कांग्रेस नेता डा. रामशरण महत विश्वको सर्वश्रेष्ठ अर्थ मन्त्री चुनिएको समाचारले नेपालको राज्य सञ्चालनमा सक्षम मानिसको कमी छैन भन्ने एउटा उदाहरण प्रस्तुत गर्यो। तर, व्यक्ति सक्षम हुँदैमा देश अगाडि बढ्दैन भन्ने उदाहरण पनि उनै भएका छन् । नेपाल सक्षम व्यक्तिहरूले चलाएको अक्षम राज्य भनेर चिनिन्छ विगत अढाई दशकदेखि।किन यस्तो भएको होला ? महत नै जानकार हुनुपर्छ । सक्षम व्यक्तिहरूले चलाएको अक्षम र अधोगतितर्फ लागेको देश नेपाल हो भनी चियापसलहरूमा सामान्य नागरिकबीच चर्चा चल्ने गरेको छ ।
नेपालभरिमा २ लाख चियापसल रहेको अनुमान छ । र, यिनै चियापसलका कुराकानीबाट नेपाली समाजको राजनीति चलायमान छ । कुन पार्टी, कुन व्यक्ति र कुन नीति ठीक छ–छैन सबैको पोस्टमार्टम यही चियापसलमा हुने गर्छ । महत पनि चियापसलको विषय बनेका छन्, विगत केही सातादेखि । हुन त चिया पसलहरूमा अरु पनि कैयौँ गम्भीर विषय उठ्छन् । सुदूरपूर्व झापा गौरीगन्जको एउटा चिया पसलमा एकजना पाका राजवंशी भन्दै थिए– 'नेपालमा यतिखेर ३ वटा पसलमा तेजी आएको छ, बाँकी सबैतिर मन्दी छाएको छ ।' आफ्ना हत्केलाका औँलाहरू दोबार्दै ती वृद्धले तेजीमा रहेको पसलहरूमा पहिलो राजनीतिक पार्टीको पसल, दोस्रो भट्टी, तेस्रो पासपोर्टपसल भएको बताए । 'पहिलो र दोस्रो पसललाई तेस्रो पसलले थेगेको छ, टिकाएको छ' उनले भने । यी ३ पसल नेपालको 'नेप्से इन्डेक्स'मा अब्बल हुनुपर्ने हो । महत र सीमा नाकाबन्दीको तेजी पनि कम छैन चियापसलमा । भर्खरै घोषणा गरिएको पूर्वमाओवादी नेता बाबुराम भट्टराईको 'नयाँ शक्ति पार्टी'लाई पनि भारत र नेपालको सुरक्षा निकायको पुट छ र यसमा लाग्दा भविष्य सुध्रिन्छ भनी अड्कल गर्नेको कमी छैन ।
चियापसलमा देश कुन क्षेत्रमा 'भाइब्रेन्ट' छ भनी वृद्धाको बखान सुनिरहँदा नेपाली कांग्रेसले १३औँ महाधिवेशनमा क्रियाशील सदस्यता २ लाख बढेको खबर सार्वजनिक गर्यो । पासपोर्टपसलबारे ४० लाख युवा विदेशिएको चर्चा सुनिरहेकै विषय हो । भट्टीपसलको अर्थराजनीति नेपालमा कमजोर छैन । नाकाबन्दी र मधेस आन्दोलनले पनि भट्टीमा मन्दी ल्याएन, यो क्षेत्रमा अब्बल दर्जाको भाइब्रेन्ट छ नेपालमा । तर, अहिले पार्टीपसल किन नागरिकको लागि आकर्षणको थलो हुँदैछ भन्नेमा मात्र चर्चा सीमित गर्नु राम्रो हुने छ भन्ने मेरो ठहर छ ।
कांग्रेस, एमाले, एमाओवादी, राप्रपा नेपालसमेत मधेसी मोर्चा, अन्य घटकका गरी दर्जन पार्टी तथा अरु साना–ठूला पार्टीमा समेत संगठित क्रियाशील कार्यकर्ता पंक्ति देशभित्र र बाहिर गरी १८ लाख रहेको अनुमान छ । यी दलहरूको भ्रातृसंघमा आवद्ध बेरोजगार युवाको गणना गर्दा यो संख्या दोब्बर हुन जाला । पार्टीको क्रियाशील सदस्यमा अधिकांश बेरोजगार युवा, कृषि पेशामा लागेका अर्धबेरोजगार, अनुपस्थित जग्गा धनी र चल्तापूर्जा व्यापारी, शिक्षक, कर्मचारी, वकिल र डनगिरि गर्ने समूहको बाहुल्यता छ । सिद्धान्त र निष्ठाका राजनीतिकर्मी पार्टीभित्र अल्पसंख्यकमा सूचीकृत भएका छन् ।
नेपालमा पेशाहीनहरूको पेशा कृषि र राजनीति बन्दै आएको छ । कृषि क्षेत्र राज्यबाट सबैभन्दा अपहेलित छ, तसर्थ हिजोआज राजनीतिकर्मीहरू पेशा भन्नुपर्दा 'राजनीति' नै भन्न रूचाउँछन्– ग्ल्यामर बढ्छ भनेर । अर्धबेरोजगारको ठूलो संख्या कृषिमा छ । र, राजनीतिमा सक्रिय सदस्यता लिने सबैभन्दा ठूलो उत्साह पनि यही समुदायमा छ । तर, नेपालमा कृषकको परिभाषा सबैभन्दा जटिल र हावादारी छ । तसर्थ, कृषिमा गरिएको देशी–विदेशी सबै लगानी खेर गइरहेको छ । कृषक को हो भन्ने कुराको पहिचान नभएर कृषि क्षेत्रमा संलग्न ठूलो समुदायलाई नयाँ पहिचान, नयाँ अवसर र नयाँ सम्बन्धको खाँचो देखिन्छ । मधेस आन्दोलन पनि त्यसैको एउटा पाटो हो । राजनीतिक पार्टीको क्रियाशील सदस्यता लिएर कृषिमा आधारित नेपाली समाज नयाँ सामाजिक पहिचान बढाउने अवरिमा जुटेको छ अहिले । र, नेपालको सबैभन्दा विकसित र अवसर छोप्न सिपालु अर्धबेरोजगार किसान झापा र चितवन जिल्लामा भेटिन्छन् । त्यही कारण कांग्रेसको नयाँ सदस्यता र नवीकरण यही दुई जिल्लाबाट बढी भएको हो । सम्भवतः सबै राजनीतिक पार्टीको क्रियाशील सदस्य यिनै दुई जिल्लामा बढी भेटिन्छन्, मधेसी दलबाहेक ।
कांग्रेस, एमाले र एमाओवादीको सरकारले विगत २ वर्षदेखि सत्तामा बसेर जनताको पक्षमा केही नगरेको आरोप खेपिरहेका थिए । संविधान जारी गरे पनि त्यसले आमनागरिकलाई कष्ट र पीडाबाहेक केही दिइरहेको थिएन, छैन । केपी ओली नेतृत्वमा बनेको कम्युनिस्ट र पूर्वपञ्चको सरकारको पनि मधुमास सकियो । तर, जनतामा कालोबजारी, अभाव र चरम निराशामात्र वितरण गरेको छ सरकारले । यसरी देश नै दलहरूले विनाश गरेको आरोप राजनीतिकर्मीज्ञहरूले सुन्नुपरिरहेको अवस्थामा कांग्रेसको क्रियाशील सदस्यता २ लाख थपिनु असाधारण कुरा मान्नुपर्छ ।
कांग्रेसले विधानमा भएअनुरूप अगाडि बढ्ने हो भने १३औँ महाधिवेशनमा ७ लाख मानिसले कांग्रेस पार्टीको विभिन्न पदमा बस्ने प्रमाणपत्र पाउने अनुमान छ । अहिले पार्टीको पहिलो चरणकै निर्वाचनमा झन्डै डेढलाख प्रमाणपत्र राधेश्याम अधिकारीले सही गरी वितरण गर्नुपर्ने देखिन्छ । यसरी हेर्दा देशमा अहिले कांग्रेसको पार्टीपसल 'भाइब्रेन्ट' देखिन्छ । प्रश्न स्वाभाविकरूपमा उठ्छ– पार्टी र नेताप्रति आमनागरिकको यत्रो विकर्षण हुँदाहँदै सदस्यताप्रति यत्रो आकर्षण किन भएको होला ?
पार्टीको सक्रिय कार्यकर्ता भएपछिमात्र अहिलेको नेपालमा मानसम्मान र सरकारी सेवासुविधा जुटाउन सजिलो हुन्छ भन्ने आममानसिकता छ । यहाँसम्म कि आफ्नो सुरक्षाको लागि पार्टीको छातामुनि नबसी अहिलेको नेपालमा बाँच्न गाह्रो भएको कुरा गाउँघरमा सुनिन्छ । नागरिकमात्र भएर बस्दा राज्यसँग सम्बन्ध चुँडिनेमात्र होइन, प्रताडित नै हुनुपर्ने अवस्था आउँछ भन्ने भय छ । गाविस सचिवदेखि सिंहदरवारसम्मको 'च्यानल फिट' गर्न पार्टीको सदस्यता अहिले अनिवार्य छ । यसैकारण गाउँमा एकल सकल परिवारले सल्लाह गरेर सबै पार्टीतिर बाँडिएर क्रियाशील सदस्यता लिएको मैलै देखेको छु । नेपालको 'भाइब्रेन्ट पार्टीपसल'ले नागरिक र देशलाई बन्धक बनाएको अवस्थाले यो स्थिति आएको हो ।
डा. महत विश्वको सर्वश्रेष्ठ अर्थ मन्त्री भएकोमा रमाउन सक्छन् । तर, उनको गुनासो र असन्तुष्टि यदाकदा भेटघाटमा सुन्न पाइन्छ । उनी 'पटके अर्थ मन्त्री' भएर पनि खिन्न र दिक्क देखिन्छन् । स्थिर राजनीतिक, सामाजिक र आर्थिक व्यवस्था भएमा नेपाललाई दुईअंकको विकास दरबाट अगाडि बढाउन सकिने उनको विश्वास थियो । महतको निष्कर्षसँग असहमत हुने ठाउँ छैन । तर, झन्डै ३ दशकदेखि नेपालको अस्थिर राजनीतिको साक्षी भएर पनि उनले अहिलेको संविधानमा देशलाई स्थिरताउन्मुख गर्ने प्रयत्न गर्न किन चाहेनन् ? नेपालको संविधानमा कार्यपालिका निर्माणको जुन व्यवस्था अहिले गरिएको छ, त्यसबाट महतजस्ता योग्य र सक्षमले अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्न त सक्छन्, तर देशभित्र भने त्यसमाथि 'व्यंग्य' हुने निश्चित छ ।
नेपालको अस्थिरता र असफलताको तुलना विश्वरंगमञ्चमा अफगानिस्तानभन्दा पनि तल जाँदैछ भनेर सुन्दा आमनागरिकलाई झैँ महतलाई पनि अप्रसन्नता हुन्छ होला । पञ्चायतकालमा नेपाल अफ्रिका हुन लाग्यो भनी इथियोपियासँग तुलना गरिन्थ्यो । अब त इथियोपिया पनि सम्पन्न र समृद्धिको बाटोमा तीव्र गतिले दौडिन थालेको दशक नाघिसक्यो । चाँडै नै त्यस देशले नेपाललाई आर्थिक सहयोग गरेछ भने अचम्म मान्नुपर्ने छैन ।
इथियोपिया नेपालजस्तै भूपरिवेष्टित र गृहयुद्धले जर्जर देश थियो केही वर्षअगाडिसम्म । सन् २००३ मा त्यस देशको आर्थिक वृद्धिदर माइनस २ प्रतिशत थियो, अहिलेको नेपालजस्तै । विगत एक दशकबाट दुई अंकको आर्थिक वृद्धिदरले यो देश अगाडि बढिरहेको छ । विश्वमा चीन र भारतपछि तीव्र आर्थिक विकास गर्ने देशमा इथियोपियाको नाम पनि आउँछ । तर, अझै पनि धेरै नेपालीको आँखामा इथियोपियाको सम्झना गर्दा भोकानांगा, कुपोषित बच्चाहरूको कंकाल तस्बिर अगाडि आउँछ । कैयौँ गृहिणी अहिले पनि ती कंकाल बच्चा सम्झेर डराउने गर्छन् । तर, आजको इथियोपिया बेग्लै छ, पृथक छ र सम्पन्न हुँदैछ ।
नेपाल र इथियोपियाबीच धेरै समानता छ । ऐतिहासिक पृष्ठभूमि पनि मिल्दोजुल्दो छ । दुवैसँग मानव सभ्यताको प्रारम्भिक समयका गौरवगाथाहरू छन् । केही दशकअघिसम्म इथियोपियामा पनि राजा थिए, राजतन्त्र थियो । राजतन्त्र गयो, कम्युनिस्टको शासन आयो, त्यो पनि रहेन । शीतयुद्धको चपेटा पनि त्यो देशले झेल्यो । इथियोपियामा पहाडहरू छन् र त्यहाँ ३ प्रमुख भाषागत 'राष्ट्रियता' पनि छ नेपालमा जस्तै । नेपालमा झैँ त्यहाँ पनि आफ्नै छुट्टै क्यालेन्डर छ । त्यहाँको संविधान पनि नयाँ हो । इथियोपिया अहिले १० प्रतिशत आर्थिक वृद्धिदरबाट अगाडि बढेको छ र यसको कुल गार्हस्थ्य उत्पादनमा पनि १० गुणा वृद्धि भएको छ । यसै वर्षको खडेरीले कृषि चौपट भए पनि अन्य क्षेत्रमा भएको आर्थिक वृद्धिले देशको अर्थतन्त्रलाई ठूलो असर गरेन ।
सम्पूर्ण अफ्रिकी देश अहिले ६ प्रतिशतमाथिको आर्थिक वृद्धिले अगाडि बढिरहेका छन् । हाम्रा छिमेकका २ ठूला देश महाशक्ति हुने अभियानमा छन् । यस्तो पृष्ठभूमिमा नेपाली कांग्रेसको १३औँ महाधिवेशन हुँदैछ । र, अहिलेसम्म कांग्रेसले देशलाई कसरी एकतावद्ध राख्न सकिन्छ, प्रदेश र संघीय राज्यको सम्बन्ध कस्तो र कसरी सुदृढ हुने र विकासको नयाँ ढाँचा कसरी अगाडि बढाउने भन्ने सामान्य छलफल र बहससम्म सुरु गर्न सकेको छैन । कांग्रेसभित्र छलफलको मूल विषय नै कसरी पार्टीमा पुरानै सत्ताको पकड कायम राख्ने अनि त्यसका लागि क्रियाशील सदस्यता कुन वैधानिक र कुन अवैधानिकमा मात्र सीमित भएको छ । कांग्रेस बिस्तारै देश परिवर्तनको बाहक हुन नसक्ने दिशातर्फ उन्मुख हुँदैछ र त्यसको लागि अब छिट्टै हुने स्थानीय निर्वाचनसम्म कुर्ने धैर्य गर्नुपर्ने छ ।
अन्त्यमा, नेपालमा लोकतन्त्र र लोकतान्त्रिक संस्थाहरू कमजोर तथा प्रभावहीन हुँदैछन् । लोकतन्त्र धरापमा पर्दैछ । पार्टीपसल र तिनका छोटेबडे नेताहरू बलियो र शक्तिशाली हुनु त्यसैको सूचक हो । नागरिक निराश छन् र लोकतान्त्रिक संस्थाहरू पंगु भैसकेको अवस्था छ । नेपालमा 'पार्टीशक्ति' राज्यशक्तिभन्दा बलियो छ । पार्टी र तिनका भ्रातृ संगठन कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाभन्दा पनि शक्तिशाली छन् ! सबैतिरबाट आशाभरोसा समाप्त भएको नागरिकलाई नेपालभरि फिँजिएर रहेका २ लाख चियापसलले थोरै भए पनि 'राजनीतिक सान्त्वना' दिने काम गरेका छन् ।