'सूचना, सञ्चार र मनोरञ्जनको मेगा इभेन्ट' अर्थात् १६ औँ क्यान इन्फोटेक सम्पन्न भएको छ। साताव्यापी मेलामा चार लाख सहभागी भएको दाबी गरिनेछ। १६ वर्षदेखि नेपालमा आयोजना हुँदै आएको मेला विगतको भन्दा सार्थक र उपलब्धिपूर्ण भएको चर्चा हुनेछ।
मेलाको आकार र व्यापार विस्तार भएको छ। यस वर्ष क्यानमा दुई सय ५० स्टल थिए। चार लाख सहभागी पुग्ने अनुमान छ। सन् १९९५ मा १७ स्टल र एक्काइस सय अवलोकनकर्ताबाट थालिएकोे क्यान वर्षेनि फैलँदैछ। यसको संख्यात्मक विकास भएको छ तर गुणात्मक? कम्प्युटर र उपकरणको प्रदर्शनी गर्ने राम्रो विकल्प बन्यो क्यान। तर, सूचना, प्रविधि क्षेत्रमा दिनदिनै भएको विकासका प्रतिविम्ब क्यान मेलामा अनुभव गर्न पाइएन।
मेलामा सहभागी हुनेमा अधिकांश युवा थिए। किशोर, किशोरी र साना नानीहरुको उल्लेख्य सहभागिता थियो। आइटीमा युवाको बाहुल्य स्वाभाविक हो। सहरी युवापुस्ता डिजिटलाइज्ड हुँदैछन्। हातमा मोबाइल, पिठ्युँमा ल्यापटप, कानमा आइपड उनीहरुका अंगजस्तै भइसकेका छन्। मोबाइल, मेसेज, फेसबुक, च्याट आधुनिक जीवनयापनको मापक बनेको छ। आइटीबाट सबै वर्ग, समुदाय प्रभावित छन्। मध्यम र निम्म मध्यमवर्गीय अभिभावकमा सन्तानलाई कम्प्युटराइज्ड गराउने एक किसिमको दबाब छ।
युवा चाहनाको एकलौटी लाभ व्यापारीको पोल्टामा परेको छ। व्यापारको अर्थमा क्यान मेला सान्दर्भिक ठहरिएला। उपभोक्ताको हिसाबले मेलामा सहभागीले कम्युप्टर, मोबाइल, डिजिटल क्यामरालगायत उपकरण किन्ने अवसर पाए। मूल्य थाहा पाए। विक्रेताहरूले क्यानमा सस्तो छ भनी प्रचार गरेका थिए। सस्तोको प्रचारले भिड बढायो। व्यपारीले यस पटक आफ्नो पुरानो स्टक कति खाली गर्नसके, त्यसको हिसाब हुँदै गर्ला।
अंग्रेजी नयाँ वर्ष र इभका अवसरमा ल्यापटपलगायत कम्प्युटरजन्य सामानमा भारी छुट थियो। अमेरिकी बजारहरूमा डेढ महिनाअघि चार, पाँच सय डलरमा बेचिएका ल्पापटपहरूको मूल्य क्यान मेलामा ५५/६० हजार थियो, त्यो पनि भारी छुट दिँदा। हाम्रा अधिकांश व्यापारी भन्सार छलेर पश्चिमा बजारमा पुराना भइसकेका सामान ल्याउँछन्। त्यसैले सस्तोका पछाडि डायनामिक्स बुझ्न आवश्यक छ।
अधिकांश युवा कम्प्युटराइज्ड हुनुमा मात्र रमाउँदैनन्। कम्प्युटर साधनमात्र हो। युवाको बौद्धिक विकासमा सहयोग पुर्याउने कम्प्युटर प्रविधि र सफ्टवेयर विकासमा प्रेरित गर्ने कार्यक्रम क्यान मेलामा थिएन। 'सूचना, सञ्चार र मनोरञ्जनको मेगा इभेन्ट' भन्ने क्यानले युवा करिअरमा योगदान पुर्याउने कुनै प्रविधि पस्कन सकेन। यस वर्ष क्यानले नयाँ के दियो? क्यानसँग जवाफ छैन। पोहोर एलसिडी मनिटरयुक्त पी फो कम्प्युटरको बोलबाला थियो। यस पटक ल्यापटपले बजार पिट्यो। साना र छरिता सामानप्रति नेपाली आकर्षण प्रकट भयो।
सूचना प्रविधिलाई विकासको इन्जिन बनाउने क्यानको उद्देश्य छ। तर क्यानले सूचना, प्रविधिमा विकास भएका नयाँ प्रविधिको प्रर्दशन गर्न सकेन। सञ्चार प्रविधिमा अग्रणी नेपाल टेलिकमका आधा दर्जन कर्मचारी महसुल विवरणका रंगीन पाना लिएर बसेका थिए। उसले पोष्टपेड, प्रिपेड, स्काई मोबाइलका सिमकार्ड बेच्न सक्नुपर्थ्यो। एडिएसएल सेवा उपलब्ध गराउन सकेको भए, टेलिकम उपस्थितिको सार्थकता रहन्थ्यो। ताररहित टेलिफोन र इन्टरनेटसेवा विस्तार गर्न प्रतिस्पर्धामा उत्रिएका स्पाइस नेपाल र युटिएलले उपस्थितिसमेत जनाएनन्।
क्यान मेलाको प्रमुख विशेषता भनेको भिडभाड हो। अव्यवस्थाको नमूना। विक्रेतालाई बुझाउने फुर्सद थिएन। सहभागी घुइँचोमा रमिते थिए। एक सहभागीको अनुभवमा पनौतीको मकर मेला र क्यान मेलामा भिन्नता छुट्याउन ग्राहो थियो। हाटबजारजस्तै देखिन्थ्यो क्यान कुम्भमेला।
मेलामा इन्भर्टर र ब्याट्रीहरूको राम्रो व्यापार भएको हुनुपर्छ। लोडसेडिङको मार खेपिरहेका सहरियाका लागि सोलार, इन्भर्टर र ब्याट्रीप्रतिको चासो स्वभाविक मान्नुपर्छ। तर यस्ता उत्पादनले बजार पाउनु चिन्ताको विषय हो। सफ्टवेयर डेभलपर्सको सहभागिता औपचारिकतामा सीमित हुनुको कारण केलाउन आवश्यक छ। क्यान मेलाको सार्थकता खस्कँदै छ कि उचालिँदै? जानकारहरू क्यान मेलामा राम्रा, प्रतिष्ठित र विदेशमा सफ्टवेयर निर्यात गर्नेहरू अटाउन नसकेको तीतो पोख्छन्। क्यान कम्प्युटर हार्डवेयरको बिक्री र प्रर्दशन स्थलमा संकुचित हुदै गएको त होइन?
अर्को बिडम्बना, मेलामा नगद कारोबारमात्र भयो। डेबिट, क्रेडिट कार्डहरू चलेनन्। मेला ई-बैंकिङ्गको राम्रो प्रर्दशन स्थल बन्नसक्थ्यो। तर कार्डबाट कारोबार गर्दा छुट नपाइने मात्र होइन मूल्यमा चार प्रतिशत थपिने खालका जवाफ दिन्थे बिक्रेताहरू।