नेपाली जनता आफ्ना नेताहरूको प्रशंसा र गुनगान गर्ने अवसरको खोजीमा थिए । लामो समयदेखि खडेरी नै परेको थियो कुनै नेताको जयजयकार गर्न नपाउँदा । त्यस्तो अवसर संविधान सभाबाट संविधान जारी भएपछि नेपालीलाई प्राप्त हुन आयो ।खासगरी पहाडी साँस्कृतिक समूहका नेपालीबीच खड्गप्रसाद शर्मा ओली त्यस्ता 'अवतार' भएर उदाए जसलाई नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादी मात्र होइन राजावादी र कर्मचारीतन्त्रले पनि प्रशंसा गरे, गुनगान गाए । ओलीको कडा राष्ट्रवादी अभिव्यक्ति नेपालीलाई आशा र भरोसाको दियो थियो ।
ओली प्रधान मन्त्रीको कुर्सीमा आसिन हुँदा नेपालमा 'पहाडी राष्ट्रिय स्वाभिमानको स्वर्णिम युग' प्रारम्भ भएको थियो । आजभन्दा ठीक दुईसय वर्षअगाडि नेपाल–अंग्रेज युद्धकालीन समयमा नेपाली राष्ट्रवाद यस्तै उचाईमा थियो । इतिहासकारहरूले ओलीको बोलीमा टिप्पणी यस्तै गरे । ओलीलाई राष्ट्रिय स्वाभिमानको गौरवशाली 'इमेज' जोगाएर अगाडि बढ्ने काम भने सहज थिएन । प्रधान मन्त्री भएपछि सबैभन्दा पहिले कुर्सी जोगाउनुपर्ने हुन्छ र त्यही कुर्सी जोगाउने खेलमा लाग्दा कार्यकारी प्रमुखको इमेज तल झर्छ । त्यस्तै भयो प्रम ओलीको पनि । प्रधान मन्त्री भएपछि उनले बालेको राष्ट्रिय स्वाभिमानको दियो निभ्न खासै समय लागेन । उनको कार्यशैली र अलोकप्रिय निर्णयहरू जनतामाझ आउन थाले । यही क्रममा राष्ट्रिय स्वाभिमानको झन्डा पनि विस्तारै झुक्न थाल्यो । रहरले होइन 'बाध्यताले' आधा दर्जन उपप्रधान मन्त्री र जम्बो मन्त्रिमण्डल बनाउनुपरेको भन्न थाले । के हो त्यो बाध्यता ? पद टिकाउन व्यवस्थापिका संसद्मा संख्या निर्णायक हुन्छ । सरकार टिकाउन त्यही बहुमतको संख्या 'कमान्ड' गर्नुपर्ने हुन्छ । त्यसका लागि साना–ठूला दलसँग जतिसुकै लचकता अपनाउन पनि प्रधान मन्त्री बाध्य छन् भनी सहजै बुझ्न सकिन्छ । कांग्रेसको तेह्रौँ महाधिवेशनपछि कुनै पनि बेला सत्ताको नयाँ समीकरण बन्छ र कांग्रेसले सरकार ढाल्न सक्छ भन्ने त्रास ओलीमा देखिन्छ । तसर्थ, प्रधान मन्त्रीको कुर्सी जोगाउन 'संख्याको फोहोरी खेल' पुनरावृत्ति भएको छ देशमा ।
विगत २५ वर्षको राजनीतिक अभ्यासबाट हाम्रा नेताहरूले केही पनि सिकेनन्– सिक्न चाहेनन् । जब कार्यकारी प्रमुखको अधिकांश समय आफ्नो कुर्सी बचाउन खर्चिनुपर्ने हुन्छ अनि देशको सार्वभौमसत्ता र अखण्डता स्वतः कमजोर हुन्छ, टुक्रिन्छ पनि । भारतीय नाकाबन्दी र मधेस आन्दोलनले देशको अर्थराजनीति जर्जर छ । जातीय विद्वेषले सामाजिक द्वन्द्व निम्त्याएको छ । ९ महिनाअगाडिको भुइँचालोले लाखौँ नेपाली घरबारविहीन भएर कठ्यांग्रिने चिसोमा खुला आकासमुनि जीवन धान्न बाध्य छन् । तर, हाम्रो राज्य र नेताहरूले एकजनाको नियुक्तिलाई प्रतिष्ठाको विषय बनाएर महिनौँ खेर फाले, मानवताविरुद्ध गए ! के थियो त्यो एकजनाको नियुक्तिमा ? निःसन्देह यसमा पार्टी नेतालाई पैसा अनि आफ्ना कार्यकर्ताको व्यवस्था गरिदिने चाहना लुकेको आमनेपाली सहजै बुझ्छन् । यही कारण ती लाखौँ भूकम्पपीडितलाई महिनौँ बेवारिसे अवस्थामा छाडियो । यस्तो कुत्सित मनोरोगबाट ग्रसित नेताहरूबाट देशको विकास कसरी होला ? नेताहरूको मानसिक स्तर जुन ढंगले नेपालमा तल झर्दैछ, त्यसबाट जनता आहत भएका छन् । लोकतान्त्रिक व्यवस्था अपांग हुँदैछ, धरापमा पर्दैछ ।
जब प्रधान मन्त्रीको प्राथमिकता मन्त्रालय विभाजन गरी मन्त्री थप्ने र कुर्सी जोगाउने ध्याउन्नमा पुग्छ, तब सुदूर पहाडमा नागरिक भोक, अभाव र प्राकृतिक प्रकोपबाट धमाधम मर्न बाध्य हुन्छन् । तराईमा पनि जातीय विद्वेष फैलनु स्वाभाविक हो । तर, नेपालमा वर्तमान प्रधान मन्त्रीमात्र जनताप्रति यति धेरै असंवेदनशील भएका हुन् ? पक्कै पनि होइन । ओलीपछि आउने अरु प्रधान मन्त्रीको प्राथमिकता पनि यस्तैमा हुनेछ । यथार्थमा हामीबाट विगतमा धेरै गल्ती भयो, तर आज पनि हामी गल्ती सच्याउने भन्दा त्यसैको निरन्तरतामा राजनीतिक स्थिरता खोजिरहेका छौँ ! जुन सम्भवै छैन । नेपालको वर्तमान दूरवस्थाका लागि हामीले ३ वटा ठूला गल्ती विगतमा ग¥यौँ ।
प्रथम, संविधान जारी गर्ने काम हतारमा भयो र यसले हाम्रो राजनीति, कूटनीति र अर्थव्यवस्थालाई डावाँडोल बनायो । संविधान जारी गर्ने 'फास्ट ट्रयाक'ले देशमा दुर्घटना निम्त्याएको छ र यसको भर्ताल गर्न सजिलो छैन । दोस्रो, संविधानमा कार्यपालिकाको जुन ढंगले व्यवस्था गरिएको छ त्यो त्रुटिपूर्ण छ । यस्तो व्यवस्थाले देशको शासकीय क्षमता कमजोर हुन्छ । नेपालको संसद् र कार्यपालिका 'स्मार्ट' हुनुपथ्र्यो, त्यो भएन । जारी संविधानमा व्यवस्थापिका र कार्यपालिका सम्बन्धी व्यवस्था भद्दाखालको छ र अगतिशील पनि । यो व्यवस्था नेपालको आर्थिक विकास र राजनीतिक स्थिरताका निम्ति बाधक छ । संविधान निर्माण गर्नेहरूले दलको फाइदामात्रै हेरे, देश र जनताको हेर्नै चाहेनन् । तेस्रो, कोठे बैठकको राजनीति प्रत्युपादक हुन्छ । राजनीतिक निर्णयहरू गर्दा खुल्ला, पारदर्शी र छलफलबाट अगाडि बढाउने संस्कार पार्टीहरूमा भएन । प्रदेश निर्माणजस्तो संवेदनशील विषय पनि केही घन्टामा परिवर्तन हुन्छ र अमुक नेताहरूको तुष्टि गरिन्छ भने देशमा अराजकता नभए अरु के हुन्छ ? नेपालका सबै पार्टीमा स्टालिनकालीन कम्युनिस्ट कार्यशैलीको प्रभाव देखिन्छ, जहाँ निर्णयहरू गोप्य र पदाधिकारीको सनकमा हुने गर्छ । त्यसमा पनि लोकतान्त्रिक भनिने कांग्रेसभित्र यो संस्कार अब्बल छ ।
पार्टी नेताहरूको कार्यशैलीका कारण संविधान सभाबाट जारी संविधानले नेपालको एउटा भागमा खुसियाली र अर्को भागमा निराशा छाउन पुग्यो । वास्तवमा संविधान जारी भएकोमा खुसियाली मनाउने पक्ष पनि संविधानको विषयवस्तुमा भन्दा मधेसी मोर्चाले भनेजस्तो भएन भनी बढी प्रसन्न देखिन्छन् ! भारतलाई अटेर गरेकोमा खुसी देखिन्छन् । संविधान मधेसमैत्री छैन भन्ने मधेसी मोर्चाको नारा र भारतको त्यसमा सहयोगले नेपाली जनतालाई डोराएको देखिन्छ यतिखेर । वास्तवमा संविधान नेपाली जनता र देशमैत्री पनि छैन । त्यतातिर कसैको ध्यान गएको छैन । जारी संविधानलाई नेपालमा कार्यान्वयन गराउन सम्भव नै देखिँदैन । प्रधान मन्त्री ओलीको राष्ट्रिय स्वाभिमानको झण्डा उनको रोगी शरीरले नधानेको होइन, निरोगी शरीर भएको भए पनि थेग्न सम्भव थिएन । किनकि, वर्तमान संविधानले नेपालमा पंगु कार्यकारी प्रमुख छान्ने व्यवस्था गरेको छ । र, यसको दोषी उनै ओली हुन् । एमालेले जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था संविधानमा गरिनेछ भनी जनमत बटुल्यो, तर २५ वर्षको अभ्यासबाट असफल भैसकेको संसदीय पद्धतिअनुरूपकै कार्यकारी प्रमुख छान्ने लोभबाट त्यो दल मुक्त हुन सकेन । तसर्थ, ओलीपछि आउने अरु कोही पनि अहिलेको अवस्थामा प्रभावकारी हुन सक्तैनन्, सम्भव नै छैन ।
देशमा जनताको पक्षमा निर्णय गर्ने लोकतान्त्रिक तरिकाबाट चुनिएको शासक चाहिएको छ । पंगु प्रधान मन्त्री होइन । पंगु प्रधान मन्त्रीको व्यवस्था गर्दा दसौँ लाख नागरिक आपद्मा फसिरहँदा ध्यान दिइँदैन र एकजना मात्र सांसद भएको पार्टीका मानिसलाई मन्त्री बनाउन लागिपर्नुपर्छ । अहिले ओलीले त्यही गरे । कमजोर प्रधान मन्त्री असंवेदनशील स्वतः हुन्छ, अक्षम ठहरिन्छ । कमजोर कार्यकारी प्रमुखसँग देशहितमा लिनुपर्ने नीतिगत सुधारको समय हुँदैन । विगतमा यही नियति हामी सबैले देखेकै हो । जब देशको सर्वोच्च निकाय आफ्नो शक्तिको अभ्यास गर्न सक्तैन अनि अनेकन् देशीविदेशी शक्ति केन्द्र चलायमान हुन्छन्, जस्तो नेपालमा अहिले भैरहेको छ । नेपालको राजनीतिदेखि अर्थनीतिसम्म 'विदेशीको ड्राइभ' त्यसैकारण छ ।
नेपालको नीतिगत तहको निर्णयमा विदेशीको भूमिकालाई नेपाली जनता यसरी बुझ्छन्ः पहिलो, नेपालको राजनीतिक परिवर्तन र सत्ता निर्माणमा भारतको बर्चश्व थियो र छ । भारतलाई नेपालको राजनीतिको व्यवस्थापन गर्ने जिम्मा देशकै नेताहरूले दिएका हुन् । त्यसैले नेपालले स्वतन्त्र, सार्वभौम राजनीतिक निर्णय गर्दा भारतले त्यसलाई अस्वीकार गर्छ र गरिरहेको छ । उदाहरण अहिलेको नाकाबन्दी नै हो । दोस्रो, नेपालको समग्र आर्थिक विकासको 'प्रेस्क्रिप्सन' पश्चिमा राष्ट्र र तिनैले निर्माण गरेका अन्तर्राष्ट्रिय संघ–संगठनले ड्राइभ गरेका छन् । विश्व बैंक, एसियाली विकास बैंक, संयुक्त राष्ट्र संघ, दुई र वहुपक्षीय राष्ट्रहरू, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सबै नै नेपालमा विकास प्रेस्क्रिप्सन लिएर आउँछन र तद्अनुरूप काम गर्छन् स्वतन्त्ररूपमा । नेपालका कार्यकारी प्रमुख यिनको शर्त–सुविधा मान्न बाध्य हुन्छ । उदाहरणका रूपमा भर्खरै २० वर्ष पूरा भएको कथित कृषि नीति र शिक्षा नीतिलाई लिन सकिन्छ । अबौ–खर्बौ खर्चेर समय सकिएपछि परियोजना असफल भयो भनिन्छ ! तर, फेरि त्यही कार्यक्रम र रणनीति तय गरिन्छ । सुन्दा उदेक लाग्ने यो कठोर सत्य ऋणका रूपमा नेपाली जनता भोग्न बाध्य छन् ।
र तेस्रो, नेपालको सार्वभौमसत्ता र अखण्डताको रक्षा चीनबाट मात्र हुन्छ भन्ने मानसिकता हाम्रा शासक र प्रशासकहरूले स्थापित गराएका छन् । मूलतः यसमा कम्युनिस्टहरूले राजनीति गरे र नेपालमा आफ्नो बर्चश्व बढाए । चीन अखण्ड नेपालको पक्षमा छ र भारत अखण्ड नेपालको विरोधमा छ भन्ने सन्देश प्रवाह गर्न माले, मण्डले र मसाले धेरै पहिलेदेखि नेपालमा सफल भए । चीन र नेपालको सभ्यता फरक छ । मूल्य–पद्धति र मान्यता फरक छन् । तसर्थ, चीन नेपालको मित्र हुन सक्छ तर भारतजस्तो होइन । भारत खराब छिमेकी होला, तर यो विशाल देश हामी नेपालीको घरआँगनमा भेटिन्छ । सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिकलगायत सबै पक्षवाट भारत नेपालीको घरआँगनमा पुगेको छ युगौँ युगदेखि । तसर्थ, भारत–नेपाल सम्बन्धलाई दिल्ली र काठमाडौँको सत्तासँग मात्र सीमित गर्न सम्भव छैन, बेइजिङ र काठमाडौँको जस्तो ।
आधुनिक नेपाल निर्माणमा माथिका ३ पक्षले खेलेको राजनीतिक, मनोवैज्ञानिक र आर्थिक–सांस्कृतिक भूमिकाको सविस्तार व्याख्या यो लेखमा सम्भव छैन । संक्षिप्त चर्चामात्र हो यो । अहिले प्रधान मन्त्री ओलीमात्र होइन आधुनिक नेपालका सबैजसो शासकले माथिका ३ आयाममा नयाँ सोच अगाडि ल्याएनन् । प्रधान मन्त्री ओली आफ्नो कुर्सी धरापमा परेको यतिखेर बुझिरहेका छन् । भारत, मधेसवादी दलका कारण र कमल थापा प्रवृत्तिबाट उनको सरकार कुनैबेला पनि ढल्नेछ भन्ने उनमा डर छ । एमाओवादी पनि क्रान्तिकारी नारा दिएर दक्षिणपन्थीसँग हातेमालो गर्न नपुग्ला भनी ओली विश्वस्त हुन सक्तैनन् । त्यसैले उनको पहिलो प्राथमिकता सरकार टिकाउने खेल रह्यो । यस्तो खेल अहिले ओली खेलिरहेका छन्, भोलि अरु कोही प्रधान मन्त्री भए पनि त्यस्तै हुने हो ।
इतिहासले दिएको एउटा ऐतिहासिक अवसरमा हाम्रा नेताहरू जनताबाट प्रत्यक्ष कार्यकारी चुन्ने संवैधानिक व्यवस्था गर्न चुके । संख्या र सत्ताको खेल सुरु भैसक्यो । मधेस आन्दोलन अब समाप्तिको चरणमा छ । अब मधेसी दल सिंहदरवारमा खेलिने सत्ता राजनीतिको खेलतर्फ आकर्षित होलान्, तर तीनतिर च्यातिएको सार्वभौमसत्ता नेपालमा छ भने जुनसुकै दलको नेतृत्वमा सरकार बने पनि स्थिरता कसरी सम्भव होला ! स्थिर र समृद्ध नेपाल तबमात्र सम्भव छ जब शासक स्थिर हुन्छ, नेपालीले आफ्नो विकास प्राथमिकता आफै निर्धारण गर्न पाउँछन र देशको अखण्डता कुनै देशको कृपा र दयाबाट होइन सबै स्वभिमानी नेपालीको काँधमा आउँछ ।