प्रधान मन्त्री केपी शर्मा ओलीलाई ठट्टा खुबै मन पर्छ। उखानतुक्का भनेर हँसाउने उनको मौलिकपन अहिले मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारीमा हुँदा पनि कायम छ। समसामयिक राजनीतिक मुद्दा र विषयमा तुक्काहरूको प्रयोग गर्ने, आफ्नो भाषणमा आफै रमाउनु र ताली पाउँदा रमाउनु नेताहरूको कला हो। यस कलामा ओली अब्बल छन्। र, अहिले प्रधान मन्त्री भएपछि उनका तुक्क्काहरू अझ सशक्त भएका छन्।ओलीले राज्यसत्ता सम्हालेको सय दिन पुग्न लाग्यो। यसबीच उनले जनताका नाममा केकस्ता काम गरे? कस्तो सेवा दिए? कस्तो सुविधा जनताले पाए? हिसाबकिताब आवश्यक छैन, किनकि यसअघिका सरकारले पनि जनताका नाममा शासन गरेका थिए उनीहरूलाई केही दिएका थिएनन्। ओली एक कदम अगाडि छन्। उनले जताततै अभावैअभाव व्याप्त गरिदिएका छन्। स्वाभिमानका नाममा अहंकार बाँडेका छन्। राज्यसत्ता भनेको लुट हो, राज्य आफैले कालोबजारीलाई प्रोत्साहित गर्नुपर्छ भन्ने मान्यता स्थापित गरिदिएका छन्। मुलुकलाई कालो अर्थतन्त्रको चक्रमा हुलेर आर्थिक विकास र जनताको सुखसमृद्धिको गफ हाँकिरहेका छन्! के मुलुकमा सरकार छ? प्रश्न गर्नेहरूको लाइनमा उभिएका जनतालाई ओली आफ्ना विरोधी सोच्छन्।
उनले केके बोल्छन्, कस्तो बोल्छन्? अचेल उनी बोल्दाबोल्दै कहिले रोकिन्छ, फेरि उत्साहित भएर नेपाली जनतामात्र होइन जगहसाँउने कुरा गर्न पुग्छन्। सत्ताप्राप्तिको प्रारम्भताका उनी यति धेरै हौसिएका थिए कि, स्वाभिमानका गर्बिला तथा झुक्दैनझुक्ने कुरा गर्थे। मधेस आन्दोलनको आलोचना उनको विशेषताजस्तो अनुभव हुन्थ्यो। अहिले तिनै ओली भारत भ्रमणका निम्ति दिल्लीलाई याचना गर्दैछन् र दिल्ली यात्राको तयारीका लागि प्रशासन संयन्त्रलाई निर्देशन दिँदैछन्। मधिसे नेतासँग मैथलीमा कुराकानी गर्दैछन्। भुक्दैनझुक्ने भाषण गरेर जनता उराल्नेहरू लम्पसार परेर याचनामा उत्रनुको कूटनीति र राजनीतिक अर्थ पहिल्याइ नसक्नुको छ। सत्ता चलाउनेहरूले राजनीति, कूटनीति केही नजाने पनि नाटकीय पात्र र प्रवृत्तिको भूमिका निर्वाह गर्नसक्दा रहेछन्। अहिले ओली त्यही गर्दैछन्।
अघिल्लो शुक्रबार एमाले उपत्यका समन्वय कमिटीले आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले आफ्ना कार्यकर्ता गज्जबले हँसाए। अनि मिडिया र सामाजिक सञ्जाललले ओलीका बोलीलाई यसरी विस्तार गरिदिए, त्यसपछि जनता र जगत हाँस्यो, अद्यापि हाँसिराखेको छ। उन्नले भनेका थिए 'अब काँधमा सिलिन्डर बोकेर हिँड्नु पर्देन्। सिलिन्डर ग्यासको फेज समाप्त गरिदिन्छु। कति बुलेट आए भनेर गन्ने दिन गए।' उनले भनेका थिए 'समय दिनुस् पाइपबाट घरघरका चुलोमा ग्यास पुर्याछइदिन्छु। पिटिक्क खोल्दा सिलिन्डरबाट आउने ग्यास अब पाइपबाट आउँछ।' पाइपबाट काठमाडौँवासीलाई बाँड्न मिल्ने ग्यास छ त उपत्यकाको भूतहमा? ओलीलाई उनका कुनै सल्लाहकारले सुझाइदिएको हुनसक्छ, काठमाडौँ खाल्डोभित्र मिथेन ग्यास पनि छ। जसलाई खाना पकाउने ग्यासका रूपमा प्रयोग गर्न सकिन्छ। खासमा ओलीले गलत भनेका त होइनन्। तर, उनले जसरी आश्वासन बाँडे त्यो भने हाललाई सम्भव देखिन्न। जापानको अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइकाले)२५ वर्षअघि गरेको अनुसन्धानले काठमाडौँका त्रिपुरेश्वर, कोटेश्वर तीनकुने, इमाडोललगायतका २६ किलोमिटर क्षेत्रमा करिब ३१ करोड घनमिटर मिथेन ग्यास रहेको प्रारम्भिक अनुमान गरेको थियो। त्यही अनुमानलाई पत्याउने हो भने काठमाडौँ उपत्यकामा बस्ने करिब ४० लाख जनसंख्याका लागि त्यो कसरी सम्भव होला? प्रारभ्भिक अध्ययनपछि विस्तृत अध्ययन भएर आर्थिकरूपमा सम्भव भएको अवस्थामा मात्र त्यो ग्यास प्रयोगमा आउने हो। भएको स्रोतको तुलनामा ग्यास निकालेर पाइपबाट बाँड्न महँगो पर्ने भयो भने त्यस्ता खानी काम लाग्दैनन्। प्रधान मन्त्रीको तहबाट बोल्दा अध्ययनबिना जे पायो त्यही भन्नु हुँदैन। कार्यान्वयन हुन सक्ने कुरामात्र बोल्नुपर्छ। सायद ओलीलाई ३१ करोड घनमिटरको अंकले तानेको हुनुपर्छ। त्यसैबेलाको अध्ययनअनुसार एउटा परिवारलाई दैनिक एक घनमिटर ग्यास आवश्यक हुने हिसाबले ३१ करोड घनमिटर ग्यास खपत हुन काठमाडौँको अहिलेको जनसंख्यालाई डेढ वर्ष पनि लाग्दैन। 'अल्पज्ञान भयंकर' अहिले ओलीको हकमा पनि लागु भएको छ। उनका ठट्टाबाटै उनको ज्ञान उद्घाटित भैरहेका छन्। दाउरेयुगमा 'फड्को' मारेको राजधानीवासीका पीडामा ओली संवेदनशील बनेका हुन सक्छन्! भावनमा त्यही प्रकट भएको हुन सक्छ। धन्य उनका बग्रेल्ती सल्लाहकारहरू, दोष सल्लाहकारको कि भाषण गर्ने ओलीको? हामी देख्दैछौँ, सत्तारोहण गर्नेहरूले आफ्ना सहायक र पार्टी कार्यकर्तालाई सल्लाहकारको बिल्ला लगाएर राज्यकोषबाट तलबभत्ता खुवाउने अनि भाषण भने आफै गर्ने परम्परा। सत्तामा ओली छन् र आलोचना उनकै भइरहेको छ।
नेपाली राजनीतिमा नेताहरूका यस्ता आश्वासन बेलाबेला आउँछन्। जनताले कतिपय कुरा त बिर्सिदिन्छन्। सम्झेर के गर्नु? चित्त दुःखाउनुबाहेक! २०५३ सालमा जलस्रोत मन्त्री पशुपति शमशेरले महाकाली सन्धिबारे भनेका थिए, 'अब पूर्वबाट होइन पश्चिमबाट सूर्य उदाउँछ।' पन्चेश्वर आयोजना निर्माण हुने र त्यसबाट उत्पादित विद्युत्ले नेपालका पातपातमा बिजुली बाल्न पुग्छ भन्ने अक्सफोर्डका मेधावी उत्पादन राणाको लोलीमा बोली मिलाउन एमालेका नेताहरू उभिएका थिए। अहिलेका प्रधान मन्त्री ओली त्यसैबेला पनि एमालेभित्र सशक्त वक्ता थिए। पन्चेश्वरबाट वार्षिक अर्बौं आम्दानी हुने उनका दाबी अहिले दैनिक १८ घन्टा लोडसेडिङ भोगिरहेका नेपालीले भुलिसकेका छैनन्। एमालेका अर्का नेता माधवकुमार नेपालले कर्णाली विद्युत् आयोजनको सन्दर्भमा भनेको 'सेटेलाइटबाट बिजुली निर्यात' गर्ने गफ पनि भुल्न नसकिने 'जोक्स' हो। एमाले नेतृत्वको अहिलेको सरकार जलविद्युत्का कुरा गर्दै छैन। सरकार दिलोज्यान दिएर घाम बिजुलीको प्रचारमा जुटेको छ। राज्यकोषको अनुदानमा चिनियाँ सोलार प्यानलको व्यापार विस्तार भएको छ। भारतीय ब्याट्रीले बजार जमाएका छन्। उता, राष्ट्रिय गौरवका आयोजनामध्येको तामाकोशी विद्युत् आयोजनाको काम नाकाबन्दीको नाममा ठप्प छ। सम्पन्न हुने क्रममा रहेका तामाकोशीजस्ता आयोजनालाई चाँडोभन्दा चाँडो सक्ने कि घाम र हावाजस्ता विकल्पहरूको खेतीमा सरकार रमाउने?
दिवंगत नेता कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी ल्याएर काठमाडौँका सडक पखाल्ने चुनावी भाषण पनि जोक्समात्रै रह्यो। मेलम्ची आयोजना वर्षौं पछाडि धकेलिएको छ, धकेलिने क्रम जारी छ। पछिल्लो चर्चाअनुसार कम्तीमा २ वर्षअघि आयोजना सम्पन्न हुँदैन।
नेपाल प्रजातान्त्रिक राजनीतिक व्यवस्थामा प्रवेश गरेर अहिले गणतान्त्रिक व्यवस्थामा आइपुग्दाको करिब २५ वर्षका सत्ता राजनीति केलाउँदा हामी कोइराला, देउवा, चन्द, थापा, नेपाल, ओली, खनाल, दाहालको नाम स्मरण गर्छौं। आलोपालो उनीहरूले नै राज गरिराखेका छन् र दिनानुदिन नेपालीको हैसियत गिर्दो छ। जनतामा नैराश्य छाएको छ। पहिलो पुस्ताका नेताले कम्तीमा दुई पुस्तामाथि शासन गरेका छन्। राजनीतिक नेतृत्वमा नयाँ पुस्ता आउन सकेको छैन। बरु जनताले परित्याग गरेको, फ्याँकेको शक्तिलाई गद्दी सुम्पने क्रम बढ्दो छ। २०४६ सालको जनआन्दोलनले प्रजातन्त्र स्थापना गर्योि। जनताले काग्रेस, एमालेजस्ता आन्दोलनकारी शक्तिलाई मत दिए, शासन गर्ने अधिकार दिए। तर, उनीहरूले जनमतविपरीत फ्याँकिएका शक्तिहरूलाई फूलमाला लगाएर राजनीतिको लगाम सुम्पिए!
दोस्रो जनआन्दोलनले राजतन्त्र समाप्त गर्योा र 'जनयुद्ध'को नाइके, कांग्रेस, एमालेलाई सत्ताको जिम्मेवारी दियो। दोस्रो संविधान सभासम्म आइपुग्दा जनता तिनै पुरानालाई स्वीकार्न बाध्य भए। ओली नेतृत्वको अहिलेको वामपन्थीय समीकरणको सरकारमा राजतन्त्रवादी 'मण्डले'हरूको रजगज देखिँदैछ। अधिकांश जनताले कारबाही गर्नुपर्छ भनेकाहरूलाई पुरस्कृत गरिँदैछ, यो गणतान्त्रिक युगमा! राजनीतिका नाममा जनतालाई गुमराहमा पार्ने खेल कहिलेसम्म हुने हो? पुराना पुस्ताका नेताहरूले यसको कि त चित्तबु‰दो जवाफ दिनुपर्छ कि त तत्काल राजनीतिबाट विश्राम लिनुपर्छ। र, नयाँ पुस्ताको नेतृत्व अघि सर्नुपर्छ। दोस्रो पुस्ताका नेता जो सत्ता साझेदार छन्, उनीहरूमाथि भ्रष्टाचार, कमिसनखोर र बूढो नेतृत्वको पिछलग्गु बनेको आक्षेप छ। आरोपभन्दा माथि उभिएका युवा अब अघि सर्नुपर्छ। जनतामा विकसित राजनीतिक वितृष्णा छिचोल्दै मुलुकको नेतृत्वदायी भूमिकाका निम्ति तयार हुनुपर्छ। कांग्रेसजन महाधिवेशनको तयारीमा छन्। त्यस पार्टीका युवाले नेतृत्व लिने तयारीलाई मजबुत पार्नुपर्छ। राजनीतिक पार्टीको नेतृत्वमा आमूल परिवर्तनको अपेक्षा यतिखेर जनताले गरिरहेका छन्। समयको पदचापलाई आत्मसात गर्न सक्ने भनेको युवापुस्ता नै हो।