झन्डै ८० वर्ष पुगेका अनि जिब्रो तथा फोक्सोको क्यान्सरको व्यथाले जीर्ण भएका नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले मृत्युवरण मेडिकल साइन्स र प्रकृति दुवै सिद्धान्तविपरीत होइन। तर, एउटा पूर्वप्रधान मन्त्री तथा देशकै सबैभन्दा ठूलो दलको नेतृत्वकर्ता विरामी भएर एक सातादेखि घरमा थलिएको खबर सार्वजनिक हँुदैन अनि १० मिनेटको दूरीमा रहेको अस्पताल नपुर्यामई बासस्थानमै देहान्त हुन्छ भने त्यसबारे सर्वसाधारणले प्रश्न उठाउनु अस्वाभाविक होइन। सार्वजनिक खबर हेर्दा र उनका निजी चिकित्सकको भनाइ सुन्दा अस्पतालमा मात्रै इलाज गर्न सकिने विरामी भए पनि सुशीललाई घरमै उपचार गरेको देखियो। त्यस्तो कार्य मेडिकल काउन्सिलको 'इथिक्स'भित्र पर्छ–पर्दैन खुल्दै जाला। संयुक्त राज्य अमेरिकामा कलाकार माइकल ज्याक्सनलाई अस्पतालमा मात्र दिन सकिने चिकित्सकीय सुविधा जबर्जस्ती घरमा प्रदान अरेको अभियोगमा उनका निजी डाक्टरले झ्यालखाना बस्नुपरेको थियो।
सन् १९९६मा नेपाली कांग्रेस केन्द्रीय कार्यालयको सचिवमा नियुक्त गरिएको पत्र तत्कालीन महामन्त्री सुशील कोइरालाको हातबाट लिएको थियो यस पंक्तिकारले। भर्खरै कलेजको कोरा शिक्षा लिएर आएको एउटा युवा र व्यावहारिक अनुभवले खारिएका नेताबीच कहिलेकाहीँ तालमेल नमिले पनि सुशीलदाप्रति मेरो अविच्छिन्न सम्मान रह्यो। उनीप्रति आस्था जाग्नुका कारणमा सर्वप्रथम केही व्यक्तिगत अनुभव प्रस्तुत गर्ने अनुमति चाहन्छु।
त्यसबेला कांग्रेस केन्द्रीय कार्यालय ४ बजेसम्म खुल्ने भए पनि सुशीलदाको कार्यतालिका भने बेलुका ७–८ बजेसम्मको बन्थ्यो। भेट्न चाहने अधिकांश मानिस व्यक्तिगत कामले आउने हुनाले एकान्त चाहिन्थ्यो। तर, महामन्त्रीको कार्यकक्षमा भलाकुसारी गर्ने गोप्य स्थान थिएन अनि सुशीलदाले त्यस्तो एकान्तवार्तालाई प्राथमिकता पनि नदिने। सबै गएपछि एक्लै पारेर आफ्नो व्यक्तिगत कुरा भनाँैला भनी बस्ने कार्यकर्ताका कारण महामन्त्रीको कार्यालय बसाइ लामो हुन्थ्यो। घरमा गएर एक्लै घोत्लनुभन्दा अफिसमै बस्दा विविध जानकारी हुन्छ भन्ने सोचले पनि काम गर्यो । अबेरसम्म अफिस बस्ने भएकाले टेकुको अफिसबाट निवास महाराजगन्जसम्म पुर्यापउन गाडीवाला तम्तयार भएर बस्थे, त्यसलाई चाकरी–सहयोग जे भने पनि भयो। सुरुका दिनमा सुशीलदालाई निवास पुर्याकउने काम भारतीय सेनाबाट निवृत्त कर्णेल लालकाजी गुरुङले गर्थे। पछि एउटा कार्यकर्ताले 'भारतीय सेनाको मान्छेले तपाईंको क्रियाकलापको निगरानी गरिरहेको हुनसक्ने'आशंका व्यक्त गर्नेबित्तिकै लालकाजीसँगको सम्बन्ध उनले चटक्कै छोडे। त्यसपछि अमेरिकाबाट नेपाल फर्किएका वकिल गान्धी पण्डितले त्यो जिम्मेवारी लिए। तर, त्यसको केही समयपछि गान्धीले वकिलको हैसियतले अमेरिकामा गैरकानुनी काम गरेका कारण नेपाल फर्किएको कुरा सुशीलदाको कानमा पारिदिएकै दिन उनीसँगको संगत पनि छुट्यो।
सन् २००३मा अध्ययनको क्रममा अमेरिकाका उड्नुअघि सुशीलदालाई भेट्न गएको थिएँ। सामान्य शिष्टाचारपछि बिदा हुन लाग्दा चिया नखाइ जान नपाउने भएँ। तर, भान्सेले मट्टितेल नभएको जानकारी दियो। त्यसबेला कठमाडौँका सामान्य घरमा ग्यासको प्रयोग हुन थालिसकेको थियो, तर त्यहाँ भने स्टोभ नै बल्थ्यो। आफूसँग भएको केही पैसा दिए उनले इन्धन किन्न। त्यसको धेरैपछि पनि चिया आएन, चिनी पनि सकिएको जानकारी आयो। अनि उनले अब त पैसै छैन के गर्ने भन्न थाले! सन्देहास्पद व्यक्तिसँग लसपस गर्न नचाहने, अर्थसँग लगाव नभएको तथा सरल जीवन व्यतीत गर्नेजस्ता प्र्रधान गुणहरूका कारण सुशीलदाका अन्य दुर्बल पक्ष छोपिएका थिए। किसुनजीजस्तो चलाख, गिरिजाबाबुजस्तो रणनीतिक क्षमता अनि गणेशमानजीजस्तो बलिदानको भावना नभए पनि फरक अन्तर्निहित नैतिक शक्तिका कारण सुशीलदाले कांग्रेसी तथा गैरकांग्रेसीबीच बेग्लै प्रभाव पार्न सके, सम्मानित बने।
प्रत्येक भेटमा अमेरिका बसेर हुँदैन नेपाल फर्कनुपर्छ भन्ने आग्रह हुन्थ्यो सुशीलदाको। मेरो जवाफ पनि बनिबनाउ हुन्थो– नेपालमा बेरोजगार धेरै छन् मलाई बोलाएर बेइलमी किन थप्नु हुन्छ? विदेशबाट फर्किएकाहरू बिहानदेखि बेलुकासम्म नेताको चाकरी गर्ने अनि हातमुख जोर्न सरुवाबढुवा तथा ठेक्कापट्टा मिलाउन हिँडेको देख्दादेख्दै थप मानिसलाई नेपाल नबोलाउनुस् भन्ने सल्लाह हुन्थ्यो मेरो। पार्टी तथा देशमा पैसा र गुण्डासँगको संगत भएकाहरूको बोलवाला बढ्दै गएपछि 'मनी' तथा 'मसल'सँग टाढै बस्न रूचाउने सुशीलले पार्टी तथा देश हाँक्ने अवसर पाउलान् र भन्ने आशंका थियो। तर, गत महाअधिवेशनमा अन्यले धेरै धन खर्चिंदा पनि कार्यकर्ताले निष्ठाको राजनीतिमा विश्वास गर्ने सुशीललाई सभापतिमा जिताएर मूल्य–मान्यताको राजनीतिको मृत्यु नभएको सन्देश दिए। पैसा तथा गुण्डा परिचालन गर्न नसक्ने सुशील मुलुकको प्रधान मन्त्री कुनै पनि हालतमा बन्न नसक्ने मनोविज्ञान देखिन्थ्यो। तर, सामान्य सोचभन्दा फरक परिणाम आयो। सुशील नेपाली कांग्रेसको संसदीय दलको नेतामात्र बनेनन् देशको प्रधान मन्त्री पनि भए।
संयोगले कोइरालाको प्रधान मन्त्रीत्वमा संविधान बन्यो। तर, संविधान जारी भएपछिका दिनमा उनलाई लोभी देख्ने जमात ठूलो छ। के सुशील साँच्चिकै स्वार्थी हुन् त? त्यसको लेखाजोखा हुनु जरुी छ। संविधान निर्माणको पूर्वसन्ध्यामा नेपाली कांग्रेस, एमाओवादी तथा एमालेबीच सत्ता साझेदारीका सवालमा सम्झौता भयो। जसअनुसार संविधान निर्माण नहुन्जेल सरकारको नेतृत्व सुशीलले गर्ने। त्यसपछि एमालेका अध्यक्ष केपी ओली प्रधान मन्त्री बन्ने भए। राष्ट्रपति कांग्रेसले पाउने अनि सभामुख एमाओवादीको भागमा पर्ने भयो। कांग्रेसको भागमा परेको राष्ट्रपतिमा सुशीललाई बसाउन पाए आआफ्नो राजनीतिक मार्गप्रशस्त हुने भएकाले शेरबहादुर देउवा तथा रामचन्द्र पौडेल त्यसको समर्थनमा थिए। त्यसैले राष्ट्रपतिको एकलौटी दाबेदार थिए सुशील। गिरिजाबाबुले पाउन नसकेको ओहोदा भेट्ने हुँदा सुशीलदा प्रसन्न नहुने कुरै थिएन। तर, राजनीति सरल रेखामा कहाँ हिँड्यो र!
संविधान जारी भएपछि तराई आन्दोलनका कारण मुलुकको राजनीति असहज बन्यो। प्रहरीको गोलीबाट मधेसमा दर्जनौँ सर्वसाधारण मरे। तर, भावी प्रधान मन्त्रीले मधेसमा भएको हत्यालाई लटरम्म आँपको बोटबाट फल झर्नुको संज्ञा दिए। मानव इतिहासमै उच्चकोटीको मानसाङ्लोले तराई बाँधिएको घटनालाई षड्यन्त्रको माखेसाङ्लोको पर्याय देखे ओलीले। अनि समथर सबै भूभाग तराईको राज्यमा चाहिने भए बिहार तथा युपी जानु भन्नेजस्तो गैरराजनीतिक अभिव्यक्तिसमेत आयो एमालेबाट। यसरी देशको झन्डै आधा हिस्सा आक्रान्त भएको अवस्थामा भावी प्रधान मन्त्रीले समस्त मधेसी जनताप्रति संवेदनहीन अभिव्यक्ति दिनु दुर्भाग्यको कुरा थियो। आपत्तिजनक अभिव्यक्तिका कारण अधिकांश कांग्रेसी ओलीका बिरुद्धमा थिए भने मन्त्री बन्ने पक्का भएका जत्थामात्र उनको पक्षमा। मधेसीलाई तथानाम गाली गर्ने ओलीलाई प्रधान मन्त्रीमा सरक्क समर्थन गर्दा पहाडे तागाधारीले नेतृत्व गरेका पार्टीहरू एमाओवादी, कांग्रेस तथा एमाले एकमत भए भन्ने सन्देश पनि जाने भयो। त्यसले गर्दा मुलुक पहाडे–मदेसेका अतिरिक्त तागाधारी र जनजातिको जटिल ध्रुवीकरणमा फस्ने भएकाले कांग्रेसले ओलीलाई प्रधान मन्त्रीमा समर्थन नगर्ने निर्णय गर्योज। उक्त प्रस्ताव मुलुकको दीर्घकालीन हितमा रहेको देखिन्छ। प्रक्रिया पुर्यानएर संसदीय दलको नेतृत्व फेर्न लामो समय लाग्ने भएकाले प्रधान मन्त्रीको उम्मेदवार चुन्ने जिम्मा सुशील, शेरबहादुर तथा रामचन्द्रको समूहलाई दियो, कांग्रेस केन्द्रीय समितिले। कार्यसमितिले दिएको अधिकारअनुसार नेतात्रयले सर्वसम्मतरूपमा प्रधान मन्त्रीको उम्मेदवार सुशीललाई बनाए। सुशीलले हार्ने उम्मेदवार बन्नु उचित थियो कि थिएन त्यो बहसको अर्को पाटो बन्ला।
नेतृत्वको कडा विरोधले छिटो नेता बन्न सकिन्छ भन्ने मान्यता बोकेको व्यक्तिले आफू संमिलित केन्द्रीय कमिटीले नेतात्रयलाई प्रधान मन्त्री चुन्ने अधिकार प्रत्यायोजन गरेको यथार्थ बिर्सिए अनि सुशीलका बिरुद्धमा ओर्लिए। एमाले र एमाओवादीको झुन्डमा कांग्रेसको एउटा समूह पनि सुशीलबिरुद्ध मिसिँदा उनी साँच्चिकै अभियुक्तजस्तो देखिन पुगे। सुशीलको उम्मेदवारी अपारदर्शी भयो भन्ने कुरामा शंका थिएन। तर, मधेसमा ज्वालामुखी फुटेका बखत त्यस क्षेत्रबिरुद्ध आगो ओकल्ने व्यक्ति मुलुकको झन्डै तीनचौथाइ सभासद्को समर्थनमा प्रधान मन्त्री बन्दा तराई र पहाडलाई बाँध्ने शक्ति अझ जीर्ण हुने यथार्थ कांग्रेसले बुझ्यो।
सुशील प्रधान मन्त्री उम्मेदवार बनेपछि उनलाई लोभी भन्ने जमात ठूलो देखियो। तर, उनीहरूले वास्तविकताको विश्लेषण गरेको देखिएन। सुशील प्रधान मन्त्रीको उम्मेदवार बन्नुअघि नै एमाले, एमाओवादी तथा राप्रपा नेपालबीच ओलीलाई प्रधान मन्त्री बनाउने गरी शक्ति बाँडफाटको सम्झौता सार्वजनिक भइसकेको थियो। उनीहरूको संसदीय गणितका कारण ओली प्रधान मन्त्री बन्ने कुरामा शंकै थिएन। ओलीलाई सरक्क समर्थन गर्दा मुलुकको राष्ट्रपति बन्ने निश्चित हुँदाहुँदै पक्का हारिने चुनावमा सुशील किन उठे त्यसको विश्लेषण भएन। विगत स्मरण गरौँ– २०३६ सालमा राजा वीरेन्द्रले पञ्चायती व्यवस्था रोज्ने कि बहुदलीय भन्ने विषयमा जनमत संग्रह गर्ने घोषणा गरे। चुनावी सरकारको नेतृत्व गर्न खुँखार पञ्च सूर्यबहादुर थापा खटिए। त्यसमाथि राजतन्त्रको कट्टर बिरोधी शक्तिको रूपमा रहेको देशको सबैभन्दा ठूलो कम्युनिस्ट पार्टीले बहुदलीय व्यवस्थालाई समर्थन गर्नुको बदला जनमत संग्रह बहिष्कार गर्ने निर्णय गर्योद। पञ्चायती व्यवस्थालाई जिताउन राज्यका सबै संयन्त्र लागेको अवस्थामा कम्युनिस्टले समेत बहुदललाई समर्थन नगर्दा चुनाव हार्ने पक्का थियो। त्यस्तो जान्दाजान्दै बीपी कोइरालाले चुनावमा जाने अठोट गरे। बहुदल पक्षधरले चुनाव हारे, तर जनमत संग्रहको प्रचारले गर्दा दलीय संरचना देशभर बन्यो। अन्यत्र झैँ राजनीतिमा सबै खेल केवल जित्नका लागि खेलिन्न बरु संस्कार स्थापनालाई पनि ध्यान दिइन्छ भन्ने कुरा राजनीतिक विश्लेषकले बुझ्नु जरुरी छ। व्यक्तिगतरूपमा एक पैसा जम्मा नगर्ने अनि हातमा आएको राष्ट्राध्यक्षको पद तिलाञ्जली दिएर पक्का हारिने चुनावमा होमिएर तराई, लेक र हिमाललाई एकसूत्रमा ल्याउने सुशील साँच्चिकै लोभी हुन् भने देशलाई यस्ता धेरै लालची नेताको खाँचो छ। सादगी जीवनका प्रणेता सुशीलदामा अन्तिम जय नेपाल!