आरक्षणको सहजीकरण
२० पौष २०७२
•
१७ मिनेट पाठ
आरक्षणको सहजीकरण
हरेक तह र तप्कामा आरक्षणको संवैधानिक व्यवस्था गरिएपछि 'रिजर्भभेसन'का पक्ष–विपक्षमा धेरै मत आए। परिवर्तित सन्दर्भमा कसैले चाहे वा नचाहे पनि कानुनी संरक्षणको व्यवस्था तत्कालै हट्न सक्दैन। त्यसैले पनि अबको बहस आरक्षणको औचित्यमा केन्द्रित हुनु हुँदैन बरु त्यसलाई लक्षित वर्गसम्म कसरी पुर्यानउने भन्नेमा छलफल हुनुपर्छ।सरकारी सेवा, सार्वजनिक संस्थान, प्रहरी, सेनालगायतका संयन्त्रमा उच्च पदस्थ कर्मचारीमा पहाडेको बर्चस्व छ। मदेसे ठान्छन्– पहाडेले आफूलाई अनुकूल हुनेगरी कर्मचारी भर्ती नियम बनाएकाले सरकारी जागिरमा तराई पछि पर्यो। त्यस्तै सोच पहाडकै जनजाति, दलितलगायतमा पनि देखियो। सरकारी संयन्त्रको ब्राह्मण र क्षेत्रीले दोहन गरेकाले आफूहरू पछि परियो भन्ने उनीहरूको भनाइ रह्यो। ब्राह्मण तथा क्षेत्रीले आफ्नो योग्यता र क्षमताका कारण सरकारी संयन्त्रमा बर्चस्व कायम गरे अथवा उनीहरूले कुटिल चालबाजीमार्फत् प्रभावशाली स्थानमा पुगे, त्यो बेग्लै छलफलको पाटो बन्न सक्छ। अहिलेका लागि आरक्षण व्यवस्थालाई कसरी सहजीकरण गर्ने भन्ने विषय महŒवपूर्ण छ।

प्रचलित कानुनअनुसार पहाडेमूलका ब्राह्ण–क्षेत्रीबाहेकका सबैजसो आरक्षणमा समेटिएको देखियो। व्यक्तिको पारिवारिक पृष्ठभूमि, आर्थिक अवस्थालाई आरक्षणले महŒव दिएको देखिएन। त्यसैले मदेसेको लागि छुट्याइएको आरक्षण कोटामा पूर्वराष्ट्रपति रामवरण यादवदेखि धनाढ्य उपेन्द्र महतोका सन्तानसमेतले प्रतिस्पर्धा गर्न पाउने भए। त्यस्तै, जनजातिका लागि वितरित आरक्षणको हकदार राजनीतिकर्मी कुलबहादुर गुरुङदेखि खर्बपति शेष घलेका सन्तानसम्म भए। राजनीतिकर्मी मानबहादुर विश्वकर्मा तथा विज्ञान मन्त्री विश्वेन्द्र पासवानका सन्तानलाई पनि दलितलाई तोकिएको आरक्षणमा दाबी गर्ने हक कानुनले नै दियो। तोकिएको जातजातिका लागि आरक्षण कोटामा हुने प्रतिस्पर्धामा उक्त वर्गमा पर्ने सबै व्यक्तिले निःसर्त प्रतिस्पर्धा गर्न पाउने भएपछि स्तरीय उच्च शिक्षाको अवसर पाएका धनाढ्य तथा शिक्षित अभिभावकका सन्तानले उक्त परीक्षामा सजिलै सफलता हासिल गर्छन् भन्ने कुरामा शंका रहेन। तसर्थ, आरक्षणको वर्तमान व्यवस्थालाई परिमार्जन नगर्ने हो भने रिजर्भेसनको प्रचलित कानुनले अहिलेका सभ्रान्त वर्गलाई थप मजबुत बनाउनेछ भने उपेक्षित झन् तल पर्ने देखिन्छ। त्यस्तो भएको खण्डमा सम्पन्न र विपन्नको खाडल अझ बढ्ने अनि अर्को संघर्ष निम्त्याउने भएकाले बेलैमा ध्यान दिनुपर्ने देखिन्छ।

आरक्षणलाई व्यवस्थित गरी लक्षित वर्गसम्म प्रतिफल पुर्याैउन स्वदेश तथा विदेशी अनुभव र प्रयोगको चिरफार र तद्अनुरूपको कार्ययोजना तथा नीतिनियमको तर्जुमा आवश्यक छ। पञ्चायती व्यवस्थाको एउटा आरक्षणको विश्लेषणले धरै उत्तर खोज्न मद्दत गर्छ। त्यसबेला विदेशी मुलुकबाट प्राप्त उच्च शिक्षा छात्रवृत्ति कोटामा दुर्गम भेगका बासिन्दाका लागि आरक्षणको व्यवस्था गरिएको थियो। उक्त प्रावधानअनुसार छुट्याइएको संरक्षित सिटका लागि दुर्गम पहाडी भेगका बासिन्दाले मात्र प्रतिस्पर्धा गर्न पाउने र उक्त समूहबाट सर्वोत्कृष्ट उम्मेदवारले बाह्य अध्ययनको अवसर पाउँथे। दुर्गम भेगका बासिन्दालाई राष्ट्रले सुविधा दिने कानुनी प्रावधान कसरी खराब मान्नु? अब त्यसको परिणामतिर लागौँ। कर्णालीको लागि आरक्षित छात्रवृत्तिमा आफ्ना सन्तानलाई छिराउन काठमाडौँमा बसेर शिक्षा लिएका सम्भ्रान्त परिवारका विद्यार्थीले केवल पैतृक थलोमात्र दुर्गम भएका आधारमा त्यहाँबाट नागरिकता निकाले अनि आफू कर्णालीबासी भएको दाबी गर्दै आरक्षण हडपे! उक्त कोटाको दुरूपयोग भएको ठहर गर्दै सरकारले दुर्गम कोटामा पर्नका लागि कम्तीमा पनि एसएलसी भने त्यही भेगबाट पास गरेको हुनुपर्ने कानुन बनायो। त्यसपछि काठमाडौँमा बसेर अध्ययन गरेका कुलिन विद्यार्थी केवल एसएलसी दिन केन्द्र परिवर्तन गरी पहाडी भेगमा पुगे। परिणामतः कर्णालीको लागि आरक्षण गरिएको कोटामा काठमाडौँका सम्भ्रान्तकै हालिमुहाली रह्यो। आरक्षणको बदला कर्णालीमा गतिला स्कुल खुलेका भए अवस्था बेग्लै हुन्थो।

समान अवसरमा विश्वास गर्ने भएकाले संयुक्त राज्य अमेरिकाको कानुनले कुनै पनि निकायमा आरक्षणको प्रावधानलाई स्वीकार गर्दैन। स्तरीय शिक्षा नपाउन्जेल राज्य संयन्त्रमा उनीहरूको प्रवेश सम्भव हुँदैन भन्ने धरातलीय विश्लेषण गर्दै उनीहरूले 'एफर्मेटिभ एक्सन'को कानुन ल्याए। उक्त कानुनअनुसार मुख्य त विश्वविद्यालयले विद्यार्थी भर्ना लिँदा शैक्षिक योग्यतालाई मात्र ध्यान नदिने बरु अल्पमत तथा पिछडिएका वर्गको प्रतिनिधित्व बढाउने नीति ल्यायो। अल्पमतमा परेका समुदायलाई प्राथमिकताका साथ भर्ना लिने विश्वविद्यालयले संघीय सरकारबाट थप सहयोग पाउने व्यवस्था गर्यो । त्यतिमात्र होइन अल्पमतमा परेका श्यामवर्णका अफ्रिकन अमेरिकन विद्यार्थीलाई पढाइमा प्रोत्साहित गर्न कलेज भर्ना हुनेबित्तिकै शैक्षिक भत्ता पाउने व्यवस्था गरे। विश्वविद्यालय तथा विद्यार्थी दुवै लाभान्वित हुने भएपछि एफर्मेटिभ एक्सन निकै प्रभावकारी भयो। उक्त प्रावधानले विश्वविद्यालयमा अल्पमत समुदायको संख्या ह्वात्तै बढ्यो। परिणामस्वरूप राज्यका प्रत्येक निकायमा विगतका उपेक्षित समुदायको प्रवेश बढ्दै गयो।

अमेरिकाको हावर्ड विश्वविद्यालय संसारकै प्रतिष्ठित विश्वविद्यालय मानिन्छ। त्यहाँ विद्यार्थी भर्नाको सवालमा आफ्नै मान्यता छ। जतिसुकै जान्ने भए पनि हावर्डले एउटै देश तथा समुदायको व्यक्तिलाई मात्र भर्ना लिँदैन। अमेरिकी सरकारको एफर्मेटिभ एक्सनलाई कदर गर्दै सबै वर्ण र तप्काका विद्यार्थीलाई भर्ना गर्ने संस्कार कायम राख्यो हावर्डले। त्यसैले त्यहाँ संसारका सबै मुलुकका विद्यार्थीले भर्नाको अवसर पाउँछन्। प्रत्येक देश तथा समुदायको विद्यार्थीको फरकफरक ढंगले मूल्यांकन गरिन्छ त्यहाँ। अन्तर्राष्ट्रिय विद्यार्थीको कोटामा भर्ना हुन नेपाली विद्यार्थीले चाइनिज तथा भारतीयसँग प्रतिस्पर्धा गरिरहनु पर्दैन, उनीहरूभन्दा कमसल भए पनि नेपालीले भर्ना पाउँछन्। प्रिन्स्टन विश्वविद्यालयका समाजशास्त्री प्राध्यापक थोमस इस्पेन्सेडले लामो अनुसन्धानपछि हावर्डमा भर्ना हुने विद्यार्थीको क्षमताको सम्बन्धमा सन् २००९ मा एक अध्ययन प्रतिवेदन सार्वजनिक गरे। जसअनुसार हावर्डमा भर्ना हुनका लागि व्यक्तिको उद्गम तथा जातीय पहिचानलाई आधार मानेको देखियो। कलेज भर्ना हुन आवश्यक विद्यार्थीको क्षमता परीक्षणमा चाइनिजमूलका विद्यार्थीले १४६०, युरोपियनमूलका बच्चाले १३२०, स्पेनिसले ११२० अनि श्यामवर्णका विद्यार्थीले १०१० नम्बर ल्याए पर्याप्त हुने देखायो। सबैलाई समान अवसर भन्ने नारा भए पनि सापेक्षवादको सिद्धान्तलाई प्राथमिकता दियो हावर्डले। अझ रोचक कुरा त के छ भने, समान नम्बर भएका दुई अफ्रिकन अमेरिकन विद्यार्थीमध्ये एउटालाई मात्र भर्ना लिनुपर्ने भए कुन विद्यार्थीका आमाबाबुले कम पढेका छन् त्यसले प्राथमिकता पाउँछ। कलेज पढेको आमाबाबु भएका सन्तानभन्दा स्कुल नदेखेको व्यक्तिको सन्तानले सुविधा पाउनुपर्छ भन्ने मान्यता हावर्डमा छ। शिक्षितको सन्तानले पारिवारिक वातावरणको फाइदा पाउने हँुदा अनपढको सन्तानलाई प्राथमिकता दिनुपर्छ भन्ने उनीहरूको मान्यता छ।अक्षम समुदायका कमजोर व्यक्तिलाई आरक्षणमार्फत् रोजगारी दिनुभन्दा उनीहरूलाई कलेजमा अध्ययनको पहुँच बढाएर प्रतिस्पर्धी बनाऔँ भन्ने नीति लिए उनीहरूले।

अशक्त व्यक्तिलाई स्वस्थ जवानसँगै म्याराथुन दौडाउँदा अन्याय हुने भएकाले दुर्वलबीच बेग्लै प्रतिस्पर्धा हुनुपर्छ भन्ने मान्यताले आरक्षणको सिद्धान्तलाई पुष्टि गर्छ। पढेलेखेका तथा धनाढ्य बाबुआमाको सन्तानले गरिब तथा निमुखा वर्गको सन्ततिसँग समान पदका लागि प्रतिस्पर्धा गर्दा परिणाम सदैव कुलिनको हातमा पर्छ। तसर्थ, आरक्षण सिटमा प्रतिस्पर्धी बन्नका लागि चाहिने न्यूनतम आधारभूत योग्यता तोकिनुपर्छ। हावर्डले भर्नाका लागि समुदायपिच्छे फरकफरक न्यूनतम योग्यता तोक्छ भने त्यसको नेपाली रूपान्तरण न्यायोचित नै देखिन्छ। अमेरिकामा एउटा सिटमा समान योग्यताका आवेदकहरू भएमा जसको अग्रज पुस्ता सबैभन्दा अशिक्षित छन् त्यसलाई प्राथमिकता दिन्छ भने नेपालले समान किसिमको प्राथमिकता दिने गरी नियमकानुन बनाउन नसक्ने होइन। सरकारी सेवामा मधेसका लागि आरक्षित कोटामा सरकारी सेवामा कार्यरत तथा ग्य्राजुएटको सन्तानभन्दा गरिब तथा अनपढको सन्तानले प्राथमिकता पाउनुपर्ने कुरामा दुईमत हुन सक्दैन। जग्गाजमिनको नाममा चपरी नहुने व्यक्तिको सन्तानले जमिनदारको बच्चाभन्दा सरकारी आरक्षणमा प्राथमिकता पाओस् भन्ने समातामूलक समाजको मान्यतामा आधारित भएकाले आवश्यक नियम तर्जुमा गर्नुपर्छ। सरकारी आरक्षणमा मदेसे, जनजाति तथा दलितको नाममा सोलोडोलो मूल्यांकन गर्नुको बदला पारिवारिक पृष्ठभूमि, आर्थिक अवस्थासमेतलाई ध्यान दिइ नीति निर्माण गर्नु आवश्यक देखिन्छ।

आरक्षणलाई अनन्तसम्म कायम राख्दा व्यक्ति तथा समुदायको क्षमता अभिबृद्धि हुन नसक्ने भएकाले सीमित अवधिपछि यसको नवीकरण हुन नसक्ने कानुनी तर्जुमा आवश्यक देखियो। साथै, आरक्षणको सुविधा कुनै पनि व्यक्तिले एक पटकभन्दा बढी उपयोग गर्न नपाउने व्यवस्था आवश्यक छ। रिजर्भेसन कोटामा शाखाअधिकृत भएको व्यक्तिले उपसचिप, सहसचिव, सचिव तथा मुख्यसचिवको बढुवामा समेत आरक्षणको सुविधा उपभोग गर्ने हो भने कालान्तरमा मुलुकको हर क्षेत्रको नेतृत्वकर्ता कमसल व्यक्ति हुन जान्छ। आरक्षणले दलीय निर्वाचनमा समेत प्रवेश पाएको छ। मदेसे, दलित तथा जनजातिका लागि छुट्याइको पार्टी केन्द्रीय सदस्यको निर्वाचनमा पूर्वकेन्द्रीय सदस्यले पनि निर्वाचन लड्न पाउने हो भने आरक्षण कमजोरको लागिमात्र हो भन्ने आधारभूत मान्यतामा आघात पर्छ। तसर्थ, एकपल्ट केन्द्रीय नेतृत्वमा बसेको नेताले रिजर्भेसन कोटामा चुनाव लड्न पाउनु हुँदैन। आरक्षणले युवा तथा नवीन नेतृत्व ल्याउन नसक्ने हो भने समाज पछि पर्ने कुरा सबैले हेक्का राख्नुपर्ने देखियो।

समुदायहरूबीचको खाडल सदैव कायम राखेर आरक्षणको उपयोग अनन्तसम्म गर्न सकिन्न। शिक्षाबिना प्रतिस्पर्धी मानवीय संशाधनको विकास गर्न नसक्ने भएकाले गरिब तथा विपन्न वर्गका लागि पर्याप्त शैक्षिक छात्रवृत्ति प्रदान गर्न सकिन्छ। विपन्न वर्गका विद्यार्थीलाई पढाएवापत् सम्बन्धित पक्षलाई थप उत्साह भत्ताको व्यवस्था गर्न सके शिक्षाको पहुँच ग्रामीण भेगसम्म पुर्यारउन सकिन्छ। शिक्षामा सबैको पहुँच बढाउँदै आरक्षणको परनिर्भरतालाई घटाउँदै लाने सरकारी अभियान सञ्चालन गर्न नसक्ने हो भने भविष्यमा यो नीति मुलुककै निम्ति अभिशाप बन्न सक्छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस