पदका लागि नेता !
१२ फागुन २०७२
•
१३ मिनेट पाठ
पदका लागि नेता !
दिलीप सापकोटा, मोरङका पुराना कांग्रेस हुन् । विशेषगरेर पूर्वका कांग्रेसजनबीच 'निवास'का भित्रिया भनेर परिचय कमाएका उनी कुनै समय पार्टीमा 'पावर प्ले' गर्ने नेताका रूपमा चिनिन्थे। मोरङ कांग्रेसका सभापति अशोक केाइरालाको लामो कार्यकालमा उपसभापतिको हैसियतमा खाइखेली गरेका सापकोटा १३औँ महाधिवेशनमा आफैले मलजल गरेको क्षेत्रबाट पराजित भए।पछिल्लो समय सापकोटाको मोरङ क्षेत्र नं ८ मा राजनीतिक लगानी ठूलै थियो। उनलाई पहिलो संविधान सभा निर्वाचनमा कांग्रेसले टिकट दियो, तर उनी पराजित भए। दोस्रो संविधान सभामा कांग्रेसले राजनीतिमा पैसाको खेलो गर्नसक्ने, बाहुबल देखाउन सक्ने रमेशजङ रायमाझीलाई रोज्यो। सापकोटाले नै रायमाझीको प्रस्ताव गरेको कांग्रेसजन बताउँछन्। पटकपटक पार्टीको टिकट पाएर पनि पराजित हुनुपरेपछि सापकोटाले आफ्नो राजनीतिक आधार किनबेच गरेको आरोप उनीमाथि लाग्दै आएको छ।

दोस्रो संविधान सभामा पनि त्यहाँबाट कांग्रेस हार्योआ। कांग्रेसको आधार कमजोर रहेको यो क्षेत्रबाट पराजय हुनुका पछाडि रायमाझीले सापकोटालाई दोषीमात्र देखाएनन्, चुनावी परिणामपछि उनीहरू एकअर्काका शत्रुजस्ता बन्न थाले। एकले अर्काेलाई सिध्याउने 'राजनीति'को परिणाम उनीहरू दुवै महाधिवेशनको राजनीतिमा नराम्ररी पछारिएका छन्। पहिलो संविधान सभा निर्वाचनमा पराजित सापकोटा र दोस्रोमा पराजित रायमाझी पार्टीको आन्तरिक राजनीतिमा नराम्ररी गुल्टिएका छन््। आपसमा संस्थापन र देउवा पक्षको पहिचान बनाएका उनीहरूको पराजयका पछाडि त्यस क्षेत्रका आममतदाताको हात छैन। त्यहाँ त कांग्रेसहरूमात्र थिए। कसरी र किन सभासद्को उम्मेदवार बनेकाहरूसमेत पार्टीको आन्तरिक राजनीतिमा पराजित हुन पुगे? प्रश्न गहिरो र गम्भीर छ।

सापकोटा र रायमाझी पराजित भएको कांग्रेसको मोरङ राजनीतिमा सुनिल शर्माले अत्यधिक मत ल्याएर महाधिवेशन प्रतिनिधि बने। विराटनगरस्थित नोबेल मेडिकल कलेजका हर्ताकर्ता सुनिल बहुरंगी प्रवृत्तिका बहादुर हुन्। 'मेडिकल माफिया'का सक्रिय सदस्यको परिचय बनाएका उनी कांग्रेसको महाधिवेशन प्रतिनिधि बन्नका लागि मोरङको चुरेको फेदिमा रहेको पाटी गाउँ पुगेका थिए। जनजातिको बाहुल्य रहेको त्यस गाउँमा कांग्रेसको सक्रिय सदस्यको परिचयसहित क्षेत्रीय प्रतिनिधि बनेर राजनीतिमा आएका उनी कहिले कांग्रेस राजनीतिमा प्रवेश गरेका हुन्? कतिपय कांग्रेसजनलाई अत्तोपत्तो छैन। त्यसो त कांग्रेसको यही महाधिवेशनका क्रममा उत्तरी गाविस रमितखोलाबाट मोरङ–सुनसरीमा ढुंगागिट्टी व्यवसायमा 'माफिया'को परिचय कमाएका भीम पौडेललाई प्रवेश गराउने काम सापकोटाले नै गरेका हुन्। मोरङ ८ को कांग्रेस राजनीतिमा पैसा र बाहुबलकै आडभरोसामा रायमाझीको पदार्पण भएको थियो भने अहिले आएर त्योभन्दा धेरै पैसा हुने शर्मा र पौडेलहरूको चलखेल छ। शर्माहरूको राजनीतिक यात्राका पछाडि पनि ठूलो रकम प्रमुख अस्त्र मानिँदैछ। कुनै बेला निष्ठाको बलमा पार्टीको आधार बनाउन लागिपर्ने सापकोटा पछिल्लो समयमा पैसावालेहरूलाई एकपछि अर्को गर्दै प्रवेश गराउने खेलमा सक्रिय भए र अन्त्यमा आफै पार्टी राजनीतिबाट किनारा लाग्दै गए। कांग्रेसजनको नजरमा 'निवास'को राजनीतिमा डा. शेखर कोइरालासँग हिमचिम राख्ने सुनिल शर्मा सत्ता राजनीतिमा चलखेल गर्ने एउटा नाम हो। माओवादी अध्यक्ष पुष्पकमल दाहाल तथा नेकपा—माओवादीका रामबहादुर थापा 'बादल'सँग पनि उनको उत्तिकै पहुँच र नजिकको सम्बन्ध रहेको देखिन्छ।

मोरङ ८ को नतिजा आफैमा कांग्रेस महाधिवेशनको एउटा तस्बिर हो। नेपालको सबैभन्दा पुरानो, लोकतान्त्रिक पार्टीको परिचय कमाएको र २००७, २०१७, २०३६, २०४६ र २०६२/६३ सालका आन्दोलनको नेतृत्वदायी भूमिका खेलेको कांग्रेस पार्टीको अवस्थाको चित्रण हो यो। कांग्रेस अहिले १३औँ महाधिवेशनको चटारोमा छ। महाधिवशेनको नाममा संस्थापन पक्ष र त्यसविरुद्धको 'देउवा'गुटको राजनीतिक जुहारी चलिरहेको छ। स्थापनादेखि नै शीर्ष नेतृत्वमा दुईधारको राजनीतिक परिचय बनाएको कांग्रेस अहिले पनि खासमा दुई पक्षीय भीडन्तमा देखिन्छ। कतिपयले यसलाई चुनावी प्रतिस्पर्धा भन्छन् र लोकतान्त्रिक अभ्यासको संज्ञा पनि दिन्छन्। तर, कांग्रेसको सिद्धान्त, निष्ठा, मूल्य र पद्धतिका कुरा गर्नेहरूका लागि यसका प्रत्येक महाधिवेशन महँगा बन्दैछन्। तर, सिद्धान्ततः मूल्यहीन हुँदै गएका छन्। प्रत्येक महाधिवेशनमा सुनिल प्रवृत्ति बढ्दैछन्। यस्तो अवस्थाका लागि दोषी को त? कांग्रेस नेतृत्व दोषी छ कि बाहुबल र पैसाको बिटोको बलमा राजनीतिमा आउनेहरू? जसरी मोरङ ८ को राजनीतिमा पैसावालेहरूलाई प्रोत्साहित गर्दैजाँदा सापकोटा आफै आफ्नो क्षेत्रमा पछारिनुपर्योर, त्यस्तै अवस्था अन्यन्त्र पनि देखिँदैछ। राजनीतिक नेतृत्व जब सिद्धान्त, निष्ठा र पार्टीको दर्शनबाट पन्छिएर खेलोफड्कोमा लाग्छ, त्यहाँ मोरङ ८ कै प्रवृत्ति दोहोरिन्छन्। यस्तो विचित्रका घटना अरु जिल्लामा पनि प्रकट भएका छन्। त्यसो त यो रोग कांग्रेसमा मात्र होइन, एमाले, एमाओवादीजस्ता मूलधारका राजनीतिक पार्टीमा पनि देखिएका छन्। भर्खरे सम्पन्न एमालेको भ्रातृ संगठन अखिलको महाधिवेशन एउटा ताजा उदाहरण हो।

के देखिन्छ भने, हिजोसम्म बाहुबल र पैसाको खेलो गर्नेहरू राजनीतिकर्मीका सहयोगी थिए। तिनले राजनीति गर्नेहरूमाथि लगानी गर्थे। उनीहरू सेवा, सहयोग र आइपरेको बेलामा सुरक्षा कबच बन्थे। अहिले आएर उनीहरू विस्तारै आफै राजनीतिमा आउन थालेका छन््। कांग्रेसको १३औँ महाधिवेशमा प्रतिनिधि बनेकाहरूको नालीबेली केलाए यस पार्टीको लोकतान्त्रिक समाजवादको छत्रछायाँमा केकस्ता अनुहार आएका छन्, त्यो छर्लंग हुँदै जानेछ। कांग्रेसको चारतारे झन्डाको रवाफ देखाउँदै महाधिवेशनमा लाखौँ खर्च गर्न पाएकोमा गर्व गर्नेहरूको संख्या ठूलो छ। पार्टी राजनीतिमा देखिएका यस्ता विकृतिबारे कांग्रेसको आसन्न अधिवेशनमा सायद छलफल नै हुने छैन। कारण, महाधिवेशनको राजनीति पनि पैसा, बाहुबलको पन्जामा पर्ने देखिँदैछ। प्रजातान्त्रिक समाजवाद, लोकतान्त्रिक अभ्यासजस्ता विषयबारेका छलफल औपचारिकतामा सीमित हुनेछन्। कांग्रेसमा ठूलो संख्याका सापकोटाहरू जसको ठूलो लगानी छ पार्टीमा, उनीहरू बढारिँदै त छैनन्? कांग्रेसको केन्द्रीय नेतृत्व यस्ता विषयमा विचारविमर्श गरिरहेको छैन।

कांग्रेस के गर्दै छ त? महाधिवेशनको मुखमा आएर केन्द्रीय पदाधिकारी थप्ने योजनामा विवाद भैरहेको छ। पार्टी सभापति सुशील कोइरालाको निधनपछि संस्थापन पक्षमा मियोबिनाको दाइँ भैरहेको देखिन्छ। संस्थापन पक्षकाहरू विरासतको याचना गर्दै एकपछि अर्को नेतृत्वको दाबी गरिरहेका छन्। महाधिवेशनसम्ममा कोको सभापतिका उम्मेदवार बन्ने हुन्? कोको महामन्त्रीका प्रत्यासी? कस्तो समीकरण बन्दै जाने हो? त्यो अब विस्तारै प्रकट हुँदै जाला। संस्थापन पक्षमा देखिएको छटपटीबाट लाभ लिने सोचमा रहेको विरोधी खेमा संस्थापनका प्रस्तावहरूमाथि विमति राख्नु र प्रतिक्रिया दिनुलाई आफ्नो राजनीतिक धर्म ठानिरहेको छ!

आपसमा विवादित अवस्थामा रहेका कांग्रेेसका दुई खेमाले महाधिवेशनमा केके प्रस्ताव लग्ने हुन्? सबैभन्दा बढी चर्चामा पार्टीको शीर्ष नेतृत्वमा पदहरू थप्नेमा रहेको छ र विवाद पनि यसैमा छ। संस्थापन पक्ष आफ्ना ठूलो संख्यामा पदका आकांक्षीहरूको व्यवस्थापन गर्न उपसभापति, महामन्त्रीलगायतका पद थप्नुपनर्ेे पक्षमा छ भने देउवा पक्ष त्यसमा विमति जनाउँदैछ। कतिपय आकांक्षीलाई महाधिवेशन अगाडि नै पद दिएर उनीहरूको विश्वास जित्ने राजनीतिमा सभापतिका उम्मेदवार रामचन्द्र पौडेललगायतका संस्थापनका नेताहरू लागिपरेका छन्। उता, सभापतिका अर्का प्रत्यासी शेरबहादुर देउवा पक्ष पद बाँड्ने राजनीतिविरुद्धमा उभिएको देखिन्छ। विरोध र समर्थनको यो राजनीतिको पटाक्षेप कसरी हुने हो? महाधिवेशनअगाडि नै टुंगो लागेन भने महाधिवेशनमा यो मामलाले चर्को रूप लिएर त्यसैमा मतदान हुने स्थिति आउन सक्छ। तराई–मधेसको राजनीति बिथोलिएको स्थिति कांग्रेससामु ताजै छ। पार्टीमा निष्ठावान् कार्यकता बढारिएर पैसावालेहरू हाबी हुँदै गएको चित्र पनि सामुन्नेमै छ। तर, पार्टीको शीर्ष तह यस्ता मुद्दामा चर्चा गरिरहेका छैनन्। उनीहरू नेताका लागि पद सृजना गर्ने अभियानमा जुटेका छन्। पदका लागि नेता कि नेताका लागि पद? अनुत्तरित प्रश्नहरूबीच कांग्रेस महाधिवेशन गर्दैछ।
अर्को समाचार
धनगढी उपमहानगरपालिकामा मेयरमा १० र उपमेयरमा ७ को उम्मेदवारी
१२ वैशाख २०७९
•
४ मिनेट पाठ
धनगढी उपमहानगरपालिकामा मेयरमा १० र उपमेयरमा ७ को उम्मेदवारी
सुदूरपश्चिम प्रदेशको एक मात्रै उपमहानगरपालिका रहेको धनगढीमा मेयर पदका लागि १० जना र उपमेयर पदका लागि ७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । राजनीतिक दलका तर्फबाट ६ जना र तीन जना स्वतन्त्रबाट मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् भने उपमेयरमा ६ जनाले राजनीतिक दलबाट र एक जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।  

गठबन्धनका तर्फबाट मेयर पदमा नेपाली कांग्रेसका नृपबहादुर वड र नेकपा एमालेका तर्फबाट युवा नेता रणबहादुर चन्दले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरि लोकतान्त्रिक समाजवादी पार्टीका वसन्तबहादुर विश्वकर्मा, सचेत नेपाली पार्टीका भारती थापा, नागरिक उन्मुक्ति पार्टीका मीनकुमार चौधरी, राष्ट्रिय जनमोर्चाका अन्जना श्रेष्ठ मास्के र जनता समाजवादी पार्टीका कविन्द्र ऐरले मेयरपदमा उम्मेदवारी दिएका छन् । मेयर पदमै स्वतन्त्र उम्मेदवार गोपाल हमाल, मदनकृष्ण भट्ट र उद्धवराज पन्तले उम्मेदवारी दर्ता गराएका छन् ।  

धनगढी उपमहानगरपालिकाको उपमेयर पदमा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका शान्ति अधिकारी र नेकपा एमालेका तर्फबाट कन्दकला रानाले मनोनयन दर्ता गराएका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका दुर्गादत्त पन्त, विवेकशील साझा पार्टीका विमला पन्त, नेपाल परिवार दलका विष्णुकुमारी विक, नागरिक उन्मुक्ति पार्टीका सावित्रीदेवी चौधरीले उम्मेदवारी दिएका छन् । उपमेयरमा स्वतन्त्रबाट नेपाली कांग्रेस नेता प्रभाकर भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनको भागबण्डामा असन्तुष्टि जनाउँदै उनले उपमेयर पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।  

सोमबार बिहान सुरुमा नेकपा एमालेका उम्मेदवारले पार्टी कार्यालयबाट बाजागाजासहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका थिए । एमालेको मनोनयन दर्ता पछि दिउँसो गठबन्धनका उम्मेदवारहरुले ट्राफिक चौराहबाट बाजागाजासहित निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गराएका थिए । गठबन्धनको केही दिनदेखि जारी भागबण्डाको छलफल सोमबार दिउँसो मात्रै निष्कर्षमा पुगेको थियो ।  

सुदूरपश्चिमको राजधानी रहेको धनगढी उपमहानगरपालिकाको निर्वाचनलाई सबैले चासोका रुपमा लिएका छन् । मेयर र उपमेयर पदमा मात्रै गठबन्धन भए पनि यहाँका १९ वटै वडामा भने मित्रवत प्रतिस्पर्धा गर्ने बताइएको छ । नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले १९ वटै वडामा वडा अध्यक्षदेखि सदस्यसम्मको पदमा आ–आफ्नो तर्फबाट उम्मेदवारी दिएका छन् ।  

धनगढी उपमहानगरपालिकामा ९३ हजार १ सय ५१ मतदाता रहेका छन् । यसअघि २०७४ को स्थानीय तहको निर्वाचन भन्दा यसपालिको निर्वाचनमा करिब १७ हजार मतदाता थपिएका छन् । धनगढीमा २०७४ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित वडले १४ हजार ३ सय २४ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी हमालले ११ हजार ५ सय २७ मत ल्याएका थिए । यस्तै अघिल्लो निर्वाचनमा नेकपा माओवादी केन्द्रका तर्फबाट उपमेयरमा पराजित अधिकारी अहिले गठबन्धनबाट चुनावी मैदानमा उत्रिएकी छिन् । धनगढी उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवार वड, एमालेका चन्द र स्वतन्त्र उम्मेदवार हमालबीच मेयर पदमा त्रिपक्षिय प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । उपमेयरमा गठबन्धनका अधिकारी र एमालेकी रानाबीच प्रतिस्पर्धा हुने देखिएको छ । टीकापुर घटनाको आरोपमा जेलमा रहेका रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीले पनि मेयर र उपमेयर पदमा उम्मेदवारी दिएका छन् ।

१३ स्थानीय तह रहेको कैलालीमा मेयर र उपमेयर पदमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) पार्टीले गठबन्धनगरी उम्मेदवारी दर्ता गराएका छन् भने वडास्तरमा भने मित्रवत प्रतिस्पर्धा हुने बताइएको छ । नेपाली कांग्रेसले धनगढी, गोदावरी नगरपालिका, लम्की चुहा नगरपालिका, टीकापुर नगरपालिका, जानकी गाउँपालिका, जोशीपुर गाउँपालिका र वर्दगोरिया गाउँपालिकाको मेयर तथा अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् भने नेकपा माओवादी केन्द्रले गौरीगंगा नगरपालिका, भजनी नगरपालिका, मोहन्याल गाउँपालिका र कैलारी गाउँपालिकाको मेयर तथा अध्यक्ष पदमा उम्मेदवारी दिएको छ । यस्तै नेकपा (एकीकृत समाजवादी)ले घोडाघोडी नगरपाालिकाको मेयर र चुरे गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

लम्की चुहा मेयरमा कांग्रेसका दुई जनाको उम्मेदवारी  

लम्की चुहा नगरपालिकामा मेयर पदमा कांग्रेसबाट दुई जनाको उम्मेदवारी दर्ता भएको छ । मेयर पदका लागि भक्तबहादुर थापा र सुशीला शाहीले मेयर पदमा उम्मेदवारी दर्ता गराएका हुन् । गठबन्धनका तर्फबाट लम्की चुहा नगरपालिकामा नेपाली कांग्रेसको भाग परेको थियो । दुई जनाको उम्मेदवारी परेपछि आधिकारिक कुन हो भन्नेमा विवाद भएको छ । पार्टीले आधिकारिक भनेको व्यक्ति कांग्रेसको उम्मेदवार हुनेछ भने अर्को व्यक्ति स्वतः स्वतन्त्र उम्मेदवार हुने निर्वाचन अधिकृतले जानकारी दिएका छन् ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस