अब त गरौँ स्थानीय निर्वाचन
२३ माघ २०७२
•
१४ मिनेट पाठ
अब त गरौँ स्थानीय निर्वाचन
स्थानीय निकायको निर्वाचन गर्ने कि संघीयतालाई संस्थागत भन्नेबारे देशमा विभिन्न विचारविमर्श चलिरहेको छ । स्थानीय निकाय निर्वाचनले संघीयतालाई संस्थागत गर्ने काममा अवरोध सृजना हुने कतिपयको धारणा रहेको छ । नेपाल एकात्मक राज्य प्रणालीबाट संघीय शासन प्रणालीमा जानेगरी नेपालको संविधान २०७२ जारी भएपछि स्थानीय निकायको निर्वाचनभन्दा संघीयताको संस्थागत प्रमुख सवाल भएको तिनको दाबी छ।तर, संविधानले स्थानीय, प्रान्त्रीय र केन्द्रीय निकायको काम, कर्तव्य र अधिकारसमेत तोकिसकेको अवस्थामा स्थानीय निकायको निर्वाचन अत्यावश्यक रहेको धेरैको बुझाइ छ । करिब १३ वर्षदेखि स्थानीय निकाय जनप्रतिनिधिविहीन रहँदा त्यसले नेपाली समाजमा पारेको विविध समस्याको बारेमा बौद्धिक बहस र छलफलसमेत चल्न सकेको छैन।

यसैक्रममा यही माघ १५ गते संसद्को विकास समितिले स्थानीय निर्वाचनको प्रक्रिया र मोडेलबारे थप स्पष्ट हुँदै तयारी थाल्न सरकारलाई निर्देशन दिएको छ । लामो समयदेखिको जनप्रतिनिधिविहीनताले स्थानीय निकायमा वस्तु र सेवाको प्रवाहमा कठिनाइ भएको तथा भूकम्पपछिको पुनर्निर्माण, पुनःस्थापना, नवनिर्माणमा समेत अप्ठ्यारो परेको निष्कर्ष निकाल्दै समितिले निर्वाचनलाई प्राथमिकतामा राख्न सरकारलाई निर्देशन दिएको हो। यो निश्चित छ कि, उक्त समितिले दिएको निर्देशन पनि औपचारिकतामा मात्र सीमित हुनेछ । स्थानीय निकाय अझै यस्तै तदर्थ अवस्थामा चलिरहने देखिन्छ ।

लामो समयदेखि स्थानीय निकायको निर्वाचन हुन नसक्दा देशमा विविध समस्या देखापरेका छन् । खासगरी, २०६२÷६३ को जनआन्दोलनपछि शोषित, पीडित, पिछडिएका वर्ग आफ्ना हकअधिकारका लागि सक्रिय भए । क्षेत्रीय, लिंगीय, जातीय, धार्मिकरूपमा वहिष्करणमा पारिएकाहरू संगठित भएर दरिलो आवाज उठाउन थाले । विघटित संविधान सभामा पनि यस्ता वर्गका व्यक्तिको पर्याप्त प्रतिनिधित्व भएकाले आवाज बलियागरी उठ्यो । केही सार्वजनिक सेवालाई समावेशी बनाउन बनेको विधेयक २०६७ यसैको प्रतिफल हो । यस्ता वर्ग, क्षेत्र, लिंग, जातजाति, धर्म समुदायका व्यक्तिले लोकतन्त्रको थोरै भए पनि अनुभव लिन पाएका छन् । तर, मुलुकको एक प्रमुख अंग स्थानीय सरकारलाई भने यस परिवर्तनले कुनै पनि सकारात्मक प्रभाव पार्न सकेन । पिछडिएका जातजाति, वर्ग, लिंग, क्षेत्र, धर्मका समस्या पहिचान गर्न र त्यसको समाधानका लागि राज्यका सरोकारवाला निकायलाई झक्झक्याउन महŒवपूर्ण भूमिका निर्वाह गर्न सक्ने स्थानीय सरकार अर्थात् गाविस, जिविस र नगरपालिकालाई राजनीतिक नेतृत्व दिन नसक्दा यी निकाय अहिले निष्क्रिय छन्, मृतप्रायः छन् ।

जनआन्दोलनपछि दुईपटक संविधान सभा निर्वाचन भयो । दोस्रो संविधान सभाले गत असोजमा देशको नयाँ संविधान जारी ग¥यो । यसपछि झन्डै पाँच महिना बितिसक्यो । अझै पनि स्थानीय सरकारको निर्वाचनको बारेमाा कुनै बहस, छलफल र अन्र्तक्रिया सुरु भएको छैन । अन्तरिम संविधान २०६३ ले स्थानीय निकायका काम, कारबाही सञ्चालनका लागि राजनीतिक, सहमतिका आधारमा अन्तरिम स्थानीय निकाय गठन गर्ने व्यवस्था गरेको थियो । अन्तरिम संविधानको जीवनकालभरि उक्त संवैधानिक व्यवस्था कार्यान्वयन भएन । यसपछि नेपालको संविधान २०७२ ले पनि स्थानीय निकायको निर्वाचनको परिकल्पना गरेको छ । तर, सो संवैधानिक व्यवस्था कार्यान्वयनको लागि कुनै पनि राजनीतिक दल प्रतिबद्ध देखिँदैनन् !

गाविस, जिविस तथा नगरपालिका गाउँस्तरको प्रशासनिक कामकारबाही गर्ने निकायमाात्र होइन, स्थानीयस्तरमा जनतालाई राज्यको उपस्थितिको आभास दिने संयन्त्र पनि हो । तर, २०५४ सालपछि स्थानीय निर्वाचन हुन सकेको छैन । ०५९ साल असारबाट स्थानीय सरकार तदर्थवादमा चलिरहेको छ । त्यो जिम्मेवार निकाय अन्योलतामा छ । प्रत्यक्ष निर्वाचनमा राजनीतिकरूपमा सञ्चालन हुनुपर्ने स्थानीय सरकार १३ वर्षदेखि कर्मचारीको मातहतमा चलिरहेको छ । राजनीतिक परिवर्तनको सन्देश तल्लो तहसम्म पु¥याउनुपर्ने बेलामा नागरिकका चाहना, भावना र सोचाइलाई माथिल्लो तहसम्म ल्याउनुपर्ने जुन काम हुनुपथ्र्यो, त्यो हुन सकिरहेको छैन ।

१० वर्षको यस अवधिमा माओवादीको सशस्त्र युद्ध, मधेस विद्रोह, पूर्वी पहाडी जिल्लामा भएका जातीय आन्दोलन, पश्चिम नेपालमा भएका धार्मिक आन्दोलनलगायतले नेपाली समाजमा निकै ठूलो विभाजनको रेखा कोरेको छ । यस्ता विभाजित मानसिकता र व्यवहारलाई व्यवस्थित गर्न तल्लो तहसम्म राजनीतिक संयन्त्रको परिचालन एकमात्र विकल्प हो । जुन काम स्थानीय सरकारले मात्र गर्न सक्छ । तर, स्थानीय सरकार राज्यको प्राथमिकतामा पर्न नसक्दा विभाजित र साम्प्रदायिक भावना बढ्दो छ । जुन भोलिको नेपालको लागि सबैभन्दा ठूलो समस्या हुन सक्छ ।

समयमा स्थानीय निकायको निर्वाचन भएको भए अहिलेको मधेस आन्दोलनको स्वरूप फरक हुने थियो । स्थानीय निकायको निर्वाचनले भीड तथा जुलुसलाई पनि विकेन्द्रीकृत गरिदिने थियो । आन्दोलन केन्द्र सरकारको विरुद्धमा होइन, स्थानीय निकायका विरुद्धमा उठ्ने थियो । विकेन्द्रित आन्दोलन र जुलुसलाई व्यवस्थापन गर्न निकै सहज हुन्छ । अहिले त स्थानीय निकायको निर्वाचन नहुँदा र त्यस्ता निकाय जनप्रतिनिधीविहीन अवस्थामा रहँदा हरेक आन्दोलन र जुलुस केन्द्र सरकारको विरुद्धमा हुन थालेको छ । त्यसैले राजनीतिक दलहरूले स्थानीय निकायको निर्वाचनलाई तत्काल प्राथमिकताको पहिलो बुँदाको रूपमा राख्नु आवश्यक छ ।

स्थानीय सरकारको महŒवलाई अहिलेसम्मका कुनै पनि सरकारले ध्यान दिएर बुझ्न सकिरहेका छैनन् वा प्रयास नै गरेका छैनन् । अहिले समाजका हरेक क्षेत्र, निकाय र स्थानमा लोकतान्त्रिकीकरणको आवाज उठिरहेको छ । अनि कतिपय स्थानमा त्यसको लागि ठोस पहलसमेत भएका छन् । तर, स्थानीय सरकारबारे कुनै पनि चर्चा, बहस, र छलफल घनीभूत बन्न सकेको छैन । ०५९ सालमा स्थानीय सरकारको पदावधि सकिएपछि शाही शासनकालमा जसरी स्थानीय निकाय चलेका थिए, लोकतन्त्र स्थापनाको एक दशकसम्म पनि त्यो यथावत् छ । नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने निकाय भएकोले यसले प्रवाह गर्ने सेवाको गुणस्तरले सरकारको कार्यशैली र प्रभावकारितालाई नागरिकसमक्ष पु¥याउँछ । सामान्य नागरिकताको सिफारिस लिनसमेत सचिवलाई खोज्दै हिँड्नुपर्ने, हप्ताँै धाउनुपर्ने अवस्थाले नागरिकले लोकतन्त्रप्रति कस्तो धारणा बनाएका होलान् ? अनुभव गर्न गाह्रो छैन ।

पछिल्लो समयमा सरकारले स्थानीय सरकारको लागि दिने सशर्त र निशर्त अनुदानको रकम बढाएको छ । यतिखेर एउटा गाविसमा मात्रै कम्तीमा ३० लाखभन्दा बढी रकम पुग्ने गरेको छ । जिविस र नगरपालिकाहरूमा पनि ठूलो रकम गइरहेको छ । तल्लो तहमा सरकारको उपस्थिति र विकास देखाउनको लागि यो आफैमा पर्याप्त छ । तर, यत्रो बजेट परिचालनका लागि भरपर्दो, व्यवस्थित र विश्वसनीय संयन्त्र नहुँदा अनियमितता बढ्दो छ । स्थानीय सरकारको लागि सुरुमा औपचारिकरूपमा र हाल अनौपचारिकरूपमा बनाइएका राजनीतिक संयन्त्र सीमित राजनीतिक स्वार्थमा अल्झिएका छन् । उनीहरू आफै पनि अनियमिततामा मुछिएका छन्, जो मुछिएका छैनन् ती अनियमितता गर्नेलाई संरक्षण गर्न व्यस्त छन् । गाविसमा त राजनीतिक नेतृत्व नभएको मात्र होइन, देशभरका करिब ४ सय गाविसमा त सचिव पनि छैनन् । एउटै सचिवले दुई–तीन वटा गाविसको काम भ्याइरहेका छन् । यसले गर्दा स्थानीय सरकारमार्फत् अधिकार र बजेटभन्दा पनि भ्रष्टाचार विकेन्द्रित भइरहेको छ । लोकतान्त्रिक शासन प्रणालीमा तल्लो तहबाटै भ्रष्टाचार संस्थागत हुन थालेको छ ।

वर्तमान तरल राजनीतिक अवस्थामा सुधार ल्याउन र तल्लो तहका नागरिकमा अग्रगामी परिवर्तनको आभास दिन स्थानीय सरकारको तत्काल निर्वाचनको विकल्प छैन । स्थानीयस्तरमा रहेको राजनीतिक रिक्ततालाई पूरा गर्न दलहरूले चाँडै सहमति गरी स्थानीय सरकारका बारेमा स्पष्ट र ठोस निर्णय लिनु जरुरी छ । प्रत्येक वर्ष गाउँमा पुग्ने अर्बौं रकमले डोजर लगाएर भत्काइएका डाँडाबाहेक देख्न सकिने उपलब्धि केही छैन । दातृनिकायले जुनजुन क्षेत्रमा पैसा दिन्छ, त्यही क्षेत्रमा मात्र बहस, छलफल र अन्तक्र्रिया गर्ने गैरसरकारी संघसंस्थाको 'दरिद्र' चरित्रले पनि समस्या निम्त्याएको छ । अब गैरसरकारी संघसंस्थाले पनि स्थानीय निकायको निर्वाचन गराउन प्रमुखताका साथ आवाज उठाउनु र अभियानकै रूपमा सञ्चालन गर्नु जरुरी छ । निर्वाचनको लागि अरु होइन राजनीतिक दलहरू तात्नुपर्छ । दलहरूका स्थानीय कार्यकर्ताले माउ पार्टीलाई दबाब दिनुपर्छ र दाताको पैसा केन्द्रित नभई मुलुकको आवश्यकतालाई ध्यानमा राखेर गैरसरकारी संस्थाले अभियान सञ्चालन गर्नुपर्छ । सबैको सामूहिक प्रयास भयो भनेमात्र स्थानीय सरकारको निर्वाचन सम्भव छ।
अर्को समाचार
‘स्थानीय चुनाव छिटो गरौं'
२२ फागुन २०७०
•
२ मिनेट पाठ
‘स्थानीय चुनाव छिटो गरौं'
काठमाडौं-एमालेले स्थानीय निकाय निर्वाचन मिति यथाशीघ्र घोषणा गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ। पार्टी मुख्यालय बल्खुमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष झलनाथ खनालले देश विकासका लागि पनि स्थानीय निकाय निर्वाचनको आवश्यकता रहेको बताए। स्थानीय निकाय निर्वाचन घोषणा गरिए पार्टीको महाधिवेशन पछि सार्नसमेत तयार रहेको बताएका छन्।टनकपुर भारतकै भू–भाग भनेर प्रधानमन्त्रीलाई उद्धृत गर्दै सार्वजनिक सञ्चारमाध्यममा आएका अभिव्यक्तिप्रति पनि एमाले केन्द्रीय कमिटीले ध्यानाकर्षण गराएको छ। ‘नेपालको सीमासँग सम्बन्धित विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिले विवाद जन्माएको छ,' पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा भनिएको छ, ‘यस सम्बन्धमा सरकारको दृष्टिकोण स्पष्ट पार्न बैठकले आग्रह गरेको छ।' संवैधानिक अंगका पदाधिकारी तथा सदस्य र संसदीय सुुनुवाइ हुनुपर्ने पदाधिकारीका सम्बन्धमा संविधानमा प्रचलित व्यवस्थाअनुसार अगाडि बढ्न पनि एमालेले आग्रह गरेको छ। 
बैठकले कांग्रेस–एमालेबीच भएको सातबुँदे सहमतिलाई अविलम्ब र प्रभावकारी ढंगले कार्यान्वयन गर्दै संविधान निर्माण, जनतालाई राहत र सामाजिक–आर्थिक रूपान्तरण एवं आर्थिक समृद्धिमा केन्द्रित हुन सरकारलाई आग्रह गरेको छ। त्यस्तै एक वर्षभित्र संविधान निर्माण गर्ने साझा प्रतिबद्धतालाई कार्यान्वयन गर्न सबै राजनीतिक दललाई सहमति, सहकार्य र एकताका साथ अगाडि बढ्न पनि एमालेले अनुरोध गरेको छ। 
एमालेले नवौं महाधिवेशन जेठ २४ देखि ३१ सम्ममा गर्ने निर्णय गरको छ। नवौं राष्ट्रिय महाधिवेशनमा आयोजक, निर्वाचित र मनोनीत गरी १ हजार ८ सय प्रतिनिधि हुनेछन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस