राष्ट्रसेवक कर्मचारीले विलासिताको सपना देख्न मिल्छ कि मिल्दैन? यो बहस परम्परागत नै हो, तर पनि अहिलेसम्म चलिरहेकै छ। एउटा वृत्तिसेवामा प्रवेश गर्ने व्यक्तिले आफ्नो जीवनको सम्पूर्ण व्यवस्था त्यही वृत्तिबाट गर्न पाउने तर्क राख्नु आफैमा अनुचित नदेखिन सक्छ। तर, यसलाई परिवेश, जिम्मेवारी तथा सैद्धान्तिक आधारमा रहेर तर्क गर्नु उचित हुन्छ। सार्वजनिक सेवामा प्रवेश गर्ने व्यक्तिले कैयौँ दायित्व तथा जिम्मेवारी एकसाथ बोक्नुपर्ने हुन्छ।कतिपय दायित्व करारी, कतिपय पेशा धर्म र नैतिकतासँग गासिएका हुन्छन्। उसले राज्यका तर्फबाट विशेषाधिकारको उपयोग गरी शासकीय क्रियाकलापमा आफूलाई संलग्न गराएको हुन्छ भने राज्यका कतिपय महत्वपूर्ण निर्णयमा उसको भूमिका अहम् हुने गर्छ। यस्तो व्यक्तिले आफूलाई विलासी बनाउने सपना देखेमा राष्ट्रले केकस्ता असहज परिस्थिति भोग्नुपर्ने हो, त्यसलाई हलुका तवरबाट उत्तर दिन सकिँदैन।
राष्ट्रसेवकमा सार्वजनिक सिन्दुर (जिम्मेवारी) पर्नेबित्तिकै कतिपय नागरिक अधिकारबाट प्रत्यक्ष–परोक्षरूपमा वञ्चित रहनुपर्ने हुन्छ। यो उसको विशेषधिकार पनि हो। राजकीय साधन संकलन, विनियोजन, खर्च, नागरिक सुरक्षा व्यवस्था, विकास व्यवस्थापन र सेवा प्रवाहलगायतका कार्य राष्ट्रसेवकले राजनीतिक मार्गदर्शनमा गर्नुपर्ने हुन्छ। कानुन, नीति, राजनीति, बाह्य सम्पर्क तथा नागरिक चाहनाजस्ता प्रशासकीय परिवेशले कर्मचारीको दायित्व अझ ओजपूर्ण भएको महसुस सहजै गर्न सकिन्छ। यस्तो जिम्मेवार व्यक्ति सार्वजनिक जीवनका सिद्धान्तविपरीत वैयक्तिक स्वार्थमा लाग्नु कानुन, सिद्धान्त र नैतिकता कुनै पनि अर्थमा उचित हुँदैन। राज्यका तर्फबाट उपलब्ध गराइएका सुविधा, पारिश्रमिक, सामाजिक औकातजस्ता आर्थिक एवं गैरआर्थिक अवयव नै उसको जीवनवृत्तिको सजिला र असजिला पक्ष हुन्, जसलाई स्वीकारेर नै राष्ट्रसेवकले वृत्ति अवलम्बन गरेको हुन्छ। असजिलो छ भन्दैमा अतिरिक्त सुविधा र औकात खोज्ने कार्य सैद्धान्तिक एवं नैतिकरूपमा पनि वर्जित छ।
कुनै पनि राष्ट्रसेवकले यस्ता अवसर, औकात र असहज परिस्थितिसँग सम्झौता गरेर राष्ट्रसेवा स्वीकारिसकेपछि त्यसलाई व्यवसायका रूपमा र कार्यालयलाई त्यसको माध्यमका रूपमा स्थापित गरिएमा राज्यले उसबाट अपेक्षा गरेका कार्यमात्र पूरा नहुने होइन, सम्पूर्णरूपमा नै प्रणालीगत व्यवस्था र आस्थाका अवयव भत्किन थाल्छन्। त्यसपछि नैतिकता, सदाचारजस्ता विषयको कुनै अर्थ रहँदैन। समकालीन प्रशासनिक समाज विस्तारै विलासिताउन्मुख हँुदै गएको चर्चा सर्वत्र छ। यसका लागि राष्ट्रसेवकले अवसरको चोरी गर्ने, कार्यालय परिवेश र स्थापित कार्यविधिलाई स्वार्थमा आवद्ध गर्ने, राजनीतिक प्रणालीप्रति अनुचरवाद देखाउने, आस्था र आग्रहमा विभाजित हुनेजस्ता कार्य थाल्नुको अर्थ विलासितापूर्तिको छोटो बाटो अपनाउनु हो। समाजका प्रबुद्ध सम्प्रदायको गुणात्मक हिस्सा नै कर्मचारी भएकाले केकस्तो रणनीति अपनाउँदा राजनीति, परिवेश, सेवाग्राही तथा साधन आफ्नो स्वार्थपूर्तिमा लैजान सकिन्छ भन्ने ज्ञान उनीहरूलाई प्रशस्त छ।
प्रशासन व्यवस्था काममा लजाउने, सुविधामा रमाउने अनुचरको भीड बन्ने खतरा छ। काम गरेको जस्तो देखाउने र जस खोज्ने अनि 'एक्सक्युज' माग्ने प्रवृत्ति व्याप्त छ। जसले सम्पूर्ण मानवीय सभ्यता, सदाचार र नैतिकताप्रति मौन चुनौती दिएको छ। वृत्ति विकास र राष्ट्रसेवाका अवसर एकसाथ उपलब्ध हुने अवस्थामा रहेका राष्ट्रसेवकहरू अन्तरात्माप्रति निष्ठावान नभए राज्यव्यवस्था र सामाजिक प्रणाली नै विशृंखलित हुन पुग्छ। किनकि, राष्ट्रसेवक नै पलपलको सरकार हो, राज्यव्यवस्थाको मियो हो। त्यसैले भनिन्छ राजनीतिको जस्तो अनुशासन र व्यापारीको जस्तो विलासिताको अवलम्बन राष्ट्रसेवकबाट हुनुहुँदैन। सादा जीवन, समर्पित कर्म र सचेत विवेकशीलता उसका मूल्य हुन्। कर्म उसको आचरण हो, त्यसैले ऊ कर्मचारी हो। कामबाहेक न उसको नाम छ, न पहिचान नै!
कसरी कर्मचारीले विलासिताको पूर्ति गर्छ भन्ने केही उदाहरण प्रस्तुत गर्नु सान्दर्भिक हुन्छ। दशकअघिको घटना हो, मन्त्री भैसकेकी एक जना समाजसेवी महिलाले सामान्य कानुनी कार्यविधि भुल्दा सम्बद्ध निकायले उनीमाथि कारबाही सुरु गरेछ। त्यसमा उनलाई एक लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने भएकाले कर्मचारीहरूले निश्चित दिनमा सो रकम माग गरेछन्। उनीबाट एक लाख रुपैयाँ असुल गरिएछ। सायद उच्च अधिकृतले उनी निवर्तमान मन्त्री भन्ने थाहा पाएपछि कारबाहीको प्रक्रिया पनि पूरा नगरी रुपैयाँ फिर्ता गरेछन्। मन्त्री भैसकेकी व्यक्तिले गर्वसाथ एक लाख रकम फिर्ता लिएको बताएपछि त्यतिबेला यसप्रति विभिन्न प्रतिक्रिया उत्पन्न भएको थियो। यो घटना प्रतिनिधिमात्र हो। यस्ता घटना साना–ठूला आयतनमा धेरै स्थानमा भइरहेका हुन सक्छन्।
किन पेशागत निष्ठा र राष्ट्रसेवा पातलियो? प्रशासनको प्रत्येक पुस्ताले अर्कोलाई आफूले लिएको भन्दा असल प्रणाली किन हस्तान्तरण गर्न सकेन? किन सेवाबाट निवृत्त हुनेहरू आफ्नो दायित्व भुलेर प्रशासनलाई सत्तोसराप गर्न पुग्छन्? किन राजनीति र प्रशासन दुवै क्षेत्र एकअर्कालाई प्रणाली बिग्रनुको आरोप लगाउन पछि पर्दैनन्, तर प्रणाली भत्काउन उनीहरूबीच माखेसांलो मजबुत हँुदै गएको महसुस गरिँदैछ? यी प्रश्नहरू अहम् छन् । केही समयअघि गरिएको सर्वेक्षणअनुसार राष्ट्रसेवा गर्ने भावना राष्ट्रसेवकको औपचारिक प्राथमिकताको आठाँै क्रममा छ। एकजना अब्बल अध्यापकले आफू निजामती सेवामा जान खोज्नुमा त्यहाँ काम गर्न नपर्ने, तर जागिर खान पाइने कारण अघि सारेका थिए । यसो हुनुमा विलासिताप्रति रहेको सामाजिक समर्थन हो। समाजले सत्चरित्रलाई बिस्तारै पाखा लगाउँदै छ। मानवीय आधारमा भन्दा व्यक्तिले गर्ने चोरी, बेइमानी भनेको सामान्य खानलाउनमा मात्र सीमित हुनुपर्ने हो। राष्ट्रिय स्रोत, साधन, सूचना, शक्ति र नीतिगत चोरीको अन्तिम उद्देश्य भनेको विलासिताको प्राप्ति हो। विलासिता मोहका कारण नै एकै सेवा/परिवारका सदस्यबीच उछिनापाछिन, गलाकाट प्रतिस्पर्धा, षड्यन्त्र र चाकडी भैरहेको छ। अमूक स्थानमा जानका लागि प्रतिस्पर्धा भैरहेको छ। किन कोही व्यक्ति राजस्व आर्जन गर्ने र धेरै खर्च गर्ने स्थानमा जान लालायित छ? परिवारमा धेरैजसो बेइमान र कर्मबाट विषयान्तर भएपछि सीमित इमानदारको कुनै अर्थ नै रहँदैन। प्रत्येक पटक सीमित इमानदार र कामलाई वृत्ति मान्नेहरू पराजित छन्, आत्मतुष्टि र अन्तस्करणको जवाफदेहीका लागि मात्र काम गरिरहेका छन्। आाखिर प्रणालीलाई सीमित नै भए पनि जसरी तसरी उनीहरूले नै बचाएका छन्।
विलासिता प्राप्तिका लागि बल पुर्यािउने पक्ष पनि विलासी नै छन्। कर्मचारीको राजनीतिकर्मीसँग आवद्धित अस्तित्व हुने भएकाले राजनीतिले साथ नदिएसम्म ऊ चाहेर पनि त्यति धेरै विषयान्तर बन्न सक्दैन। यस अवस्थामा उसले उचित काम नगरे पनि कानुनी काम गर्नुपर्ने हुन्छ। तेस्रो विश्वको राजनीति जानीनजानी, चाहीनचाही विलासिता र सुखभोगको चंगुलमा परिसकेको छ। महँगो चुनाव प्रणाली, छिटोछिटो हुने चुनाव अनि सत्ता परिवर्तन तथा राजनीतिक अपराधीकरणका कारण पनि राष्ट्रसेवक कर्मचारीमा प्रभाव पर्ने गर्छ। र, आफ्नो कार्य नैतिकता गुमाउन पुग्छ। सार्वजनिक प्रशासनमा कार्यअभिमुखीकरण अति नै पातलिएको छ। मानाँै त्यहाँ प्रवेश गर्नु भनेको वृत्तिशृंखलाको लगातार उपलब्धता हो, जिम्मेवारी र सेवा समर्पण होइन। विगतको लिगेसी पनि त्यही अनुरूप देखियो। सुधार र अभिमुखीकरण प्रशासनिक 'गिमिक'मात्र भए। फलतः कर्मचारी सेवाप्रति निष्ठावान नभई प्रणालीविहीनता भित्रिएको छ। यसलाई नियन्त्रण गर्न स्थापित संयन्त्रहरू पनि कि हीनताबोधी छन् वा यही संस्कारका उपजमात्र बनेका छन्! नागरिक समाज निष्त्रि्कय र निराशावादी र कहिलेकाहीँ आग्रही पनि छ। यसले सुदूर भविष्यको सभ्यता र प्रगतिलाई नराम्ररी संकेत गरिरहेको छ।