पुस मसान्त : बैंक र व्यापारी
२६ पौष २०७२
•
१५ मिनेट पाठ
पुस मसान्त : बैंक र व्यापारी
पुस मसान्त। अरु सबैतिर धेरै जाडो भए पनि नेपालको एउटा क्षेत्र भने यो बेलामा सधैँ तात्छ, त्यो हो– बैंकिङ। अर्धवार्षिक खाता मिलानको समय भएकाले यो क्षेत्रका बैंक, विकास बैंक र वित्तीय संस्थामात्रै नभई कारोबारी व्यापारीलाई पनि छपक्कै छोपेको छ अबको तीन दिनमा आउने पुस मसान्तले। त्यसैले कौतुहलता, संशय र डरमा छ यो बेला नेपालको वित्तीय क्षेत्र।

बैंक तथा सबै वित्तीय संस्थाको यो वर्षको कारोबार कस्तो भयो भनेर आफूले आफैँंलाई, अरुले आफूलाई तथा आफूले अरुलाई जाँच्ने भनेकै अर्धवार्षिक कारोबारको अंकको आधारमा हो। गत सालको भन्दा कुन–कुन क्षेत्रमा राम्रो व्यापार भयो, कहाँ व्यापार खस्क्यो भन्ने जस्ता सबै कुरा नेपाल राष्ट्र बैंकले तोकेको ढाँचामा प्रकाशित गर्ने विवरणले देखाउने हुँदा सबैले यो बेलालाई धेरै महत्व दिन्छन्। ब्याज–आम्दानी कति बढ्यो, खर्च के भयो, विदेशी मुद्राको कारोबारबाट कति कमाइयो मात्रै हैन, कति ऋण बिग्रे वा पोहोर बिग्रेका कति ऋण उठ्योसम्मका सबै हिसाब थाहा हुने हुँदा पनि यो बेला महत्वपूर्ण छ सबैका लागि।

पुस मसान्तको प्रकाशित विवरण बाँकी आधा वर्षका लागि बजारमा जान हाम्रो विवरण यस्तो छ भनेर गर्व गर्ने एउटा माध्यम बन्छ बैंकहरुका लागि। साथै यदि कतै कुनै क्षेत्र बिग्रेको छ भने पनि बाँकी आधा वर्षमा मेहनत गरेर त्यो क्षेत्र उकास्नसमेत यसले ऐना देखाउने काम गर्छ।

पुस मसान्त हरेक साल आउँछ/जान्छ। बैंकर र व्यापारीहरु तात्छन्/सेलाउँछन्। यसै पनि बैंकरबीच एउटा भनाइ धेरै वर्षदेखि चलनमा छ– 'पुसमा २७ गतेसम्म बैंकहरु पैसा उठाउँछन् अनि नउठेकामा २८ गतेदेखि मसान्तसम्म आन्तरिक मेमो उठाउँछन्।' यसको अर्थ कति पैसा नै उठाइन्छ भने कति आन्तरिक हिसाब मिलान गरिन्छ तर नाफा बढाउन भने छाडिन्न भन्ने हो।

यो वर्ष बैंकरहरुका लागि सहज छैन। पहिलो त भूकम्पले करिब ३ महिना धेरै काम रोकियो। भूकम्पको मार झण्डै देशको ७० प्रतिशत वित्तीय कारोबार हुने स्थानमा परेका कारण पनि सबैखाले व्यापारमा त्यसले असर गर्योो। त्यसको असर असार मसान्तमा खासै देखिएन तर असोज मसान्तमा देखियो। पुसमा त्यसको मार देखिने वा नदेखिने भन्ने सोच्नै भ्याइएको थिएन, नाकाबन्दी सुरु भइहाल्यो। नाकाबन्दीले सबैखाले व्यापारलाई असर पार्यो् कालोबजारीबाहेक। झण्डै चार महिना लामो नाकाबन्दीको असर अब सबैभन्दा बढी पर्ने भनेको बैंकको वित्तीय विवरणमै हो।

नेपालका प्रमुख व्यापारहरु केलाउने हो भने पनि अब के होला भन्ने सोझै अनुमान लगाउन सकिन्छ।

पर्यटन : बैंकहरुको पर्यटन क्षेत्रमा ठूलो लगानी छ। यो साल पर्यटन क्षेत्रले इतिहासमै सबैभन्दा बढी नोक्सान बेहोरेको हुनुपर्छ। प्रमुख पर्यटन क्षेत्रका होटलहरु पुरैजसो खाली रहे भने अरुखाले पर्यटन गतिविधि करिब करिब ठप्प रह्यो। धेरै होटल त सदाका लागि नै बन्द भए। भएकाको दर पनि यति तल आयो कि त्यसले बैंकको साँवाको कुरा त परै जाओस्, ब्याज पनि तिर्न पुग्दैन। कमाइमा आएको कमी र इन्धनको चर्को समस्याले आन्तरिक पर्यटन नकारात्मक रह्यो। यस्तो स्थितिमा पर्यटन क्षेत्रमा गएको कर्जा उठ्ने कुनै सम्भावना नै छैन र आशा गर्नु पनि बेकार छ।

उद्योग : नेपालका प्रमुख उद्योग तराईकेन्द्रित छन्। तराई पाँच महिनादेखि आन्दोलित छ। उद्योगमात्र नभई तराईका सबैखाले गतिविधि शून्यप्रायः छन्। उत्पादन ठप्प छ, कहीँ कतैबाट कुनै वस्तु उत्पादन भए पनि बजारसम्म पुर्यारउन सकिएको छैन र बजारमा अत्यावश्यकबाहेक अरु वस्तु पुगे पनि क्रेता छैनन्। अर्को शब्दमा भन्दा उद्योग धराशायी भए र बचेका केही पनि अब यो नाकाबन्दी अरु केही समय लम्बिएमा धराशायी हुने निश्चित छ। कच्चा पदार्थ अभावदेखि लिएर विजुली संकटसम्म सबै मार उद्योगमा एकै पटक देखिए। उद्योग धन्दावालाले घरबाट ल्याएर केही पैसा तिरे कुन्नि, नत्र बैंकको एक पैसा पनि तिर्न सक्ने हैसियत उनीहरु राख्दैनन्।

व्यापार : चाडबाडका बेला हजारौँ ट्रक विभिन्न नाकामा महिनौँ रोकिए। दशैंका सामानसमेत बजारमा आइपुगेनन्। अलिअलि आएका पनि क्रेता अभावमा बिकेनन् किनकि भूकम्प र नाकाबन्दीले मानिसको क्रयशक्तिमा धेरै ह्रास आइसकेको छ । धेरै सामान बिक्री हुने काठमाडौंको नयाँसडक र विभिन्न मलमा मान्छेको भिड हेर्न क्रिसमस कुर्नुपर्यो । अझ लोडसेडिङका कारण विभिन्न मल त धेरैजसो बन्द नै हुन्छन्। सामान रोकिँदा लागेको विलम्ब शुल्क कतिपय स्थितिमा सामानको लागतभन्दा बढी हुन पुगेको व्यापारी बताउँछन्। सामान नै नबिकी बैंकको पैसा कसरी तिर्नु?

घर–जग्गा : यो अवधिमा घर–जग्गा व्यापार पुरै बन्दजस्तै रह्यो। धेरैजसो ठूला घर जग्गा व्यापारीका अनुसार गत वैशाखदेखि बिक्री शून्य जस्तै छ। एक टुक्रा व्यापारिक घडेरी वा अरुखाले घर बिक्री भएका छैनन्। भूकम्पले गर्दा अपार्टमेन्ट व्यापारमा आएको शून्यता हटेको छैन। यो क्षेत्रका व्यापारी अहिले सबैभन्दा बढी पीडित हुन् भन्दा गलत हुँदैन। पटकपटकको राष्ट्र बैंक र सरकारले जारी गर्ने नियमको प्रहारबाट थलिएका यो क्षेत्रका व्यापारीलाई दैवीप्रकोपले पनि अझ बढी थला पारिदिएको छ।

तर यो क्षेत्रमा बैंकले ऋण प्रवाह गर्दा अलि बढी नै धितो राखेका हुन्छन् र कतिपय स्थितिमा पास भएको ऋणको पुरै हिस्सा व्यवसायीलाई नदिएर बैंकले आफैँंसँग राखेको हुन्छ। यस पटक पनि बैंकले त्यही चोर बाटोबाट यो क्षेत्रको ऋण 'राम्रो बनाउने' प्रयास गर्नेछन्। तत्कालका लागि यो बाटो राम्रो देखिए पनि दीर्घकालमा बैंक डुबाउने अस्त्रचाहिँ यही हुने पक्का छ। यदि घर–जग्गा व्यापारको सम्बन्धमा यो पटक सरकार, राष्ट्र बैंक र बैंकहरु मिलेर कुनै राम्रो व्यवस्था चाँढै नै नल्याएको खण्डमा यसले दूरगामी प्रतिकूल असर पार्नेमा कुनै सन्देह छैन।

सवारी साधन : एकातिर मध्यमवर्गीय समाजको क्रयशक्तिमा आएको कमी र अर्कोतिर इन्धनको चर्को अभावले दुई पांग्रे र चारपांग्रे सबै प्रकारका सवारी साधनको बिक्रीमा धेरै कमी आएको छ। धेरैजसो सवारी साधन बेच्ने स्थानमा गएर आफूलाई मन पर्ने सवारी खोज्यो भने अहिले छैन, आधा पैसा तिरेर बुक गर्नूस्, हामी मगाइदिन्छौं चार महिना लाग्छ भन्ने जवाफ पाइन्छ। यसबाट थाहा हुन्छ– उनीहरुको व्यापार कस्तो छ भन्ने ेकुरा।

अब यतिमात्रै नभई नाकाबन्दीका कारण कतिपय व्यापारिक संस्था पुरै बन्द भएका छन्। कतिपयले आफ्ना आधाभन्दा बढी कर्मचारीलाई बाध्यतात्मक बिदामा पठाएका छन् भने कतिपय जबर्जस्ती काम गर्दैछन्। यसरी आधा कर्मचारी बिदामा पठाउनेले बैंक ऋण कसरी तिर्लान्?

निर्माण व्यवसाय पुरै ठप्प छ, चाहे त्यो सरकारी होस् वा निजी। अब निर्माण सामग्री उत्पादक तथा व्यवसायीले बैंकमा गएर के भन्दै होलान् भन्ने जोसुकैले पनि अनुमान लगाउन सक्छ।

भूकम्पपछिका दिनमा पत्रपत्रिकामा आएका विज्ञापन हेरेर पनि यो समयको व्यापारको आकार जोसुकैले अनुमान लगाउन सक्छ। पत्रपत्रिकाका विज्ञापन ५० प्रतिशतभन्दा बढीले घटेको छ। टेलिभिजनको कुरा गर्दा लामो समयदेखि बजारमा एकछत्र राज गरिरहेका हाँस्यशृंखलासमेत विज्ञापनको अभावमा बन्द भएकाले पनि सबै कुरा बुझ्न सकिन्छ। बजारमा विज्ञापन घट्नु भनेको सिधा अर्थमा व्यापारमा आएको कमीबाहेक अरु केही हैन।

हरेक सालझैं यसपटक पनि ब्याज तिर्नका लागि केही ठूला सेयर लगानीकर्ताले यो समयमा कृत्रिमरूपमा केही सेयरको भाउ बढाउने काम गरे र बैंकले त्यसलाई सहजरूपमा लियो। सरकार र नियमनकारी निकायले यो कुरा बुझेन वा बुझ्न चाहेन।

माथिका सबै तथ्यले यो पटक कति व्यवसायीले ऋण वा ब्याज तिर्न सक्छन् भनेर स्पष्ट देखाउँछ। पक्कै यो पुस मसान्त त्यति सहज छैन बैंकहरुका लागि। यसले ब्याज–आम्दानीमात्रै हैन, अरु गैरब्याज–आम्दानीमा समेत नकारात्मक असर पारेको छ। लामो समयदेखि नखोलिएको प्रतीतपत्र र विकास निर्माणका काममा आएको रोकावटले जमानतपत्रका काम रोकिन गए। यसले कमिसन आम्दानीका साथै विदेशी मुद्राबाट हुने आम्दानी कम हुने नै भयो।

माथिका त भए आम्दानी कम हुने कारणहरु। यी कारण अझ धेरै छन्। साथै यो अवधिमा ऋण प्रवाह न्यून रह्यो। निक्षेप बढ्यो। यसले पनि बैंकको आम्दानीमा प्रतिकूल असर गर्योा। तर यसको प्रतिकूलताबाट बच्न बैंकहरुले निक्षेपमा दिने ब्याज र नयाँ प्रवाह हुने ऋणमा ब्याज घटाए। जसको प्रभावस्वरूप ठूलै रकम बचाउने काम गरे।

यहीबीचमा बैंकहरुमा नयाँ विकृति देखापर्योऋ। बजारमा भएको अत्यधिक तरलताको फाइदा उठाएर केही बैंकले पुराना ग्राहकलाई नयाँ ऋण दिएर त्यही पैसाले पुरानो ब्याज उठाए। यो कुराको पुष्टि व्यवसायीहरु आफैंँ खुलेआम गर्छन्। यसले उनीहरुको पुस मसान्तको वित्तीय विवरणलाई त केही हदसम्म ढाकछोप गर्ला तर बैंकलाई सदाका लागि कमजोर बनाउने काम भने अवश्य गर्यो।

बैंकरहरुले बुझ्न नचाहेको र नेपाल राष्ट्र बैंकले पनि बैंकहरुलाई बुझाउन नसकेको कुराचाहिँ के हो भने एक वर्ष नाफा घट्दैमा केही फरक पर्दैन, बैंक बलियो हुनुपर्योह। यदि यो पटक पनि बैंकको नाफा पोहोर वा अघिल्ला त्रैमासभन्दा बढी देखिएमा त्यो 'लुट वा झुटको खेती' भनेर ठोकुवा गरिदिए हुन्छ। जबसम्म नयाँ ऋण प्रवाह गरेर वा पुसको २८ गतेदेखि मेमो उठाएर वित्तीय विवरण राम्रो बनाउने काम गरिन्छ त्यसले कसैको भलाइ गर्दैन। फेरि देशका सबैखाले वित्तीय विवरण नकारात्मक भइरहेका बेला बैंकको मात्रै नाफा बढेको देख्दा त्यसलाई ओलीको जोकसँग तुलना गर्ने दिन नआउला भन्न सकिन्न।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस