एक आमा दिनभर घाँसदाउरा मेलापात गर्छिन्, दुःखजिलो सहन्छिन्, घाम पानी केही पनि भन्दिनन्, सन्तानको सुखका लागि दिनरात मेहनत पनि गर्छिन् । उनलाई सोधौँ– आमा जिन्दगी भनेको के रहेछ ?आमाको सरल जवाफ आउनेछ– 'खै बाबु, मलाई त केही थाहा छैन्, काम गरेरै फुर्सद छैन, कसरी भन्न सक्छु र म ?' तर उनकै छोरा सिरकभित्रवाट ट्विट गर्छ– जीवन संघर्ष हो ।
पछिल्लो समय मुलुकमा भएका राजनीतिक घटना÷परिघटनाबारे लेख्ने, धारणा राख्ने र सुझाव दिने राजनीतिक विश्लेषक दुःख गर्ने 'आमा'जस्तो होइन, ट्विट गर्ने 'छोरा'जस्ता हैसियतमा देखिएका छन् । राजनीतिक विश्लेषकले गरेको प्रक्षेपण होस् वा भविष्यवाणी सबै नमिले पनि केही हदमा मिल्न सक्ने हुनुपथ्र्याे तर केही नाम चलेका विश्लेषकको लेख पढ्दा, अन्तर्वार्ता सुन्दा लाग्छ– 'यी कुनै विश्लेषक होइनन्, मात्र हावादारी विद्वान् हुन्, यिनीहरु सत्यतामा रहेर सूचना र भविष्यवाणी कम र भ्रमचाहिँ बढी बाँड्छन् ।'
नेपालमा धेरैको राजनीतिक विश्लेषण किन फेल खाइरहेको छ ?किन एक पक्षीयमात्रै विश्लेषण आइरहेको छ, किन विश्लेषणमा आँसु र रोदनमात्रै झल्कन्छ ? किन पार्टी र संगठनको गन्ध आउँछ ? केही प्रश्न अहिले मुलुकका सामु उब्जेका छन् जसलाई समीक्षा गर्ने प्रयत्न गरिएको छ ।
सूचना संकलनमा कमी
कुनै पनि राजनीतिक घटनाको विश्लेषण गर्दा सूचना संकलन महत्वपूर्ण पाटो हो तर धेरैजसो विश्लेषण कोठाभित्र गरिएको हुन्छ, सूचना संकलन गर्ने र सम्पर्कमा रहने कुनै काम हँुदैन । न कुनै नेतासँग उनीहरु सम्पर्कमा रहन्छन, न त राजनीतिक 'मेनिफेस्टो' नै अध्ययन गर्छन्, यसैले उनीहरु अद्यावधिक रहने कुरै हुन्न ।
घटना एकातिर, विश्लेषण अर्कोतिर
राजनीतिक घटनाक्रम सरल रेखामा होइन, बक्र रेखामा चल्छन्, सर्कलमा पनि जान्छन् । जति चाँडो राजनीति निर्णायक ठाउँमा पुग्न खोज्यो, उत्तरचढावको दर उही गतिमा बढ्छ । तर विश्लेषकहरु यो उत्तरचढावलाई ख्याल नै नगरी सरल रेखामाझंै विश्लेषण गरिदिन्छन् । जसका कारण घटना एकातिर, विश्लेषण अर्कोतिर भइदिन्छ ।
व्यावहारिकताबारे अज्ञात
कुनै पनि राजनीति देशको वस्तुगत धरातल, तत्कालीन शक्ति सन्तुलन, राष्ट्रिय÷अन्तर्राष्ट्रिय परिस्थितिमा धेरै निर्भर रहन्छ । तर यहाँ व्यावहारिक नै हुन नसक्ने 'अति आदर्शवादी' विषयको वकालत गरेर बदलिँदो वर्तमानलाई पुरै नजरअन्दाज गरिदिन्छन् । जस्तो कि २ सय ५० वर्षअघि पृथ्वीनारायण साहले नाक काटेका कुरा ।
कार्यकर्ता र चाकडीबाजको भीड
पत्रपत्रिका, अनलाइन, टेलिभिजनमा मात्रै होइन, फेसबुक र सामाजिक सञ्जालमा गरिने विश्लेषण देख्नेबित्तिकै सजिलै बुझ्न सकिन्छ कि यो फलानो पार्टीको लेखक÷विश्लेषक हो । तिनका विश्लेषण तिनका पार्टीले स्वाभाविक मन पराउँछन्, उसले सही नै लेखेको किन नहोस्, अर्काे पार्टीकाले पटक्कै मन पराउँदैनन् । विश्लेषक कम र कार्यकर्ताझंै चाकडीबाजमा उत्रनेहरु यहाँ बढी हावी छन् ।
अल्पमतको बढी वकालत
मुख्यतः राजनीतिक विश्लेषकहरुमा ती बढी चलायमान छन् जो सधैँजसो अल्पमतको बढी वकालत गर्छन् । अल्पमतमा परेकाको अन्याय उजागर गर्नु एउटा कुरा हो तर त्यसलाई सधै बोकेर हिँडनु अर्को कुरा हो । अल्पमतले गरेको हिंसा होस् वा दुव्र्यव्यवहारलाई मान्यता दिँदै 'खुबै अन्यायमा राखेको थियो बल्ल ठिक्क गरेछ, खुच्युँ' भन्नेखालका विश्लेषक यहाँ हावी छन् ।
रिस र कुण्ठाग्रस्त
मुलुकका राजनीतिक विश्लेषकमा रिस र कुण्ठा बढी नै हावी भएको देखिन्छ । यिनीहरु कि कतै बिक्न नसकेर वा कसैले नपत्याइदिएर वा कतै बिगार गरेर पुनःत्यहाँ ठाउँ नपाएपछि विश्लेषकका रूपमा गनिन खोज्छन् । 'देखाइदिन्छु' भनेर लेख्न बस्नेले कसरी विश्लेषण गर्न सक्छ ?
अवैधानिकताको प्रबद्र्धन
धेरै विश्लेषकले बाटो बिराएकालाई सही मार्गनिर्देशन गर्नुको साटो झनै उक्साउने काम गरे । जस्तो भर्खरै सकिएको मधेस आन्दोलनका क्रममा संविधान नै मान्दैनौँ भन्दासमेत यसो गर्नुहुन्न भनेर सुझाउनुको सट्टा संविधान सभा नै छाडेर नाकामा अवरोध गर्न जाऊ भन्दै उल्टै उक्साउने काम गरे ।
दोधारे तर्क
मधेस आन्दोलनको उदाहरण लिउँ । धेरैले के लेखेको देखियो भने सरकार मधेसका जायज माग पूरा गर तर मधेसी मोर्चाले अघि सारेका ११ बुँदेमध्ये जायज र नाजायज माग के के थिए भन्नेचाहिँ उनीहरुले कहिल्यै खुट्याएनन् । जिब्रो चपाइरहे बरु ।
एनजिओकर्मी हाबी
मुख्यतः एनजिओ र आइएनजिओ निश्चित उद्देश्यका लागि खडा गरिएका हुन्छन्, त्यो पनि निश्चित अवधिभरका लागि । त्यसमा आबद्धहरुले आफनो एनजिओ÷आइएनजिओको उद्देश्यका लागि काम गर्छन् न कि तपाईँ हाम्रा लागि । हाम्रा भावना र समस्यामा टेकेर ती देश कम बनाउँछन् र 'खेती' बढी गर्छन् । हो, तिनैलाई हामी विद्वान् र विश्लेषक मानेर उनीहरुकै कुरामा होमा हो मिलाउँछौं । बुझाइको समस्या यहीँबाट सुरु हुन्छ ।
समीक्षा र जवाफदेहीबिहीन
आफूले लेखेका लेख र प्रक्षेपण गरिएका विषयवस्तुको न समीक्षा गरिएको देखिन्छ न त त्यसको जवाफदेहिता नै उनीहरु लिन्छन् । 'जताजता राजनीतिक हावा, उताउता कलम' नीतिअनुसार बहन्छन् । कसैले आलोचना गर्यो भने कि कुना पस्छन् कि त मुडे बल लगाएर असफल लडाइँमा होमिन्छन् ।
आफ्नै खण्डन
आज एउटा विषयमा लेख्यो, भोलि त्यही कुरा अर्को तरिकाले लेख्छन् । कतिसम्म भने अरु त परै जाओस्, आफ्नो विश्लेषणको भोलिपल्ट आफँैले खण्डन गरिसक्छन् । अझ अचम्मको कुरा त, त्यो पनि चाल पाउँदैनन्, अरुले सम्झाइदिएपछि बल्ल 'आच्या' भनेर जिब्रो टोक्छन् ।
आत्मरतिकेन्द्रित
यहाँ लेख्ने र विश्लेषण गर्नेका पनि आ–आफ्नै समूह खडा छन् । फेसबुक र ट्विटरमा ती एक अर्काको सेयर गर्छन् र अरुलाई पढाउँछन् । एउटा समूहले जतिसुकै राम्रो भए पनि अर्को समूहको सेयर र रि–ट्विट मरे गर्दैनन् । आफ्नैका प्रशंसा पाएर टन्न अघाएको महसुस गर्छन् र त्यसैमा रमाउँछन् ।
सदाबहार बिरोधी
मुख्यतः राज्य विरोधी विश्लेषक मुलुकमा बढी नै हावी छन् । राज्यले सधँै गल्ती गर्दैन, सही पनि गर्छ र राज्य बलियो बनायो भने मुलुक बलियो बन्छ भन्नेमा ती रत्तिभर विश्वास गर्दैनन् । राज्यलाई गाली गरेपछि क्रान्तिकारी भइन्छ भन्ने रोगले ती ग्रस्त छन । र त, राज्य बलियो बनाउन कुनै योगदान गर्दैनन् ।
सबै विषयका ज्ञाता
हरेकको आ–आफनो विधा र क्षेत्र हुन्छ, क्षमता हुन्छन् । संसारमा कोही मान्छे यस्तो छैन जसले सबै कुरा जानेको होस् । तर नेपालका धेरै विश्लेषक अपवाद छन् । राजनीतिदेखि अर्थ नीतिहुँदै फिल्मका बारेमा समेत लेखिदिन्छन् । मानौं, यिनले नजानेका विषय यस धर्तीमा केही नै छैन ।