मन नदुख्‍ने प्रधान मन्त्री
०३ माघ २०७२
•
१६ मिनेट पाठ
मन नदुख्‍ने प्रधान मन्त्री
संसदीय व्यवस्थामा सरकार बन्ने विभिन्न पद्धति हुन्छन्। पूर्णबहुमत, अल्पमत र मिलिजुली यी मुख्य पद्धति धेरै प्रचलित छन्। लामो समयदेखि प्रजातन्त्रको अभ्यास गर्दै आएका युरोपका केही देशमा बाहेक अल्पमतको सरकार चलाउने चलन अरु देशमा अझै छैन। बाँकी दुई प्रकारको सरकार चलाउने अभ्यास भने दक्षिण एसियाली देशहरूमा राम्रैसँग गर्न थालिएको छ।संसदीय व्यवस्थाअन्तर्गत प्रधान मन्त्रीय पद्धति अँगाल्ने धेरै जनसंख्या भएको भारतले केही वर्षदेखि मिलिजुली सरकारको अभ्यास गर्न थालेदेखि यस्तो सरकार पनि टिक्ने र देश विकासमा सहायक हुने विश्वास भएको छ। विगत २५ वर्षमा भारतले बाध्यताबस चलाउनुपरेको मिलिजुली सरकार र त्यो अवधिमा त्यहाँ भएको विकासले पनि यस्ता सरकार उन्नतिमा सहयोगी हुने सिद्ध भएको छ।




समयको अन्तरालसँगै पार्टीहरूमा आउने फुट, जात–धर्म र स्थानका आधारमा बन्ने ससाना पार्टी, क्षेत्रीय पार्टी तथा ठूलो पार्टीको कुनै प्रभावशाली नेताले पार्टी छाडेर अर्को खोल्ने चलनले पूर्णबहुमतको सरकार बन्न धेरै कठिन हुन थालेको छ। नेपालमा त प्रत्यक्ष र समानुपातिक गरी दुई भागमा निर्वाचन प्रक्रिया सुरु भएसँगै तथा यो व्यवस्था संविधानमा भएसम्म व्यावहारिकरूपमा कुनै पार्टीको बहुमतको सरकार बन्ने कुरा कल्पना पनि गर्न सकिन्न।

मिलिजुली सरकारका आफ्नै राम्रा र नराम्रा पक्ष छन्। धेरैप्रकारका र अनौठा विचार भएका पार्टीलाई एउटै निर्णयमा सामेल गर्ने काम कठिन हो। साथै, सरकारले गर्ने काम वा लिने निर्णयमा एकैपटक देशका धेरै पार्टीको सहमति हुनुलाई भने राम्रो मान्न सकिन्छ। राष्ट्रिय सहमति निर्माणमा भने मिलिजुली सरकार जहिले पनि सहायकसिद्ध हुन्छ।

मिलिजुली सरकार चलाउन प्रधान मन्त्री आफै र उनका केही प्रमुख सल्लाहकार राजनीतिका अत्यन्त चतुर खेलाडी हुनु जरुरी छ। नत्र त्यस्तो सरकार चाँडै ढल्छ। नेपालमा पनि लामो समयदेखि मिलिजुली सरकार छ, तर धेरैजसो सरकार असफल छन्। सरकार चलाउने चाँजोपाँजो मिलाउन नसकेकै कारण हरेक वर्षजस्तो सरकार ढल्दैछ र जनता ताली बजाउँदैछन्। लामो प्रतीक्षा तथा अथक मेहनतपछि संविधान आयो। त्यसपछि बनेको, धेरै पार्टीको सहभागितामा बनेको, कतिपय पार्टीका अध्यक्ष आफै मन्त्रीका रूपमा कार्यरत यो सरकार पनि प्रधान मन्त्रीको अकर्मण्यताका कारण अप्ठेरोमा परेको देखिन्छ। अरुको अस्तित्व स्वीकार नगर्दा वा विश्वास नगर्दा अरुले पनि त्यही गर्छन् भन्ने सामान्य हेक्कासमेत एमाले र प्रधान मन्त्रीमा नभएकोले सरकारसँगका असन्तुष्टि हरेक दिनजसो बाहिर आइरहेका छन्। यसले यो सरकारको आयु छोटिएको संकेत गरेको छ।

पछिल्लो समय त सरकारका सहयोगी दलका असन्तुष्टि पनि खुलेरै बाहिर आउन थालेको देखिएको छ। नाकाबन्दीपछि भारतले विश्वसामु खेलेको कूटनीतिक भूमिका र नेपालको कमजोर कूटनीतिको आलोचना भइरहेका बेला परराष्ट्र मन्त्रीको भारत, स्विजरल्यान्ड, बेलायत र चीन भ्रमण भयो। राजनीतिका चतुर खेलाडी परराष्ट्र मन्त्रीको भारत भ्रमणलाई एमाले र सरकारको अर्को घटक एमाओवादीले शंकाको दृष्टिले हेर्योर। भारतबाट अपेक्षित लाभ हुन सकेन, किनकि प्रधान मन्त्री परराष्ट्र मन्त्रीलाई जस दिएर कुनै निर्णय लिन राजी भएनन्, जनतामाथि फेरि एकपटक पार्टी हावी भयो। प्रधान मन्त्री देशको हुन सकेनन्, पार्टीका भए।

सरकार बन्नेबित्तिकै परराष्ट्र मन्त्रीको नेतृत्वमा सरकारले मधेसी समस्या समाधानको लागि एउटा उच्चस्तरीय संयन्त्र बनायो। संयन्त्रले काम सुरु गर्यो्। परराष्ट्र मन्त्रीले जेनेभामा समेत यो कुरालाई आफ्नो नेतृत्वमा बनेको संयन्त्र क्रियाशील भएकाले चाँडै समस्या सुल्भि्कने अभिव्यक्ति दिए। तर, उनी काठमाडौँ फर्कंदै गर्दा उक्त संयन्त्रलाई कोमामा पठाइसिकएको थियो। एकदिन मधेसका नेता हृदयेश त्रिपाठीसँको भेटमा त्यो संयन्त्रको बारेमा निज्ञासा राख्दा उनले भने, 'त्यो मृतप्राय छ, तर पनि सरकारले मधेसीलाई कुनै चिठी पठाउनु पर्दा भने सोझै आफूले नपठाएर उताको बाटोबाट पठाउँछ। अचेल त मधेसीसँगको वार्तामा सो संयन्त्रका प्रमुखलाई नै बोलाइन्न, कुरा बुझे हुन्छ।' यसरी आफ्नो सहयात्री दललाई गर्ने अपहेलनाले सरकारलाई कहाँ पुर्यातउने होला? परराष्ट्र मन्त्रीले बेलायत भ्रमणको क्रममा कर्नेल लामा प्रकरणबारे कुरा उठाउन चाहेनन्, यसबाट एमाओवादी सशंकित बन्यो। प्रधान मन्त्री अप्ठेरोमा परे। उनले कुनै कदम उठाएनन्, तर त्यसको बदला परराष्ट्र मन्त्रीको चीन भ्रमणको बेलामा लिए।

देश अप्ठेरोमा परेको बेलामा एउटै मात्र छिमेकीले सहयोग गर्छु भन्दा र त्यो सहयोग लिन सम्झौता गर्न परराष्ट्र मन्त्री जाँदा पनि उनलाई अविश्वास गर्दै प्रधान मन्त्रीले आफ्ना पार्टीका मन्त्री साथै पठाए। त्यतिमात्रै होइन, परराष्ट्र मन्त्रीको चीन भ्रमणका बेला विभिन्न कानुनी र अन्य बहाना देखाएर कुनै सम्झौता हुन दिएनन्। त्यो प्रकरणपछि चीनले अब यो सरकारसँग निकट भविष्यमा कुनै प्रकारको सम्झौता नगर्ने निर्णय गर्योु। सो कुराको पुष्टि चीनले फेरि एकपटक नेपाललाई अनुदानको रूपमा तेल सहयोगमार्फत् गर्योझ। कानुनी परिवर्तन गरेरै भए पनि नेपालसँग तेल व्यापार गर्न तयार भएको चीनलाई प्रधान मन्त्रीले बिच्काए, चिढाए र चित्त दुःखाए। यो नेपालीलाई उनले दिएको धोका र मित्रराष्ट्रप्रति चालिएको गलत कदम थियो।

यो प्रकरणपछि सरकारमा रहेका दलहरूभित्र बढ्दै गएको शंकाउपशंका बाहिर छताछुल्ल भयो। यसबाट के पनि स्पष्ट भयो भने, ओलीको यो मिलिजुली सरकारले कुनै काम गर्न सक्दैन। सरकारमा सबैजसो मुख्य मन्त्रालय एमालेबाहेकका दलसँग छ, तर प्रधान मन्त्री कसैलाई विश्वास गर्दैनन्। यो पृष्ठभूमिमा परराष्ट्र मन्त्रालयले प्रधान मन्त्रीको भारत र चीनको भ्रमणको कुनै कार्यक्रम अगाडि बढाएन। यसको मुख्य कारण मुखले जे भने पनि ती देशले परराष्ट्र मन्त्रीमार्फत् प्रधान मन्त्रीलाई दिएको सन्देश नै त्यही हो।

सरकारमा रहेका दलबीचको मनमुटावको अर्को तुना त्यो बेलामा खुस्क्यो जब परराष्ट्र मन्त्रीले सार्वजनिकरूपमै भने– कालोबजारियाले सहयोग गरेका कारण नेपाली जनताले यस्तो विषम परिस्थितिमा पनि धेरै दुःख पाएनन्। कुरा नबुझेका धेरैले परराष्ट्र मन्त्रीलाई लेख, भाषण र सामाजिक सञ्जालमा गाली गरे, सरकारमा बसेर वरिष्ठ मन्त्रीले यस्तो भन्ने भनेर। तर, त्यो भनाइ प्रधान मन्त्री र सरकारका अरु केही मन्त्रीले कालोबजारीलाई गरेको संरक्षणको विरुद्धको व्यंग्य थियो भनेर बुझाउने काम कसैले गरेनन् वा गर्न सकेनन्। यसबाट प्रधान मन्त्री क्रुद्ध भए, तर सार्वजनिकरूपमा बोल्न भने सकेनन्, किनकि आधुनिक राजनीतिका चलाख खेलाडी परराष्ट्र मन्त्रीको कुराको जे जवाफ दिए पनि सरकार फस्न सक्थ्यो। यसबाट थाहा हुन्छ, आजका धृतराष्ट्र नेपालका प्रधान मन्त्री कति निरीह छन् भन्ने कुरा।

स्थानीय विकास मन्त्रालयसमेत सम्हालेका परराष्ट्र मन्त्रीले सरकारप्रति प्रहार गर्न छाडेनन्। ओलीको प्रमुख सहयोगी घटक एमाओवादीले आधा 'स' पनि सुन्न नचाहने स्थानीय निकायको निर्वाचन तुरुन्त हुन्छ भनेर उनले सार्वजनिकरूपमै भनिदिए। यो कुरामा पनि एमाले, सरकार वा एमाओवादी कसैले न त समर्थन नै गर्नसके न त प्रतिवाद नै! यो प्रकरणपछि राप्रपा नेपाल र परराष्ट्र मन्त्री सरकारमा कति शक्तिशाली रैछन् र प्रधान मन्त्री कति निरीह भन्ने कुरा जनताले फेरि बुझे। जसरी सामान्य मानिसले दुःख लुकाएर देखावटी ठट्टा गर्छ, प्रधान मन्त्री त्यस्तै गर्न थाले, कहिले एक वर्षमा लोडसेडिङ मुक्त देश बनाउँछु भनेर, कहिले रेलका कुरा त कहिले ग्यास पाइपका कुरा गरेर!

केही दिनअगाडि एमाओवादी अध्यक्षले घोषणा गरिदिए– राष्ट्र बैंकको दुईमध्धे एउटा डेपुटी गभर्नरमा एमाओवादीले भनेको मानिस परेन भने सरकार छाडिन्छ। अब सरकार ढल्ने डरले झन्डै एक महिनादेखि देशको केन्द्रीय बैंक डेपुटी गभर्नरबिहीन छ। न सरकारमा लाज छ न इज्जत! अब कुनै दिन परराष्ट्र मन्त्रीले पनि डेपुटी गभर्नरमा आफ्नो एउटा कोटा मागे भने? प्रधान मन्त्रीले बु‰न नचाहेको कुरा भनेको सरकार निर्णयबाट चल्छ, अनिर्णयको बन्दीबाट ढल्छ भन्ने हो। कति समय निर्णय नलिने?

कुरा सानो हो, सरकारले विभिन्न कारण देखाउँदै फुटसल बन्द गर्योक। राप्रपा अध्यक्षले टि्वटरमा ठोकिदिए– यो गलत हो भनेर। जेसुकै कारणले होस्, सरकारले २४ घन्टा पनि नबित्दै सो निर्णय फिर्ता लियो। अब जनताले के बु‰ने? केही वर्षदेखि सरकारी तवरमा मनाउन छाडिएको पृथ्वी जयन्ती मनाउने कुरामा पनि सरकार र परराष्ट्र मन्त्रीको झगडा छताछुल्ल भयो। मन्त्रिपरिषद् बैठकमा परेको झगडाको फिलुंगोले आगोको रूप लिन पाएकै थिएन, परराष्ट्र मन्त्रीले त्यसको पुष्टि गर्दै फेरि टि्वट ठोके– आफै सरकारमा भएर जति प्रयास गर्दा पनि सकिएन। त्यसमा उनले टि्वटमार्फत् खेद नै प्रकट गरे। त्यतिमात्र हैन, सोझै प्रधान मन्त्री र एमाओवादीलाई उनले लेखे– राष्ट्र निर्मातालाई उचित सम्मान दिन नचाहनेहरूले राष्ट्रिय अखण्डता र स्वाभिमानको रक्षा गर्न सक्दैनन्। अब के नै बाँकी रह्यो र!

खुलेआम आफ्नै सरकारका वरिष्ठ मन्त्रीले यस्तो लान्छना लगाउँदा पनि प्रधान मन्त्री न केही बोल्न सक्छन् न त केही गर्न नै। यो बाध्यता किन? जसलाई सोधे पनि एउटै जवाफ पाइन्छ, सरकार कालोबजारीमा छ। सरकार गलत बाटोमा छ। जब कोही गलत बाटोमा हिँड्छ, उसले कसैलााई उचित जवाफ दिन सक्दैन, ऊ फगत आत्मरतिमा रमाउँछ। ऊ सुनेको नसुन्यै गर्छ र सत्यबाट भाग्छ। आजका प्रधान मन्त्रीको नियति पनि त्यही नै हो।

प्रधान मन्त्रीको राजनीतिक कच्चापन गतसाताको एउटा घटनाले थप सतहमा ल्याइदियो। गतसाता परराष्ट्र मन्त्रीले कूटनीतिक नियोगका प्रतिनिधिलाई बोलाएर देशको स्थिति, नाकाबन्दी र अन्य समसामयिक विषयमा जानकारी गराए। दुर्भाग्यबस त्यसको भोलिपल्टै प्रधान मन्त्रीले फेरि तिनै व्यक्तिलाई बोलाएर ठ्याक्कै उस्तै काम गरे। सरकार प्रमुखको यस्तो कदमले सबैको शीर निहुरियो। अझै कतिसम्म जग हँसाउने? प्रधान मन्त्रीलेे बोलाएको कार्यक्रमका सम्बन्धमा मेरो भेट भएको केही विदेशी सहभागीले गरको टीकाटिप्णीले हामी कति अपहेलित हुन पुगेछौँ भनेर सोच्न बाध्य तुल्यायो।

के मिलिजुली सरकार यसैगरी चल्छ? आफ्नै पार्टीका नेताले समेत फोटो झुन्ड्याउने इच्छा पूरा भयो होला अब भनी व्यंग्य गरिरहँदा पनि मन दुख्दैन? प्रधान मन्त्रीको नदुखे पनि जनताको दुख्छ किनकि हाम्रा लागि प्रधान मन्त्री व्यक्ति हैन संस्था हो।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस