भगवान्! सायद संसारको सबैभन्दा शक्तिशाली शब्द। सुखमा धन्यवाद भनिने, दुःखमा पुकार गरिने र अझ धेरै दुःख पर्यो् भने गाली गरिने शब्द हो यो। विभिन्न धर्मावलम्बीले विभिन्न नामले बोलाए पनि, प्रार्थना वा पूजापाठ गरे पनि वा विभिन्नरूपमा देखे पनि यो शब्दको मर्म र प्रयोजन जहिले पनि र सबैका लागि एउटै हुन्छ।कतिपय मानिस भगवान्को अस्तित्व स्वीकार गर्दिनँ भनेर आफूलाई त्यो शक्तिबाट टाढा राख्छन् र भगवान् शब्दको सट्टा कतै प्रकृति त कतै पराशक्तिजस्ता शब्द प्रयोग गर्छन्। कतिपयचाहिँ भगवान्को अस्तित्व स्वीकार गर्छन्, तर आफू त्यो शक्ति मान्दिनँ भनेर अलि पर रहने प्रयास गर्छन्। तेस्रो प्रकारका मानिस भने भगवान्को अस्तित्व स्वीकार्छन् र आफूलाई भगवान्सँगै हिँडाउँछन्। यी सबैको बाटोमात्र अलग हो, गहिरिएर सोच्ने हो भने सबैले एउटै कुरा भनिरहेका हुन्छन्, एउटै कुरा गरिरहेका हुन्छन्।
अचेल आफूलाई भगवान्का नजिकको मान्छे हुँ भन्नेहरूले भगवान् छन् कि छैनन् भनेर ठूलै बहस चलाउने गरेको देखिन्छ। त्यो बहस चलाउने र त्यस्तो बहसमा भाग लिने दुवै भगवान्को अर्थ नबुझ्ने समूह हुन्। किनकि उनीहरू भगवान्लाई आफ्नो जीविकाको माध्यम मान्छन्, जुन तिनकै शब्दमा पनि पाप हो।
भगवान् को हो?
भगवान्बारे चर्चा, पूजापाठ गरेर जीवन चलाउने कतिपयले यसको अर्थ भने नबुझेका पनि हुन सक्छन्। भगवान् शब्द संस्कृतको भग धातुमा वान् रूप लागेर बन्छ। वान् रूपले धारणकर्ता भन्ने बुझाउँछ। जस्तैः धन हुने धनवान्, रूप हुने रूपवान् अनि बल हुने बलवान्। त्यस्तै, भग हुने भगवान्। भग धातु ६ वटा तत्व मिलेर बन्छ– ऐश्वर्य, यश, श्री, बीर्य, बोध र वैराग्यता।
१. ऐश्वर्यः यसको अर्थ सम्पन्नता हो, पूर्णता हो। सम्पन्नतालाई धेरै हदसम्म आर्थिक सम्पन्नताको रूपमा बुझिन्छ। सम्पन्नता तब प्राप्त हुन्छ जब आफ्नो कर्म छाडिँदैन। कुकर्म वा अकर्मले कहिल्यै ऐश्वर्य प्राप्त हुँदैन। सम्पन्नताले सुकर्ममा प्रेरित गर्छ।
२. यशः नाम वा सुकीर्ति हो। कीर्ति तब फैलन्छ, जब आफ्नो कर्म स्वयं र अरुको हितमा हुन्छ। सामान्य जीविकाको लागि मात्र काम गर्नेको यश फैलिँदैन। यश फैलाउन वा फैलिन राम्रा काम धेरै र निरन्तर गर्नुपर्छ।
३. श्रीः यसको अर्थ शोभा हो। शोभा भनेको जे देखिन्छ त्यो हो। यस अर्थमा अरुको आँखाले देख्दा वा मनले सम्झँदा जुन रूप अगाडि आउँछ, त्यो नै शोभा हो। कसैको नामको अगाडि श्री लगाउनुको अर्थ पनि उसलाई कुन रूपमा देखिन्छ वा सम्भि्कन्छ भनेर हो। सुश्री वा श्रीमती पनि भिन्न प्रकारको विपरीत लिंग चिनाउनका लागि बनेको श्रीकै रूप हुन्।
४. बीर्यः भग धातु चिनाउने कार्यको लागि बीर्यको अर्थ शास्त्रले पराक्रमसँग जोडेको छ। पराक्रम भनेको आफ्नो बल र बुद्धिले सधैँ राम्रो उद्देश्यका लागि जोखिमपूर्ण कार्य गर्ने भन्ने बुझिन्छ। जहाँ पराक्रम हुन्न, त्यहाँ कीर्ति, ऐश्वर्य हुन्न र भएको श्रीको कुनै अर्थ हुन्न।
५. बोधः बोध भनेको ज्ञान हो। ज्ञानप्राप्तिका केही उपाय छन्। पढेर, सुनेर, देखेर भोगेर यो प्राप्त हुन्छ। यहाँ ज्ञान शब्दलाई संसारलाई बुझ्न सक्ने, राम्रो र नराम्रो छुट्याउन सक्ने भन्ने अर्थमा लिइएको छ। तसर्थ, सबैले हरेक दिन कुनै न कुनै कुरा सिक्नैपर्छ।
६. वैराग्यताः सामान्यतया हामी वैराग्यता भन्नेबित्तिकै घरपरिवार त्यागेर हिँड्ने वा काम, क्रोध, लोभ, मोहबाट टाढा राख्ने भनेर बुझ्छौँ। आफ्नो कर्ममा असफल भएपछि त्यसको त्याग गर्नुलाई वैराग्यता भन्ने पनि छन्, जुन सरासर गलत हो। वैराग्यताको अर्थ आफ्नो नभएको वा हुन नसक्ने वस्तुप्रति आशक्ति नराख्नु हो। भएको वस्तु त्याग्नुलाई कतै पनि वैराग्यता भनिएको छैन। कुनै वस्तु प्राप्त गर्ने अधिकारी हैन र त्यो वस्तु प्राप्त गर्न चाहन्छ भने त्यो मानिस गलत बाटोमा छ, त्यसैलाई आशक्ति भनिन्छ। तर, ऊ त्यस्ता कुराको पछि नलागी आफ्नो कर्मअनुसारको फलमा सन्तुष्ट हुन्छ भने ऊ वैराग्यको बाटोमा छ र त्यो नै जीवनोपयोगी बाटो हो। वैराग्यता कर्मको बीज हो र यो अत्यन्त दुर्लभ हुन्छ। जो वैराग्ाी छ, उसको सफलता अरुको भन्दा छिटो र दिगो हुन्छ।
भगवान्को अर्थ बुझेपछि भगवान्को अस्तित्वबारे बुझ्न सकिन्छ। पृथ्वीमा भएका सबै मानिस भगवान्कै रूप हुन्, तर कोकति मात्रामा हुन् भन्नेमात्र फरक छ। वेदले पनि 'म नै ब्रह्म हुँ' भन्छ।
हामी कहिलेकाहीँ झुक्किने भनेको भगवान् र धर्ममा हो। कतिपय अवस्थामा मानिसले यी दुवैलाई एकै मान्दा ऊ रुमलिन्छ। भगवान्को धर्मसँग कुनै सम्बन्ध छैन भन्ने कुरा बुझाउन गाह्रो छ। तर, सत्यचाहिँ यी दुईबीच आकाश–जमिनको अन्तर छ। कतैकतै आस्थाका कुरा आउँदा यी दुईलाई जोड्न सकिएला, तर सकेसम्म नजोड्दा जीवन सहज हुन्छ। भगवान् भनेकै आस्था हुन् भनी जीविका चलाउने कर्मकाण्डीहरूमात्रै यी दुवैलाई एकै देख्छन्।
भगवान रूप हो भने धर्म आस्था। धर्ममा कुनै एउटा विषयसँग आस्था प्रकट गरिन्छ, किनकि मानव जीवनमा आस्था 'बाँच्ने आधार' हो। आस्था नभई मानिस बाँच्नै सक्दैन। तसर्थ, कर्मयोगीहरू मेरो काम नै मेरो धर्म हो भन्छन्। किनकि, काम नै तिनको धर्म हो, आस्था हो। भगवान् आस्था हुन सक्छन्, तर भगवान् धर्म हुन सक्दैनन्।
जहाँ गएर मानिसले आस्थामा 'भग'लाई जोड्न थाल्छ तब समस्या सुरु हुन्छ, तेरो–मेरो हुन्छ र त्यो नै कलहको बीउ बन्छ। किनकि, मानिसले भगलाई जमिन भाग लगाएझैँ विभाजित गरिदिएका छन्, आआफ्नो आस्थाअनुसार।
माथि भनिएको ६ तत्व मिलेर बनेको भगवान् सबैका लागि एकै हुन्। पृथ्वीका करिब ७ अर्ब मानिसका लागि तिनको अलग रूप र आकारप्रकार छैन, हुनै सक्दैन। फरक त हामी मानवजातिले बनाएको धर्ममात्रै हो। जब हामीले ती अपार शक्तिलाई कुनै नामसँग जोड्छौँ तब सबैका रूप अलगअलग बन्छन् र आस्था पनि अलगअलग देखिन पुग्छ। यो नै समाज विभाजित गर्ने माध्यम बनेको छ। यही अवस्थाबाट सुरु हुन्छ कहिल्यै र कसैले गर्न नसक्ने धर्म र आस्था परिवर्तनका कुरा। आज सनातन धर्म मान्नेले भोलि क्रिस्चियन वा इस्लाम धर्म मान्न थाल्यो भने धर्म परिवर्तन भयो? धर्म र आस्था कहिल्यै परिवर्तन हुँदैन। रूपमा आएको परिवर्तनले कुनै अर्थ राख्दैन। आफ्नो आस्थालाई बोलाउने शब्दमात्रै परिवर्तन भएको हो। हिजो उसले आफ्नो आस्थालाई 'राम' भनेर बोलाउँथ्यो, अब 'प्रभु' वा 'ईश्वर' भनेर बोलाउँछ। हिजो उसको चित्कार सुन्ने जो थिए आज पनि उनै छन्।
कतिपय मानिस आफूलाई नास्तिक भनेर चिनाउन मन पराउँछन्। नास्तिकको अर्थको उत्पत्ति र अर्थ नबुझी प्रयोग गर्दा आफैप्रति अन्याय हुन्छ। शब्दकोश तथा दैनिक प्रचलनमा भगवान्को अस्तित्व स्वीकार नगर्ने मानिसलाई नास्तिक र भगवान् मान्नेलाई आस्तिक भन्ने गरेको पाइन्छ। सनातन धर्मशास्त्रले जसले वेदको सर्वोच्चतालाई स्वीकार्छ त्यो आस्तिक र नस्वीकार्नेलाई नास्तिक मानेको छ। यति भनिसकेपछि आस्तिक र नास्तिक हुनुले जीवनमा कुनै फरक नपार्ने रहेछ भनेर बुझ्न कठिन भएन।
भगवान् मान्ने कि बन्ने?
भगवान् नमान्ने भन्न सकिन्न र हुन्न पनि किनकि, यो मानिसको जीवन बाँच्ने एउटा आधार हो। जुन दिन जीवन बाँच्ने आधार भत्कन्छ वा बिग्रन्छ मानिसको जीवन सास फेर्दै गरेको लासजस्तो हुन्छ। तर, भगवान् मान्दामान्दै माथिका ६ वटा तत्वमा आफूलाई ढाल्न किन प्रयास नगर्ने? अथवा अर्को शब्दमा भन्दा भगवान् बन्न किन प्रयास नगर्ने?
कसैले भगवान्लाई परिभाषित गर्दा, मन्दिर वा मूर्ति हुनुपर्ने, मानिस लाइन लागेर गएर दर्शन गर्नुपर्ने, आशिर्वाद माग्नुपर्ने, पूजापाठ र भजन हुनुपर्ने आदि भन्छन्, यो गलत हो। ती सबै आस्था हुन् र कसैले कसैको आस्थामा अवरोध नपुर्या,उँ। आस्थाको अवरोधलाई नै शास्त्रले हिंसा भनेर परिभाषित गरेको छ र हिंसा सदैव दण्डनीय हुन्छ।
अब हामीले आस्थाका कुरामा भगवान्लाई नजोड्दा, ऐश्वर्य, यश, श्री, बीर्य, बोध र वैराग्यतामा आफूलाई किन नलाने? यसमा लाने एउटै बाटो भनेको कर्म हो। जो कर्मयोगी छ, त्यसले यी सबथोक प्राप्त गर्न सक्छ। तसर्थ, भगवान् बन्ने एउटै उपाय भनेको कर्म हो। जब कर्म गरिन्छ, ऐश्वर्य प्राप्त हुन्छ, कर्मको फलको रूपमा सुकीर्ति फैलनु स्वाभाविक हो,। कर्म गर्दा जबर्जस्ती आफ्नो नामको प्रचार आफै गर्नुचाहिँ कुकीर्ति हो। यो पाप हो। नामको प्रचार जहिले पनि अरुले गरिदिनुपर्छ। कर्मयोगी मानिस जुन रूप र रङको भए पनि सुन्दर देखिन्छ, पराक्रमी नभई कर्म सफल हुनै सक्दैन। ज्ञान त कर्मको बाटोको बत्ती हो। यी ५ तत्वले जीवन बाँच्न सिकाउँछ, तर वैराग्यता आस्थाबाट प्राप्त हुन्छ र कठिन साधनाबाट मात्रै यसलाई हासिल गर्न सकिन्छ। किनकि, प्रायः माथिका ५ तत्वको प्राप्तिपछि मानिस आशक्तितर्फ उन्मुख भएको पाइएको छ। यस अर्थमा साधना कहिल्यै छाड्नु हुन्न। साधना कसको र कसरी गर्ने भन्नेबारे पनि मानिसमा दुविधा देखिएको छ। साधना जहिले पनि आफ्नो आस्थाको गर्नुपर्छ। अरु कुनै साधनाको अर्थ पनि हुन्न र त्यो साधनासिद्धि पनि हुन्न। सिद्धि हुन नसकेको साधना घातक हुन्छ। तसर्थ, भगका सबै गुण प्राप्त गर्न नसके पनि केही प्राप्त गर्न सदैव लाग्नु नै जीवन हो।