नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले प्रधान मन्त्री पद रामचन्द्र पौडेललाई दिने बताउँदा रामचन्द्रले भने आफूलाई सभापति बन्न सहयोग गर्नुपर्ने उद्घोष गरे। देउवाको यो उद्घोषपछि कांग्रेस सभापतिकै आकांक्षी रामचन्द्रले पनि त्यस्तै प्रस्ताव देउवासमक्ष राखे। यी दुवै कांग्रेस सभापतिका आकांक्षीले प्रधान मन्त्री पदलाई पार्टी सभापतिभन्दा हलुका र लेनदेनको विषय बनाए। के नेपालको लोकतन्त्रमा पार्टी सभापति पद कार्यकारी प्रमुखभन्दा पनि महत्वपूर्ण हो? वा तत्काललाई पार्टी सभापति पद पाउन यस्तो प्रपञ्च नेताहरूले रचेका हुन्, सोच्नुपर्ने भएको छ।
नेपाली राजनीतिमा कार्यकारी प्रमुखलाई पार्टीतन्त्रले सधैँ दबाब दिएको छ र जनतालाई निराश पारेको छ। लोकतन्त्रको संरक्षक पार्टी नै हो भन्ने दाबी गर्दै प्रधान मन्त्री पदलाई हेय गर्ने प्रयास कम भएको छैन। नेपालमा नागरिक लोकतन्त्र संकुचित हुँदै पार्टीतन्त्रले देशलाई कब्जामा राख्ने अभियान अहिले जारी छ। नेपालको लोकतन्त्रमा आएको आरोहअवरोहका कारण पनि पार्टीतन्त्र लोकतान्त्रिक संस्थाहरूभन्दा प्रभावशाली भएको देखिन्छ। जबजब लोकतन्त्र हरण भयो तबतब पार्टीतन्त्रले लोकतन्त्रको लडाइँ लड्यो र जित्यो पनि। यही पृष्ठभूमिले नेपालमा लोकतान्त्रिक संस्थाहरूको निर्माण र विकास हुन नसकेर सयकडौँ पार्टी निर्माण भएर क्रियाशील रहेको बुझ्न सकिन्छ।
भूकम्पपीडित बीसौँ लाख नागरिक अलपत्र परिरहँदा तिनलाई सम्बोधन गर्न छाडेर एउटा वडामा जम्मा भएका दुईसय कार्यकर्तालाई प्राथमिकता दिएर नेताहरू हवाईयात्रा गर्न चुक्दैनन्। एकपल्ट नेपालको घरेलु उडान हुने विमानस्थल गएर हेराँै त्यहाँ आधाभन्दा बढी यात्रु राजनीतिक दलको नेता वा कार्यकर्ता भेटिन्छन्। राजनीति महँगो भएको छ र आमनागरिक अब राजनीतिमा फस्न हिम्मत नै गर्न सक्तैन। कृष्णप्रसाद भट्टराईले बारम्बार गिरिजादाजुलाई भनेको वाक्य अहिले सम्झन्छु– 'गिरिजाबाबु पार्टी राजनीति महँगो भयो, यस्तो नगरौँ।'
पार्टीतन्त्रले लोकतान्त्रिक संस्थाहरूमा कब्जा जमाएको नेपाल दक्षिण एसियाको पहिलो मुलुक होइन। छिमेकी भारतमै ३ दशक भारतीय कांग्रेस पार्टीले लोकतन्त्रको नाममा एकछत्र पार्टीतन्त्र चलायो। त्यसका विरुद्ध बीपी कोइरालाका गुरु भारतीय स्वतन्त्रता सेनानी वृद्ध नेता जयप्रकाश नारायणले 'सम्पूर्ण क्रान्ति'भन्दै भारतीय राजनीतिको नयाँ नक्सा नै कोर्न सफल भए। आज भारतको केन्द्रीय सरकारमा भारतीय जनता पार्टी, बिहारमा नितिशकुमार र उत्तर प्रदेशमा समाजवादी पार्टीका अखिलेश यादवको सरकार छ। पश्चिम बंगालको अहिलेको सरकार प्रमुख त्रिणुमूल कांग्रेस नेतृ ममता बनर्जीको उदय पनि त्यहाँ ३ दशकदेखि सत्तारुढ कम्युनिष्ट पार्टीले लोकतन्त्रभन्दा पार्टीतन्त्रबाट अगाडि बढाउनाले सम्भव भएको हो।
सिद्धान्ततः नेपाली कांग्रेस पार्टीतन्त्रबाट देशको राज्य व्यवस्था सञ्चालन हुनुहुँदैन भन्ने मान्यता बोक्ने पार्टी हो। तर, विडम्बना यो पार्टीको नेतृत्वमा ००७ सालको क्रान्तिदेखि नै प्रधान मन्त्री र पार्टी सभापति पदमा कसले कसलाई मान्ने भन्ने विवाद उठ्यो। यो विवाद बीपी र मातृकाबीच मात्र सीमित रहेन, अझै कायम छ। कृष्णप्रसाद र गिरिजाप्रसादको शीतयुद्ध पनि सधैँ पार्टी ठूलो कि प्रधान मन्त्री पद भनी चलिरह्यो। सबैले आफ्नोअनुकूल व्याख्या गरे। पछि गिरिजाप्रसाद र शेरबहादुरबीच पनि यो जुहारीमात्र चलेन देउवा पार्टीबाटै निष्काशित भए!
नेपालमा पार्टीतन्त्र लोकतन्त्रभन्दा शक्तिशाली छ। त्यसैले त लोकतान्त्रिक संस्थाहरूको विकास र निर्माण प्रक्रिया खराब छ र सुस्त पनि। देश र जनतामाथि लोकतन्त्रले होइन पार्टीतन्त्रले शासन गरिरहेको छ। पार्टीतन्त्रमा नेता र तिनका अन्ध समर्थकहरू राज्य सञ्चालनका हर्ताकर्ता हुन्छन्। राज्यको ढुकुटीमा तिनैको नियन्त्रण हुन्छ। अफ्रिकी देश जिम्बावेमा त चिठ्ठा पनि पार्टी नेताको नाममा निस्कन्छ। पार्टीतन्त्रको पराकाष्ठा हेर्न रोबर्ट मुगावेको शासन र जिम्बावे बु‰न जरुरी छ। लोकतन्त्रमा लोकतान्त्रिक संस्थाहरूमार्फत् सबै नागरिकले सेवासुविधा पाउँछन्। नेपालमा लोकतन्त्रको आवरण छ, तर लोकतान्त्रिक संस्थाहरू पार्टीतन्त्रबाट सञ्चालित छन्। प्रहरी, न्यायाधीश, कर्मचारी, विश्वविद्यालयका उपकुलपति, अस्पतालका प्रमुख, संवैधानिक निकायका प्रमुखहरू, कूटनीतिक नियोगमा नियुक्ति सर्वत्र पार्टीतन्त्र छ। नेपालमा भन्दा राम्रो त चीनमा एकदलीय कम्युनिष्ट पार्टीको तन्त्रअन्तर्गतका सरकारी संस्था र सेवाप्रदाय निकायहरू छन्। ती कम्युनिष्ट पार्टीबाट नियुक्त भए पनि आमनागरिकलाई समान व्यवहार गर्छन् र सुविधा पनि घुस नखाइ दिन्छन्। त्यसैकारण युरोप, दक्षिण अमेरिका र अफ्रिकामा चिनियाँ राजनीतिक मोडेल धेरै विचारक र जनताका लागि आकर्षक भैरहेको पाइन्छ अहिले। नेपालको लोकतन्त्र अब पार्टीतन्त्रबाट माथि उठेर जनतन्त्रमा नजाँदा टिक्ला? सम्भव देखिँदैन।
देशको प्रधान मन्त्री केपी शर्मा ओली भारत भ्रमणमा छन्। प्रधान मन्त्री पद कुनै व्यक्ति वा पार्टीको होइन, राज्यको कार्यकारिणी संस्था हो। ओलीको भारत भ्रमणलाई त्यही सन्दर्भमा बु‰नुपर्ने हुन्छ। नेपाल–भारतसम्बन्ध अहिले कूटनीतिकरूपमा मात्र बिग्रेको छैन सर्वसाधरण नेपालीको दैनिकी नै दुःखकष्टमा बितिरहेको छ। सीमानाकाबन्दी सामान्य कुरा थिएन। यो युद्धको समय पनि सोच्न नसकिने विषय हो भनी कूटनीतिक क्षेत्रका मान्छे भन्छन्। यस्तो पृष्ठभूमिमा विदेश गएको प्रधान मन्त्री देशभित्र बलियो छन् र शक्तिशाली पनि भन्ने सन्देश दिनु जरुरी हुन्छ। सरकार पनि सबै नेपालीको लागि स्वीकार्य छ र स्थिर पनि भनी देशभित्र वातावरण बन्न जरुरी थियो। प्रधान मन्त्री ओलीलाई कम्युनिष्ट गठबन्धनको मात्र प्रधान मन्त्री होइनन् नेपालका हुन् भन्ने भावनाबाट समर्थन हुनु जरुरी थियो यतिखेर।
प्रधान मन्त्री देशकै हुन्छ र उसलाई विदेशी भूमिमा भएको बेला कमजोर र भुत्ते पार्ने होइन शक्ति दिने दायित्व पार्टी र नागरिकको रहन्छ भन्ने विश्वव्यापी सामान्य नियम हो। तर, नेपालमा त्यस्तो भएन, हुन सकेन। र, त्यो पनि नेपाली कांग्रेसजस्तो आफूलाई देशको एकमात्र लोकतन्त्रवादी भन्न्ने पार्टीका नेताहरूबाट यस्तो हुनु अशोभनीय र निन्दनीय छ। प्रधान मन्त्रीको परिवर्तन कांग्रेस विधानमा लेखिने विषय होइन न यो देउवा र पौडेलको लागि सभापतिको आकांक्षा पूरा गर्ने विषय नै हो। देउवा र पौडेलले हल्कारूपमा सभापति पदसँग प्रधान मन्त्री पदको लेनदेन गर्न तम्सेको समाचार बाहिर आयो। यो असल नियतले आए पनि यसको सन्देश गलत गयो विदेशमा। जनताबाट निर्वाचित सांसदहरू पनि यो प्रकरणमा सबै चुप छन्। यसरी प्रधान मन्त्री पदको गरिमा कमजोर हुँदा नेपालको लोकतन्त्र कसरी मजबुत हुन्छ, बुझिनसक्नु छ। यो संस्थाको गरिमा र रक्षा कांग्रेसले गर्न जान्दैन भने संसदीय व्यवस्थाको हिमायती यो पार्टी कसरी हुन सक्छ? हो, कांग्रेसबाट प्रधान मन्त्री हुनु नराम्रो पटक्कै होइन, तर यस्तो विषय उठाउने समय हुन्छ र तरिका पनि बेग्लै हुुनुपर्छ।
नेपाली कांग्रेस १३औँ महाधिवेशनको संघारमा छ। कांग्रेसको महाधिवेशन आमनागरिकको लागि कमै चासोको विषय हो। तर, देशको प्रधान मन्त्री यस्तो संकटको समय भारत भ्रमणमा छन् र तिनको सफल भ्रमणले आमनागरिकको जीवनलाई तत्कालै प्रभाव पार्छ। प्रधान मन्त्रीको भ्रमण असफल हुँदा नेपालको आर्थिक–सामाजिक अवस्था झनै बिग्रेर जाने निश्चित छ। अहिले नै देशको स्थिति र जारी नयाँ संविधान पार्टीका नेताहरूले सम्हाल्न सक्ने अवस्था बनिसकेको छैन।
पार्टीमा गुट हुन्छन्, गुटका नेेता हुनु पनि अस्वाभाविक मानिँदैन लोकतन्त्रमा। पार्टीमा गुट भारत, बेलायत, जापान, अमेरिका जहाँ पनि छ। तर, ती गुटको कार्यक्षेत्र र सम्बोधन गर्ने शैली तथा विषयवस्तुको सीमा हुन्छ। समय र परिस्थितिको ख्याल राखेर राष्ट्रिय हितअनुरूप ती चल्न जान्दछन्। नेपालमा लोकतान्त्रिक संस्कार र संस्थाहरूको अभाव छ। पार्टीमा आफ्नो बर्चस्व कायम गर्न लोकतन्त्र र लोकतान्त्रिक संस्थालाई नेताहरूले भेटी चढाउनेलाई जिम्मा लगाउन थालेपछि नागरिकको लोकतन्त्रप्रति विश्वास हट्छ। सरकारी संयत्र पंगु बन्न पुग्छ।
नेपालमा लोकतन्त्रको उदयपछि धेरै नराम्रा काम भए भन्ने चर्चा चल्ने गर्छ, यो सत्य होइन। नेताहरूको लालचले लोकतन्त्रको उपलब्धि छायाँमा परेको मात्र हो। अन्यथा, बितेको अढाई दशकमा नेपालले धेरै विकास गरेको छ। सामाजिक पूर्वाधारको क्षेत्रमा नेपालको उपलब्धि प्रशंसनीय छ। सबैभन्दा ठूलो कुरा नागरिकको चेतना र राज्यसँगको पहुँचको आयाम बिस्तार भएको कुरा स्वीकार्न सक्नुपर्छ। आजको नेपाल केही व्यक्तिको बन्दी नुहुने हो भने जुरुक्क माथि उठ्न मानसिकरूपले तयार भएर बसेको देखिन्छ।
विगतमा राज्य र राज्यसंयन्त्रमा नागरिकको पहुँच सीमित थियो। अहिले त्यस्तो छैन। जनता राज्यको चरित्र हेरिरहेका छन् र आफ्नो पहुँच बढ्ने सम्भावना तिनले संविधानमा देखिरहेका छन्। तसर्थ, पुरानो राज्यसंयन्त्रमाथि भावी दिनमा ठूलो हस्तक्षेप हुने निश्चित छ। र, यो हस्तक्षेप सकारात्मक विभेदबाट आउने देखिन्छ। मलाई यस्तो असाधारण बोध काठमाडौँ बाहिर गएपछि हुन्छ। कांग्रेस सभापति सुशील कोइरालाको निधनमा शोक र श्रद्धाञ्जलीको बाढी आयो। स्मृति र स्मरणका लेखले छापाहरू भरिए। म स्वयंले पनि लेखेँ किनकि, मेरो पहुँच र प्रभाव सुशीलसम्म सहज थियो।
सुशील कांग्रेसका सभापति र देशको प्रधान मन्त्री पनि भए। तर, किन मधेसी, आदिवासी र जनजातिले सुशीलसँगका स्मरणहरू लेखेको छापाहरूमा आएनन्? प्रष्टै छ, तिनको पहुँच र सम्पर्क सुशीलसम्म थिएन। बाँकेका मुसलमान हुन् कि मधेसी, के ती सुशीलदाको 'भोटर'मात्र थिए? एकातिर लोकतान्त्रिक संस्थाहरू कमजोर छन्, अर्कोतिर पार्टी नेताहरूसँगको पहुँच सीमित जाति र परिवारको मात्र हुन जाँदा राष्ट्रिय एकता र अखण्डताको कुरा गरेर मात्र कहाँ पुग्ला र? बुझ्नुपर्ने कुरा के छ भने, वर्तमान संविधानले नेपाली राज्यको यो चरित्र परिवर्तन गर्ने शक्ति राख्छ।
प्रधान मन्त्री ओलीको भारत भ्रमणमा भारतीय समकक्षी नरेन्द्र मोदीको शारीरिक भावभंगिमा उत्साहजनक देखिएन, उनको स्वभावअनुरूप लागेन। अर्थात्, भारतसँग फेरि झमेला नहोला भन्न सकिन्न। ओलीको बोली र शैली भारतमा सन्तुलित नै रह्यो। अब तामझामसाथ उनको चीन भ्रमण चाँडै नै हुनेछ। चीन भ्रमणसम्म कांग्रेसले नयाँ सभापति पाइसक्ला नै। त्यसपछि नेपालको राजनीतिमा नयाँ प्रधान मन्त्रीको खोजी हुने अड्कल अहिले नै गरिँदैछ। मेरो अनुरोध केमात्र हो भने, यस्तो खेल प्रधान मन्त्री विदेश गएको समय नगरौँ।