आदरणीय तराईबासी दिग्गज नेताज्यूहरूमा म एक नारीको हार्दिक अभिवादन। जो राजनीतिमा धेरै विद्वान् हुनुहुन्छ। तराई आन्दोलनको नेतृत्व गरिरहनुभएका नेताज्यूहरू अधिकांश पूर्व मन्त्री हुनुहुन्छ, उहाँहरू आर्थिक, भौतिक र शारीरिकरूपले पूर्ण सम्पन्न हुनुहुन्छ। उहाँहरूलाई जति दिन आन्दोलन चर्काए पनि खासै फरक पर्दैन। फरक पर्ने त निम्न आय हुनेहरूलाई हो। जो दिनभरि ज्यालादारी गरेर जीविकोपार्जन गर्छन्।
मिथिला नगरी सुन्दा र पढ्दा लाग्थ्यो– सभ्य संस्कृतिको अनुपम नमुना नै हो जहाँ ऐतिहासिक, सांस्कृतिक र धार्मिक धरोहरका रूपमा रहेको जानकी मन्दिरले नेपाल र भारतको सम्बन्धलाई प्रगाढ पार्न सहयोग पुर्या इरहेको छ। समय समयमा देख्छु, नेपालको पशुपतिनाथमा भन्दा बढी तीर्थयात्री दैनिकरूपमा जानकी मन्दिरमा आउँछन्। पवित्र भूमि जनकपुरमा आउन पाउँदा आफूलाई धन्य ठान्छन् र हामी पनि अध्योध्याको भूमिमा टेक्न पाउँदा गर्व महसुस गर्छौं। दुई देशबीचको यो आत्मीय सम्बन्ध हो। तर आज आफ्नै देशको नारी एक राष्ट्राध्यक्षका रूपमा मन्दिर जाँदा त्यहाँका सभ्य, संस्कृति र इतिहासमा हुर्केका जनताबाट किन त्यस्तो व्यवहार भयो? सुन्दा पनि आश्चर्य लाग्दैन र? सञ्चारमाध्यमले नेपालमा मात्र होइन, विश्वकै नारीहरूको अपमान भएको भनेर प्रचार–प्रसार गरे। तर मलाई त लाग्दैन यो नारीको अपमान हो भनेर। अपमान गरेर नारी अपमानित हुने वस्तु होइन। अरुलाई एउटा औंला देखाउँदा चारवटा औंला आफँैतिर फर्केको हुन्छ। कसैले कसैलाई थुक्छ भने थुकको छिटा उसको मुखमा पनि परेको हुन्छ, हैन र?
तपाईँहरूको नाउँ घरिघरि मन्त्री पदमा सुन्दा हामीले कहिले पनि विरोध र नकार्ने प्रवृत्ति गरेनौ। बरु गर्व नै महसुस गर्थ्यौं तर आज त्यही राष्ट्रको राष्ट्राध्यक्षप्रतिको दुर्व्यवहार के तपार्इँहरूलाई शोभनीय भयो र? त्यस्ता विशाल नेताहरूले तयार पारेका कार्यकर्ताले यस्तो निन्दनीय कार्य गर्न सुहाउँछ? लाग्छ, यो अपमान नारीको होइन। बरु नारीको उन्नति, प्रगति, निर्णय अधिकारप्रतिको रोष हो, आक्रोश हो र निरंकुश पौरुष प्रवृत्तिको प्रदर्शन हो। यदि यस्तो नहुँदो हो त आजको एक्काइसौं शताब्दीमा तराई क्षेत्रमा महिलामाथि यस्ता अपराध किन हुन्छन्?
— एक अवला नारीमाथि बोक्सीको आरोप लगाई मलमूत्र किन खुवाइन्छ?
— दाइजो कम ल्याएको झोकमा बुहारीलाई किन जिउँदै जलाइन्छ?
— दाइजो बढी पाउने आशमा पढ्न नसक्ने छोरालाई पनि किन विज्ञान विषय पढाइन्छ?
— तल्लो जातकाले इनारबाट पानी झिक्यो भने परिवारलाई नै किन गाउँ निकाला गरिन्छ?
तराईमा रहेका यस्ता कुरीतिप्रति कहिले विजय प्राप्त गर्नुहुन्छ नेताज्यू? यो सीताको नगरीमा सुहाउने कुरा हो? त्यसो हो भने त ईश्वरले दिएको जुठो बयर खाने रामचन्द्र ज्वाइँलाई किन पूजा गर्नुहुन्छ? कि मन्दिरलाई पनि सधैं सुनपानीले धुनुहुन्छ? अब त नेताज्यू, तपाईँहरूको सेतै फुलेका कपाल र दाह्री हेर्दा जीवनको पासपोर्टमा भिसा लागिसकेको छ। तसर्थ आफ्नै निरंकुश प्रवृत्तिलाई सुनपानीले चोख्याउनुहोस्, बाहिर मन्दिर प्राङ्गणमा होइन। के तपार्इँका आमा, दिदी, बहिनी, छोरी विधवा छैनन्? कुन धर्मशास्त्रमा लेखिएको छ विधवाले मन्दिर प्रवेश गर्न हुँदैन भनेर? देखाइदिनुहोस्। भावी पिंढीलाई बाटो देखाउने अगुवा नेताहरूमा त यस्तो प्रवृत्ति छ भने भोलि हुने नेताबाट राष्ट्रले के आश गर्ने? सनातन धर्ममा आधारित हिन्दु धर्ममा कुनै पनि आफ्नै देशको नागरिक मन्दिरमा जाँदा पासपोर्ट लिएर जानुपर्छ? भिसा हेरिन्छ? कि परिचयपत्र खोजिन्छ? हैन भने के हो यो पारा?
कुरा विद्या भण्डारीको होइन, राष्ट्राध्यक्षमाथिको दुर्व्यवहार भनेको राष्ट्रप्रतिको दुर्व्यहार हो, एक नारीप्रतिको होइन। नारीमा रहेका यी शाश्वत तत्वले गर्दा उनी धेरै उच्च छिन्। उनलाई कसैले अपमान गरेर अपमानित बनाउन सक्दैन। यी हुन् निहित शाश्वत तत्व :
— नारी जननी हुन्, सृष्टिकर्ता हुन् त्यसैले उनमा ममता प्राणतत्व हुन्छ।
— नारीमा पोषण तत्व हुन्छ। आफूद्वारा सृष्टि गरेका जीवलाई जीवनदान दिन आफ्ना सहस्रधारा पोषण तत्व प्रदान गर्छिन्।
— नारीमा त्याग, तपस्या र धैर्य हुन्छ, जसले गर्दा आफ्ना जीवनका ऊर्वर तथा महत्वपूर्ण समयलाई परवाह नगरी सच्चा मानव निर्माणका लागि आफ्नो जीवन आहुति दिन्छिन्। त्यसैले नारीमा प्रेमशक्ति, हृदयशक्ति र सेवा शक्ति हुन्छ।
यी कुरा पुरुषले चाहेर पनि गर्न सक्दैन। पुरुषमा न सृष्टि गर्न सक्ने शक्ति छ, न त पोषण तत्व नै छ, न त उसमा त्याग, तपस्या र धैर्य नै छ। तसर्थ नारीलाई पुरुषसँग तुलना नै गर्न मिल्दैन। उनी धेरै उच्च छिन्। त्यसैले यस्तो शक्तिलाई अपमान गरेर अपमानित हुने र नगरेमा नहुने भन्ने प्रश्न नै उठ्दैन, जसले गरायो र गर्यो , ऊ आफैँ दोषी हो, ऊ आफैँ अपमानित भयो भन्ने बुझ्नुपर्छ।
विशिष्ट नेताज्यूहरू! तराई क्षेत्रमा आजको एक्काइसौं शताब्दीको विश्वव्यापीकरणको युगमा एक नारीको उत्थानलाई पचाउन नसक्नु भनेको दानवीय स्वरूपको प्रदर्शन हो। तसर्थ अब मानव समाज र सभ्यताको इतिहासमा नारीसँग जोडिएका अन्धविश्वास र रुढी परम्परालाई तोड्ने जबसम्म निशाना बनाइँदैन, तबसम्म नारीप्रतिको धारणा बदलिंदैन। विश्वका कुनै पनि नारीमा ती तीन शक्ति सृष्टि शक्ति, पोषण शक्ति र सेवा शक्ति हुन्छ चाहे त्यो मुसहर, चमार, राई, लिम्बू, मगर, गुरुङ, ब्राह्मण, क्षत्री तथा विदेशी किन नहोस्। तसर्थ नारी आफैँमा सबल र सक्षम छन्। यो सबैले बुझ्न जरुरी छ।