गणतान्त्रिक यात्राको गोलचक्कर
०९ माघ २०६६
•
१२ मिनेट पाठ
गणतान्त्रिक यात्राको गोलचक्कर
लोकतान्त्रिक गणतन्त्रका कारण दक्षिण एसियामा भारतमात्र होइन श्रीलंका, पाकिस्तान, बंगलादेश, मालदिभ्सदेखि अफगानिस्तानसम्मका मुलुकहरुको परिकल्पनाको १२ बुँदे सम्झौता जीवन-मरणको दोसाँधमा छट्पटाइरहेको छ। सैद्धान्तिकरुपमा माओवादी एजेण्डाको जगमा बनेको लोकतान्त्रिक गणतन्त्र उसले आफ्नो हितअनुकूल खोज्नुलाई अस्वाभाविक भन्न सकिन्न। 'रिम' देखि 'सिकम्पोसा' सम्मका भाइचारा माओवादी पार्टीले एनेकपा (माओवादी)लाई दक्षिणपन्थी संशोधनवाद र संसद्वादमा फसेको आरोप लगाइरहेका छन्। यता नेपालका अन्य राजनीतिक दलहरुले सत्ताकब्जाको अभ्यासमा १२ बुँदे सम्झौतादेखि अहिलेसम्मका सम्पूर्ण प्रक्रिया कार्यनीतिक प्रयोगमात्र गरेको आरोप लगाइरहेका छन्। त्यस्तै माओवादी भारतमुखी भइरहेको भन्ने एकातर्फ छ भने अर्कोतर्फ भारतलाई उपयोग गरेर अहिले चीननिकट बन्दै गएको भनाइ अर्कोतर्फ छ।

वैचारिक शक्ति संघर्ष र तानातानको यो गोलचक्करमा माओवादी कसैको अनुकूल होइन आफ्नै मोडलअनुरुप व्याख्या गरिहेको छ र समग्रमा ऊ सफल पनि देखिन्छ। सेनापति प्रकरणसम्म आइपुग्दा तत्कालीन अवस्थामा माओवादीबाहेक पाँच दलको समर्थनमा कदम चालेको तथ्य धोका भएको खुलासा गरेका माओवादी अध्यक्षले उक्त कदम हल्कारुपमा चालेको होइन भन्ने सिद्ध गरेका छन्। यस स्थितिमा दलहरुको अर्न्तविरोधबीच आफ्नो वैचारिक लक्ष्यमा एनेकपा (माओवादी) ले सम्झौता नगरेकै सिद्ध हुन्छ।

मुलुकको राजनीतिक शक्ति सन्तुलनको परिस्थितिअनुसार वार्ता, संघर्ष र प्रयोगका रणनीतिहरु परिवर्तन गर्दै आएको माओवादीलाई उपयोग गर्ने रणनीति राष्ट्रियरुपमा हिजोको राजामा शक्ति रहेको अवस्थामा तत्कालीन मण्डलेहरुदेखि संसद्वादी राजनीतिक दलमात्र होइन भारत पनि असफल भएको छ। यसको मूल कारण संसदीय राजनीतिको जोड घटाउको स्वार्थमात्र होइन माओवादीभित्रको वैचारिकरुपमा स्थिर र कटिबद्ध नेतृत्वको जगलाई कम आँकलन गर्नु हो।

नेपाली राजनीतिमा माओवादी नेतृत्व पृथ्वीनारायण शाहको नेपाल पुनःएकीकरणपछिको सबैभन्दा महँगो हो। यतिबेला माओवादी संसदीय र गैर संसदीय राजनीतिको गोलचक्करमा अलमलिएको होइन, रक्तपातबीच गणतन्त्रले मात्र उसको युद्ध औचित्य सिद्ध हुनसक्ने वा नसक्नेबीचको भावी यात्रा हो। चुनवाङ बैठकदेखि लिएको लोकतान्त्रिक गणतन्त्रको कार्यनीति गणतन्त्र घोषणासम्म आइपुग्दा त्यसको औचित्य सकिइसकेको छ। अबको यात्रा औपनिवेशिकताविरोधी संघर्ष हो। यस विषयमा गणतन्त्र घोषणापछि आर्थिक कार्यक्रम भन्दै अगाडि आएको धार यतिबेला उठ्नै नसक्ने अवस्थामा छ। किनकि उसको कार्यक्रमले युद्धको औचित्य सिद्ध गर्न सकेन। 'रिम'देखि 'सिकम्पोसा' जहाँ भुटानबाहेक अन्य मोडलको गणतन्त्र माओवादीे युद्धको परिणाम हो? त्यसो भए के माओवादीले भन्न सक्छ भुटानबाहेक अन्यत्र माओवादी क्रान्तिको औचित्य छैन? यस स्थितिमा अहिलेकै अवस्थामा रहँदा माओवादी एकढिक्का रहन सक्छ? के मुलुकले राजा नभएको अवस्थामा अर्को एमाले बन्दैमा युद्धको औचित्य सिद्ध हुन्छ? यी प्रश्नको वरिपरिबाट नेपालका राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्तिले विश्वास गरेको माओवादीभित्रको गोरखपुर केन्द्रमार्फत विकसित धार घेराबन्दीमा मात्र परेको छैन त्राट्स्की, काउत्स्की र लिनप्याओको जस्तो दक्षिणपन्थी धारको प्रतिनिधित्व गरेको आलोचना खेपिरहेको छ।

यति बेला माओवादीका शीर्ष नेतृत्वले अफगानिस्तानीकरणको चर्चा गर्न थालेको छ। तर यसको कारण स्वयं माओवादी होइन र? तत्कालीन सोभियत संघको आडमा राजा जाहिर शाहलाई विस्थापित गरेर वामपान्थी फासीवादको परिणाम तालिवानको उदय होइन र? यति बेला नेपालमा माओवादीले भन्दै आएको ऐतिहासिक चुनवाङ बैठकको लोकतान्त्रिक गणतन्त्र माओवादीले भन्ने विस्तारवादी र साम्राज्यवादको आडमा ल्याएको होइन? त्यसैले अफगानिस्तानीकरण, भुटानीकरण र सिक्किमीकरणको चर्को आवाज उठाउनेहरु यसका जिम्मेवार छन्। प्रश्न खडा छ, यतिबेला अफगानिस्तानीकरणको प्रोपागण्डा गर्ने माओवादी नेतृत्वभित्र गणतन्त्र घोषणापूर्व सांस्कृतिक राजा भन्ने मोडल घुसेको त छैन? अफगानिस्तानले अहिले वामपान्थी फासीवादको परिणाम भोगिरहेको छ। नेपालले पनि त्यही भोगिरहेको छ। आज उनीहरु नै अफगानिस्तानीकरणको चर्को नारा दिँदैछन्। सिक्किमीकरणको प्रोपागाण्डा पनि उनीहरु नै गरिरहेका छन्। सन् १९७४ को सिक्किम विलयपछि बीपी कोइराला नेपाल फर्कँदा उनलाई भारतीय दलाल भन्दै भारतीय विस्तारवादको चर्को नारा र लेण्डुप विधानसभाको एजेण्डा बोक्नेहरुको अफगानिस्तानीकरण र सिक्किमीकरणको नारा दिएर भ्रम पार्नेहरुदेखि सचेत रहन आवश्यक छ।

यति बेला अफगानिस्तानीकरण र सिक्किमीकरणको प्रोपागण्डा गर्नेहरु वाम फासीवादभित्रका विदेशीका गोटी हुन् भन्ने कुरा समयमै देशभक्त नेपालीहरुले बुझ्न आवश्यक छ। यो २०३३ सालमा बीपीलाई भारतीय दलाल भन्दै उनीहरुकै आडमा फाँसी माग्ने मण्डलेहरुको नयाँ मोडलमात्र हो। यो ३३ वर्षमा रगतमात्र बगेको छैन, विश्वव्यापीकरण, सूचना सञ्चार र विकाससँग बढ्दो चेतनाले छद्म भेषमा भ्रम दिन सम्भव छ्रैन। गोरखपुरमा पाठशाला खोलेर पुष्पलालजस्ता इमानदार नेतृत्वको उछितो काढ्नेहरुमात्र होइन, उनलाई भारतपरस्त र गद्दार भन्नेहरु र बीपीलाई फाँसी माग्नेहरु विपरीत धु्रवमा देखिए पनि पर्दाभित्र एउटै शक्तिद्वारा परिचालित हुन् भन्ने सिद्ध भएको छ। इतिहास अत्यन्त निर्मम र कठोर हुन्छ र अन्ततः न्याय पनि दिन्छ।
यस अवस्थामा अफगानिस्तानीकरणको खतराको नारा दिएर वाम फासीवादमा साम्राज्यवादी आडमा उदय भएकाहरुले अब भ्रम दिन सम्भव छैन। चुनवाङ बैठकदेखि माओवादीले अघि सारेको लोकतान्त्रिक गणतन्त्रको नीति २०३३ सालमा बीपीद्वारा अस्वीकृत एजेण्डा हो। त्यसकारण राजतन्त्रको विस्थापन १० वर्षे युद्धको जगमा भएको भन्नुको तात्विक अर्थ छैन। त्यति मात्र होइन, हतियार बन्द संघर्ष २०४६ पूर्व मदन भण्डारी र २०१७ पछि डा. केशरजंग रायमाझीहरुले अस्वीकार गरेको एजेण्डा हो। यसकारण भन्नैपर्ने हुन्छ, माओवादीको युद्ध बीपी, डा. रायमाझी र मदन भण्डारीहरुले अस्वीकार गरेको एजेण्डामा आधारित थियो। यसको पर्दापछिाडि स्वयं माओवादीहरुले भन्दै आएका विस्तारवादी र साम्राज्यवादीको आडमा विदेशीका गोटी बनेको कुरा स्पष्ट छ। त्यसैले भन्नैपर्ने हुन्छ, आज माओवादी नेतृत्वले भन्दै आएको सिक्किमीकरण, भुटानीकरण वा अफगानिस्तानीकरण बीपी, मदन भण्डारीले अस्वीकृत गरेको एजेण्डाको जग हो। गोरखपुर धारको वाम फासीवाद र दक्षिणपन्थी धारको मण्डले राष्ट्रवादको गलत नीतिको परिणाम आजको नेपालको अवस्था हो।

माओवादी युद्ध जितेर होइन, सम्झौतामार्फत यहाँसम्म आएको हो। राजामा रहेको शक्तिलाई विस्थापन गर्ने सीमासम्म स्वयं माओवादीले विस्तारवादी, साम्राज्यवादी भन्दै आइरहेका शक्तिको समर्थन थियो। त्यो भनेको माओवादीले भन्ने सत्तामा होइन सरकारमा पुग्नुसम्म मात्र हो भन्ने कुरा पशुपतिको पुजारी प्रकरणदेखि सेनापति प्रकरणसम्मले सिद्ध गरेको छ। सन् १८१६ को सुगौली सन्धिपछिको अवस्था पात्र परिवर्तनमात्र हो। सन् १९७४ मा भारतबाट ब्रिटिशले छोडेको अवस्था र सन् १९४९ मा चिनियाँ जनवादी क्रान्ति सम्पन्न भएको क्षेत्रीय परिवेशमा २००७ सालमा राणा शासनको अन्त्य होइन फ्युजन गरियो। राज्यसत्ताको मूल अंग राणाकालीन थियो। यस अवस्थामा गणतान्त्रिक गोलचक्करबाटै राज्यसत्ता परिवर्तन गर्न माओवादीलाई कति सम्भव छ? आफैँले विरोध गर्दै आएको २००७ को दिल्ली सम्झौताको दोस्रो रुप १२ बुँदे दोस्रो दिल्ली सम्झौतालाई ऐतिहासिक भन्दै आएको माओवादीको पछिल्लो राष्ट्रिय स्वाधीनताको नारा ल्याटिन अमेरिकाका ह्युगो चाभेज मोडलको नेपाली रुप देखिन्छ। तर यो कति सम्भव छ, भविष्यले बताउला।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस