अहिले कोइराला क्याम्प र देउवा गुटबीच तीव्र प्रतिस्पर्धा छ कांग्रेस क्याप्चर गर्न। नेपाली कांग्रेसको १३औँ महाधिवेशन गुटगत राजनीति गर्नेका लागि जीवनमरणको प्रश्न भएको छ यतिखेर। गाउँ, नगर र जिल्लामा कोइराला र देउवागुटले प्यानल बनाएर प्रतिस्पर्धा गरिरहँदा राष्ट्रिय निर्वाचनको झझल्को देखिन्छ। कांग्रेसमय भएको छ यतिखेर नेपाल।
कांग्रेस पार्टीको आन्तरिक निर्वाचनले धेरैलाई उत्साही र महŒवाकांक्षी बनाएको यो समयमा कैयौँ सांसद, केन्द्रीय सदस्य र पुराना निष्ठावान नेताहरू पार्टीको महाधिवेशन प्रतिनिधि चयनमा पराजित भएका छन्। यसैक्रममा बीपी कोइरालाका नाति प्रकाश कोइरालाका छोरा सिद्धार्थ कोइराला सुनसरी क्षेत्र नं. ४ बाट सहजै प्रतिनिधि चुनिए। अर्थात् 'कोइराला ब्रान्ड' कांग्रेस कार्यकर्तामाझ सहजै स्वीकार्य देखियो। तर, सुनसरी कांग्रेसमा लामो समयदेखि संलग्न एकजना तीनपुस्ते कांग्रेसी महाधिवेशन प्रतिनिधिमा नराम्ररी पराजित भए। तीन दशकअघि त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तरमा प्रथम श्रेणी प्राप्त गरेका ती 'खानदानी कांगे्रसी' सत्याग्रहमा गिरिजाप्रसादको निर्देशनबमोजिम आफ्नो उज्ज्वल भविष्यलाई तिलाञ्जली दिँदै जेल गएका थिए। जेलबाट रिहा भएपछि फेरि 'पार्टीलाइन के छ गिरिजा दाजु'भनी सोध्न गए। कोइरालाले गाउँ जाने, पढाउने र पार्टी मजबुत गर्ने निर्देशन दिए। उनी सुनसरीको गाउँ गए, अझै गाउँमै छन्। कांग्रेस संगठन सुनसरीमा मजबुत पार्न लागिपरे, अहिले अलपत्र परेका छन्!
यसबीच देशको राजनीतिक व्यवस्था परिवर्तन भयो। साथीभाइ, सहपाठीहरूमात्र होइन खानदानी कांग्रेसीका राजनीतिक विरोधी पनि आफ्नै पार्टीबाट मन्त्री, विदेशी कन्सल्ट्यान्ट र राजदूत हुँदा उनी गाउँमा बीपीको राष्ट्रियता र समाजवादको व्याख्यान गरेर बसे। यसरी ३० वर्ष गाउँमा कांग्रेसको माला जप्न गएका ती आफ्नो जवानीसँगै पैतृक सम्पत्तिसमेत समाप्त गरी प्रौढताबाट वृद्ध अवस्थातिर अहिले लम्कँदै छन्। जनतामा लोकप्रिय छन्, तर नयाँ रंगरूपका कांग्रेस कार्यकर्ता ती चिन्दैनन्, जान्दैनन्। तीन दशकअगाडि गाउँ पस्दा नेपाली कांग्रेस कोइराला र देउवामा विभाजित थिएन। उनी सिंगो कांग्रेसका योद्धा थिए, एक सक्षम र मेधावी सिपाही थिए कांग्रेसको। तर, कांग्रेसी परिचय हिजोआज नेपाली कांग्रेसमा भेटिन्न। धेरै ढिलोगरी ती खानदानी कांग्रेसलाई यो तŒवज्ञान भएछ र मसँग भने, 'लेख तर मेरो परिचय सार्वजनिक नगर।'
विराटनगर मधुमारामा एउटा सामाजिक कार्यक्रमबीच नेपाल ट्रेड युनियन कांग्रेसका पूर्व सभापति लक्ष्मण बस्नेत भन्दै थिए– 'सुशील कोइराला र शेरबहादुर देउवा स्वयं प्यानलमा परेनन् भने चुनाव हार्छन्।' बस्नेतले कांग्रेसमा भएको गुटगत राजनीतिको यस्तो तस्बिर देखाइरहँदा स्रोताका रूपमा त्यहाँ बसिरहेका लब्धप्रतिष्ठित कांग्रेसीहरूले सहमति जनाए। बीपी कोइरालाको नाति पुस्ता सिद्धार्थको कांग्रेस संगठनमा प्रवेश र सहज जितलाई पार्टी राजनीतिमा भावनाले मात्र काम गरेको भन्न मिल्दैन। उनको पछाडि कांग्रेसमा रहेको सशक्त कोइराला गुटको समर्थन नै बढी प्रभावशाली रह्यो। गुट राजनीति पारिवारिक राजनीतिलाई बचाउने र बढाउने माध्यमको रूपमा विश्वभरि चिनिन्छ, बुझिन्छ। नेपालमा कांग्रेसको राजनीतिमा 'कोइराला ब्रान्डको' आकर्षण छ। यो ब्रान्डसँग जोडिएकाले राजनीति गर्नै पर्दैन कांग्रेसमा! बलिउडदेखि सात समुद्र पारिबाट पनि नेपाली भूमिमा उत्रेपछि चुनाव जितिन्छ, जितिरहेकै छन्।
छिमेकी देश भारतको भारतीय राष्ट्रिय कांग्रेसलाई अहिले पनि गान्धी–नेहरु परिवारको नाति र पनाति पुस्ताले सञ्चालन गरिरहेका छन्। नेपालमा त्यही संस्करण दोहोरिएको भनी टिप्पणी गर्नेको कमी छैन। भारतमा मात्र होइन चीनमा पनि माओत्से तुङको नेतृत्वमा कम्युनिस्ट क्रान्ति गर्ने नायकहरूका नाति पुस्ताले नै अहिले शासन गरिरहेको छापाहरूमा पढ्न पाइन्छ। कांग्रेसको महाधिवेशनले कोइराला कांग्रेसको भविष्य निर्धारण गर्ने अड्कल गरिरहँदा नाति कोइरालाको प्रवेश पार्टीमा भएको छ। उनले कांग्रेसको महाधिवेशन प्रतिनिधि हुनेक्रममा नयाँ भिजनबाट कांग्रेस र देशलाई सञ्चालन गर्ने र युवा आकर्षण गराउने उद्घोष पनि गरे। कांग्रेसजनले अब नयाँ भिजनबाट यो पार्टी सञ्चालन भएको हेर्न नाति पुस्ताको नेतृत्व कुर्नुपर्ने हो कि नाति पुस्ताले कांग्रेसमा टिक्न धैर्य गर्नुपर्ने हो, उत्तर पाउन केही समय कुर्नपर्ने हुन्छ। तर, कांग्रेसलाई कोइरालाको पार्टी भनी एकथरी कांग्रेसले गर्ने टिप्पणी मिथक थिएन भन्ने पुष्टि नाति कोइरालाको प्रवेशसँगै भएको छ।
कांग्रेस कोइरालाको लागि अपरिहार्य हो कि कोइराला कांग्रेसको लागि भन्ने विवाद आजको होइन, धेरै पुरानो हो। कोइराला गुटका समर्थक यी दुवैलाई एकअर्काको पूरक मान्छन्। एकपटक बीपीले म, किशुनजी र गणेशमानजी जहाँ हुन्छाँै कांग्रेस त्यहीँ हुन्छ भनेको स्मरण गर्ने कांग्रेसीजन अझै धेरै बाँचेकै छन्। तर बीपी गलत प्रमाणित भए। खुला राजनीतिमा उनको अभिव्यक्ति महŒवहीन बन्न पुग्यो। २०४७ देखि ०६७ सम्म कांग्रेसमा गिरिजाप्रसादको एकछत्र रह्यो र यही कालखण्डमा गणेशमान र कृष्णप्रसादले कांग्रेस परित्याग गरे। यहीकालमा कांग्रेस २००७ सालको कोइराला पुस्ताबाट ०१७ साले पुस्तामा गयो, अर्थात् सुशीलको नेतृत्वमा। धेरै वर्षपहिले जनमत संग्रहको समयमा विराटनगरका एक प्रभावशाली कांग्रेस नेताले भनेका थिए– 'म कोइराला कांग्रेस हुँ, कांग्रेस भएर कोइरालाको पछि लागेको होइन, कोइरालाको पछि लागेर म कांग्रेस भएको हुँ।' यही अभिव्यक्तिकै कारण सम्भवतः उनलाई राष्ट्रिय राजनीतिमा स्थापित हुन धेरै नै सजिलो भएको देखियो।
लोकतन्त्रमा कुनै परिवारको बर्चस्व रहनु राम्रो कि खराब भन्नेबारे विश्वव्यापी बहस सुरु भएको अहिले होइन। अहिले अमेरिकी राष्ट्रपतिको निर्वाचनमा यो बहस झनै चुलिएको छ। दार्शनिक र राजनीतिशास्त्रका पण्डितहरू लोकतन्त्रको विकास नै पारिवारिक शासनविरुद्धको लडाइँ हो भन्छन्। नेपालमै पनि कोइराला ब्रान्डको आकर्षण राणा र शाहको पारिवारिक शासनको विरोधबाट निर्माण भएको हो। नेतृत्व भाग्यवादमा आधारित हुन्छ, पुर्परोमा लेखेर ल्याउनुपर्छ भन्ने मतविरुद्ध बीपी अन्तिम राणा प्रधान मन्त्री मोहन शमशेरसमक्ष उभिएका थिए। तर पनि लोकतन्त्रको जननी भनिने अमेरिकामा डेमोक्रेटिक पार्टीबाट विगतमा दुई पटक राष्ट्रपति भएका बिल क्लिन्टनकी श्रीमती उम्मेदवारको दौडमा छिन् भने रिपब्लिकनबाट पनि बुस परिवारका तेस्रो पुस्ता यही दौडमा छन्। यसरी हेर्दा राजनीतिमा परिवारवाद जताततै प्रभावशाली भएको देखिन्छ, दार्शनिक र राजनीतिक पण्डितहरूको मतविरुद्ध गएर।
नेपालमा राजनीतिकरूपले शक्तिशाली एकमात्र परिवार 'कोइराला परिवार'नै हो। पिताजी कृष्णप्रसादले शासकहरू जनताप्रति उत्तरदायी हुनुपर्छ भनी तत्कालीन राणा प्रधान मन्त्री चन्द्र शमशेरविरुद्ध आवाज उठाउने सामर्थ्य देखाए। पिताजीका सबै सन्तति जनताप्रति उत्तरदायी शासन खोज्नेक्रममा लागे। यिनै परिवेश र पृष्ठभूमिबाट बीपी वैचारिक, राजनीतिक र सामाजिकरूपले नेपाली समाज रूपान्तरणको अभियन्ता बने, नेता बने। बीपीलाई उनको परिवारका सबैले साथ दिए र कोइराला परिवार परिवर्तनको ब्रान्ड बन्यो नेपालमा।
विश्वमा धेरै नाम चलेका ब्रान्ड समयसापेक्ष सुधार र क्षमता अभिवृद्धि नगर्दा समाप्त भएर गएका छन्, इतिहासका विषय भएका छन्। राजनीतिमा पनि कैयौँ घरानियाँ समाप्त भएको उदाहरण छन्। भारतीय कांग्रेसको गान्धी–नेहरु परिवारलाई नै लिन सकिन्छ। दक्षिण एसियामा वंशसत्ता स्वतः कायम हुन्छ भन्ने मानसिकताले गान्धी–नेहरु परिवारलाई र भारतीय कांग्रेसलाई आज लज्जाजनक अवस्थामा पुर्यामएको छ। पूर्वजको पौरखको गुनगान गाएरमात्र एक्काइशौँ शताब्दीका जनतामाथि शासन गर्न सकिँदैन भन्ने ज्ञान मिलेको हुनुपर्छ सोनिया गान्धी र राहुल गान्धीलाई अहिले ।
अझ नेपालको इतिहासमा केही मौलिक विशेषता भेटिन्छन्, अन्यत्रभन्दा। यहाँको इतिहास योग्य पिताका अयोग्य सन्तानले भरिएका छन्। त्यसको ठीक विपरीत दाजुभाइहरूको एकता र मेलमिलापले नेपाली इतिहासका कैयौँ अध्याय स्वर्णिम अक्षरले लेखिएका छन्। पृथ्वी नारायणको नेपाल एकीकरण अभियानमा उनका भाइहरूले साथ नदिएको भए सफल हुने थिएन। पृथ्वीनारायणपछि उनका सन्तान लम्पट र अक्षम नभएको भए नेपाल आजको भन्दा धेरै ठूलो र समृद्धशाली हुने थियो। जंगबहादुर र वीर शमशेरको उदय पनि उनका भाइहरू मोर्चामा खटिएकाले सम्भव भयो।
नेपालको लोकतान्त्रिक आन्दोलनका प्रणेता बीपीले भाइहरूको त्याग र योगदानको मुक्त कण्ठले प्रशंसा गरेका छन्। तर, दुःखका साथ भन्नुपर्छ– बीपीकै सन्तान नेपालको इतिहासमा भेटिने युगपुरुषका सन्तानझैँ अयोग्य र अक्षम भनी आरोपित छन्, नेपाली समाजमा। ती राजनीतिमा नभएको भए खासै महŒव हुँदैनथ्यो होला, तर सार्वजनिक जीवनमा बस्ने चाहना राख्ने व्यक्तिबारे टीकाटिप्पणी हुने गर्छन् नै। तसर्थ, कोइराला ब्रान्डलाई चुनौती यही छ कांग्रेसको १३औँ महाधिवेशनमा कोइराला परिवारभित्रैबाट।
कांग्रेस महाधिवेशनको सम्पूर्ण ध्येय पार्टी सभापति को हुने भन्नेमा सीमित छ। कार्यकर्ता पंक्ति पूरै विभाजित छ र गुटप्रति समर्पित भएकोले यिनबाट वैचारिक बहसको अपेक्षा गर्न सकिँदैन। कांग्रेसका समर्थक र शुभेच्छुकहरू सबैभन्दा बढी निराश र खिन्न छन् यतिखेर। किनकि, ती कांग्रेस किन युवालाई रोजगारी सृजना गर्न चुक्यो र भावी योजना के छ? सरकारी स्वामित्वमा सञ्चालित स्कुल, कलेज, अस्पताल, संस्थान, सेवा प्रदायक निकाय सबै किन पंगु भए? यसको समाधान कांग्रेसले कसरी गर्छ भन्नेबारे बहस सुन्न चाहन्थे। संविधान निर्माणपछि देशमा उत्पन्न राजनीतिक, सामाजिक र आर्थिक संकटको छलफल खोइ? कूटनीति र भ्रष्टाचारमा देश किन बदनाम छ? समग्र मुलुलक किन असफल भयो र कसरी असफल हुन नदिने भन्ने कुरो महाधिवेशनमा चर्चाको विषय बन्न सकेन।
गाउँघरमा खेत किन बाँझो छ? युवा किन दुर्व्यसनी भैरहेका छन्? कम्युनिस्ट विचारबाट आकर्षित दुईतिहाइ नेपाली जनसंख्यालाई कसरी लोकतन्त्रप्रति आशक्त पार्ने? अपराधी, भ्रष्ट र राजनीतिकर्मीबीचको साँठगाँठले नेपालको लोकतन्त्रको भविष्य कता जाला? धेरै मुद्दा थिए कांग्रेसको यो महाधिवेशनमा गाउँ स्तरदेखि केन्द्रीय स्तरसम्म उठाउनुपर्ने! कांग्रेस सभापतिका आकांक्षीसँग यस्ता जीवन्त समस्याको समाधानको रोडम्याप हुनुपर्छ। कांग्रेस कार्यकर्ता गुटको जिल्ला सभापति छान्ने कार्यमा अहिले व्यस्त हुन सक्छन्, तर तिनै कार्यकर्ता केन्द्रमा सभापति छानेको भोलिपल्ट हाम्रा नेताले देश र पार्टी डुबाए भनी गनगन गर्दैै चोक र चियापसलमा भेटिनेछन्, महाधिवेशन सकिएपछि।
अन्त्यमा, कांग्रेसमा कोइराला ब्रान्ड अझै आकर्षित छ, कार्यकर्तामाझ। तर, नेपाली जनतामाझ यसको आकर्षण फिका हुँदै गएको छ। नाति कोइराला सजिलै कांग्रेस कार्यकर्ताको लोकप्रिय नेता हुन सक्लान्। तत्काललाई निष्ठा र इमानदारीको असफलता एकजना सत्याग्रहीको मात्र कथा होइन, अधिकांश कांग्रेसजनको व्यथा हो। निष्ठाको राजनीति गर्नेहरूले पनि समयको पदचाप बुझ्न सकेको कहाँ देखिन्छ र?
चिनियाँ नेता देङ स्याओ पिङले भनेझैँ 'बिरालो कालो होस् कि सेतो मुसा मार्ने हुनुपर्छ' कांग्रेसको भावी सभापति त्यस्तै हुन्। शुभकामना, कांग्रेस सभापतिको छनोटमा लागेका कार्यकर्ताहरूलाई।