बंगलादेशी लेखक मौदुद अहमदले बंगलादेशलाई आधार बनाएर लेखेको पुस्तक 'साउथ एसिया, क्राइसिस अफ डेभलपमेन्ट'मा भारतको छिमेकीहरूप्रतिको दृष्टिकोणको सटिक चित्रण गरेका छन्।दशकअघि प्रकाशित उनको पुस्तकमा अहमदले भारतलाई यस क्षेत्रको नेतृत्वदायी भूमिका खेल्ने हो भने उसले छिमेकीप्रतिको सोचमा आमूल परिवर्तन गर्नुपर्ने औँल्याएका छन्। अहमद लेख्छन्– भारतले पाकिस्तानलाई आफैबाट अलग भएको एउटा देश सोच्छ, श्रीलंकालाई पाल्क स्ट्रेटले छुट्याएको समुन्द्रतटको टापु भनेर सोच्छ। नेपाललाई भूपरिवेष्टित, हिन्दुराज्य जो जातजातिका हिसाबले आफूजस्तै छ भन्ने मान्यता राख्छ भने बंगलादेशलाई आफ्नै सेनाका रगतले जन्मिएको देश र भुटानलाई त आफ्नै सुरक्षाभित्रको राज्य भनेर सोच्छ। भारत समुद्र गुप्त, अशोका, पृथ्वीराज, वाबर, अकबर, शाहजहाँ र अनुराजजेवको धरोहर भएको यस क्षेत्रको प्राचीन समाजले सम्पन्न देश भएको उल्लेख गर्दै अहमद सुझाव दिन्छन्– भारतका छिमेकीहरू उसका लागि विकासका सम्पत्ति हुन्, तिनीहरू सुरक्षाका चुनौती होइनन्।
सन् २००२ मा प्रकाशित पुस्तकमा अहमदले भारतबारे जस्तो टिप्पणी गरेका थिए, त्यो अहिले पनि उत्तिकै सान्दर्भिक छ। भारत विश्वरंगमञ्चमा आफ्नो बलियो र प्रभावकारी उपस्थिति चाहन्छ। विश्वको सबैभन्दा प्रबल लोकतान्त्रिक अभ्यासको प्रचार गर्छ। आर्थिक, भौतिक र सामरिक विकासमा छलाङ मार्ने योजनाहरू बुनिरहेको छ। उसले आफ्नो देशमा गरेका भौतिक प्रगति र विकास अनि सामरिक विकासबारेका उसका दाबी आफ्नो ठाउँमा सही होलान्। प्रगतिको पथमा ऊ लम्किएको, विज्ञान प्रविधिमा अगाडि बढेको देखिन्छ पनि। जनताको विकास र आर्थिक प्रगतिका निम्ति देशभित्रको विकासले महत्व राख्छ नै। तर, जब विश्वरंगमञ्चमा भूमिका खोजिन्छ, त्यस्तो बेलामा क्षेत्रीय शक्तिहरूको आफ्ना छिमेकीहरूसँगको सम्बन्ध कस्तो छ? कति सुमधुर छ र कति समन्वयात्मक छ? त्यसको लेखाजोखा हुन्छ नै। भारतको छिमेकीसँगको सम्बन्ध कस्तो छ त? नेपालसँगको सम्बन्ध त अहिले परीक्षामा छ। पाकिस्तानसँग शत्रुवत् सम्बन्ध छ, त्यसको चर्चा नगराँै। बंगलादेश, श्रीलंका, माल्भ्सि र आफ्नै सुरक्षा छाताभित्र रहेको भुटानसँगको सम्बन्ध पनि सुमधुर छैन। खटपटहरूबीच गुजि्ररहेको देखिन्छ।
नेपालको सन्दर्भ अहिले तातो छ। दुई देशका सम्बन्धका मामलाहरू काठमाडौँ र दिल्लीबीच सीमित रहनुपर्ने हो। राजनीतिक, कूटनीतिक विषयहरूले आमजनताको जीवनयापनमै अप्ठ्यारो पार्नु हुन्नथ्यो। तर, छिमेकीको अघोषित नाकाबन्दीको असर चुल्होचौकोसम्म पुगेको छ। तराई आन्दोलनका आरोह–अवरोहबीच नेपाली जनता छिमेकी भारतको हेपाइको पीडा भोग्दैछन्। उसको नेपालको लोकतान्त्रिक आन्दोलनप्रतिको सहयोग र बर्सेनि अर्बौंको सहायता हुँदाहुँदै पनि थोकमा भारतविरोधी जमात तयार भएको छ अहिले। नेपाली मानसिकतामा गडेको छिमेकीप्रतिको अविश्वासकै कारण हुनसक्छ प्रधान मन्त्री केपी शर्मा ओली भारत भ्रमणको पूर्वसन्ध्यामा अहिले कुनै पनि सम्झौता नगर्ने स्पष्टीकरण दिइरहेका छन्। ओलीको भ्रमणका बेला उनलाई अप्ठ्यारोमा पारेर कुनै सम्झौता गर्न बाध्य गराइने त होइन, दिल्लीप्रतिका संशयहरू छताछुल्ल छन्। मधेसी मोर्चाहरूले चलाएको ६ महिना लामो आन्दोलन विश्रामको क्रममा छ। ५ महिना लामो मधेसी मोर्चाको घोषित र भारतको अघोषित नाकाबन्दी आपसेआप समाप्त भएको छ। भारतविरोधी अभिव्यक्ति दिने हाम्रा स्वनामधन्य प्रधान मन्त्री र नेताहरू अहिले त्वम्शरणम्को शैलीमा प्रस्तुत भैरहेका छन्। तैपनि, नेपालीको चुल्हो चल्ने ग्यासको आपूर्ति भैरहेको छैन। प्रधान मन्त्री ओलीको भ्रमणपछि मात्र ग्यासको आपूर्ति सहज हुने प्रचार गरिएका छन्। किन त? परराष्ट्र मन्त्री कमल थापाले हालै एक कार्यक्रममा बोल्दै भारतमा नेपाल मामलामाथि चासो राख्ने र चलखेल गर्ने भिन्नभिन्न खाले तत्व रहेको चर्चा गर्दै उनीहरूबीचकै भिन्न स्वार्थका कारण नेपालले असहज अवस्था भोग्नुपरेको आँैल्याए। थापाको आकलन आफ्नो ठाउँमा सही होला। तर, पछिल्लो समय भारतको नेपालप्रतिको रबैयालाई लिएर दिल्लीमा पनि बहस बाक्लै हुन थालेका छन्। सतहमा भारतको राजनीतिक पक्ष, त्यसको खुफिया एजेन्सी र स्थायी सत्ता प्रशासनिक नेतृत्वको आआफ्ना प्रयोगकै कारण दिल्लीको राजनीतिक, कूटनीतिक अभ्यासमा एकरूपता थिएन भन्ने कुरा भारतकै कतिपय विद्वानले टिप्पणी गर्न थालेका छन्। प्रधान मन्त्री ओलीको भ्रमणको उद्देश्य भारतसँगको सम्बन्धलाई प्रगाढ बनाउने भनिँदैछ। सम्बन्ध सुधार गर्ने प्रयोजनको भ्रमण कति उपलब्धिमूलक हुने हो त्यसको लेखाजोखा हुँदै गर्ला। तर, ६ महिना लामो मधेस आन्दोलनसँग जोडिएको दिल्लीलाई नेपालका भिन्नभिन्न राजनीतिक पक्षले कसरी लिएका छन् त? सिंहदरवारको सत्ता बाध्यताबस सम्बन्ध सुधार गर्ने स्थितिमा पुगेको देखिन्छ। दिल्ली दाहिने हात हुन्जेल सिंहदरवारको सत्तारोहण गर्न सकिन्छ भन्ने मनोविज्ञानबाट हाम्रा राजनीतिकर्मी ग्रसित छन्। उता, मधेसी मोर्चा दिल्लीको उक्साहटमै नाकाबन्दीसम्मको आन्दोलनमा उत्रिएको थियो। तर, परिणाम के भयो त? मधेसी मोर्चाका नेताहरू दिल्लीले आफूहरूलाई माथि उचालेर भुइँमा पछारेको प्रतिक्रिया दिन थालेका छन्। दिल्लीले अपमान गरेको मोर्चाका नेताहरू बताउन थालेका छन्। उता तराई–मधेसका जनता चरम निराशामा बाँचिरहेका छन्।
राजनीतिक आन्दोलनहरूलाई सुरुमा प्रोत्साहित गर्ने र अन्त्यमा आएर त्यसको विरुद्धमा जाइलाग्ने भारतको चरित्र नेपालले मात्र भोगिरहेको छैन। मधेस आन्दोलनप्रतिको प्रतिक्रिया र दशक लामो माओवादी 'जनयुद्ध'प्रति पछिल्ला समय भारतले खेलेको भूमिका एकै प्रकृतिको देखिन्छ। माओवादी 'जनयुद्ध'का प्रारम्भिक वर्षहरू र अन्तिम समयमा भारतले खेलेको भूमिकाबारे पुष्पकमल दाहाल र डा. बाबुराम भट्टराईजति भुक्तभोगी अरु को होला! सायद अहिले समअनुभव गर्दैछन् महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतोहरू। श्रीलंकाको तमिल विद्रोहमा पनि भारतले सुरुमा उत्प्रेरकको भूमिका खेलेको थियो भने पछाडि आएर त्यसका विरुद्ध सैनिक कारबाहीमै ओर्लियो। तमिल विद्रोह विस्तार र अवसानको नालीबेली लामो छ। त्यसको चर्चा अहिले नगरौँ। बंगलादेशका राजनीतिक आन्दोलनहरुको नालीबेली खोज्दै जाँदा त्यसको नाता बंगलादेशको ठूलो प्राकृतिक ग्यास भण्डार हुँदै दिल्लीसँग जोडिन पुग्छ।
काठमाडौँमा कस्तो सत्ता चल्नुपर्छ? थिम्पुको राजनीतिमा को आउनुपर्छ, को आउनु हुँदैन? ढाकाको राजनीतिमा को विराजमान हुनुपर्छ कसलाई लखेट्नुपर्छ तथा कोलम्बोमा कसको राज चल्नुपर्छ? यी मामला सम्बन्धित देशका नागरिक र राजनीतिक दलहरूको हो। त्यस्ता मामलामा दिल्लीले टाउको दुखाउनु कदापि उचित होइन। तर, कूटनीतिक आवरणमा दिल्ली यस क्षेत्रमा राजनीतिक अस्त्र चलाउँछ र परिणाम छिमेकीबाट सधैँ आलोचित बन्छ।
मधेसी मोर्चाको आन्दोलनलाई 'रोटीबेटीको सम्बन्ध'गाँसेर दिल्लीले उत्पे्ररकको काम गरेको हो। तर, आन्दोलनलाई विश्राम दिनेमा उसको भूमिका देखिएको छैन। नेपालको तराई–मधेसको राजनीतिक जीवन दोस्रो जनआन्दोलनपछिका स्थानीय आन्दोलनहरूको पृष्ठभूमिमा तरल छ। तराईको तरलता कसैका लागि पनि हितकारी छैन। उक्त तरलतामा खेल्नेहरूमा भारत एक्लो छैन। त्यहाँ छिमकी चीन पनि आइपुगेको छ र विभिन्न विकासे आवरणमा युरोप र अमेरिकन पनि चलखेल गरिरहेका छन्। मिथिला, भोजपुरा, अवधजस्ता भाषिक र सांस्कृतिक पहिचानका आन्दोलनहरूको आयाम देशका सीमारेखाभित्र सीमित हुँदैनन् भन्ने कुरा दिल्लीले मसिनोसँग केलाउन सक्नुपर्छ। नेपाली समाजमा रोटीबेटीको सम्बन्ध दक्षिणी हिन्दी भाषी समाजसँगमात्र छैन। पूर्व सिलोङसम्म र पश्चिम देहरादुनसम्म, उत्तरका तिब्बती पठारको भोट समुदायसम्म नेपालीको रोटीबेटीको सम्बन्ध फैलिएको छ। मिथिलाको भूराजनीति नेपालका पर्सादेखि सप्तरीसम्ममात्र फैलिएको छैन। भाषा, संस्कृति र सामाजिक जीवनको परिधि राजनीतिका सीमारेखाभन्दा भिन्न हुन्छन्। त्यसलाई राजनीतिक–कूटनीतिक मसला बनाउन हुँदैन, मिल्दैन।
मधेस आन्दोलनमा सीमापारिका शुभेच्छुकहरूको सक्रियता हामीले देख्यौँ। रोटीबेटीको सम्बन्धको नाममा पारिका आफन्त स्वाभाविकरूपमा लागेका थिए, राजनीति गर्नेहरूले त्यसलाई हतियार बनाए। दिल्लीले सीमाक्षेत्रको सामाजिक सम्बन्धलाई कूटनीतिक अस्त्र बनायो। अहिले त्यो पटाक्षेप हुने क्रममा छ।। हालै गुवाहाटीमा सम्पन्न साग फुटबलको फाइनलमा नेपाली खेलाडीलाई हौस्याउनेमा नेपालीमूलका भारतीय उर्लिएको देखिन्थ्यो। भारतीय नागरिक नेपाली झन्डा उचालेर यताका खेलाडीलाई हौस्याउने अवस्थाले के संकेत गर्छ? त्यस्तो अवस्था आउनुका पछाडिका कारण के हुन्? सायद दिल्लीले विश्लेषण आवश्यक ठानेको छैन। सामाजिक जीवनमा देखिने मसिना कुराहरूले कतिपय अवस्थामा गहिरो अर्थ र महत्व राख्छन्। त्यसको भाषा बुझ्न सक्नु राजनीतिक–कूटनीतिक चातुर्यता हो।
नेपालको तराई–मधेस अशान्त छ। दिल्ली र काठमाडौँबीच हुने सन्धिसम्झौतामा तराई–मधेसका मुद्दा प्राथमिकतामा नपर्न सक्छन्। मधेस आन्दोलनको जबर्जस्ती अवतरण दिगो उपचार होइन–हुन सक्दैन। यसको सम्बोधन काठमाडौँका लागि जति आवश्यक छ, त्यत्तिकै महत्वपूर्ण छ दिल्लीका लागि पनि। साउथब्लक, जो नेपालको सन्दर्भमा राजनीतिक, कूटनीतिक र सामाजिक पक्षलाई भन्दा सुरक्षा र सामरिक चिन्तनबाट निर्देशित 'र' को प्रेस्त्रि्कप्सनमा चल्दै आएको छ। अब त्यसमा आमूल परिवर्तन आवश्यक छ।