नेपाली कांग्रेसको सभापतिमा उम्मेदवारी दिनुअघि शेरबहादुर देउवाले तीनवटा गम्भीर दायित्वको सम्झना गरे । संविधानको कार्यान्वयन, भूकम्पपछिको पुननिर्माण र भारतसँगको सम्बन्ध सुधारको चुनौती पूरा गर्नुपर्ने र त्यसमा आफू सक्षम रहेको भन्दै सभापतिको दाबेदारी प्रस्तुत गरेका उनलाई कांग्रेसका बहुमत महाधिवेशन प्रतिनिधिले मतदान गरी सभापति चुने । हतारिएर कम बोल्ने देउवाले उठाएको तीनवटै विषय एकअर्कामा प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव पार्ने खालका छन् । देशको दूरगामी हित र समृद्धिका लागि तत्काल पाइला सार्नुपर्ने विषयबारे देउवाले प्रष्ट बोले, तर एउटा गम्भीर विषय छुटाए जुन राष्ट्रियता र देशको सुरक्षासँग जोडिएको छ । देशभित्र र बाहिरबाट बढ्दै गएको विखण्डनवादीको चलखेललाई निस्तेज पार्नुपर्ने दायित्व उत्तिकै गम्भीर छ जुन देउवाको मनमा होला नै ! विषयहरू जति सान्दर्भिक छन् उति नै फत्ते गरिछाड्नुपर्ने चुनौती पनि छ । देउवाले सभापतिको जिम्मेवारी सम्हालेपछि तत्काल र भविष्यका लागि बहन गर्नुपर्ने गहन दायित्वलाई कसरी पूरा गर्लान् ? देशभित्र र बाहिर चासोको विषय बनिसक्यो ।
देशको सबैभन्दा ठूलो दलका नेता हुनाले सत्तापक्ष वा प्रतिपक्ष जहाँ रहे पनि अब देउवाको भूमिका मुख्य हुन्छ । उनीसँग तीनपटक प्रधान मन्त्री भइसकेको अनुभव छ । सामान्य परिवारमा जन्मिएका उनको ग्रामीण परिवेशबारे राम्रो बुझाइ होला । विदेश सम्बन्धबारे ज्ञान नहुने कुरै भएन । सम्पन्न जीवन व्यतीत गरिरहेका देउवाले इच्छाशक्ति भएमा देशका लागि ठूलो योगदान दिन सक्छन् । त्यस्तो शक्ति उनको मन र मस्तिष्कमा जाग्छ कि जाग्दैन ? आफ्नो अनुभव र सुमधुर सम्बन्धको बलमा कांग्रेस र देशका लागि सशक्त कदम चाल्छन् कि चाल्दैनन् ? सभापतिको कार्यकालले उत्तर दिने प्रश्न हुन् यी । बीपी कोइरालाजस्ता दूरदर्शी नेता, गणेशमान सिंहजस्तो त्यागी, कृष्णप्रसाद भट्टराईजस्तो सादगी र गिरिजाप्रसाद कोइरालाजस्तो साहसी र निर्णयक्षमता भएका नेतानिकट रहेर काम गरेका देउवाको जीवनको आउँदो एक दशक महŒवपूर्ण रहनेछ । उनले आफ्नो क्षमता देखाउन र योगदान दिन सक्ने अवधि यही नै हो । विपक्षीले लगाउने गरेको गम्भीर आरोप र आक्षेपलाई गलत साबित गर्ने अवसर पनि यही हो । देउवाका लागि अवसर र चुनौती एकसाथ आएको छ । दिवंगत भइसकेका आफ्ना राजनीतिक गुरूहरूको दिक्षालाई सभापतिको कुर्सीमा बसेर सफल प्रयोगमा ल्याउने गम्भीरता देखाएमात्र पनि देउवाले धेरै सकारात्मक काम गर्न सक्छन् ।
नयाँ संविधान कार्यान्वयनमा आएको चुनौती पार लगाउन असन्तुष्ट मधेसी मोर्चालाई आश्वस्त पार्नुपर्छ । नाकामा अवरोध छाडेपछि मत्थर भएको आन्दोलनको रूप परिवर्तनको नाममा घुर्की देखाइरहेका मोर्चा संविधान संशोधनमार्फत् सहमतिमा आउने वातावरण खोजिरहेछन् । मधेसको जायज मागको सम्बोधनमा कांग्रेसको भूमिका महŒवपूर्ण छ । देशभित्रको आन्तरिक सामाजिक र राजनीतिक समस्यालाई बेवास्ता गरेर विदेशीको मात्र मुख ताकेर समस्या टार्न खोज्ने प्रवृत्ति त्याग्नुपर्छ । विदेशीको सद्भाव र रचनात्मक सहयोगलाई बेवास्ता गर्नु हुँदैन, तर उनीहरूले सबै गरिदिने सोच पाल्नु ठूलो त्रुटि हुन्छ । विदेशीहरू आफ्नै राष्ट्रिय स्वार्थबाट निर्देशित हुन्छन् भन्ने बुझेका देउवाले देशको राष्ट्रिय स्वार्थबारे कस्तो धारणा बनाएर पाइला चाल्लान् त्यसले पनि उनको राजनीतिक भविष्यमा असर पार्नेछ ।
भूकम्पछिको पुनर्निर्माणले लिनुपर्ने गति लिएको छैन । नवनिर्माणको अभियान सिंगो देशको अभियान हुन सकेको छैन । सत्ताको बलमा नवनिर्माण सम्भव छैन । हाँसोठट्टा चलिरहन्छन्, तर नतिजा दिन ठोस योजना र काम अघि बढाउनेगरी कदम चाल्नैपर्छ । यसका लागि देशभित्रको एकता, हातेमालोसँगै वैदेशिक सहायता आवश्यक पर्छ । दुवैमा छिमेकी मुलुक भारतको साथ र सहयोग महŒवपूर्ण हुन्छ । अहिले भारतसँग चिसिएको सम्बन्ध पूर्ववत् अवस्थामा आउँदैछ । तथापि, भारतले नयाँ बजेटमा नेपाललाई दिँदै आएको सहयोगमा कटौती गरिदिएपछि समस्या देखिइसक्यो । भारतसँग सुमधुर सम्बन्ध विकास गर्दै उसको रचनात्मक सहयोग र सद्भावको वातावरण विकासका लागि कूटनीतिक पहल अनिवार्य छ । यसका लागि राष्ट्रिय एकता ऊर्जा सावित हुन्छ । देउवाले खेल्ने समन्वयकारी भूमिकाले त्यस्तो ऊर्जाको विकास हुनसक्छ । पछिल्लो समय भारतीय पक्षसँग उनले स्थापित गरेको सुमधुर सम्बन्ध देशको हितमा उपलब्धिपूर्ण हुन सक्छ । देउवाको गृहजिल्ला डडेलधुरापारीको भारतीय राज्य उत्तराखण्डका भगतसिंह कोसियारी र अजीत सिंह डोभल प्रभावशाली हुनु लाभदायक हुन सक्छ । भाजपाका प्रभावशाली नेता कोसियारीसँग देउवाको पुरानो चिनजान हो भने रणनीतिकारका रूपमा परिचित डोभल भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार हुन् । निकट सम्बन्धलाई राष्ट्रहितमा ढाल्नसक्ने खुबी देखाउने मौका छ देउवालाई ।
सत्ताको खेल
देउवाले सरकारको नेतृत्व गर्दाको इतिहास केलाउँदा सकारात्मक भन्दा नकारात्मक कुरालाई प्राथमिकतामा राखेर व्याख्या गरिन्छ । जम्बो सरकारदेखि सांसद किनबेचमात्र नभई राजा ज्ञानेन्द्रलाई सत्ता सुम्पिएको गम्भीर आरोप पनि उनलाई लाग्छ । प्रधान मन्त्री हुँदाको अवस्था देउवाका लागि सुखद रहेनन् । सभापतिमा निर्वाचित भएसँगै उनी प्रधान मन्त्री बन्ने चर्चा चलिसक्यो । सभापतिमा निर्वाचित भएलगत्तै उनीनिकट बालकृष्ण खाणले देउवा नेतृत्वमा राष्ट्रिय सरकार बन्ने अभिव्यक्ति दिए । दुई दशकयता सत्ता राजनीतिका प्रमुख खेलाडीमध्येका देउवाको विजयले उनीनिकटस्थहरू अति उत्साही हुनु स्वाभाविक हो । एक दशक भइसक्यो देउवा प्रधान मन्त्री हुन नपाएको । चर्चा चल्ने र सेलाउने भइरहँदा पनि राष्ट्रिय–अन्तर्राष्ट्रिय कारणहरू देउवाको प्रयासमा अवरोध बन्दै आए । उनी निर्वाचित भएलगत्तै एनेकपा माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रिय सरकारको तुरूप राजनीतिक बजारमा फ्याँकिदिएपछि तरंग आइसक्यो । यसलाई नेपाली राजनीतिमा नयाँ सम्भावनाको संकेतका रूपमा बुझ्न सकिन्छ । केपी ओलीले सत्ता धरमराइसकेको संकेत पाए होलान् ।
सहमतीय सरकारको चर्चा प्रचण्डबाट हुनुले निकै अर्थ राख्छ । हुन त देउवाले ठूला दल सबै सरकारमा रहने हो भने बलियो प्रतिपक्षीको अभाव खड्किने भन्दै सहमतीय सरकारको सम्भावना नरहेको जनाउ दिएका छन् । यसको अर्थ कि कांग्रेस सरकारबाहिरै रहेर प्रमुख प्रतिपक्षीको जिम्मेवारीमै रहन्छ कि आफै सरकारको नेतृत्व गर्छ । अर्को विकल्प भनेको आफू सरकारको नेतृत्व गर्दै एमाले वा माओवादीलाई प्रतिपक्षमा पु¥याउँछ । एमाओवादीलाई सरकारको नेतृत्वमा सघाएर आफू उक्त सरकारमा जाने वा बाहिरैबाट समर्थन गर्ने अवस्था पनि रहन्छ । कांग्रेसको महाधिवेशनसम्म पर्खेर बसेका सत्ताका भोकाहरू जाग्ने भइहाले । राजनीतिक अनुभव सँगालेका देउवाले यसमा परिपक्वता प्रदर्शन गर्नैपर्छ ।
चुनौती र अवसर
देउवा सरकार ढाल्ने र बनाउने खेलमा होमिइहालेमा मधेसको समस्या समाधानका लागि आवश्यक संविधान संशोधन र आमसहमति बनाउनुपर्ने चुनौती ज्यूँका त्यूँ रहनेछ । सत्तासंघर्षको भुंग्रोमा परेपछि उम्कन कठिन छ, परिस्थिति अन्यत्रै मोडिन्छ । सरकार परिवर्तन गरेर मधेसको समस्या समाधानको विषय उठ्न सक्छ । सहमतिको वातावरण जुन अवस्थामा बनाउन सकिन्छ त्यस्तै कदम चाल्नुपर्छ । देशले सहमतिको राजनीति खोजेको छ । कसैलाई बाइपास गरेर जान खोज्दाको परिणति घातक हुने देखिइसक्यो । भूकम्प र नाकाबन्दीको पीडाले देश थिलथिलो भएको छ । सत्ताबाहिर र भित्र जुनजुन दल बसे पनि देशको हितका लागि चाल्नुपर्ने गम्भीर कदममा आमसहमति हुनुपर्छ । यसको मुख्य दायित्व देउवाले लिनुपर्छ । सत्ता सञ्चालनको गहन जिम्मेवारीबाट कांग्रेस सभापति पछि हट्नु हुन्न, तर उनका राजनीतिक गुरूहरूले सिकाएको त्यागको राजनीतिलाई बिर्सेर हतारिएर अगाडि बढ्ने स्वभाव पनि देखाउनु हुन्न । सम्भावना सकारात्मक वा नकारात्मक दुवै रहन्छन् । देउवाको हकमा यही लागु हुन्छ । कांग्रेसको इतिहास हेर्दा बीपी, गणेशमान, कृष्णप्रसाद र गिरिजाप्रसादजस्ता राजनेतामात्र जन्मिएका छैनन्, राजालाई निरंकुश व्यवस्था ल्याउन सघाउने र सोही व्यवस्थामा शक्तिको भरपूर अभ्यास गर्ने तुलसी गिरी पनि जन्मिएका छन् । त्यसैले, कठिन क्षणहरूमा रंग फेर्दै विगतमा निरंकुशतालाई सघाउनेदेखि अस्थिरतामा आफ्नो भविष्य देख्ने खेलाडीहरूलाई पहिचान गरेर अगाडि बढ्नुपर्ने हुन्छ ।
राष्ट्रियताको सवालसँगै क्षेत्रीय र जातीय अधिकारको मुद्दा जोडतोडले उठिरहेछ । धर्मको विषय भुसको आगोजस्तै फैलँदो छ । हिन्दु राज्यका साथै राजसंस्था फर्काउने मुद्दा कांग्रेसभित्र र बाहिरबाट उठिरहेको छ । अर्को गम्भीर सवाल विखण्डनवादीको चलखेल बढ्दो छ । परिवर्तन संस्थागत गर्दै देशको भौगोलिक अखण्डतामा आँच आउन नदिने विवेकपूर्ण राजनीतिक कदमको खाँचो छ । यसमा बाह्य शक्तिको रणनीतिक चालमा नफसी देशहितमा निर्णय लिनुपर्छ । अन्यथा, देश धार्मिक अतिवाद वा द्वन्द्वमा जाने खतरा रहन्छ । राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थिति बुझेर देश र जनतासामु देखिएका चुनौतीको सामना सम्हालिएर गर्नुपर्छ । देउवा सादगी होइनन्, तर देश र जनताको लागि आवश्यक पर्दा त्यागी नेता बनेर देखाउन सक्छन् । उनी भाषणमा पोख्त नेता होइनन्, तर सम्झनलायक काम गरेर देखाउन सक्छन् । dipeshkc@gmail.com