सत्ता र सहकारी
२१ माघ २०७२
•
१२ मिनेट पाठ
सत्ता र सहकारी
सहकारी आन्दोलनका बारेमा फरकफरक बुझाइ छन् मानिसका। तर, छाडा बजार अर्थतन्त्रको बाढीमा बग्न थाल्नुअघि हरेक गोत्रका समाजवादीहरूको सहकारी आन्दोलनको मर्मबारे करिबकरिब समान बुझाइ नै थियो।वामआन्दोलन दिग्भ्रमित र स्खलित नहुन्जेल सहकारी संस्थाहरूलाई समाजवाद निर्माण गर्ने इँटाका रूपमा नै हेर्ने गरिन्थ्यो। जनतासँग भएको साधन–स्रोतलाई आपसी समझदारीमा सबैको प्रगति, समृद्धि र आवश्यकतापूर्तिका निम्ति सदुपयोग गर्नु नै सहकारीको मर्म हो। यसअर्थमा सहकारी आन्दोलन समाजवादउन्मुख नै हुन्छ। बजार अर्थतन्त्रको समुद्रमा तैरिरहँदा पनि, सहकारी अर्थतन्त्र, सहकारी संस्कृति र सहकारी शक्तिको श्रेष्ठता प्रमाणित गर्न सिद्धान्ततः असम्भव हैन।




तर, यो देशमा त्यसो भएन।

मानिसको सोच स्वभावतः आत्मकेन्द्रित नै हुने गर्छ। आत्मकेन्द्रित सोचलाई फराकिलो पार्न ज्ञान र सीपको अनुशासित अभ्यास चाहिन्छ। यस्तो अभ्यासका निम्ति संगठनहरू सहायक हुन्छन्। राजनीतिक दल भनेका यदि निश्चित दिशाबोध भएका अभियन्ताहरूको जमात हो भने त्यही दिशाबोधका आधारमा आफ्ना सदस्यको अनुशीलन गराउन सक्नुपर्छ, त्यस्ता दलले। तर, यो देशमा समाजवादको नाम जप्ने सबैखाले पार्टी त्यसो गर्न पूर्णतया असफल भए। अझ साँच्चै भन्ने हो भने, यो कामलाई कुनै महŒव नै दिएनन्। प्रजातान्त्रिक समाजवाददेखि साम्यवादसम्मको गफ गर्ने सबैले 'सहकारी'लाई जनता आफै आत्मनिर्भर र सशक्तिकृत बन्ने बाटोको रूपमा हैन, कमजोर राज्यका अपूर्ण नियमहरूलाई मनपरी तोडमरोड गरेर आफ्नो अवसरवादको खेती गर्ने सहजताका रूपमा लिए।

आजभन्दा नितान्त फरक विश्वपरिस्थिति, विज्ञान प्रविधिको फरक स्तर, उद्योग व्यवसायका फरक रूप, उत्पादनका फरक साधन र तिनले सृजना गरेका सम्बन्धहरू भएका बेलामा मार्क्सले देखेका सपना अहिले आएर जस्ताको त्यस्तै अनुदित हुन सक्तैन। आजको आक्रामक बजार अर्थतन्त्रको प्रभावबाट कोही मुक्त नभएको बेला, करिबकरिब धार्मिकरूपमा नै डेढ–दुईसय वर्षअगाडिका मन्त्रलाई बुझी–नबुझी जप्दा कर्मकाण्डीय 'विद्वान' त भइएला। तर, व्यवहारमा आफै नै आक्रामक पुँजीवादको दास हुने र मन्त्रका रूपमा मात्रै 'समाजवाद'को नाम जप्ने गर्दा अनौठो पाखण्ड सृजना हुन्छ। आफूलाई साम्यवादी भन्नेहरूका लागि होस् वा प्रजातान्त्रिक समाजवादका अनुयायी भन्नेका निम्ति, कुरा उस्तै हो।

नेपालको परिप्रेक्षमा परिवर्तनकामी यी दुई मूलधार र यथास्थितीवादीबीचको जटिल संघर्षलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय विभिन्न यथार्थ र शक्तिले प्रभावित पार्दै लगेका थिए। फलस्वरूप आखिर क्रान्तिका नाममा गरिएका सबै संघर्ष केवल सत्तासंघर्षमा परिवर्तित भए। सत्तासंघर्षका निम्ति मानिसका मनोविज्ञानको दुरूपयोग गर्ने कामले तीव्रता र व्यापकता पायो। आफ्ना कार्यकर्तालाई अनुशीलनको माध्यमबाट अझ असल नागरिक कसरी बनाउनेभन्दा तिनका निहित स्वार्थपूर्ति गरिदिएर 'आफ्नो' कसरी बनाउने भन्नेतर्फ ध्यान जान थाल्यो। यस्तो स्थितिमा सहकारी आन्दोलनले आफ्नो आत्मा गुमाएर विकृत हुनु स्वाभाविक थियो, त्यही भयो। थोरै मानिसको धेरै लगानीले बनेको निजी कम्पनी र धेरै मानिसको थोरथोरै लगानीले बनेको 'सहकारी'का बीच कुनै भिन्नता देखिन छोड्यो। राज्य विफल नै भएका बेला पनि सहकारी आन्दोलनका कारण जनता सशक्तिकृत भइरहने सम्भावना त कता पुग्यो कता! फलतः 'सहकारी'का नामबाट खुलेका अधिकांश संस्था निजी व्यापारको अर्को रूपबाहेक केही बन्न सकेनन्। विधायकहरूले बनाएको देशको कानुनले नै सहकारीलाई निजी क्षेत्रकै एउटा अंगको रूपमा स्थापित गरिदियो। ती विशुद्ध नाफामुखी भए। सहकारिताको आत्मा मर्नु स्वाभाविकै भयो।

देशको इतिहासमा अत्यन्त महŒवपूर्ण भूमिका निर्वाह गरेका श्रद्धेय व्यक्तिहरूको नाममा जे पायो त्यो संस्था त खुलेकै थिए, आत्मा नै खोसिएका सहकारीहरूको नाम पनि त्यसरी राखिन थाले। जसरी भए पनि, जस्तोसुकै विरोध हुँदाहुँदै, सहकारी संस्थाको नाममा निजी प्रकृतिको मेडिकल कलेज चलाउने कुरा यही शृंखलाको एउटा कडीमात्र हो। स्वार्थ, अहंकार, हारजितको मनोविज्ञान आदिको दुष्चक्रमा फसेपछि असल मानिसकै पनि विकृत छवि बन्न पुग्छ। यो देशका प्रमुख पार्टीहरूमध्येकै एउटा पार्टीले यसलाई बोकेर, आफ्नो दलीय स्वार्थकै एउटा अंग बनाउने प्रयत्न गर्नु यही दुष्चक्रको स्वाभाविक परिणाम थियो, साथमा अत्यन्त ठूलो भूल पनि।

तर, बादलमा चाँदीको पातलो घेरा देखिन थालेको आभास हुँदैछ। त्यो चाँदीको घेराबाट सत्याभिमुख नागरिकको आवाज सुनिँदैछ। त्यो आवाज सुनेर एउटा ठूलो पार्टीले आफ्ना गल्ती सच्याउने साहस देखाउन थालेको छ– जसलाई नागरिकले अझै प्रोत्साहन दिनु आवश्यक छ।

यतिबेला अढाई दशकअघिको एउटा सन्दर्भको सम्झना भइरहेको छ। २०४६ सालको जनआन्दोलन भर्खरै सफल भएको थियो। निर्दलीयताको नाममा राजाले मनपरी चलाउने गरेका विभिन्न पञ्चगुटको ठाउँमा स्वतन्त्र पार्टीहरू आइसकेका थिए। राजाका अधिकार कटौती भएका थिए। त्यस्तैबेला एमालेका एकजना ठूला नेतासँग कुराकानी गर्ने अवसर जुरेको थियो। मैले करिब अबोध पाराले भनेको थिएँ– 'एमालेका पार्टी सदस्य, शुभचिन्तक र मतदाता सबैलाई जोड्ने हो भने त्यो संख्या उल्लेख्य हुन्छ। संसारका कतिपय साना देशको सिंगै जनसंख्याबराबर नै हुन्छ होला! पार्टी भूमिगत भएको बेला बलिदान र अनुशासनको अनुपम नमूना तयार पार्न सक्षम थियो। अहिले खुलारूपमै ती असल व्यवहारको अभ्यास गर्ने मौका मिलेको छ। अहिलेको संविधानले केही रोकटोक गरेको छैन। समाजवादी जीवनशैलीको श्रेष्ठता प्रमाणित गर्नेगरी अब जनताका बीचमा साँच्चैको सहकारी आन्दोलनको नेतृत्व गर्ने, पार्टीको सदस्य बन्नका लागि सहकारी जीवनशैली अपनाउनैपर्ने आदि निर्णय गर्न सकिँदैन? त्यही अनुभवबाट समग्र विकासको नमूना तयार गर्ने काम पनि त गर्न सकिएला नि! अहिले नै चुनावमा होमिनुको सट्टा हामीले बनाउन खोजेको समाजवाद यस्तो हो भनेर देखाउनतिर लाग्नुस् न! त्यस्तो जीवनशैली, त्यसले सृजना गर्ने आर्थिक प्रगति, समानता, सामाजिक न्याय आदिको श्रेष्ठता प्रमाणित भयो भने जनताले त्यसै पनि अर्को चुनावमा यस्तो पार्टीलाई जिताउलान्। त्यो गर्न सकिएनछ भने वा त्यो अभ्यासको श्रेष्ठता प्रमाणित गर्न सकिएनछ भने, आफैले लिएको बाटोका बारे पनि त समीक्षा गर्ने अवसर मिल्नेछ।'

मेरो कुरा सुनेर उनी बेस्सरी हाँसेका थिए। 'तपाईं त स्वामी विवेकानन्दले झैँ भूदान यज्ञको जस्तो कुरा गर्दै हुनुहुन्छ! कहाँ त्यस्तो हुन्छ राजनीतिमा!' उनले भनेका थिए।

उनी जसरी, जुन शैलीमा हाँसेका थिए, त्यसले मलाई उठ्नुसम्म रिस उठेको थियो। तर, रिससँगै मलाई दिक्क पनि लागेको थियो– कुनैबेला म पनि मजैले लागेको त्यो पार्टी अब स्खलित हुँदैछ भनेर। आदर्श नामको कुनै चिजले अब त्यहाँ स्थान पाउने रहेनछ भनेर। यतिका वर्षपछि अहिले देख्दैछु– हो रहेछ, प्रचलित राजनीति भनेको त साँच्चै नै मैले सोचेभन्दा फरक कुरा पो रहेछ, उनले भनेकै जस्तो पो रहेछ!

विभिन्न संयोगले गर्दा एसिया प्रशान्त क्षेत्रीय स्वास्थ्य सहकारी संघ (एसिया प्यासिफिक हेल्थ कोअपरेटिभ अर्गनाइजेसन)को एउटा संस्थापक सदस्य हुन पुगेपछि, ती ठूला नेतासँगको वार्तालापको रुखो अनुभव बाँकी भए तापनि, अलि कान्छा नेताहरूसँग सहकारी आन्दोलनका बारे गफ दिन थालेँ। कालान्तरमा, तिनै व्यक्तिहरू र तिनका आफन्त नै त्यो संस्थाको नजिक हुन पुगे। फूर्तीफार्ती पनि निकै गर्छन्। तर, देशैभित्र भने स्वास्थ्य सहकारीको आत्मा खोज्नुपर्ने भएको छ।

अहिले केही अभियन्ताहरूको जायज चासोका कारण, विवादित स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमालेजस्तो ठूलो पार्टीलाई आत्मनिरीक्षणको अत्यन्त सुनौलो अवसर प्रदान गरेको छ। अन्य ठूला–साना पार्टीकै लागि पनि सस्तो र छाडा व्यवहारवादी –प्राग्म्याटिक) चिन्तनबाट माथि उठ्नु र आदर्श तथा दिशाबोधलाई फेरि महव दिन थाल्नु आवश्यक छ भन्ने चेतका निम्ति ढोका खोलिदिएको छ। कालो बादलमा देखिन थालेको चाँदीको यो घेरा झन् फराकिलो र उज्यालो हुँदै जाओस्!

भवतु सब्ब मंगलम्!
अर्को समाचार
‘गृहमन्त्रीको सहकारी प्रकरण सत्ता समीकरणसँग जोडिएर आयो’
०९ वैशाख २०८१
•
१ मिनेट पाठ
‘गृहमन्त्रीको सहकारी प्रकरण सत्ता समीकरणसँग जोडिएर आयो’
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारी सम्बन्धी प्रकरण नयाँ सत्ता समीकरणसँग जोडिएर आएको बताएकी छिन्।




नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो टिप्पणी गरेकी हुन्।

पत्रकारिता पेशामा लागेर लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री भएको प्रसङ्ग कोट्याउँदै उनले गृहमन्त्री लामिछानेको विषय अहिले नयाँ सत्ता समीकरणमा पनि जोडिएर आएको उल्लेख गरिन्।

पत्रकारितामा आफूले पनि ६ महिना काम गरेको उल्लेख गर्दै मन्त्री चौधरीले त्यसमा दुःख भएपनि सम्मानित पेशा भएको बताइन्। पत्रकारिता पेशालाई सम्मानित बनाउन आफूले आफैँलाई माहोल बनाउँदै लैजानुपर्ने अवस्था रहेको उनको भनाइ थियो।

मन्त्री चौधरीले नेपालको पत्रकारिता क्षेत्रलाई मर्यादित पेशाको रुपमा अघि बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मरण समेत गरिन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस