कांग्रेसमा सभापति रस्साकस्सी
२७ पौष २०७२
•
१७ मिनेट पाठ
कांग्रेसमा सभापति रस्साकस्सी
नेपाली कांग्रेस तेह्रौँ महाधिवेशनको तयारीमा छ। यो समय कांग्रेसको बाह्रौँ महाधिवेशनमा पार्टी सभापतिमा उठ्ने साहस देखाएका दिवंगत कांग्रेस नेता भीमबहादुर तामाङसँग भएको कुराकानीको सम्झना मलाई यतिखेर हुन्छ। उनी बस्ने वानेश्वर थापागाउँमा मेरो बाक्लै आवतजावत थियो, पारिवारिक र राजनीतिक कारणले गर्दा।उनीसँग समसामयिक राजनीतिको लामो छलफल म विरलै गर्थें, तर कुनै दिन छलफल भएमा घन्टौँ बितेको पनि थाहा हुँदैनथ्यो। एकदिन त्यस्तै लामो राजनीतिक छलफल भयो, त्यसको विषय थियो– कांग्रेस पार्टीमा स्थायीरूपमा देखिएको विभाजन।

कांग्रेस पार्टीमा स्थायीरूपमा रहेको दुई समानान्तर धारबारे बुझ्ने मेरो चाहना थियो। भीमबहादुर बीपी कोइरालासँग ०२५ सालपछि प्रवास बस्ने र प्रवासधारको एउटा शसक्त प्रतिनिधि थिए कांग्रेसमा। प्रवास बसेर सशस्त्र संघर्षलाई राजनीतिक औजार बनाउँदा कांग्रेसको यो प्रवास धार अनौठो बनेको थियो। त्यहाँ आशा थियो र निराशा पनि। ऊर्जाशील युवाको कमी थिएन अनि शिथिल पंक्ति पनि सानो थिएन। आपसी शंका, भय र असुरक्षाको पराकाष्ठा पनि थियो। अभाव र पीडा पनि उत्तिकै थियो। पार्टी सञ्चालन विधि ज्यादै संकुचित थियो। त्यस्तो अवस्थामा प्रवासमा बसेर कांग्रेसको राजनीति गर्नेहरूले विरलै कोइराला परिवारको कुनै सदस्यसँग राजनीतिक चुनौती दिने आँट गर्थे। प्रवासमा केहीले कोइराला क्याम्पभित्रै विद्रोह गरे र क्याम्पवाट बाहिरिए। यसको लेखाजोखा समयक्रममा होला नै! तर भीमबहादुर प्रवासमा कोइराला क्याम्पमा बसेर पनि खुला राजनीति भएपछि कांग्रेसको बाह्रौँ महाधिवेशनमा सुशील कोइरालाको विपक्षमा सभापतिमा उठे। म छक्क परेँ।

भीमबहादुर प्रवासधारको प्रतिनिधि भएर पनि कोइराला क्याम्पविरुद्ध उठ्नु भनेको कांग्रेसमा असाधारण कुरा थियो। 'सभापति गिरिजाप्रसादपछि सुशील कोइराला स्वाभाविकरूपमै हुनुपर्ने होइन र?' मैले उनलाई लामो कुराकानीको क्रममा सोधेँ। भीमबहादुर केही क्षण अक्मकाए। कोइराला परिवारप्रति भक्तिभाव दर्शाउँदै भने, 'मसँग दुवै धारका हस्ती चक्र बास्तोला र नरहरि आचार्य छन् र म कांंग्रेसमा दुवै धारको समन्वय गर्न उम्मेदवार भएको हुँ।' कुराकानीकै क्रममा उनको निवासछेउ नरहरि आचार्य र चक्र आए। भीमबहादुर फुर्तिसाथ उनीहरूसँगै गाडी चढेर हिँडे।

कांग्रेस पार्टीको संस्थापन पक्ष भनी अहिले कोइराला क्याम्पलाई भनिन्छ अर्थात् प्रवासधारलाई। यो क्याम्पको हर्ताकर्ता र सञ्चालक विगत ५ वर्षदेखि उपसभापति रामचन्द्र पौडेल देखिन्छन् र 'मै हुँ' भनी उनको दाबी पनि रहेकै छ। शेरवहादुर देउवा संस्थापन क्याम्पको विपक्षमा छन् र दुई पटक सभापतिमा उठेर यो क्याम्पविरुद्ध संगठित भूमिका खेलिरहेका छन्। संस्थापन क्याम्प आफ्नै सक्रियतामा चलेको विश्वास गर्दै 'अब मै हुँ' भन्ने रामचन्द्र कांग्रेसको तेह्रौँ महाधिवेशनमा सभापति पदको प्रत्यासी भनी प्रचार–प्रसारमा जुटेका छन्। यहाँनिर प्रश्न उठ्छ, वर्तमान सभापति सुशीलले सभापतिमा नउठ्ने निर्णय गर्लान्? अर्थात् कोइराला परिवारका सदस्यमध्येबाट कोही पनि कांग्रेसको सभापति पदमा लड्न तयार छैनन्? के रामचन्द्रले कोइराला क्याम्पको प्रतिनिधित्व गर्लान्? यी जटिलमात्र होइनन् धेरै नै पत्याउन गाह्रो लाग्ने प्रश्नहरू हुन्। तसर्थ, रामचन्द्रको सभापति पदमा उठ्ने–नउठ्ने कुराको निर्णय कोइराला क्याम्पको अन्तिम फैसलाले प्रभावित गर्नेछ भनी बुझ्ने मान्छे धेरै छन्। यद्यपि, यो पटक कुनै पनि सम्झौता र सहमतिबाट आफू सभापति पद नछाड्ने रामचन्द्रको भनाइ छ, त्यसमा उनी दृढ पनि देखिन्छन्। त्रिकोणीय पक्षबाट कांग्रेस सभापतिको प्रतिस्पर्धा भएमा यो प्रतिस्पर्धा रोचकमात्र हुने छैन, अविश्वसनीय निष्कर्षमा पुग्ने सम्भावना पनि त्यतिकै देखिन्छ।

जतिखेर बीपी कोइराला भारत निर्वासनमा बसी सशस्त्र संघर्षबाट कांग्रेस राजनीति अगाडि बढाइरहेका थिए, यता नेपालभित्रै कृष्णप्रसाद भट्टराईको नेतृत्वमा कांग्रेसको 'स्वदेश धार' निर्माण भइरहेको थियो। रामचन्द्र र शेरबहादुर त्यही धारका उत्पादन हुन्। यो धार प्रजातन्त्रवादी विद्यार्थी राजनीतिबाट निर्माण भएको हो। तसर्थ, कोइराला क्याम्पले देउवा वा पौडेलमा एउटै क्याम्पको रंगरूप देख्छ भने आफ्नो क्याम्पको बिचल्ली कसरी गर्ला? पत्याउन सहज छैन। कांग्रेस सभापति सुशीलले प्रधान मन्त्री भएपछि पौडेललाई कार्यवाहक सभापति नदिएका कारण पनि यस्तो भएको अनुमान सहजै गर्न सकिन्छ।

बाह्रौँ महाधिवेशनमा सभापतिमा उठेका भीमबहादुरको लज्जाजनक पराजय भयो। पराजयपछि म फेरि उनीसँग कुराकानी गर्न गएँ। उनी प्रसन्न थिए पराजयमा पनि! आफ्नो ५ दशक लामो राजनीतिक जीवनमा तामाङले सभापतिमा उठेर जनता, सञ्चार क्षेत्र र विद्वत्वर्गबाट जुन पहिचान, मान र सम्मान पाए त्यसबाट उनी भावविभोर थिए। 'म त कांग्रेसमा अस्तित्वविहीन थिएँ, अहिले सबैले मलाई चिन्छन्, मलाई खोज्छन्। मैले देशमा पहिचान बनाएँ,' पराजयपछि पनि बडो उत्साहका साथ उनले मसँग भने।

कांग्रेस सभापतिमा भीमबहादुरको पराजय एउटा संघर्षशील जनजातिलाई पार्टीले अस्वीकार गरेको भनेर बुझ्न सकिन्न र बुझिनु पनि हुन्न। त्यस्तै, पार्टीमा अहिले देखिएको देउवा, कोइराला, पौडेल, खड्का र गुरुङलगायतको गुटउपगुट र भागबण्डाको राजनीतिलाई सत्ता र पदको स्वार्थ मात्रै हो भनेर पनि हेरिनु हुन्न। यी त परिणाममात्रै हुन्। कांग्रेसभित्र दशकौँअघि दुई मुर्धन्य नेताबीच नेपालमा प्रजातन्त्र पुनर्स्थापना कसरी गर्ने भन्ने सैद्धान्तिक, तर शालीन विवादले पार्टी नै दुई भागमा विभाजित भएको थियो। अहिले त्यही पृष्ठभूमिको आधारमा टेकेर संगठितरूपमा कांग्रेस विभाजित छ। कांग्रेसमा हिजो पनि दुई वैचारिक धार थियो र अहिले पनि छ। यही दुई धारको दुईविपरीत कार्यशैली पनि छ। कार्यशैलीका कारण दोस्रो पुस्ताका पात्रहरू धार परिवर्तन गरिरहन्छन्। अवसर र स्वार्थ जहाँ मिल्छ त्यहीँ जाने कांग्रेसको दोस्रो पुस्ताका नेताहरूको चरित्र भयो भनी खिन्नता प्रकट गर्ने कांग्रेसजन थुप्रै छन्। दोस्रो पुस्तालाई अनुशरण गर्दै अपवादबाहेक कांग्रेसको तेस्रो पुस्ता संस्कारहीन भएको छ राजनीतिमा भनी टिप्पणी गर्नेको पनि कमी छैन। यही दोस्रो पुस्ताका कारण पहिलो पुस्ता अक्षम हुँदाहुँदै सुरक्षित र सम्मानपूर्वक कांग्रेस नेतृत्वमा जहिले पनि देखिन्छन् भन्ने कुरामा राजनीतिक विज्ञ र विश्लेषक विश्वास गर्छन्।

कांग्रेसको दुईधारको बिजारोपण ०१७ सालपछि राजा महेन्द्रले 'कु' गरी सबै नेतालाई जेलमा हालेपछि नै भएको हो। र, यसको बिजारोपण गर्ने कांग्रेसका हस्ती नेताहरू प्रकारान्तरले हुन पुगे बीपी र कृष्णप्रसाद। बीपी निःसन्देह कृष्णप्रसादका पनि नेता थिए। कृष्णप्रसाद स्वयं बोली, बचन र व्यवहारले बीपीका सहयोगी भए। तर, यी दुवै नेताबीच नेपालको राजनीतिलाई बुझ्ने र अरुलाई बुुझाउने शैलीमा भने जमिन–आकाशको फरक थियो। बीपीले ००७ सालदेखि ०३३ सालसम्म राजनीतिमा अनेक प्रयोग गरे। केही सफल भए, धेरैचाहिँ असफल।

०२५ सालपछि प्रवासमा होइन स्वदेशमै बसेर प्रजातन्त्र पुनर्स्थापनाको लडाइँ लड्ने कृष्णप्रसादको शैलीले कांग्रेसभित्र नयाँ धारको जन्म भयो। कम्युनिस्टतिर आकर्षित युवालाई कृष्णप्रसादले प्रजातान्त्रिक लडाइँतर्फ आकर्षित गरे। यिनै विद्यार्थी महेन्द्रको क्रूर तानाशाही पञ्चायती व्यवस्थामा लोकतन्त्रको दियो भएर उदाए। अहिले र पहिले पनि तिनैबाट कोइराला क्याम्पलाई कांग्रेस नेतृत्वमा गम्भीर चुनौती छ। बीपीको जीवनभरि कांग्रेसभित्र बिजारोपण भएको दुईधारले खासै महŒव पाएन। बीपीको व्यक्तित्वका अघिल्तिर त्यसले अंकुरित हुन पाएन। अनि कांग्रेससँग सत्ताको लागि 'यदुवंशी' हुनेे अवसर पनि बीपीको पछिल्लो जीवनकालमा आएन। बीपीको देहावशानपछि उनको राजनीतिक र पारिवारिक उत्तराधिकारीका रूपमा गिरिजाप्रसादको उदय भयो। गिरिजाप्रसादको उदय र प्रजातन्त्र पुनर्स्थापनापछि यो क्याम्पमा कोइराला परिवारको पकड झनै मजबुत हुँदै गयो। यही क्रममा सुशील प्रधानमन्त्री र कांग्रेस सभापति भए।

कांग्रेसको पहिलो अधिवेशनदेखि बाह्रौँ महाधिवेशनसम्म प्रभाशाली देखिएको कोइराला क्याम्प तेह्रौँ महाधिवेशनसम्म आइपुग्दा रित्तिएको अवस्थामा देखिन्छ। सुशीलको कार्यशैलीबाट उनका अनुयायी तर्किन थालेको धेरै भइसकेको छ। दोस्रो संविधान सभाको निर्वाचनपछि पार्टी र सरकारमा कोइरालाले जिम्मेवारी दिएका दोस्रो पुस्ताका होनहार नेताहरू पनि अब अनेक बहानाबाजी गर्दै उनीसँग टाढिने क्रम बढ्दो छ। अर्थात् अब सुशीलले आफ्नो राजनीतिलाई निरन्तरता दिने हो भने सबैभन्दा विश्वासिला सदस्य कोइराला परिवारभित्रै खोज्नुपर्ने भएको छ। यही बुझेर होला देशभरिका कांग्रेस कार्यकर्तासँग बीपी पुत्र शशांक भेटघाट गर्न अग्रसर भएका छन् अहिले। तर, सधैँ अराजनीतिक गतिविधिमा समय बिताउन रमाउने शशांकले कोइराला क्याम्पलाई पार लगाउन सक्लान्? चुनौती ठूलै छ।

कृष्णप्रसादले जीवनकालमा गिरिजाप्रसादलाई चुनौती दिन तारानाथ राणभाट, चिरञ्जीवी वाग्ले हुँदै शेरबहादुरसम्म अगाडि सारे। उनले स्वदेशमा निर्माण गरेको विद्यार्थी जमात ०४६ पछि कांग्रेसको नेतृत्व पंक्तिमा पुगेको देखेका थिए। यो उनका निम्ति गौरवको विषय थियो। उता, कोइराला क्याम्पमा परिवारबाहिरबाट कुनै पनि युवाको हैसियत नेतृत्वमा पुग्नसक्ने अवस्था थिएन। त्यस्तो अवस्था बन्नै सकेन। अहिले कांग्रेसको प्रवासधारलाई सुशीलले नेतृत्व गरेका छन् र शशांकले मलजल गरिरहेका छन्। प्रवासधारको सबैभन्दा ठूलो लक्षण आफ्नो पारिवारिक वृत्त र अराजनीतिक सहयोगीबाहेक अरु सबै राजनीतिक पात्रसँग विश्वासको संकट जुनबेला पनि पर्न सक्ने अवस्थालाई बुझ्न सकिन्छ।

भीमबहादुरले कांग्रेसमा सभापति हारे, तर जीवनको उत्तरार्द्धमा आफ्नो जीवन धन्य भएको महसुस गरे। शेरबहादुर एक समय कोइराला क्याम्पको हस्ती भए पनि त्यो पाठशालाको विद्यार्थी नभएकोले त्यहाँ टिक्ने सम्भावना नै थिएन, टिकेनन्। उनले कांग्रेसमा कोइरालाविरोधी क्याम्पको नेतृत्व र संरक्षण गरिरहेका छन्। रामचन्द्र कोइराला क्याम्पको विश्वास जितेर सभापतिमा उठ्ने अनौठो अभ्यास गर्न लागिपरेका छन् अहिले। यस्तो अचम्म कांग्रेसमा होला? सर्वत्र यही चासो छ। तर, पौडेल प्रवास बसेका भीमबहादुर होइनन् अनि पौडेललाई नेपालभित्र पहिचान र आत्मसम्मानको खोजी गर्नुपर्ने आवश्यकता पनि छैन।

कोइराला क्याम्प आफै असुरक्षित र कमजोर अनुभव गर्दैछ। तर पनि कांग्रेसभित्र कोइराला भावना बिक्छ। फेरि तेह्रौँ महाधिवेशन कोइराला क्याम्पका लागि अशुभ हुनेछ भनी कुनै ज्योतिषिले भविष्यवाणी अहिलेसम्म गरेको सुनिएको पनि छैन। अब कांग्रेस नेतृत्व कोइराला भावनावाट आउने छ कि कृष्णप्रसादले निर्माण गरेको विपरीत धारबाट? जवाफ पाउन केही महिना कुर्नुपर्ने छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस