१९९८ मा अर्थशास्त्रको नोबल पुरस्कारबाट विभूषित हार्वर्ड विश्वविद्यालयका प्राध्यापक अमर्त्य सेनले प्रजातन्त्र, गरिबी, नागरिक समाज तथा पत्रकारिताबीचका अन्तरसम्बन्धबारे अनुसन्धान गरे।सिंगापुरको उदाहरणसहित कुनै पनि देशको विकास प्रचुर प्राकृतिक स्रोत तथा साधनले होइन बरु मुलुकको नेतृत्वले देख्ने सपनाले निर्देशित गर्छ भन्ने सोच भएका प्राध्यापक सेनले कुनै पनि प्रजातान्त्रिक मुलुकमा नागरिकले भोकभोकै मर्नुपर्दैन भन्ने निष्कर्ष निकाले। त्यस्तो आकलन गरिनुको कारण प्रजातन्त्रमा पत्रकारिताको पहँुच देशव्यापी हुन्छ। त्यसले गर्दा भोकमरीको खबर तुरुन्तै सार्वजनिक हुन्छ। समाचार सर्वव्यापी भएपछि प्रजातान्त्रिक सरकारले तुरुन्तै आवश्यक व्यवस्था मिलाउने हुँदा खान नपाएका कारण नागरिक मर्दैनन् भन्ने उनको बुझाइ रह्यो। तर, सेनले नोबल पुरस्कार पाएको दुई वर्ष पनि नपुग्दै नेपालको हुम्ला तथा आसपासका गाउँमा दर्जनौँ मानिस खान नपाएर मरेको खबर सार्वजनिक भयो। भूकम्पपीडितको लागि यसपटकको जाडो निकै कष्टकर हुने पूर्वजानकारी नभएको होइन। कम्पन इलाकामा खाद्यान्न अभाव हुने जानकारी पनि थियो। तर, सरकारले दायित्व निर्वाह गरेन। जाडोमा ओढ्ने–ओछ्याउनेको जोहो गर्न नसकेर दर्जनौ भूकम्पपीडित मरेका खबर प्रकाशित भयो। यस्ता समाचारले नेपालको प्रजातन्त्र र पत्रकारिता दुवै परिस्कृत नभएको निष्कर्ष निस्कन्छ।
प्रभावकारी नागरिक समाज भएको देशमा सरकार जवाफदेही हुन्छ, संसद्मा बन्ने नियम–कानुनहरू जनमुखी हुन्छन्। राजनीतिक दलहरूको अन्तिम लक्ष चुनाव जित्नु हुने र निर्वाचन हात पार्न भिन्नभिन्न तप्कालाई दिइएको आश्वासन पूरा गर्न अनैतिक सम्झौता गर्नुपर्ने भएकाले पार्टीहरूले जनचाहनालाई समेट्न सकिरहेका हँुदैनन्। त्यसमाथि स्वार्थ बझानको सिद्धान्त (कन्फ्िलक्ट अफ इन्टे्रस्ट) अनुसार नेता तथा जनप्रतिनिधिहरू आफूलाई हित हुने नियम–कानुन लेख्न बढी आतुर हुन्छन्। व्यक्तिगत स्वार्थमा आघात पर्ने नियम बनाउन सांसदहरूले आनाकानी गर्ने भएकाले त्यस्ता कानुन लेखनका लागि जनदबाब सृजना गर्नुपर्ने हुन्छ। त्यसका लागि नागरिक समाजको दर्कार पर्छ।
नवीन संविधान निर्माणको क्रममा जनताबाट सुझाव संकलन गरियो। अधिकांश जनताले शिक्षित जनप्रतिनिधिको व्यवस्था, छरितो संसद् तथा स्थिर सरकारको प्रत्याभूतिको संवैधानिक व्यवस्था चाहेका थिए। तर, त्यस्तो व्यवस्था गरिँदा नेताहरूको भाग खोसिने भयो। एसएलसी नगरेका सांसद बन्न नपाउने व्यवस्था गरिएको हुँदो हो त केपी शर्मा ओली प्रधान मन्त्री कसरी बन्नु? धेरै जनाको सांसद बन्ने धोको पूरा हुने थिएन। छरितो संसद् र स्थिर सरकारको संवैधानिक व्यवस्था भएको भए अहिलेको जस्तो दर्जनाँै मन्त्री हुने थिएनन्। त्यस्तो व्यवस्थाले नेताहरूको भाग खोसिन्थ्यो। व्यक्तिगत स्वार्थका लागि जनचाहना र देशहितलाई तिलान्जली दिइयो। जनताको चाहनाविपरीतको संविधान जारी भयो। त्यसो हुनुमा कमजोर नागरिक समाजलाई धेरै हदसम्म जिम्मेवार मान्न सकिन्छ।
नेपालमा चिकित्सा शिक्षाको लगानी नाफामूलक देखियो। त्यसले गर्दा उक्त क्षेत्रमा व्यापक लगानी भयो। राजनीतिकर्मीले आफ्नो कालोधनलाई चोख्याउने साधनको रूपमा त्यस लगानीलाई लिए। सबै दलका नेताहरूको चिकित्सा शिक्षामा धेरथोर लगानी देखियो। त्यस मामलामा एमाले भने संस्थागतरूपमा प्रस्तुत भयो। एमाले सांसदहरूको लगानीमा काठमाडाँैमा थप एउटा शिक्षण अस्पताल खोल्ने प्रक्रिया प्रारम्भ भयो। विधायक र दलका नेताहरूकै लगानी भएपछि उक्त कलेजले प्रारूप लिनेमा कुनै शंकै थिएन, धेरैले लगानी गरे। पहिलेदेखि नै आधा दर्जनभन्दा बढी मेडिकल कलेज रहेको काठमाडौँको बदला त्यस्ता कलेज नै नभएको सुदूरपश्चिममा नयाँ कलेज खोल्नुपर्ने माग आउनु अस्वाभाविक भएन। तर, केवल नाफाकै लागि लगानी गर्ने सांसदहरूले बढी आर्जन हुने राजधानीमै कलेज खोल्ने निर्णय गरे। शक्तिशाली एमाले पार्टीका बिरुद्ध हचुवाको भरमा मेडिकल खोल्न नहुने तथा काठमाडौँमा ओपरीमाथि थोपरीको बदला नयाँ खुल्ने कलेज गरिबलाई सेवा दिनेगरी मोफसलमा खोल्नुपर्ने मागसहित महाराजगन्ज अस्पतालका चिकित्सक गोविन्द केसी आमरण अनशनमा उत्रिए। देशका नेताहरूको स्थार्थमा खुल्न लागेको मेडिकल कलेज एउटा सामान्य डाक्टरको अनसनले रोकिएला भन्ने कसैलाई आशै थिएन। एउटा सनकी डाक्टरले भोकहडताल गरे भन्नेसम्मका मानिस देखिए! उनको त्यही एक्लो पहलमा शिक्षण अस्पतालको सम्बन्धनको कथा कहाँ पुग्यो भनिरहनु परेन। राजनीतिकर्मीको एउटा ठूलो जत्था लाग्दासमेत एउटा सामान्य डाक्टरको अडानलाई कुल्चन सकेन। किनकि, उनको माग जायज थियो। सही सामाजिक मुद्दा लिएर हिँडेका एउटा निष्ठावान डाक्टरसँग देशको संविधानसमेत फेर्न सक्ने हैसियत राख्ने सांसदको समूह हार्न बाध्य भयो। कुनै पनि न्यायोचित मागले सहज निकास पाउन जायज मुद्दामात्र पर्याप्त हुँदैन, त्यसको नेतृत्वकर्ताको विगतको निष्ठा तथा इमानदारीले महŒवपूर्ण भूमिका खेल्छ भन्ने पुष्टि भयो। शिक्षण पेशालाई मर्यादित बनाउनुपर्छ भन्ने नागरिक समाजका अगुवा डा. केसीको दागरहित विगतलाई स्मरण गर्दै लाखौँ व्यक्ति उनको समर्थनमा उत्रिए।
अब छिमेकी भारतको उदाहरण हेरौँ। भ्रष्टाचारले आक्रान्त मुलुकमा प्रधान मन्त्री तथा राजनीतिकर्मीहरूले गरेको भ्रष्टाचार नियन्त्रण गर्ने कानुन बनोस् भन्ने जनचाहना थियो। तर नेताहरू आफैलाई बाँध्ने ऐन बनाउने पक्षमा थिएनन्। जनताको बोली नेताले नसुनेपछि अन्त्यमा अन्ना हजारेले जनबोलीको नेतृत्व गरे। हजाराँै मानिस सडकमा आए। भिन्न तप्का र पक्षका मानिस उनको समर्थनमा उत्रिए। हजारे अभियानले आन्दोलनको रूप लियो। अन्त्यमा जनदबाब थेग्न नसक्ने भएपछि नेताहरू भ्रष्टाचारविरोधी लोकपाल विधेयक पारित गर्न बाध्य भए। लोकपाल विधेयक बनाउन लाखाँै मानिसको सहयोग भए पनि नेतृत्वकर्ता भने हजारे नै भए। उनले उक्त अभियानको नेतृत्व गर्न किन सके त? स्वार्थरहित त्यागको नैतिक ताकतले उनलाई नागरिक समाजको नेतृत्वकर्ता बनायो।
चोरबाटोबाट नेता तथा सांसदहरूले विभिन्न बहानामा राज्यको ढुकुटी दोहन गरे। अहिले ऐनमार्फत् नै भूतपूर्व पदाधिकारीलाई सुविधा दिने विधेयक संसद्मा ल्याउन सबै दल सहमत भए। जनता भन्दैछन्, नेताहरू बढी सुविधाभोगी भए र उनीहरूको सुविधा कुनै पनि हालतमा बढ्नु हुँदैन। जनप्रतिनिधिले जनचाहनाअनुरूपको कार्य नगरेको अवस्थामा 'सिभिल सोसाइटी'को क्रियाशीलता आवश्यक हुन्छ। आफ्नो सुविधा कटौती हुने ऐन संसारको कुनै पनि संसद्ले सरक्क बनाउँदैन। त्यसका लागि व्यापक जनदबाबको आवश्यकता हुन्छ। उक्त अभियानको नेतृत्व नागरिक अगुवाले गर्ने हो। तर, मुखिया भने निष्कलंक हुनैपर्छ। नागरिक अगुवा भनेको नेताहरूजस्तो दागसहित हिँड्न मिल्ने उपाधि होइन, उनीहरूको विगत र वर्तमान दुवै स्वच्छ हुनुपर्छ। अहिलेको चुनौती भनेको नागरिक अगुवाको बथानमा दागरहित व्यक्तिको छनोट नै हो। पद पाउने लालसामा धेरै नेताको दैलो चहारेका, पेशामा शिक्षक तर पढाउने धन्दै नगरेका, विदेशी एनजीओबाट पैसा कमाएका, पदीय मर्यादा कायम गर्न नसकेका पदाधिकारी तथा कुनै राजनीतिक दलको निष्ठावान कार्यकर्ताले नेतृत्व गरेको नागरिक समाज काम लाग्दैन। हाम्रो समकालीन नागरिक समाजको चित्रण गरौँ।
मानिसको बुद्धि ३ प्रकारका हुन्छन्। उच्च दिमागले नीतिको कुरा गर्छ र सही नियम–कानुन बनाएर समाज परिवर्तन गर्नुपर्छ भन्ने सोच राख्छ। मध्यम दिमागले घटनाको विश्लेषण गर्छ। क्षणिक समाधान उसको लक्ष हुन्छ, दीर्घकालीन समाधान ध्यान जाँदैन। व्यक्तिको विरोध निम्नबुद्धिको पहिचान हो। तसर्थ, नागरिक समाजको नेतृत्वले भागवत् गीतामा भनेझैँ सही लक्षको पहिचान र त्यसको निरपेक्ष समाधान खोज्नुपर्छ। व्यक्तिको नाफाघाटाको विश्लेषण नागरिक समाजको विषय हँुदै होइन।
खीलराज रेग्मी नेतृत्वको सरकारले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुखमा लोकमान सिंह कार्की, महालेखा परीक्षकमा भानु आचार्य तथा लोकसेवा आयोग प्रमुखमा कयोदेवी यमीको नाम सिफारिस गर्यो । अनुमोदनमा परेकामध्ये विगतलाई नियाल्दै कार्कीको नाममा नागरिक समाजले ठूलो असहमति जनायो र आन्दोलनमा उत्रियो। मागले उचाई लिन नीतिलाई छुनुपर्ने थियो, तर नागरिक समाज व्यक्तिबिरुद्ध उत्रियो। संवैधानिक निकायका पदाधिकारीहरूले नियुक्ति लिनुपूर्व संसदीय सुनुवाईमा जानैपर्ने संवैधानिक व्यवस्थालाई कुल्चिएर संसद् नै अस्तित्वमा नरहेका बखत उक्त नियुक्ति भएको थियो। महŒवपूर्ण कुरा त, निर्वाचनमात्र गर्ने हैसियत पाएको कामचलाउ सरकारले वषार्ंैदेखि रिक्त रहेका पदमा व्यक्ति सिफारिस गरेको थियो। उक्त परिवेशमा भएका सिफारिसहरूले संविधानको उल्लंघनमात्र गरेको थिएन, प्रजातान्त्रिक संस्कारमा समेत प्रहार गरेको थियो। त्यस्तो अवस्थामा प्रक्रियाको भण्डाफोर गर्नुको बदला नागरिक समाज व्यक्तिबिरुद्ध खनियो। नीतिको बदला मानिसको बिरुद्धमा उत्रिएपछि नागरिक समाजको स्खलन हुनु अस्वाभाविक भएन।
त्यस्तै, गत वर्ष न्यायपरिषद्ले केही व्यक्तिलाई सर्वोच्च अदालतको न्यायधीशमा सिफारिस गर्योो। सिफारिसलगत्तै नागरिक समाज तथा वकिलहरूको छाता संगठन नेपाल बार एसोसियसन उक्त नियुक्तिबिरुद्ध उत्रियो। नैतिक तथा आर्थिकरूपमै भ्रष्ट व्यक्तिलाई न्यायाधीशमा सिफारिस गरियो भन्ने आरोप थियो उनीहरूको। अन्य संवैधानिक पदहरूजस्तै न्यायाधीशले पनि संसदीय सुनवाईको तगारो पार गर्नुपर्ने भएकाले त्यहाँसमेत उक्त नियुक्ति रोक्ने प्रयास भयो। तर, अभियान सफल भएन। विवादबीच नै नियुक्ति भयो। अब प्रश्न उठ्छ, के नयाँ संविधान जारी भएपछि हामीले सन्देहास्पद व्यक्ति सर्वोच्चको न्यायाधीश बन्ने बाटो बन्द गर्यौँब त? कदापि छैन। किनकि, जुन छिद्रबाट विगतमा सन्देहास्पद व्यक्ति पदमा पुगे, त्यो कायमै छ। प्रचलित संविधानमा न्यायाधीश नियुक्ति गर्ने न्याय परिषद्को संरचनामा कुनै परिवर्तन नभएकाले भविष्यमा समेत सन्देहास्पद व्यक्ति न्यायाधीशमा सिफारिस हुने सम्भावना छ। त्यस्तै, सिफारिस भएको नामलाई अनुमोदन गर्ने संसदीय सुनवाईसम्बन्धी नियमसमेत अपरिवर्तित रहेको अवस्थामा विगतको नियति नदोहोरिने आधार छैन। त्यस्तो अवस्थामा नागरिक समाजको दायित्व न्यायाधीश नियुक्तिको मार्ग परिवर्तनमा लक्षित हुनुपर्छ।
प्रभावकारी बन्नका लागि नागरिक समाजको ध्यान व्यक्तिमुखी क्षणिक समाधानको सट्टा स्थायी नियोजनमा केन्द्रित हुनुपर्छ। विगतमा स्खलित नागरिक समाजको साख पुनर्जीवित गर्न निस्कलंक व्यक्तिको नेतृत्वमा विषयगत नागरिक समाज गठन गर्न सकिन्छ। डा. गोविन्द केसीले नागरिक समाज स्वास्थ्य एकाईको नेतृत्व गर्न सक्छन्। विषयगत समितिमा समेत दागरहित व्यक्तिलाई नेतृत्व सुम्पन सकिन्छ। राजनीतिकर्मीहरू निहित वर्गीय फाइदाका लागि गोलबद्ध भएको अवस्थामा नागरिक समाजलाई समयमै सुदृढ नगर्ने हो भने राजनीतिक खिचातानीले पहिले नै तहसनहस भएको मुलुक थप जर्जर हुनेछ। तसर्थ, स्वच्छ तथा इमानदार नागरिक समाज निर्माण गर्न सबैले आआफ्नो स्थानबाट सहयोग गर्न आवश्यक छ।