गर्न नसक्ने आवाज उठ्न थाल्यो । पछि शुभेच्छुकहरूले नै भट्टराईलाई पार्टी नेतृत्व गिरिजाप्रसाद कोइरालालाई सुम्पन सल्लाह दिए । कार्यकर्ता स्थायीरूपमा कसैका व्यक्तिगत होइनन् र उनीहरूको हित पार्टीको वृहत्तर भलोसँग गाँसिने भएकाले ती चलायमान हुनु अन्यथा होइन । तसर्थ, कुनै पनि पार्टी जीवन्त हुन दलको नेतृत्व समयानुकूल परिवर्तन अपरिहार्य हुन्छ । आज ठीक भएको नेतृत्व भोलि 'आउटडेटेड' हुनु नौलो होइन ।

अब कस्तो व्यक्ति नेतृत्वमा पुगोस् भन्ने मतदाताको चाहना हुन्छ त्यता हेराँै । अमेरिकामा सन् २००४को राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन पार्टीका जर्ज बुस र डेमोक्रेटिकका जोन केरी प्रतिस्पर्धामा थिए । आफ्नो प्रथम कार्यकालमा इराक र अफगानिस्तान युद्धमा देशलाई होमेर अर्थतन्त्र तहसनहस बनाएको आरोपसहित दोस्रो कार्यकालको लागि बुस चुनाव लड्दै थिए । देशको अर्थतन्त्र धारशायी बनाएको आरोप लागेका बुसभन्दा केरीको अवस्था प्रारम्भमा निकै मजबुत देखिन्थ्यो । तर, युद्धमार्पmत् आतंककारीको गढ समाप्त नगरेको भए अमेरिकाले सेप्टेम्बर ११ जस्तै अर्को आतंककारी हमला सामना गर्नुपर्ने र अरबयुद्ध बाध्यात्मक परिस्थितिको उपज भएको कुरामा अन्त्यसम्म दृढ रहे बुस । केरीको प्रस्तुति भने चलायमान रह्यो । एक स्थानमा आपैmले गरेको कुरो अर्को ठाउँमा गएर आफै काट्थे । एउटै कुरामा दृढ हुनुको बदला स्थान र स्रोतको चाहनाअनुरूपको भाषण गर्न थालेपछि उनी सस्ता देखिन गए । कदाचित राष्ट्रपतिमा जिते नै भने पनि केरी निकै फितलो हुने ठहर गरे मतदाताले । अमेरिकी चुनौतीको सामना गर्न कमजोर राष्ट्रपतिले नसक्ने बरु विगतमा गल्ती नै गरे पनि दृढ नेता चाहिने ठहर गरे जनताले । यसरी प्रतिकूल अवस्था हुँदाहुँदै पनि बुस दोस्रोपल्ट राष्ट्रपति निर्वाचित भए । गिरिजाप्रसाद र कृष्णप्रसादको राष्ट्रिय विश्लेषण र बुस तथा केरीको अमेरिकी विश्लेषणले आफ्नो कुरामा टिक्न नसक्ने सज्जन नेतृत्वभन्दा केही कमजोरी भए पनि दह्रो खुट्टा टेक्न सक्ने व्यक्तिलाई नेता मान्न जनता राजी हुन्छन् भन्ने देखियो ।

सरकारमा टिक्नका लागि विभिन्न विकृति भित्राएको, पार्टी विभाजन गरेको, राजासँग गठजोड गरेर संसद् विघटन गरेकोलगायतका आरोप लागेका देउवाले तुलनात्मकरूपमा बेग्लै छवि भएका पौडेललाई कसरी पराजित गरे भन्ने प्रश्न उठ्नु अस्वाभाविक भएन । देउवासँग मिलेर पार्टी विभाजनको रूपरेखा तयार गर्ने, तर अन्तिममा धोका दिएर पन्छने पौडेलभन्दा निर्णय गरिसकेपछि गलत नै भए पनि पछि नफर्कने शेरबहादुर दल हाँक्ने सवालमा उचित नेता हुन सक्ने ठहर गरे कांग्रेसी मतदाताले । सुशील कोइरालाको सभापतित्वकालमा पार्टीका भ्रातृसंस्थाहरूको अधिवेशन पनि हुन सकेन । पार्टीको आधारस्तम्भका रूपमा रहने दर्जनौँ विभाग गठन हुन नपाउँदै विवादमा मात्र परेनन्, बरु कहिल्यै क्रियाशील भएनन् । उपसभापति भएका नाताले सुशीलको कार्यकालमा भएका खराब कामको अपजस पौडेललाई बोकाउनु अस्वाभाविक भएन । ठीक–बेठीकको दोसाँधमा बसेर अलमल गर्ने पौडेलभन्दा कमसल नै भए पनि तत्कालै काम फत्ते गर्ने देउवालाई कार्यकर्ताले रोजेको देखियो । आखिर 'स्ट्रङ लिडरसिप' कसको रोजाइमा पर्दैन र ?

निर्वाचन सामान्यत ३ कारणले लडिन्छ । चुनाव जित्नका लागि, आफूले नजित्ने जान्दाजान्दै अर्कालाई हराउन र संस्कार स्थापनाका लागि । अहिलेको सन्दर्भमा अघिल्ला दुई कारण खोतल्न आवश्यक रहेन । तसर्थ, कांग्रेसको वर्तमान चुनावले संस्कार स्थापनाको सवालमा कुनै योगदान गर्न सक्यो–सकेन त्यता हेरौँ । २०३६ सालको जनमत संग्रहमा सरकारको नेतृत्व खुँखार पञ्च सूर्यबहादुर थापाले गरेका थिए भने देशको सबैभन्दा ठूलो कम्युनिस्ट पार्टीले बहुदलीय व्यवस्थालाई समर्थन गर्नुको सट्टा चुनाव बहिस्कारको रणनीति लिएपछि बहुदल जित्ने सम्भावना रहेन । परिणाम जान्दाजान्दै बीपी बहुदलीयताको पक्षमा लागे । तत्कालै परिणाम आफ्नो पक्षमा नआए पनि जनमत संग्रहले प्रजातान्त्रिक संस्कारको स्थापना गर्छ भन्ने कुरामा बीपी विश्वस्त थिए । नभन्दै बीपीले ऐलान गरेको १० वर्षमै प्रजातन्त्रको पुनस्र्थापना भयो । तसर्थ, जनमत संग्रहमा कांग्रेसको सहभागिता संस्कार स्थापनाका खातिर भएको थियो ।

युवाको पहिचान भनेको उमेरको गणना हुँदैहोइन, बरु नवीन तथा परिष्कृत संस्कार हो । मेडिकल साइन्सको क्षेत्रमा हालसम्म भएका अनुसन्धानलाई आधार मान्ने हो भने कुनै विशेष प्रकृतिको स्नायुरोग लागेको छैन भने ९० वर्ष पुगेपछि पनि मानिसको स्मरण क्षमतामा खासै ह्रास आउँदैन । युवापुस्ता परिष्कृत विचारसहित नेतृत्व लिन अग्रसर हुने हो भने बेग्लै कुरा, अन्यथा बौद्धिक विश्लेषण गर्नुपर्ने नेताहरू ७० कटेका कारण नै तिनलाई लक्का जवानले प्रतिस्थापित गर्नुपर्ने तर्क मजबुत देखिन्न । कांग्रेसी चुनावमा विगतको तुलनामा उल्लेख्य युवाले निर्वाचन जिते भने बहुचर्चित गगन नराम्रोसँग हारे । कांग्रेसको गत महाअधिवेशनमा उनले ल्याएको भोट र गत संविधान सभाको निर्वाचनमा पाएको सफलताले गगन पार्टीभित्र मात्र होइन देशकै एक रूचाइएका युवा भएको कुरामा शंका रहेन । पुरातन सोचले जकडिएको नेपाली राजनीतिमा परिवर्तनको त्रिशूल बोकेर हिँडेका युवाको बर्चस्व भएको देख्न खोज्नेले गगनको विजय हेर्न चाहेका थिए, तर परिणाम विपरीत आयो । अब गगनले किन चुनाव हारे त्यता हेरौँ ।

पार्टीको निर्वाचन र देशको चुनाव फरकफरक विषय हुन् । राष्ट्रिय चुनावमा कुनै पनि व्यक्तिले आफू देश हाँक्नका लागि काबिल रहेको पुष्टि गर्न सक्ने हो भने उसको पक्षमा जनमत ओइरिन्छ । तर, पार्टीको चुनाव पृथक हुन्छ । देशको लागि जतिसुकै काबिल भए पनि कुनै व्यक्तिको नेतृत्वमा पार्टीको अस्तित्व संकटमा पर्न सक्छ भन्ने कार्यकर्ताले ठानेमा उसलाई समर्थन गर्दैनन्, चुनाव जिताउँदैनन् । आफ्नो भविष्य पार्टीसँग गाँसिएकाले कुनै पनि कार्यकर्ताले त्यस विषयमा सम्झौता गर्दैन । त्यसैले संसारभरि नै पार्टीको नेतृत्व उमेरको हिसाबले पाको तथा अनुभवी व्यक्तिले गरेको देखिन्छ । पार्टी चुनावभन्दा फरक, प्रत्यक्ष निर्वाचित हुने राष्ट्रिय निर्वाचनमा भने देशको खाका कोर्न सक्ने युवाले सजिलै चुनाव जित्छ । उदाहरणका लागि उल्लेख्य संख्यामा युवा राष्ट्रपति निर्वाचित गर्ने संयुक्त राज्य अमेरिकाको डेमोक्रेटिक र रिपब्लिकन दुवै पार्टीको नेतृत्वमा भने उमेरले पाकाको पकड देखिन्छ । राष्ट्रिय निर्वाचन र दलको आन्तरिक चुनाव फरक भएकाले गगनले चुनाव हार्नु अनौठो कुरा भएन । आमनागरिकले नरूचाउने खुमबहादुर र वामदेव गौतमले आआफ्नो दलमा हासिल गरेको पकड यथार्थ बुझ्न पर्याप्त छ ।

चुनाव हारे पनि गगनको उम्मेदवारीले चुनावी संस्कार स्थापना गर्‍यो–गरेन त्यता हेरौँ । दलको चुनावमा प्यानल नै बनाएर लड्ने संस्कारलाई स्वयं शेरबहादुर र रामचन्द्रले समेत ठीक मान्दैनन् । तर पनि उक्त विधिमा निर्वाचन जित्न सजिलो हुने भएकाले त्यही माध्यम तिनले रोजे । आफूलाई परिवर्तनको संवाहक ठान्ने युवाले खराब पद्धतिलाई चुनौती दिँदै एक्लै निर्वाचनमा होमिनुपर्ने थियो । तर, विधि स्थापना गर्नुको बदला प्यानलै बनाएर चुनावमा भिडे युवा नेता । गुटै बनाएर निर्वाचनमा जाने भएपछि प्यानलको संरचना महŒवपूर्ण हुन्छ नै । त्यसमा पनि सभापतिको उम्मेदवार बनेका कृष्ण सिटौलाको विगत र वर्तमान अझ महŒवपूर्ण हुने नै भयो । कांग्रेसका कार्यकर्ताका लागि सिटौलाको तीनपुस्ते बुझ्ने काम ठूलो रहेन । शान्ति प्रक्रियाको सफलतापछि गिरिजाप्रसादको क्याबिनेटको गृहमन्त्री बनेका थिए सिटौला । सिटौलाकै नेतृत्वमा देशलाई अन्तर्राष्ट्रिय जगत्मा बदनाम गराउने सुडान घोटालाको सूत्रपात भएको विषय नयाँ रहेन । त्यही काण्डमा ३ जना प्रहरी प्रमुख झ्यालखान परेका थिए । राजनीतिक मिलेमतोमा हालसम्म उम्कन सफल भए पनि उक्त घोटालाको प्रारम्भिक मतियार सिटौला भएको वास्तविकता नबुझ्ने कोही छैनन् । तसर्थ, देशकै बेइज्जत गराउने भ्रष्टको नेतृत्वमा चुनावमा होमिँदा पराजयभन्दा अन्य के हात लाग्ने अपेक्षा गर्ने ? त्यसमाथि अर्को एउटा घटना हेरौं । सिटौला गृहमन्त्री भएका बखत सिरहाको लहानमा जातीय दंगा भयो र त्यसले मधेस आन्दोलनको रूप लियो । गृहमन्त्रीको गम्भीर लापरबाहीका कारण उक्त घटना भएको निष्कर्षका साथ उनलाई हटाएर तत्कालीन महामन्त्री रामवरण यादवलाई गृहमन्त्रालयमा ल्याउने भए गिरिजाबाबुले । तर, त्यसो हुनेबित्तिकै सिटौला माओवादी अध्यक्ष प्रचण्डको शरणमा पुगे । अनि सिटौलालाई हटाइए शान्तिप्रक्रियाबाट माओवादी बाहिरिने सार्वजनिक अभिव्यक्ति आयो प्रचण्डको । उक्त परिदृश्य भोगेका कांग्रेसीहरू सिटौलालाई यद्यपि सन्देहास्पद व्यक्ति ठान्छन् । यसरी विवादास्पद व्यक्तिको नेतृत्वमा चुनाव लड्दा पनि कांग्रेसीले भोट हालेरै चुनाव जितिने आशामा कोही उम्मेदवार हुन्छ भने उसलाई 'रामराम' भन्नमात्र सकिन्छ ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस